Latest Post

भंडुवा धर्मानन्द पाध्यहरु

Written By खांट्टी कुरा on Thursday, June 24, 2021 | June 24, 2021

-जनकमान डङ्गोल 

गुरु प्रसाद मैनालीले लेखेको कथा ‘छिमेकी’ । 

‘छिमेकी’ कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन । असारको समय अनि खेत रोप्ने बेला । गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ ।

चौतारामा गाउँलेहरु जम्मा भएका छन । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ ।

केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पनि पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ ।

सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ । उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।

कथा छोटो र सरल छ ! यो कथालाई अहिलेको राजनीति संग दाँजेर हेर्ने हो भने प्रत्येक पार्टीहरुमा भंडुवा धर्मानन्द पाध्यहरु टन्न भेटिन्छ ! आफ्नो फाइदा हेर्ने आसामरु साहु जस्तै चरित्र बोकेका बिदेसीहरु छन जसले जातीयताको खेति देखि धर्म परिवर्तनको खेलो खेलेका छन !

अब हिजोको गुमाने र धनजिते बन्ने कि भंडुवा धर्मानन्द पाध्य देखि आसामरु साहुको जालोमा फस्ने ?

तस्विर: गुगल सर्च

गणतन्त्रे अकबर महाराजका नयाँ काजि र तिनका प्यादाहरु

Written By खांट्टी कुरा on Saturday, June 12, 2021 | June 12, 2021

 हिन्दुस्थानका बादशाह अकबर अनौठो स्वभावका थिए । बेला बेलामा उटपट्यांग काम गर्न रुचाउथे तर त्यो काम गरेर गराएर त्यसबाट नैतिक पाठ सिक्ने र सिकाउने गर्थे । त्यस्तै एक दिन अकबर बादसाहले आफ्ना अतिप्रिय बीरबल मन्त्रि सहितका सबै भाइ भारदारलाई दर्बार पछाडिको बंगैचामा भेला हुनु भन्ने उर्दी जारि गरेछन ।

अकबर बादशाहको दरबारी पछाडी सुन्दर बंगैचा थियो । त्यो बंगैचा संगै त्याहा त्याहा त्यहाँ अस्ट बक्रे  अर्थात आठ ठाउँमा बांगीएको रुख पनि रहेछ । भेला जम्मा भएका सबै भारदारहरु मध्ये एकजना लाइ  त्यो आठ ठाउँमा बांगीएको रुखलाई देखाउदै भनेछन हेर त काजि कति सुन्दर सिधा रुख हगी ?

अकबर बादशाहको कुरा भुईंमा खस्न नपाउंदै ति चाटुकारे काजीले ले भनेछन  जाहाँपनाह हजुरले सोर्है आना सत्य कुरा गरि बक्स्योरुख कस्तो राम्रो सिधा र सुलित्त परेको रैछ । त्यस पछी अकबर बादसाहले अरु भाइ भारदारलाई पनि यस्तै प्रस्न सोधेछन तर सबैले पहिलो काजीले जस्तै गरि उत्तर दिएछन

अन्त्यमा संधै सत्य र स्पस्ट बोल्ने बीरबल मन्त्रि लाइ पनि अकबर बादशाहले त्यहि प्रस्न सोधेछन बीरबल मन्त्रीले नरम हुदै जवाफ दिएछन जाहाँपनाह हजुरको बिरबल मन्त्रिको गर्धन चिलाको हो कि सरकारको आँखा फुटेको हो मैले चै त्यो रुखलाई अस्टबक्र अर्थात आठ ठाउँमा बांगीएको देखे अनि त्यो रुख सुन्दर नभएर अति कुरूप छ । जहाँपानाहको काजीले गल्ति बोलेको भए रिसानी माफ होस



-जनकमान डङ्गोल 

२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भयो । त्यो भन्दा अगाडी निरंकुस सैलिमा राणाहरुले शासन चलाएका थिए । राणाको शासनमा ताबेदारी र चाकरी गरेर ज्यान पाल्ने जत्था कुस्त थिए । सिधा र सहि अर्थमा भन्नु पर्दा अकबर बादशाहका काजिहरु जस्तै ।

ठिकलाई ठिक, बेठिकलाई बेठिक, झुठो लाई झुठो र सत्यलाई सत्य भन्न र बोल्न पाउनु पर्छ भन्दै बिस्तारै आवाज उठ्न थाल्यो । हुकुमी राणाको शासनमा चाटुकारीतामा रमाएको बाहेकका प्रजाहरु लाई चेतना जगाउन खोज्दा केहिले मृत्यु बरण गर्न पुगे, केहि जेलको चिसो झिंडीमा जाकिए भने केहि भागेर बिदेसी भूमिमा सरण लिन पुगे जसलाई हामीले नेपालको ईतिहास भनेर पढ्दै अनि बुझ्दै आई रहेका छौ । प्रजातन्त्रमा आफ्ना बिचारहरु सहि र सिधा तथा स्पस्टरुपमा राख्न र बोल्न पाईन्छ भनेर सिकाउने राजनीतिक दलका नेताहरुले दीक्षित गरेका तिनका चेला चपेटाहरुको हातमा आज देशको बागडोर सम्हाल्ने जिम्मा आई पुगेको छ तर ब्यबहारमा भने उही सात साल भन्दा अगाडिकै राणाकालिन चाटुकारिता खोज्दैछन ।

नेपालको वर्तमान राजनीतिमा र राजनेता अनि तिनका भाइ भारदार हरु पनि माथि उल्लेख गरिएको अकबर बीरबलको कथाको पात्र झैँ भएको छन । पार्टीका नेताले जे भने जे बोले पनि त्यो सदर । ठ्याक्कै देसमा १०४ बर्षे शासन सत्ता हाक्ने जहानियाँ राणा शासनको जंगे आदेश जस्तै ।

पार्टीका नेताहरुले बोलेको कुरालाई नाइँ, हैन देखि यो कुरा गलत हो भनेर भन्ने व्यक्तिहरु अहिले सम्म कोहि पनि देखिएन । अकबर बादशाह रुपधारी पार्टी अध्क्षय, सभापति अनि अकबर बादशाहका बिरबल मन्त्रि बाहेकका चाटुकारे काजिरुपी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरु जस्तै भएको छ अहिलेको लोकतान्त्रिक गणतन्त्रे नयाँ नेपाल

अकबर बादशाहको राज्यमा एकजना सत्य बोल्ने बीरबल मन्त्रि त थिए तर नेपाल मण्डलमा अहिले सम्म बीरबल जस्तै मन्त्रीले जन्म लिन सकेको छैन बीरबल जस्ता सत्यवादी व्यक्तिले किन जन्म लिएन ? बीरबल जस्तै हक्की र निडर व्यक्ति जन्मिने कहिले ?

चाकरी र चाटुकारिता गर्ने हो भने देसमा राणा शासन देखि पंचायती शासन नै उत्तम र अब्बल थियो । राणा श्री ३ महाराज देखि श्री ५ महाराजधिराज र महाराजहरुको आसेपासेको जय जकार गर्दै जी हजुरी गरे पुग्थ्यो ।

चाकरी र चातुकारिताको अन्त्य गर्दै देशलाई नयाँ उचाईमा लैजान्छौ भनेर बाचा किरिया  र सपथ खाएका जनताका छोरा देखि छोरीहरु सत्ता देखि पार्टीको शिर्ष पदमामा पुगे पछी आफुलाई श्री ३ जंगे महाराज सम्झेर सोहि अनुरुप आदेशको डण्डा चलाउछन भने यस्ताहरुको बहकाउमा लागेर पटक पटक आन्दोलन गरेर ब्यबस्था किन परिवर्तन गराईन्छ ?

नेपालका नेताहरु बिदेसिलाई अकबर बादशाह सम्झेर आफु तिनका बिस्वास्पात्र काजि बन्न रुचाउछन । बिदेसी बादशाह अकबरले देखाएको अस्टबक्रे रुखलाई सिधा हो भनेर भन्छन जसको उदाहरण दिल्लीमा गरिएको १२ बुंदे सम्झौता हो । देश र जनताको हितमा सोच्थे भने भोलि आफ्नै खुट्टामा बन्चरो हान्ने त्यस्ता रास्ट्रघाती काम पक्कै पनि गर्दैनथे ।

अहिलेका गणतन्त्रका कथित महाराज देखि काजीहरू आफु बिदेसिका काजि बनेका छ तर देसमा आफुलाई  अकबरे बादशाह सम्झेर आफ्ना आसेपासे कार्यकर्ताहरुलाई काजीको पदवी दिएर गुलाम बनाएका छन । तिनका काजीहरू यदि गुलामी गर्दैन थिए भने बिरबल मन्त्रीले जस्तै गरि बाङ्गोलाई बाङ्गो र सिधालाई सिधा भन्न सक्ने हिम्मत गर्थे होलान ।

जबसम्म नेपालको जनता दखि तिनका भेडारुपी कार्यकर्ताहरुले बिदेसिको काजीहरूलाई चिन्दैनन र ति काजिहरुले देखाएको अस्टबक्रे रुखलाई अन्धो बनेर ‘सिधा हो सिधा हो’ भनेर सहि थाप्छन तबसम्म देस अहिलेकै जस्तो कठिन परिस्थिमा गुज्रिने रहनेछ । ताल परेको खण्डमा सिक्किमको नियति नभोग्ला भन्न पनि सकिदैन ।

देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने देखि बिकासको मूल फुटाउने हो भने पार्टीका नेताहरुको अन्धभक्त बन्न हुँदैन । त्यसो गर्नलाई देशमा पुन: २०४७ सालको संबिधान ब्युँताउन दवाव किन नदिने ? अब पनि पार्टीको अन्धभक्त बन्न नछोड्ने हो भने देस खत्तम भयो, नेताहरुले देस बिगारे । फलाना पार्टी नराम्रो, फलाना पार्टी पो ठिक हो कि भन्ने बानि त्याग्न सक्नु पर्छ भन्ने यो पंक्तिकारको राय हो ।

मिति: २०७८/०२/२९, शनिवार ।

चुरे दोहन, दोषी को ?

Written By खांट्टी कुरा on Saturday, June 05, 2021 | June 05, 2021


तस्विर साभार: गुगल सर्च
-जनकमान डंगोल 

सरकारले आ.ब २०७८/७९ को बजेट घोषणा गर्यो । बजेटमा गिटी  ढुंगा निकासी गरेर बजेट घाटा कम गराउने भन्ने शब्दलाई अर्थमन्त्री बाट बाचन भयो । चुरे दोहन गरेर सरकारले मदेस मरुभूमि बनाउनने भयो भन्दै कांग्रेस देखि कम्युनिस्ट हुँदै मदेसी घटकले समेत बिरोध गरे । बिरोध हुँदैछ र सम्मानित सर्बोच्च अदालतमा उजुरी समेत परि सकिएको छ ।

पंक्तिकारले समय समयमा पूर्व पश्चिम राजमार्गको यात्रा गर्ने गरेको छ । धेरै टाढा नजाउँ । बारा जिल्लाको पथलैया देखि पूर्वको कोशी ब्यारेज सम्मको खण्डमा पर्ने पुलहरू हेरे पुग्छ । नदि दोहनले कतिपय पुलहरु जिर्ण भै सकेका छन ।

२०४६ सालमा देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र आए पछी जनताको उन्नति हुन्छ भनियो । उन्नति भनेको रोजगार होला ।

अहिले कांग्रेसको सभापति शेर बहादुर देउवा देखि एमाले पार्टीबाट निकालाबासमा परेका माधब कुमार नेपाल हुन या अन्य छुटभैय्ये दल ति सबैका आफ्ना कार्यकर्ता छन र तिनै कार्यकर्ताहरुले ठेक्का पट्टा देखि अन्य ब्यापार ब्यबसायको काम गर्दै आफु पनि पालेका छन र पार्टी र नेताको खर्च पनि धानेका छन ।

तस्विर साभार: गुगल सर्च


चुरे मात्र किन नदि खोला देखि खहरे होला हुँदै सिमेन्ट उधोगको नाउँमा पुरै पहाड फोडिएको छन । सिमेन्ट बनाउने कच्चा पदार्थ आधा भन्दा बढी निकासी हुने पनि भारत नै हो । २०४६ भन्दा अगाडी नेपालमा सरकारी हिमाल, हेटौडा र उदयपुर बाहेक अरु सिमेन्ट कारखाना थिएन । अहिले पंक्तिकारको गृह जिल्ला  मकवानपुरमा सरकारी एक र निजि दुई गरि तिन तिन वटा सिमेन्ट कारखाना संचालनमा आएको छ । सिमेन्टलाई चाहिने चुन ढुंगा हो । चुरे बिनास देख्नेले अरु पहाड नांगिएको किन देख्दैनन ?
तस्विर साभार: गुगल सर्च
तस्विर साभार: गुगल सर्च

सिमेन्टको लागी बोकिने ढुंगा हुन वा चुरेको लागी बोकिने गीटि  बालुवा ति सबै भारि सवारी साधनहरु लगानी गर्ने पार्टीका ठुला नेता देखि तिनका कार्यकर्ताहरु छन । आज आएर कांग्रेसको मुखिया देखि कम्युनिस्ट, मदेसीको नेताले चुरे सक्किन लाग्यो भनेर पिर त माने तर पहाड देखि नदि दोहन गर्ने तिनका नेता देखि कार्यकर्तालाई पहाड मास्नु हुन्न, नदि दोहन गर्न पाइदैन भनेर भन्नचै किन सकेनन ?

प्रजातन्त्रको जननी नेपाली कांग्रेसको भविस्य अव कता ?

Written By खांट्टी कुरा on Friday, June 04, 2021 | June 04, 2021

बाजेले खाएको घ्यू हेर हाम्रो हातमा अझै  बसाउदै छ भने जस्तै गरि नेपालमा राणा शाही फालेर २००७ सालमा प्रजातन्त्रको स्थापना हामीले गरेका हौ भनेर नेपाली कांग्रेसले अझै पनि गर्व साथ भन्ने गर्छन ।  कुरा सहि पनि हो ।

छिमेकी भारतमा पनि अंग्रेज बिरुद्धको जेहाद भारतीय कांग्रेसले नै गरेको हो । बितेको महिना पश्चिम बंगालको चुनावमा कांग्रेस पार्टीले खाता समेत खोल्न सकेन । कुनै समय सिंगो भारतमा एकछत्र शासन चलाएको कांग्रेस आज दयनीय अवस्थामा पुगेको छ ।

नेपाली कांग्रेसलाई बहुमत कहिले पनि पच्दैन । जनताले प्रजातन्त्र स्थापना गरेको पार्टी भनेर माया गर्दै बहुमतमा पटक पटक पुर्याएको हो । जनताको मतको कदर गर्न कांग्रेसले कहिले पनि सिकेन । सत्तामा पुग्ने बित्तिक्कै रास्ट्रघात गर्न कांग्रेसले कहिले पनि सरम मानेको छैन । कांग्रेसकै नक्कल अहिले कम्युनिस्टको सर्खारले गर्दैछ ।


कांग्रेसको जन्मदाताहरु मध्येको एक जननायक स्व. बि.पी ले आफु बाँचुन्जेल कम्युनिस्टको संगत कहिले पनि गरेनन र आफ्नाहरु लाई पनि गर्न दिएनन । कम्युनिस्टको संगत गर्नु हुन्न भन्ने अटल बिचार बोकेको बि.पी को देहान्त पछी स्व.गणेशमान, गिरिजा र भटराईले नेपालबाट जसरि पनि पन्चायत फाल्नु पर्छ भनेर कम्युनिस्टलाई साथ दिंदा आज देशको हविगत के भएको छ त्यो बयान गर्नु नपर्ला ।

स्व.बि.पी ले देशलाई संकट पर्दा राजाको गर्धन मुनि मेरो माथि हुन्छ भने । तिनैका अनुयायीहरुले कम्युनिस्ट संग मिलेर पहिला पन्चायत पछी राजतन्त्र नै फाले । पन्चायत फाल्नु पर्छ तर राजतन्त्र फाल्नु हुन्न भन्ने आफ्ना जन्मदाताको आदेशको बर्खिलाप गर्दा आज कांग्रेस पार्टी कम्युनिस्ट लंगौटी समातेर हिंड्नु पर्ने स्थितिमा पुगेको देखियो ।

अहिले छिमेकी भारतमा कांग्रेस पार्टीले आफ्नो अस्तित्व जोगाउन विभिन्न दलहरु संग सम्झौता गर्न बाध्य हुनु परेको छ । नेपालमा पनि ठ्याक्कै त्यसैको नक्कल देखिदैछ ।

अब आउने चुनावमा महागठबन्धन गरेर भाग लिने योजना बन्दैछ भनेर मिडियाहरुमा समाचार आएको छ । ने.क.पा माओबादी केन्द्र कम्युनिस्ट, ने.क.पा एमालेको माधव झलनाथ समुह कम्युनिस्ट, जनमोर्चा कम्युनिस्ट, जनता समाजबादी पार्टीको उपेन्द्र बाबुराम कम्युनिस्ट पार्टीको उत्पादन, अन्य साना बाम दलहरु पनि कम्युनिस्ट । यी कम्युनिस्टहरुको हुलमा कांग्रेस मिस्सिनु भनेको कागको बथानमा बकुल्ला मिस्सिनु हैन र ?

कम्युनिस्ट पार्टीको रास्ट्र र रास्ट्रियता हुँदैन । सिंगो विश्वको कम्युनिस्ट एक हौ भन्ने मान्यता बोकेका छन । क्रान्ति र युद्ध बाहेक अरु सिकेका हुँदैनन । क्रान्ति गरेर प्रजातन्त्र स्थापना अझ त्यतिले पनि नपुगेर कम्युनिस्टको लहलहैमा लागेर राजतन्त्र फाले पछी देश र जनताको विकासमा लाग्नु पर्नेमा सत्ताको लोभमा एकले आर्कालाई सिध्याउने कम्युनिस्टको खेलमा कांग्रेस पार्टी पनि मिस्सिनु देश र जनताको लागी शुभ संकेत पक्कै पनि हैन ।

कांग्रेस पार्टीले आफुलाई हिजोको स्थानमा पुर्याउन चहान्छन भने कम्युनिस्टको पछी लाग्न छाडेर जनता सामु गएर हामीले गल्ति गर्यौ, अब हामि त्यस्तो गल्ति गर्दैनौ । देशको लागी हिन्दुधर्म सहितको राजतन्त्र पुन:स्थापना गर्छौ भन्ने हो भने जनताले फेरी नेपाली कांग्रेसलाई आँखाको नानि बनाएर हृदयमा सजाउनेमा कुनै दुईमत छैन भन्ने यो पंक्तिकारको ठम्याई हो ।

स्वदेस नेपाल डटकममा मिति २०७८/०२/२१ गते प्रकाशित !

 

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger