Tuesday, August 16, 2016

बैद्यबा पनि नक्कले रैछन

-चुस्सकार जनकमान डंगोल 
हाम्रा कम्निस्ट नेता तथा प्रधानमन्त्री प्रचण्डका राजनीतिक गुरुदेव बैध्यबाले हिजो भन्ने गरेको 'गोलमेच सम्मेलन' बैध्यबाले आविष्कार गरेको शब्द भने पक्कै पनि हैन ।
फुटो साभार: गुगल सर्च
हिजो हाम्रो बाजे बराज्युको पालामा हिन्दुस्थानीहरुले फिरिंगी भनेर धारे हात लाएर सराप्ने बिलायतीहरुले पुरै हिन्दुस्थान अर्थात भारतमा ब्यापारको निउँमा पसेर एकक्षेत्र राज्य गरेका थिए ।

सियो बनेर पसेका बेलायतिहरु फाली बनेर निस्के । सयौ बर्ष हिन्दुस्थानीहरु माथी राज गरे । 'अंग्रेज भगाओ' भन्दै हिन्दुस्थानीहरुले आन्दोलन सुरु गरे । आन्दोलनकारिहरु पनि गरम दल, नरम दल भन्दै दूई खेमामा बाडिए । नेताजी सुभाष चन्द्र बोषहरु गरम दल र महात्मा गान्धीहरु नरम दलका नेता भनेर चिनिए ।

आन्दोलनकारीहरुको माग सम्बोधन गर्न भनेर १२ नोभेम्बर १९३० देखि १३ जनवरी १९३१ सम्म बिलायतको लन्डनमा गोलमेज सम्मेलन भयो  कांग्रेस अर्थात नरम दलले बहिष्कार गरेको भएर १९ जनवरी १९३१ मा यो गोलमेज सम्मेलन समाप्त भएको हो !

हिजो माओबादी जनयुद्ध तथा त्यो पछी धेरै समय सम्म माओबादीकै प्रमुख नेताहरु मध्येका एक बैद्यबाले 'गोलमेच' सम्मेलन गर्नु पर्छ भनेर पछी सम्म आवाज उठाई रहे तर तिनका माग कहिले पनि पुरा भएन ।

हिजो जनयुद्ध सुरु गर्नु भन्दा अगाडी दुई बिस अर्थात ४० बुंदे माग तेर्स्याएका थिए । त्यसमा सबै भन्दा धेरै भारतको बिरोध गर्दै उठाएको माग थियो । 'बिस्तारबादी भारत' को तक्मा झुन्ड्याउने पनि बैध्यबाहरुनै थिए ।

'जुन थालमा खायो त्यसैमा आची गर्नु हुन्न' भन्ने नेपाली कथन छ ।  यसलाई हिन्दुस्थानिहरुले चै आफ्नो भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' भनेर भन्छन ।

नेपालमा जनयुद्ध सुरु । बैद्यबाहरुको बसाई भने भारत । आफ्नै महान चेलाको कृपाले उतै झ्यालखानाको बास भाको पनि थियोनी । हैन त बैद्यबा ?

हिन्दुस्थानी भाकाको ‘कथनी और करनीमे फर्क होताहे’ लाई नेपाली भाकामा ‘भनाई र गराईमा फरक हुन्छ’ भनेर उल्थ्याईन्छ । रोटि र बेटीको सम्बन्ध भएसी भाकाको पनि सम्बन्ध पक्कै पनि हुन्छ हैन त बैध्यबा ?

सर सापटी उतैको लिने देखि उतै बसेर नेपालमा जनताको छोराछोरी लडाउने तपाईहरुलाई उतैको भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' अर्थात नेपाली भाकामा 'जुन थालमा खायो उसैमा आची गर्ने' भनेर प्रश्न डाम्ने कि नडाम्ने ?

नेपालका कांग्रेस हुन या कम्निस्ट यी सबै हिन्दुस्थानी उत्पादन हुन ।  सदियौ पुरानो राज्तन्त्रामक ब्यबस्था हटाउन भनेर आविष्कार गरिएको हो । त्यो भन्दा अरु केहि पनि हैन ! देखिको सत्य यहिनै हो भने नानाथरीको भाकाको नक्कल गर्दै फेरी पनि बन्दुक बोकेर क्रान्ति गर्छु भन्ने तपाईको तिहारमा गाम्ने देउसुरे सुनेको दिन देखि निस्केको हाँसो अहिले सम्म रोक्न सकेको छुईन है मुईलेता !

माती उल्लेखि तारिखहरु विकिपिडियाबाट पैंचो खोजेर ल्याईएको हो !

No comments: