Home » » हामीसित जनमसिद्ध नागरिकता छ त्यहि भएर हामि सक्कली भूमिपुत्र मदेसी हौ

हामीसित जनमसिद्ध नागरिकता छ त्यहि भएर हामि सक्कली भूमिपुत्र मदेसी हौ

Written By खांट्टी कुरा on Sunday, July 31, 2016 | July 31, 2016


-जनकमान डंगोल 
हिमाले टि.भी.ले अस्ति २ दिन अगाडी सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई स्टुडियोमा बोलार अन्तर्वार्ता लिएका रैछन ! हेर्नुस कस्तो वार्ता भयो ? सवालजवाफ को केहि अंस !
पत्रकार- सन्चै हुनुहुन्छ महतो जी ?
महतो-ठिकै छ !
पत्रकार- टुडिखेलको अनसनमा देखिनु भएन त ! कता जानु भएकोथ्यो ?
महतो- म बैंकक गएको थिए !
पत्रकार- आन्दोलन छल्न जानु भएको हो ?
महतो- त्यो आन्दोलनको के औचित्य छ हाँ, हामी पहिले देखि भन्दै आएको बात हो त्यो !
..
पत्रकार- तपाईहरु भारतको बिहारमा लालु यादब भेटन जानु भएको हैन ? त्याहा त तपाईहरुलाई प्लास्टिकको कुर्सिमा राखेर लालु सोफामा बसेको देखियो त !
महतो - उसको घरमे सोफा थिएन होला जो थियो त्यहि मे बिठायो !
पत्रकार- तपाईहरु मन्त्रि जस्तो भै सकेको मान्छेलाई त्यस्तो ब्यबहार गर्दा हाम्रो देसको बेज्जत भएन ?
महतो- अरे कस्तो बात गर्नु हुन्छ ! हाम्रो देसमा हाम्रो ईज्जत गरेको छ ? जब हाम्रो देसमा हाम्रो ईज्जत हुन्न भने अरुको देसमा ईज्जत खोजेर पाउछा ?
..
अब कुरा अलि फरक गरु महतोजी ! मैले तपाईको निजि जिबनको  बारेमा सोध्न मिल्छ ?
महतो- सोधी लिनुस न के फरक पर्छ !
पत्रकार- तपाईको नागरिकताको बिषयलाई लिएर जनता जान्न चाहन्छन ! 
महतो- के जान्न चाहनु हुन्छ ? जान्न चाहदैमा हामि भन्नु पर्च्च ? बकबास बात गर्ने ?
पत्रकार- हैन जनताले जान्न चाहेको ! तपाई पछी तपाईको बुवाले नागरिकता लिनु भयेको रे हो !
महतो- नागरिकता भनेको जसलाई जतिखेर मन लाग्यो त्यतिखेर लिने हो ! हामि नेपालको भूमिपुत्र हो ! हामिनै सच्चा मधेसी हो ! हामि सित जनम सिद्ध नागरिकता छ !
..
अरु चै you tube मा सुन्नुस साथीहरु ! यो भन्दा बढी बर्णन गर्न मेरो मनले मानेन ! नेपाली नागरिकताको परिभाषा जान्नको लागी राजेन्द्र महतोहरु संग सोध्नुस ! सप्तरीको घटनाको बिषयमा पनि अच्छा संग जान्न बुझ्न सक्नु हुन्छ !



Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger