Home » » प्रधानमन्त्री ओलीसँग संक्षिप्त वार्ता

प्रधानमन्त्री ओलीसँग संक्षिप्त वार्ता

Written By खांट्टी कुरा on Sunday, July 31, 2016 | July 31, 2016

-राम लोहनी  
आजको झटारो
पत्रकार -- अब कहिले बालुवाटार छोड्नुहुन्छ?
प्रम -- छोडेकै सम्झनुस् न! म त नाफाको जीन्दगी बाँचिराको मान्छे, मलाई कुनै कुराको मोह छैन।
पत्रकार -- यस्तो फक्कड जोगी जस्तालाई पनि कुर्सीबाट हटाए त!
प्रम -- यो त दिनदशा लागेर हो। भन्छन् नि मान्छेलाई रिन लागोस् दिन नलागोस्। रिन त मलाई लागेको छैन। ठूलो बजेट बनाउँदा देशलाई लागेको हो। दामासाहीले बाँडुम्ला। तर दिन चाहिँ मलाई मात्र लागेको जस्तो छ।
पत्रकार -- कसरी?
प्रम -- त्यत्रो जतन गरेको हुर्काको मित्रता छापामार शैलीमा झ्याप्पै पार्नु भनेको दशा लागेरै त हो नि। दशा भन्ने चिज बाजा बजाएर आउँदैन भन्थे। आफैले भोगियो।
पत्रकार -- पदबाट जाँदाजाँदै तपाईँलाई के को चिन्ता छ?
प्रम -- मलाई नवलपरासीमा फेला परेको फलाम खानी, मुस्ताङको युरानियम र पेट्रोल, काठमाडौंको ग्यास भण्डारको चिन्ता लागेको छ। यो काम सुचारु हुन्छ कि हुँदैन भनेर आधा मासु भैसक्यो।
पत्रकार -- कस्तो प्रकारको चिन्ता?
प्रम -- यी खानीबाट उत्पादन सुरु गर्ने मेरो योजना निरन्तर हुन्छ कि हुँदैन भन्ने हो। म रहिरहन पाएको भए केही वर्षमै देश मालामाल हुन्थ्यो।
पत्रकार -- तर लोडशेडिङ घटाउने पनि कुनै उपाय तपाईँको पालामा गर्न नसेकको आरोप छ नि त!
प्रम -- त्यो मैले नगरेको होइन। मन्त्रीमण्डल संयुक्त भएपछि यस्तो हुँदो रहेछ। एकमना सरकार भएको भए अहिले देशाँ लोडसेडिङ फिटिक्क हुने थिएन।
पत्रकार -- तपाईँलाई त पार्टीकै मान्छेले छिर्के हानेछन् हगी?

प्रम -- रूख काट्ने बञ्चरो काठकै हुन्छ भन्ने त थाहा थियो। नवलपरासीको फलाम खानीबाट फलाम निकाल्न भ्याएको भए म बञ्चरोको बिंड फलामको राख्‍न लगाउँथे। यस्तै भयो।
पत्रकार -- तपाईँको बहिर्गमनको मुख्य कारण फास्ट ट्र्याक हो भन्छन् नि!
प्रम -- त्यो पनि हो। म नेपालले नै बनाउने पक्षमा थिएँ। बजेट पनि छुट्टयाएको हुँ।
पत्रकार -- अब फास्ट ट्र्याकको भविष्य के होला?
प्रम -- यो कुरा त आदित्य दाहाललाई सोध्‍नुपर्छ।
पत्रकार -- एउटा अन्तिम प्रश्न। राष्ट्रपति विद्या भण्डारीले छोड्नुभएको उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्नुहुन्छ?
प्रम -- रामकुमारी झाँक्री।
पत्रकार -- रामकुमारी झाँक्री? त्यति जुनियरलाई्? पार्टीमा मान्लान् त?
प्रम -- म एक तीरले दुई शिकार गर्न चाहन्छु। एक त रामकुमारी महिला हुनुभयो। महिलाको ठाउँमा महिलै।
पत्रकार -- दोस्रो कारण?
प्रम -- त्यति पनि बुझ्‍नुहुन्न? उहाँ झाँक्री पनि हुनुहुन्छ।
पत्रकार -- झाँक्री?
प्रम -- किन तर्सिनुभयो? कि तपाईँ पनि पत्रकारको भेषमा छिमेकीको छौंडा नै हो?
( राम लोहनीको फेसबुकबाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger