Monday, August 01, 2016

जनचेतनाको लागी प्रकाशित आजको तस्बिर

तस्बिर: जनकमान डंगोल
२०४६ सालमा देसमा दोश्रोपटक प्रजातन्त्र स्थापना भए पश्चात बर्षा तथा पानि परेको बेलामा मात्र बाढी आउने खहरे खोलाहरुमा अन्धाधुन्ध तरिकाले गिटी, बालुवा तथा ढुंगा निकालेको नतिजास्वरूप कुनै पनि समयमा कुलेखानी-हेटौडा-बिराटनगर १३२ के.भी प्रशारण लाईनको टावरहरु ढल्न सक्छ ।
यदि ति टावरहरु ढलेको खण्डमा हुने दुर्घटनाको जीम्मेवार कसले लिने ?
  • सरकार ?
  • राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरु ?
  • राजनीतिक पार्टीको आडमा चलेका गिटि बालुवाका माफिया ?
  • स्थानीय निकायमा बस्ने सरकारी कर्मचारीहरु ?
  • शान्ति सुरक्षाको ठेक्का लिएकाहरु ?
बिधुतको टावरहरु मात्र नभएर तटबन्ध भत्काएर बर्षेनी खहरेले पुर्याएको क्षेती अनि टालटुले नीतिले हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ मा पर्ने ओमनगर तथा ५४ घरे सुकुम्बासी बस्तिमा बसोबास गर्ने नागरिकहरु सचेत हुनु सख्त जरुरि छ !


No comments: