-जनकमान डंगोल
अस्ति काम बिसेखले नयां नेपालको राजधानी जानु पर्यो । नयाँ नेपाल भन्ने देसको राजधानी लाजमांडूमा पर्छ । लाजमांडूको
रत्नपार्कबाट राजदरबार हुँदै उत्तर ढोका जाने क्रममा जय नेपाल फिलिम हलको बाटो हुँदै पैदल यात्रा गरियो । सडकको पेटी पेटीहरुमा गज्जब गज्जबका फलामे रेलिंग
हालेका रैछन । भैंसी हैन हात्ती बाने पनि उखाल्न नसक्ने गरि
सिमेन्टले जाम गरेर बनाका ति फलामे रेलिंग आन्दोलनकारिको लागी सौता साबित
हुने देख्दैछु ।
देसको राजधानी लाजमांडूमा पहिला निरंकुस पन्च
सर्खारको पालामा बनाएर राखेका रेलिंग भाँच्नेहरु कम्निस्ट पार्टी एमालेका भुराहरु हुन । महाकाली सन्धि धोखाहो भन्दै टनकपुरको टनटनमा धेरै रेलिंगहरुलाई सहिद बनाएको पनि देखेकै हौं ।
सर्खारा हुन्जेल मुखा मह हालेर बस्ने र सर्खाराट बाहिरिए पछी नयां सर्खार संग
निउं खोज्ने चलन नयां र नौलो हैन ।
प्रतिपक्षहरुलाई निउं खोज्न कुनै आईतवार आउनु पर्दैन हजुर । कुनै दिन कर्णाली सन्धि धोखा हो भन्दै फेरी आन्दोलन गर्न बेर लाम्दैनन ।
हिजो कौरेस संगको मिलिजुली सर्खार हुंदा भारत संग कर्णाली सम्झौता गर्नु हुन्न
भनेर मुखारी भन्न सकेनन तर घामका केहि थान भुराहरुले सामाजिक संजालमा तितो पोखेका
थिए ।
त्यो कर्णालीको सम्झौता कौरेसले गरेको हो तर साक्षी त आफ्नै पार्टीका
सर्खार पनि थियो । हिजो महाकाली सन्धिमा पनि साक्षी किनाराको सदर भाको पनि देखिएकै
हो । हुन त महाकाली सन्धि पनि कांग्रेस र एमाले मिलेर गरेका हो भन्छन । नदि नाला र
खोला देखि ठुला ठुला बिकास निर्माणको ठेक्का पट्टात देख्नै हुन्न कौरेसलाई । सर्खारा पुग्योकी माइतीलाई दाईजो देको जस्तरी जन्मदाता भारतलाई दिन हतार
हुन्छ ।
अहिले घाम पार्टी रास्ट्र देखि सर्खार प्रमुखमा छन । कम्निस्टका
जन्मजात बिरोधि कौरेसीहरु हुन । कौरेसका जन्मदाता स्व.बिपीले कम्निस्टको संगत
गर्नु हुन्न भन्थे र आफु जिम्दो छउन्जेल गरेनन पनि । पजेरो जन्मदाता कौरेसी देउवा
ग्यांगका केहि थाने नेताहरु सर्खारा जान मुर्मुरियर बसेका छन ।
जनयुद्ध गरेर देसमा आमुल परिवर्तन ल्याएको हाम्ले हो भन्ने नाईकेहरुका केहि
बफादारेहरु पनि ठुला मन्त्रालय खान नपार रिसले मुर्मुरिएर बसेका छन । तिनीहरुले
पनि अध्यक्ष कामरेड प्रधानमन्त्री बन्नु पर्छ भनेर उचालेको पनि देखिएकै हो । घामभित्रका
गुटेहरुको पनि कुनै भर छैन । कुनदिन आर्को दाम्देब बनेर आफ्नै सर्खार ढाल्न बेर लाम्दैनन । यो सत्ता भन्ने जिनिस त तिन्पाने खोया भन्दानि डेन्जर हुन्छ हजुर डेन्जर ।
आन्दोलनमा हिंसात्मक भएन भने मज्जानै आम्दैन रे भन्छन । पुलिसको
टाउको टाउको ताकेर गुलेली हान्ने देखि बोतला प्याटुल भरेर त्यसां सलेदो
सल्काएर आगो लायो भने प्याटुल बम भन्ने खत्राको जिनिस बन्छ र त्यो बम ताकी ताकी पुलिसलाई हान्नु जस्तो ठुलो मज्जा अरु के मा आम्च्च र । त्यसरी
हान्दा घामका भुराहरु आफुलाई सगरमाथा बिजयी तेन्जिंग नोर्गे शेर्पा भन्दानि ठुला
ठान्छन । राँके जुलुस निकाल्दा राँको पुलिसको
जिउमा झोस्न समेत महारत छन हाम्रा पार्टीका आन्दोलनकारीहरु । नेपालको पुलिस पनि
आफ्नै देसका नागरिकहरु नभएर सिंगापुरे देखि ब्रुनाईका फौज जस्तै भाडाका सिपाहीहरु
हुन भन्ने मनस्थिति पालेसी कसको के लाग्छ र ।
भोलि सर्खारा नभयेसी बेरोजगार बन्ने स्थिति आम्छ । अहिलेको सर्खारलाई
संधैको लागी भनेर टिका लाएर देको पनि पनि हैन । कार्यकर्ता भनेका राजनीतिक
पार्टीहरुका खत्रा हत्यार हुन । हत्यारमा खिया लाग्यो भने त्यसले काम
गर्दैन । त्यै भएर हत्यारमा धार समय समयमा लाम्नु पर्च्च ।
राजनीतिक भाखामा हत्यारमा धार लाउनु भनेको खत्राखत्रा आन्दोलन गर्नु हो तर आन्दोलनको क्रममा अहिले लाजमांडूमा
हालेका रेलिंग आन्दोलनकारिहरुको लागी फलामको च्युरा बन्ने त हैन ?
..
क्राईम चेक साप्ताहिकको मिति २०७३ जेष्ठ ६ गते बिहीबारको अंकमा प्रकाशित
..
क्राईम चेक साप्ताहिकको मिति २०७३ जेष्ठ ६ गते बिहीबारको अंकमा प्रकाशित