Latest Post

कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई पूर्वराजाद्वारा धन्यवाद ।

Written By खांट्टी कुरा on Thursday, June 03, 2021 | June 03, 2021

काठमाडौँ – पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

देश सञ्चार बाट साभार

नेपालमा राजतन्त्र पुनर्स्थापना किन नगर्ने ?

Written By खांट्टी कुरा on Saturday, May 29, 2021 | May 29, 2021


हिजो पन्चको पालामा देसको पैसा बिदेस लैजान दिन्थेन ! देसका सत्रु केहि काला व्यापारीले  LC अर्थात (आयात प्रतित पत्र) को नाउँमा डलरको कालो धन्दा गर्न खोज्दा पनि पक्डाउ पर्थे ! खेतानको LC (आयात प्रतित पत्र) काण्ड पनि नेपालीले भुलेका छैनन ! खेतानहरु सबै मारवाडी ब्यापारी हुन ! पुजीपतिको घोर बिरोधमा तत्कालिन माले अहिलेको एमालेले देसमा भाको सम्पूर्ण सरकारी देखि निजि कल कारखानामा मजदुर उचालेर बन्द हड्ताल गराएर पंचायती ब्यबस्था लाइ छुलछुल पार्थे ! मजदुरले गरेको बन्द हड्तालमा तिनका भात्री संगठन त झन नकुर्लिने कुरै भएन ! उहिले कम्युनिस्टको जत्तिको जनमत कांग्रेसको थिएन र अहिले पनि छैन ! त्यहि भएर पछाडी बाट समर्थन गर्थे ! बन्द, हड्ताल, नारा जुलुस, चक्का जाम देखि तोडफोडमा कम्युनिस्टहरुलाई कसैले पनि जित्न सक्दैन ! तिनीहरुको भुस भरेको खोपडी अर्थात दिमागमा नै माओले घोकाइ दिएको मन्तर 'पुराना संरचना भत्काऊ र नयाँ निर्माण गर' भन्ने फिर्फिरीझैँ फनफन घुम्छ !

पुराना भत्काउन जति सजिलो हुन्छ नया जोडन त्यति नै गारो हुन्छ ! नया जोडन लाइ पुजी चाहिन्छ ! अहिले यतिखेर पार्टीमा घुसेका यी तिनै मारवाडीहरु हुन जसले देसको संक्रमणकालको फाइदा उठाउँदै पैसा जति बिदेसमा लगेर थुपारेका छन ! देसमा खोल्ने उधोग धन्दा बिदेसमा गएर खोलेका छन ! मजदुरको पेटमा लात हान्यो भनेर हिजो आन्दोलन गर्न उक्साउने यी कम्युनिस्टको जमातेले तिनै पुजीपति मारवाडीलाइ किन र के को आधारमा पार्टीमा हुलेर मनोनित बिधायक बनाउदैछन ?देसको पुजी बिदेसमा लगेर उधोगधन्दा खोले पछी देसको मजदुर बेरोजगार हुन्छ कि हुँदैन ? आफ्नै मजदुरहरुलाइ बेरोजगार बनाउदैछ भन्ने थाहा हुँदा हुँदै पनि ति मजदुरका महा सत्रुलाइ गला जोडेर फुल माला र खादाको साथ पार्टीमा किन प्रबेस गराइयो ? अझै पनि पार्टीमा आस्था राख्ने हरुले यस्तो गम्भीर कुरालाइ नसोचेर हावाको तालमा थपडी बजाएर स्वागत गर्छन भने पछी गोहीको आँसु चुहाउनुको के अर्थ ? एमाले नामको कम्युनिस्ट पार्टी अब गरिब जनता मजदुरको पार्टी कि पुजीपतिको पार्टी ? यसको चिन्तन मनन गर्ने कस्ले ?

यो गम्भीर गल्ति सच्याउने कस्ले छात्तिमा हात राखेर सोच्नुस त ! त्यसैले देसमा शान्ति नभए सम्म उधोग धन्दा कल कारखाना स्थापित गर्न सकिदैन ! सान्तिको लागि अहिलेका यी पार्टीहरु बाट बिल्कुलै सम्भव छैन किनभने पैसा र पदको लागि यिनीहरुले आफ्नो आत्मालाई समेत बेच्न पछी पर्दैनन भन्ने कुरा हामीले २४ बर्षमा देखि भोगी सकेका छौ ! यहि अबस्था रहेमा देस कुनै पनि बेला सिक्किमको स्थितिमा नपुग्ला भन्ने के बेर !

काम नगारि माम पाइन्न ! माम पाउनको लागी चाहिने रोजगार हो ! रोजगारको लागि पुजी चाहिन्छ तर पुजिपतिले पुजी जति बिदेसमा लगेर थुपारे पछी देसमा कसरि रोजगारको सिर्जना हुन्छ ? त्यसैले अहिलेको यो भाडभैलो लाइ ठेगानमा लगाउन कै लागि भए पनि केहि समयको लागि देसले फेरी २०१७ साल जस्तै कठोर ब्यबस्था खोजेको छ ! राजतन्त्र बिना त्यो सम्भब छैन भने अब फेरी राजतन्त्र किन पुनर्स्थापना नगर्ने ? बेलायेत जस्तो महासक्तिसाली देसमा गुमेको राजतन्त्र पुन फर्किन सक्छ भने नेपालमा किन सक्दैन ? देस रहेपो पहिचान पाइन्छ ! त्यसैले आउनुहोस देसलाइ बचाउनकै लागि भए पनि फेरी एकपटक राजसंस्था लाइ पुनर्स्थापना गरौ !

(फाइल फोटो फेसबुक बाट साभार)

२०७० पौष १४ गते आइतवार !

रा.प्र.पा नेता कमल थापाको ताजा अन्तर्वार्ता

प्रसंग: राष्ट्रपति र संबिधान

Written By खांट्टी कुरा on Friday, May 28, 2021 | May 28, 2021

केसवलाल श्रेष्ठ  


केहि पूर्व न्यायाधीश र बार एशोसिएशनका स्वनामधन्य विद्वानहरुले राष्ट्रपतिले ‘विवेक प्रयोग नगरेको’ भनेर आरोप लगाउँदा संबिधानमा राष्ट्रपति र विवेकको के साइनो रहेछ भनि नेपालको संबिधान अध्ययन गर्दा बिचरा राष्ट्रपतिलाई त विवेक प्रयोग गर्ने अधिकार त कुनै पनि धाराले दिएको रहेनछ त ! राष्ट्रपतिको काम, कर्तब्य र अधिकार नेपालको संविधानको धारा ६६ ले ३ वटा उपधारा अन्तर्गत बर्णन गरेको पाइयो !

६६.१. राष्ट्रपतिले यो संबिधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तब्यको पालन गर्नेछ !
६६.२. उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तब्यको पालन गर्दा यो संबिधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ ! त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ !
६६.३. उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानून बमोजिम हुनेछ !
]
उपरोक्त धारा एवम् उपधाराहरू अध्ययन गर्दा यो तीनैवटा उपधाराले राष्ट्रपतिलाई विवेक त टाढाको कुरा, कुनै काम र अधिकार पनि दिइएको पाइएन !
अहिले राष्ट्रपति जस्तो (केवल आलंकारिक मात्र) संस्थालाई सामाजिक सञ्जालहरुमा अमर्यादित भएर मात्र हैन असाध्यै अमर्यादित, अश्लिल एवम् असभ्य तरिकाले जुन जुन पात्र प्रस्तुत भैरहनु भएको छ, यसले आ-आफ्नो पारिवारिक र सामाजिक दर्पण प्रस्तुत गरिरहेको व्यहोरा स्विकार्नु नितान्त जरुरी छ !
के वर्तमान संविधानले राष्ट्रपतिलाई सम्मानजनक भूमिका दिएको छ ! राष्ट्रपतिले संविधानको कुन धारालाई टेकेर आफ्नो विवेक प्रयोग गर्ने ? आफुलाई गणतन्त्रवादी भनेर नथाक्ने ‘संबिधान निर्माताहरुले’ निर्वाचित राष्ट्रपतिलाई किन कुनै पनि अधिकार दिन कन्जुस्याइँ गरेको होला ? आज राष्ट्रपतिमाथि जुन आक्षेप लगाएको छ, के यस प्रश्नको जवाफ तपाई नेताहरुले दिनु आवश्यक छ कि यो दोष राष्ट्रपतिको होइन तपाईहरुले बनाउनु भएको संबिधानको हो !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger