Latest Post

तरुणहरुको 'खाँटी काम !

Written By खांट्टी कुरा on Saturday, October 27, 2018 | October 27, 2018


  ईश्वर पाठक !
तरुण दल हेटौडाका अध्यक्ष !
हिजो सामाजिक संजाल फेसबुकमा आज संसरबार हेटौडा हस्पतालमा सरसफाई कार्यक्रम छ भनेर मेसेन्जरमा तिम्ता पठाम्नु भाकोथ्यो !
राम्रो कामको समर्थन र हौसला बढाउनु पर्छ भन्दै हामि दुई मकवानपुरे जागरणका दाज्यु भाई ब्यानको साँढे आठ बजे हेटौडा हस्पताल गएम !
हाम्रो हेटौडा राम्रो हेटौडाका तरुणहरु सामाजिक काम भने पछी हुरुक्क हुन्छन ! धेरै पटक देखेको छु !
आज संसरबार बरालिए हिड्नु भन्दा सामाजिक काम गरेको राम्रो भन्दै हेटौडा अस्पतालमा गएर सरसफाई गर्दैछन !
तरुण अध्यक्ष Ishwor Pathak नगर अध्यक्ष Sunil Giri जस्ता थुप्रै तरुण तरुणीहरु कोहि हातमा झाडु बोकेर बढ़ाल्ने, कोहि छरियर रहेको ढुंगा मिलाम्ने,कोहि ठेलामा फोहोरको थुप्रो ओसारी रहेका देखिन्थ्यो !
अझ रमाईलो र खास्साको कुरो के भने नि #चुरेमाई तरुण अध्यक्ष ईश्वर पाठकले घाँस चैँ मज्जाले काट्दै 'हेर डाम्नाहो खाँटी नेपाली भनेको यस्तो हुन्छ' भनेर देखाई दिए !
स्व.बि.पी का तेस्रो पिंढीहरु यस्तो काममा रमाउछन ! उता गगनहरु लाई गन्गन गरेर फुर्सद छैन ! भाखा नाघेका ओखती जस्ता बुढा नेताहरुको बारेमा के तितो पोखाई भो !
जस्तो देखियो ! त्यस्तै डामियो ! रिसाउन कि खुसाउन के को टयास टयास


हिन्दु धर्म, राजा सहितको प्रजातन्त्रको माग गरेन भने कांग्रेसको पतन अबस्य हुन्छ

-जनकमान डंगोल 
देशलाई संकट आईपरेको खण्डमा राजाको गर्धन मुनि मेरो माथि हुनेछभन्ने  जन नायक स्व.बि.पी कोईरालाले जिन्दगीभर कम्युनिस्ट पार्टीको संगत गरेनन । कम्युनिस्ट पार्टीको संगत गर्नु हुन्नभन्ने दृढ बिचार समेत राख्थे तर बि.पी को भनाईलाई किनारा लगाउदै २०४५ साल देखि नेपाली कांग्रेस पार्टी कम्युनिस्ट पार्टीहरुको संगतमा रमाउन थाले । केहि समयको लागी राजसी सुखभोग प्राप्त नगरेका पनि हैनन् तर अहिलेको निर्वाचनको परिणामले देखाएको नतिजाले  केहि समय कम्युनिस्टहरु संग गरेको संगतको परिणामको फल राम्रै संग देखाएको छ । आफ्ना पार्टीका संस्थापक नेता स्व.बि.पी ले कम्युनिस्टहरुको संगत किन गरेनन ? निर्वाचनको परिणामले देखाए पछी अहिलेका अबुझ कांग्रेसीहरुले बल्ल बुझेको हुनु पर्दछ ।

२०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र बहाल गरियो । आफ्नै पार्टीको संस्थापक नेता बि.पी को बिचारहरु बिस्तारै पाखा लगाउदैं गए । बिदेसिको कुटिल चाल नबुझेर कम्युनिस्ट संग घांटी जोडने अन्य संस्थापक नेताहरु स्व.गणेशमान शिंह देखि कृष्ण प्रसाद भटराईलाई पार्टी छाडन बाध्य पारियो । यस्तै गतिबिधि हुन्छ भनेर थाहा पाएको भए स्व.महेन्द्र नारायण निधि देखि स्व.गणेशमान हुँदै स्व.भटराईले समेत कम्युनिस्टहरुसंग स्व.बि.पी ले जस्तै गरि सहकार्य पक्कै पनि गर्दैन थिए होला । यस्तो हुनुमा मुख्य दोषी स्व.बि.पी का आफ्नै सहोदर भाई स्व.गिरिजा प्रसाद कोईराला सहित बिदेसिको ईसारामा नाच्नेहरु सतप्रतिसत जिम्मेवार थिए ।

नेपाली कांग्रेस पार्टीले संस्थापक नेताहरुको मार्ग र बिचार भुले । यस्तो भयो भने नेपाली कांग्रेस पतन हुन्छ । प्रजातन्त्र खतरामा पर्छ भनेर स्व.बि.पी पुत्र प्रकास कोईरालाले आवाज उठाउँदा आफ्नै सहोदर काका स्व.गिरिजा प्रसाद कोईरालाको ब्यक्तिबादी हठको कारण प्रकास कोईराला सधै अल्पमतमा पर्ने गरेका थिए । स्व.गिरिजा प्रसाद कोईरालाको निधन पश्चात स्व. सुसिल कोईराला पार्टीको नाम मात्रको हर्ताकर्ता बने । कम्युनिस्ट पार्टीको रोग कांग्रेस पार्टीमा सल्कियेकै थियो । पार्टी फुट्दै पछी जुटे पनि तर गुटबन्दीको कारणले देसको एक नम्बर पार्टी नेपाली कांग्रेस अहिले नराम्रो संग थला परेको छ ।

नेपाली कांग्रेस पार्टीले धर्म निरपेक्ष देखि गणतन्त्रको बाटो समातेको धेरै नेपाली जनताहरुलाई मन परेको थियेन । आफ्नै दाज्यु प्रकास कोईरालाको तेजोबध गरेको घटनालाई मनमा गढ़ायेर राखेको शसांक कोईरालाले आफ्ना पिताको मार्ग पहिल्याउदै नेपालमा धर्म निरपेक्ष हुनुहुन्न, धर्म निरपेक्षको नाराले कांग्रेसको पतन हुन्छ भनेर नभनेका पनि हैनन । हिन्दु धर्म देखि प्रजातन्त्रको रक्षाको लागी लडाई लडेको नेपाली काग्रेस पार्टीको मूल नारानै रास्ट्रियता, प्रजातन्त्र र समाजबादको थियो । बिदेसिको ईसारामा प्रजातन्त्रभन्ने मूल नारानै मेटन समेत पछी नपर्ने अहिलेका कांग्रेसी ठालुहरुले पार्टीको मूल नारा देखि राजा सहितको प्रजातन्त्र लाई लात हानेको परिणाम पनि राम्रै संग भेटेका छन ।

कम्युनिस्टहरुको नारानै गणतन्त्र हो । कम्युनिस्टहरुले धर्म संस्कृति र राजतन्त्र मान्दैन । कम्युनिस्टहरु धर्मलाई अफिम जस्तै कडा नसाहो भनेर ठान्दछन । हिजो त्यही सिके र अहिले पनि त्यहि सिकाउदैछन । कम्युनिस्ट पार्टीका ठालु नेताहरुले समय समयमा दिने भाषण  देखि मन्तव्यले त्यसलाई पुस्टि पनि गरि सकेको छ तर जनताले भोट नदेलान भनेर नेपालका नास्तिक कम्युनिस्ट नेता देखि तिनका आसेपासेहरु निधारमा चन्दन देखि रातो टिका अनि गलामा फुलको माला देखि खादा लगाउन समेत लाज मान्दैनन । राजाको नक्कल गर्दै दशैमा आफ्ना कार्यकर्ताहरुलाई दशैँ टिका लगाउने चलन पनि बसालेका छन ।

नेपालको कम्युनिस्ट पार्टीका प्राय सबै नेताहरु बहुरुपिया चरित्रका हुन  भनेर नेपाली जनताहरुले अझै पनि चिनेका छैनन तर जुन दिन चिन्छन त्यो दिन ढिलो भई सकेको हुनेछ । समाजबाद र प्रजातन्त्रको नारा जप्ने कांग्रेसीहरु आफु पुरानै स्थानमा फर्केर देश र जनताको सेवा गर्न चहान्छन भने आफ्ना संस्थापक नेता स्व.बि.पी को मार्गमा हिडन सक्नु पर्छ । त्यो भनेको हिन्दु राष्ट्र सहितको  राजतन्त्र हो । यदि सक्दैनन भने नेपालमा राणा फालेर प्रजातन्त्रको स्थापना गर्ने कांग्रेस पार्टी पनि एकादेसको कथामा पक्कै पनि बिलिन हुनेछ ।



नेपाल मा बदलिँदो धर्म परिवर्तन सम्बन्धमा फेसबुक प्रयोगकर्ता नारायण गाउँले को भनाई

Written By खांट्टी कुरा on Tuesday, October 16, 2018 | October 16, 2018

बेलायतमा हिन्दू जनसङ्ख्या १.३ प्रतिशतजति छ । देशको ऐतिहासिक सांस्कृतिक मूल्य र सम्पदा क्रिस्चियानिटी नै भएकाले यहाँ स्वाभाविक रूपमा क्रिश्चियन चाडपर्वहरू भव्य रूपमा मनाइन्छन् । यतिबेला देश क्रिशमसमय बनेको छ ।
वर्षमा जम्मा ८ दिन सार्वजनिक बिदा हुन्छ भने त्यसभित्र “गुड़ फ्राइडे, इस्टर मन्डे र क्रिशमस डे” गरेर जम्मा तीन दिन धार्मिक बिदा हुन्छ । क्रिशमस डेको भोलिपल्ट पनि सार्वजनिक बिदा हुन्छ । यी सबै क्रिश्चियन पर्वहरू हुन् । सिङ्गो देशले मनाउने पर्वहरूमा सार्वजनिक बिदा हुनु स्वाभाविक छ । ४.४ प्रतिशत मुश्लिम र अन्य धर्मसँग सम्बन्धित पर्वमा त्यस्तो बिदा हुँदैन ।
तर पनि हिन्दू भएकाले राज्यबाट उपेक्षित भएको या असमान व्यवहार भएको अनुभव हुँदैन । अधिकांश हिन्दू भारतीय भएकाले यहाँ दीपावलीलाई ठूलो हिन्दू पर्व मानिन्छ । क्रिश्चियन प्रधानमन्त्रीले पनि मन्दिर पुगेर र पूजा गरेर शुभकामना बाँड्दछन् । कामदारले वर्षमा चारदेखि सात हप्तासम्म छुट्टी पाउने हुनाले यस्ता पर्व मनाउन खास समस्या पनि छैन । हामी छुट्टीमात्रै दिन्छौँ तर यहाँ छुट्टी नभए पनि सरकारी विद्यालयमा दीपावली’bout पढाइ हुन्छ । मेरो नर्सरीमा पढ्ने छोराले गतवर्ष दीपावलीको दिन ‘रामायण’को नाटकमा राम बनेर अभिनय गरेछ । तीन हप्तादेखि उसले रामायण’bout स्कुलमैं पढेर अभिनय सिकेको रहेछ । सीतालाई ‘रेस्क्यू’ गर्ने भूमिका उसलाई सबैभन्दा बढ़ी मन परेको रहेछ । उसलाई रामायणको कथा र दीपावलीको ऐतिहासिक महत्त्व कण्ठ भयो । सबै पात्र सोही कक्षाका विद्यार्थी भएपनि रावणको भूमिका भने शिक्षक आफैले गर्ने रहेछन् । विद्यार्थीमा मनोवैज्ञानिक असर नपरोस् भनेर खलनायकको भूमिका भने शिक्षकले नै गरेका रहेछन् । कति संवेदनशीलता !
स्कुलमा रामायण, महाभारत र कुरान’bout पढाइ हुँदा कुनै क्रिश्चियन संस्थाले आपत्ति जनाउँदैन । किनकि यसको उद्देश्य धर्मपरिवर्तन होइन, धार्मिक सहिष्णुता र सबै धर्मप्रति सम्मानको विकास गर्नु हो । यहाँको क्रिश्चियनले मेरो पर्वमा शुभकामना दिन्छ भने मैले क्रिशमसमा गर्वका साथ शुभकामना किन नदिने ?
तर नेपालमा हिजो हिन्दूबाट क्रिश्चियन बनेकाहरूले दशैंतिहार या अन्य चाडबाड़ मनाउने त परको कुरा शुभकामना पनि भन्न सक्दैनन् भने ती अन्धभक्त हुन्, क्रिश्चियन होइनन् । तिनलाई ‘मेरी क्रिशमस’ भनिरहनु जरूरी छैन । तिनले आखिर आमाले नै दिए पनि शैतानको मुखबाट आएको शुभकामना लिने होइनन् ।
एकदुई प्रतिशत नागरिकले मात्रै मनाउने चाडपर्वमा राष्ट्रिय बिदा दिनुभन्दा बरु कर्मचारीलाई वर्षको ३-४ दिन पर्व बिदा दिएर आफ्नो चाडमा छुट्टी लिन प्रेरित गरे राम्रो हुन्थ्यो कि ? एकजना पनि क्रिश्चियन नभएका हजारौं स्कुल बन्द गरेर क्रिश्चियनलाई नै पनि के फाइदा होला र ? बरु यो दिन स्कुलमा क्रिश्चियानिटी र क्रिशमसको ऐतिहासिक-सामाजिक मूल्य’bout शिक्षा दिए राम्रो हुन्थ्यो होला । तपाईंको के विचार छ ?
जसले यो पर्व मनाउनुहुन्छ, सबैलाई शुभकामना ।


From : Facebook User Narayn Gaunle
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger