Home » » फुटको राजनीति बिदेसीलाई फाईदा

फुटको राजनीति बिदेसीलाई फाईदा

Written By खांट्टी कुरा on Sunday, January 31, 2021 | January 31, 2021

जहानिया राणा शासन बिरुद्द विद्रोहको झिल्को नेपालमा नै उठेको थियो । दक्षिणका शासकहरुले गिद्धे दृष्ठी लगाएर आफ्नै देशमा नेपालको तत्कालिन शासक बिरुद्द ईन्कलाब घन्काउन आफ्नै देशमा आश्रय दिए । कांग्रेस तथा कम्युनिस्ट नामको दुवै पार्टीको जन्म भारतमा नै भएको हो । ईतिहास साक्षी प्रमाण बनेर उभिएको छ ।

आफ्नो फाईदाको लागि जस्तो सुकै घटिया हर्कत गर्न छिमेकीहरु पछी पर्दैनन । आफैले मलजल गरेर हुर्काएको बिरुवा जोगाउने ईच्छा र चाहना राख्थे भने २०१७ सालमा प्रजातन्त्रको घांटी पक्कै पनि निमोठीन दिन्थेनन । आफ्नो फाईदाको लागी मात्र कांग्रेसलाई प्रयोग गरेका हुन भनेर ठोकुवाको साथ भन्न सकिन्छ ।

२०१७ सालमा जन्मेको पंचायतबाट आफ्नो फाईदा हुने नदेखे पछी कांग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरुलाई पुन: आफ्नो देशमा आश्रय दिएर नेपालको शान्ति र बिकास खल्बल्याउन २०२८ साल देखि सुरु गराएकै हुन । २०२८ सालमा पूर्वी नेपालमा सुरु भएको सामन्तीको नाउँमा कम्युनिस्ट पार्टीले मच्चाएको हत्या र हिँसा अनि २०३३ सालमा २००७ सालकै नक्कल गर्दै कांग्रेसको जिल्ला कब्जाको योजना उदाहरण हुन ।

२०३६ सालमा नेपालमा निर्दलीय पंचायती ब्यबस्था कि बहुदलीय प्रजातन्त्र भनेर रोज्ने भनेर जनमत संग्रह गराईयो । आधिकारिरुपले पंचायती ब्यबस्था बिजयी भएको घोषणा गरियो । नेपाली कांग्रेसको संस्थापक नेता स्व.बि.पी कोईरालाले जनताको मत भन्दा ठुलो अरु केहि हुन्न भन्दै पराजयलाई स्विकार्नु भयो र नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना हुन सकेन ।

२०३६ सालको जनमत संग्रह गराउने जिम्मा तत्कालिन प्रधानमन्त्री स्व.सुर्य बहादुर थापाको जिम्मामा थियो । स्व.थापा पनि नेपाली कांग्रेसका उत्पादन हुनुहुन्थ्यो । चाहेको भए मातृ पार्टीको मागलाई पुरा गर्ने ह्याउ राख्ने स्व. थापाले बहुदल नरोजेर किन निरंकुस भनिएको पंचायती ब्यबस्थानै रोजे त्यो समय बुझ्न नसकिने कुरा थियो ।

२०३६ सालको जनमत संग्रहले चम्केका स्व. थापालाई टक्कर दिन सुदुर पश्चिमबाट लोकेन्द्र बहादुर चन्दको उदय भयो ।  झट्ट हेर्दा नेपालमा भन्ने गरिएको एकदलीय निरंकुस पंचायती शासन ब्यबस्था भए पनि जनताले जिताएका पंचायती माननीयहरु स्व.थापा र चन्द गुट गरेर दुई खेमामा बाडिएको थियो र नेपालको राजनीतिमा गुटबन्दी को जन्म २००७ साल भन्दा अगाडिनै भै सकेको थियो । कांग्रेस पार्टीका दुई गुट उदाहरण हुन ।

पंचायतमा थापा र चन्द गुटको शक्ति संघर्षबाट फाईदा उठाउदै नेपालमा रामराजा प्रसाद शिंह र खेमराज मायालु भट्ट मिलेर मच्चाएको बमकाण्ड पनि छिमेकीले आफ्नो फाईदाको लागी रचाएको थियो । जनताले बहुदललाई नभएर निर्दलीय शासन ब्यबस्थालाई मत दिएको हो भनेर संस्थापक नेताले स्वीकारे पछी पनि नेपाली कांग्रेसले बिभिन्न किसिमको आन्दोलन गर्न भने छाडेको थिएन । यदि जनमतको कदर गर्थे भने ८ बर्ष नपुग्दै बामपन्थी संग मिलेर देसमा आन्दोलनको आगो सल्काउदैन थिए । बामपन्थी संगको घांटी जोड़ाई कति सम्मको अफापकारी हुने रैछ अहिले आएर कांग्रेसी नेताहरुले पक्कै पनि बुझेको हुनु पर्दछ ।

२०४६ साल पछी चम्केको काँग्रेसले २०४८ सालको आम निर्वाचनमा बहुमत ल्याएर सरकार बनायो । सरकार बनेको ३ वर्षा नपुग्दै आफ्नै पार्टीका नेताहरु छत्तीसे र चौहत्तरे नामका दुई गुटमा विभाजन भएको कारणले गर्दा बहुमतको पार्टीले मध्यावधि निर्वाचनको घोषणा गरेको पनि देखिएकै हो ।

पंचायती शासनमा नै दुई खेमा भएको थापा र चन्द गुटले २०४६ साल पछी रास्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर नाम एकै तर कोस्ट भित्र थापा र चन्द चुनाव चिन्ह गाई र हलोको स्थापना गरे । दुई अलग पार्टीले बहुदलीय राजनीतिमा पकड जमाउन नसके पछी एकीकरण गरे । नतिजा छि भन्ने खालको थिएन । प्रजातन्त्र स्थापना भएको ५ बर्ष नपुग्दै दुवै महापन्च अर्थात् पंचायतकालका हस्ती तथा पुर्व प्रधानमन्त्रिहरु स्व.सुर्य बहादुर थापा देखि लोकेन्द्र बहादुर चन्दले प्रधानमन्त्रिको कुर्चिमा बस्ने मौका जुर्नु भनेको एकताको नै बल हो भन्ने सन्देस थियो भने कांग्रेस पार्टी फुट्दा घाटा कसलाई हुने रैछ भन्ने आर्को उदाहरण पनि थियो ।

कम्युनिस्टहरु जुटन जान्दैनन । आफ्नो बिचार लागु भएन वा लादन सकिएन भने छुट्टै गुट बनाउन पछी पर्दैनन । जुटेको कम्युनिस्ट पार्टी एमाले आठ बर्ष नपुग्दै माले र एमाले बन्न पुग्यो । एमालेले केहि समय चम्कियेर हत्या र हिंशाको बाटो अंगालेर शासन सत्तामा आएको माओबादी संग लगन गाँठो कस्न पुग्यो । माले नाम मात्रको पार्टी बन्न पुगेको छ ।

कम्युनिस्टहरु जुटन जान्दैनन । यदि जानेका हुन्थे भने जुटेर देशकै एक मात्र ठुलो बनेको ने.क.पा पार्टी अहिलेको वर्तमान परिस्थितिमा फुटको संघारमा पुग्दैन थियो ।  

२०६४ सालको कथित जन-आन्दोलन पछी नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा गरियो ।  बामपन्थी संग कुम जोडेर नेपाली कांग्रेसको नेता स्व.गिरिजा प्रसाद कोईराला र तिनका प्यादाहरुले गरेको यो दुत्सित कार्यले सिंगो पार्टी एकदिन धरासायी हुन्छ भन्ने सोचेनन ।  संस्थापक नेताहरु स्व.बि.पी., गणेशमान, भटराई देखि महेन्द्र नारायण निधिहरु आज बाचिरहेका भए यो दुर्दिन देख्नु पर्दैन थियो ।  कम्युनिस्ट भनेको गणतन्त्रको ठेकेदार हो र नेपालमा कम्युनिस्ट शासन हुनुहुन्न भनेर स्व.बि.पी ले पटक पटक भन्नु भएको पनि हो र नेपालमा राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्ने आफ्नै दाज्युको भनाईलाई हठी नेता स्व.गिरिजाले कुल्चेर  बामपन्थी संगको लगनगाँठो जोड्दा आजको दिनमा नेपाली कांग्रेसको स्थिति रा.प्र.पा पार्टीको हैसियतमा पुगेको छ ।

नेपालको राजनीतिमा स्व.सुर्य बहादुर थापाले आफु बाचुन्जेल सकुनिको भूमिका निर्वाह गरे । बडो दुखले एकीकरण भएको पार्टीमा अभिभावकको भूमिका लिनु छाडेर छुट्टै जनशक्ति पार्टीको स्थापना गरेर अरुलाई पनि पार्टीमा बिद्रोह गर्न सिकाए । नतिजा एक भएको पार्टी तिन हुन पुग्यो । सिगो पार्टी थापा, चन्द, राणा खेमा हुँदै पछी लोहनी देखि लावती खेमामा बाडिन पुग्यो । नपरे सम्म चेतिदैन । यहि किसिमले चल्यो भने पार्टीको अस्तित्व मेटिन सक्छ भन्ने चेत पलाएर होला अहिले पूर्व पन्चहरु एक जुट भएर  पार्टी एकीकरण गरेका छन । जुट्नु भनेको राम्रै हो ।

बामपन्थीहरु आंधी जस्तो आउछन र तुफान मच्चायेर जान्छन । संसारमा देखिएको यहि नै हो । नेपालमा बामपन्थी छैनन भनेर पनि भन्ने गरिएको छ तर आर्काको ट्रेडमार्क बोकेर राजनीति गर्न लाज मान्दैनन । हँसिया हथौडा चिन्ह देखि मार्क्स, लेनिन हुँदै माओ नेपाली पहिचान पनि हैन । बिदेसी बाद र संस्कृति अंगाल्दा भोलि नेपाल र नेपाली रहन्छ कि रहदैन भनेर कम्युनिस्टहरुको दस्ताबेजमा पक्कै पनि लेखिएको छैन ।

पश्चिमाहरू धुर्त छन । उचाल्न र पछार्नमा पनि माहिर छन । जाति देखि धर्मको नाउँमा जनता लडाउन खप्पिस छन । २०४६ साल पछी नेपालको मौलिक संस्कृति मास्न र ईसाई धर्म फैलाउन कुन कुन पार्टीलाई हातमा लिए र त्यसको नतिजाले देस आज कुन स्थितिमा पुगेको छ भन्ने दिब्यज्ञान कांग्रेस कम्युनिस्ट देखि पुर्व पन्च लगाएतका प्राय सबै पार्टीहरुले पाएका छन ।

भोलिका दिनमा फुटेर हैन जुटेर अगाडी बढ्नु पर्छ भने त्यसको लागी अब खुल्ला मैदानमा युवाहरुलाई उतारेर बृद्ध नेताहरुले अभिभावकको भूमिका निभाउन सक्नु पर्छ । यदि त्यसो नगरेर कांग्रेसका स्व.गिरिजा देखि सुसिल कोईराला, कम्युनिस्टका स्व.मन मोहन, सी.पी, बिजुक्छे, देखि अहिलेका प्रचण्ड, ओली जस्ता नेताहरुले बाचुन्जेल पद ओगटेर बसेका थिए र अहिलेकाहरुले पनि त्यस्तै नियत राखच्छन भने नेपालबाट अहिलेको राजनीति पार्टीहरुको राजनीति एकादेसको कथामा नरहला भनेर भन्न सकिदैन ।

मिति: २०७७/१०/१८ गते प्रदेश दैनिकमा प्रकाशित

 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger