Latest Post

जिरे खुर्सानी फेरी सुरु भयो

Written By खांट्टी कुरा on Friday, September 08, 2017 | September 08, 2017

रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण भएको छ ।
शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।

पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् ।


बोल्न चै बोलम तर आफ्नै खाँट्टी भाकामा बोलम

Written By खांट्टी कुरा on Tuesday, September 05, 2017 | September 05, 2017

-जनकमान डंगोल 
औधोगिक नगरी अर्थात 'हाम्रो हेटौडा, राम्रो हेटौडा' भन्ने दर्जाले शुसोभित तर थामी नसक्नुको ट्राफिक र बढ्दै गएको प्रदुषण झेल्न बाध्य भएको शहर हेटौडामा हेडम्बा मिडिया प्रा.लि को ब्यानरमा रेडियो अनमोल खुल्दैछ ! खुल्नु भन्दा अगाडी पत्रकारिता, रेडियो देखि स्टेज पर्फर्मेन्स तालिम संचालन गरेको खबर पायेसी खाँट्टी भाका डाम्ने यो डाम्ना पनि रेडियो तालिम भनेको के हो र कस्तो हुने रच्छ भनेर हेर्न र बुझ्न गएको पनि आज ३ दिन पुग्दैछ !

हेटौडाको पत्रकारितामा लामो समय सम्म लागेका पत्रकार जि देखि ज्युहरुले पालैपालो दिने प्रबचन आज्ञाकारी भुराले जस्तरी ध्यान दिएर सुन्दैछु ! अस्ति मित्र बालकृष्ण दाहाल हिजो रिपेस ऋद्धि दाहाल आज बलराम भाईको पालो अनि भोलि गिरिजाज्यु आम्नु हुन्छ होला !
यो डाम्नालाई पनि सुरुकै दिनमा आफ्नो परिचय राख्नु भनेर अर्हाए ! नाम ठेगाना देखि पेशा बताए र अब रेडियो अनमोलले तिन जनालाई जागिर दिने पक्का छ तर रेडियोमा बोल्दा क्वाँटी भाका अर्थात मिस्मासे हैन खाँट्टी भाकामा आफ्नो प्रस्तुति दिनुस है भनेर अनुरोध गरे !
नौसिखिया गजलेहरुले आफ्नो गजलमा उर्दु देखि हिन्दि भाका कोचेर आफु गजलकार भएको पर्मान दिन्छन ! रेडियोमा बोल्नेहरुले पनि बिच बिचमा गोरा र कुईरेको भाका घुसाम्न लाज मान्दैनन !
मलेसियाको मलेहरुको आफ्नो भाका मलायु छ लिपि भने छैन त्यहि भएर गोरा र कुईरेको लिपि औरेजीमा डाम्ने गर्छन तर हामी बीर गोर्खालीहरुको आफ्नै ठाम अनुसारको भाका र सयौ लिपिको धनी छौ भने आर्काको बुलाकी लाएर नाक किन दुखाम्नु !
तालिममा १५ जना हुनुहुन्च्च तर कथित गणतन्त्रे लागु गराएको हाम्रो देसमा रास्ट्रपति देखि सभामुखको बाहुल्य भएको कारणले हो कि के ले हो १५ मा १२ जना #जयनारि अनि ३ जना मात्र हामि अभागी पुरुषको फौज देखे !
पुरुष जति खाडी मलेस्यामा प्रस्थान गरेसी #जयनारीको मात्र संख्या बढी देखिनु कुनचै नयाँ र नौलो कुरो भयो ! हैन त ?

गजल पुराण

Written By खांट्टी कुरा on Saturday, September 02, 2017 | September 02, 2017

-जनकमान डंगोल
न तर्कुल्ले न बर्धन्ने, न एक्लक्के न दुई लक्के, बाइमात्रा र दाहिनेको त झन के कुरा गराई भो नेपाली बर्णमालामा कति थान अक्षेर हुन्छ भनेर सोध्ने हो भन्ने हिजाज सयमा नब्बे स्वघोषित गजलेले प्रस्ट भन्न सक्दैनन
'तपाईंले लेख्नु भाको गजलमा गल्ती भाको र छ नि' भनेर जान्नेले भन्यो भने बुर्लुक्क बार्ह हात उफ्रिने देखि परि आको खण्डमा 'वीर भीमसेन' बन्न बेर नलाम्ने पनि उल्कै छन आफ्नो रचनाको कमि कमजोरी भएको छ देख्न र सुन्न नै चाहदैनन भने यस्ता गजलेहरु ठ्याक्कै नयाँ नेपालको गणतन्त्रे पार्टीका मन्दबुद्धि नेताहरू जस्तै हुन ।  
पियारा, पियारी, ओ जानेमान बाँच्न गारो भो, दिल घायल भो रे, मदिरा देखि मधुशाला हुँदै बिष पिउने अनि नयन वर्षा वर्षे झरी जस्तै भो आदि आदि इत्यादि यस्तैमा गजल लेखेर 'बाईरोडको बारीमा १४ टनको भारी बोकेर उकालो लाग्या हिन्दुस्थानी माल गाडीझैँ ठसठस कनेर' गजल पोस्टिन्च्च्न अनि आर्कोले छूस्स 'ओइ तेरो नोटको गजल त ढिस्कानाको वालमा देखियो' अथवा फलानाको अनलाईनमा पोस्टियोनी' भनेर त्यति भन्दिनु पर्छ अनि सुरु हुन्छ फेस्बुक देखि ट्वीटरमा गजल युद्ध नामबाट जात हुँदै सुरु भाको त्यो गजल युद्धले भूगोलसम्म छुन्छ
खाडीमा लाउरे बनेका एक जना ठुला गजलकारलाई एकपल्ट यो डाम्नाकारले हाव गजलकारज्यू तपाईं कि खाँट्टी नेपाली, कि उर्दु, वा सुद्ध हिन्दीमा लेख्नुस तपाईंको लेखन सैली राम्रो छ भनेर भने आफूलाई आफ्नो नेपाली राष्ट्र भाषामा हिन्दी देखि उर्दु घोलेर लेखेको मन नपर्ने त्यसैले उल्कासँग भाषा बिगारेको देखेर के भनि दिएको थिए  बस जनयुद्दमा माउवादीले जनतालाई तर्साउन पड्काउने सुतली बम झैँ पड्केर उल्का भो गाँठे
आफ्नो गाम्घरा भाको साउबालाई गैरी खेत बन्दकी राखेर हुन्छ कि सयकडा पाँच लेर हुन्छ त्यसरी दाम लेर खाडी मलेस्या छिरे तर्तरी कमाको पैसाले सकिन्छ भने पुर्खाभन्दा के कम भन्दै माटो जोड्नु त कता हो कता ल्यापे देखि ट्याबे किनेर गजल पोस्टिन सुरु अर्च्च्चन २ वर्ष पछी छुट्टी गो अनि घरमा भएको जोई देखि भुराभुरी भेटन छाडेर किताप निकाल्न हतार गर्छन । तिनले गजलको किताप ननिकाल्ने हो भने हाम्रा रोटि देखि बेटी साइनो पर्ने बिहारी भैयालाई चटपटे बेच्न धरी हम्मेहम्मे हुन्छ
धेरै महिना पैला सामाजिक संजालको भितोमा १ जना गीत/गजल लेख्ने चेलीले एल्बम निकाल्न लाको रैछिन फेसबुकमा फुटो हेर्दा सोझी र सिधा देखेर 'हाउ चेली बिदेशा पसिना चुहार कमाको धन यस्तरी भब्यसँग खर्च गर्दा लगानी उठ्ला र ? यति के भंदेको थिए सरापेर जात्रा गरिन कलाको दाम हुन्च्च ? कलालाई पैसासँग दाज्ने त को होस ? मेरो धन जे सुकै गरु पराईलाई के को खसखस ? भनेर उल्कासँग थर्काइन गाँठे चेली त दुब्ली पातली सोझी भनेकी त हिन्दी सिनेमा कि झगडालु चरित्र अभिनेत्रीको रोल गर्ने 'मुखाले बिन्दु' पो निस्किन हौ  
गजल भनेसी चिल्लो कागज अनि मोटो सिर्लिक्क परेको गाता अनि त्यस्तै चिटिक्क पर्या डिजाइन गर्नु पर्च्च नत्र पाठकले मन पराम्दैन भनेर हाइड्रोलिक जग लाम्ने डिजाइनरहरुको कुनै कमि छैन । सप्पैलाई चाहिएको दाम नै हो न भोक न प्यास भनी भनी बिदेसी पराई भूमिमा बर्षौ वर्ष खटेर कमाको धनको आधा आधा पुजिचैँ चैँ गजल निकालेको पनि देखिएकै हो ।
त्यसरी गजल निकाल्नेहरुलाई हजुरको लेखाइ त आहा आहा क्या राम्रो भाव, वाह वाह क्या दाम्मी शेर, मतला हो कि उलामा सुलामा त झन क्या बेजोडको गाँठे भनेर भन्दिनु पर्छ नाक घिरम्लो जत्रो बनार गजल गाइने देखि झिटी झ्याम्टा बजामने खोज्न थाली हाल्छन चक्का देखि सी.डीसम्म निकाल्नलाई हतार जोस क्या जोस
पैसो मात्र हुनु पर्च्च गोजीमा त्यस्ता नाथेले लेख्या पांग्दुरे गजललाई तुका तु बजाम्ने देखि भर्ने सम्मकाहरु  मिनेटमै निस्किन्छ सुर होस कि बेसुरले होस झ्याम कि झ्याम मिनेटमै गाएर बजाएर देखाई दिन्छन कुनै कुनै जान्ने बुझ्ने गायक संगीतकारले विदेशको दुख र खटाइ देखेर सम्झउलान बुझाउलान तर तिनका मगजा घुसे पो जसरी हुन्छ पुस्तक निकालेर अनि अडियो मात्रै हैन यु टुबनै सुनाएर शान देखाउनुको त मज्जै नै बेग्लै भन्ठान्छन कमाको धन जाए भाड्मे । बिदेसमा गधा जस्तरी जोतेर निकालेको त्यस्ता नैसिखिया गजलेको को एल्बम देखि पुस्तक बजारमा कसैले पढ़ेछछन अथवा सुनेछन भने त्यतिखेर यो पंक्तिकारलाई थुक्क भनिदिनु होला
लेखाइ 'कल्बिर' छ हजुर मेरो कल्वीर भनेको बुझ्नुहुन्छ ? तितो क्या निमको हजुरबालाई कल्वीर भन्छ जस्तो देखाई त्यस्तै लेखाई लेख्दा कसैलाई चित्त दुखेछ भने क्यार्नु नभाको कुरा अर्यात हैन क्यार त्यसैले तपाईं राम्रो लेखक देखि गजलकार हुँदै कलाकारसम्म बन्न चाहनुहुन्छ भने पहिला बेजोडको साधना गर्न सिक्नुस जान्नेकारहरु  सँग पैला राय परामर्स लिनुस धुन भर्ने संगीतकारलाई पनि तपाईंको रचना देख्ना साथ भित्रै हृदय देखिनै संगीत भरम भरम होस अनि तपाईंको पुस्तकको गाता हेरेर हैन तपाईले लेखेको सब्द देख्ना साथ पढने पाठकले वाह क्या गज्जब भन्न पाइयोस तब न तपाईंको लेखाइले सार्थकता पाउछ तपाईंको तपस्या सफल हुन्छ,
तर,
फेस्बुकमा पोस्टेको गजलले डेढ दुई से लाइक पाम्दैमा तपाईंको कृतिलाई 'कपुरी क' देखि राम्रो ‘म’ भनेर भन्न मिल्दैन जान्ने गम्किन्छ नजान्ने चम्किन्छ गर्नु भो भने भिरबाट लडन लागेको गोरुलाई जस्तै गरि रामराम भनेर भन्नु भन्दा अरु के नै गर्न सकिन्छ त्यसैले यो गजल महात्म्य पढेर केही सिक्नु भो भने तपाईंको पनि जय र मेरो पनि जय हुन्छ मेरो जय चैँ यो मानेमाकी मैले पनि घुमाएर भए पनि   धन भा बुद्धि नभा बेकुपलाई नेत्रदान गर्न सफल भएछु आग्ये तपाईंको जो मर्जी


पार्टीका नेताहरु राणाशाहीको झल्को दिदैछन

Written By खांट्टी कुरा on Monday, August 07, 2017 | August 07, 2017

-जनकमान डंगोल: 
स्तम्भकार:जनकमान डंगोल 
२००७ साल सम्म नेपालमा राणाहरुले राज्य चलाए । राणाहरुको शासनकालमा राणाहरुको बोलिनै कानून हुने भएकोले 'हुकुमी शासन' भनेर भन्ने गरिएको हो ।
राणाहरुको हुकुमी शासनलाई अन्त्य गर्नु पर्छ भनेर नेपालमा भित्रभित्रै गुपचुप तरिकाले बिक्रम सम्बत १९९३ सालमा टाँक प्रसाद आचार्यको अगुवाईमा प्रजा परिषद नामको पार्टी गठन भयो तर उक्त पार्टी लामो समय सम्म टिक्न सकेन । चाकडीप्रथामा चलेको त्यो समयमा चाकडीबाजहरुले पोल लगाई दिएको कारणले गर्दा धेरै नेताहरु जेल नेल देखि मृत्युदण्डको संजाय सम्म भोग्न बाध्य भएको थियो भनेर ईतिहासमा लेखिएको छ ।
नेपालमा राजनीतिक पार्टी खोल्न सकिदैन । प्रजा परिषदको हबिगत देखेको त्यो समयका युवा नेता स्व.बि.पी कोईराला, स्व.कृष्ण प्रसाद भटराई देखि स्व. गणेशमान शिहहरुले भारतमा गएर राजनीतिक पार्टी खोल्न थाले । रास्ट्रिय कांग्रेस पछी एकीकरण भएर नेपाली कांग्रेसको जन्म २००४ सालमा भारतको कलकत्तामा भएको थियो भनेको त्यसको ठिक दुई बर्ष पछी  बामपन्थी विचारधारा बोकेकाहरुको नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा नै गएर खोलिएका हुन ।  दुबैको उद्धेश्य नेपालमा हुकुमी शासन चलाएका राणाहरुलाई शासन सत्ताबाट च्युत गरेर देसमा प्रजातन्त्रको स्थापना गर्नु थियो ।
हुकुमी शासनको बिरोध गर्ने नेपालको जेठो पार्टी कांग्रेस हुन या कम्युनिस्ट यी पार्टीहरु शासन सत्तामा आई सकेपछी राणाशाहीलाई समेत मात दिने गरि हुकुमी शासन लादनमा माहिर देखिन्छ र देखाउदैछन । हिजो राणाको समयमा राणा शासनको बिरोध गर्यो भने मृत्यु दण्ड देखि देस निकालाको संजाय पाईन्थ्यो भने अहिलेको समयमा पार्टीका नेताहरुको बिरोध गरियो भने बिरोध गर्ने कार्यकर्ताहरुको पनि हालत राणा शाहीले दिने संजाय जस्तै देखिएको छ ।
अहिले सरकारमा  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा छन । पटक पटक प्रधानमन्त्री बन्न सफल भएका प्रधानमन्त्री देउवाले चितवन जिल्लाको भरतपुरको वडा नम्बर १९ मा हुन् लागेको दोश्रो पटकको स्थानीय निर्वाचनको मतदानलाई लिएर हुकुमी सैलिमा माके पार्टीलाई भोट हालेनन र बिरोध गरे भने त्यस्ता कार्यकर्ताहरु लाइ कारबाही गरिने छ आदेस जारि गरे । प्रधानमन्त्री देउवाको भनाई भन्दै अहिले यतिखेर प्रिन्ट देखि बिधुतिय मिडियाहरुमा हेडलाईन न्युज बनेर छाएको छ ।
हिजोका आफ्ना अग्रज नेताहरुले जहानिया राणा शाही हुन या एकदलीय पंचायती शासन प्रणालीको बिरोध गर्दा जेलनेल देखि मृत्युदण्ड सम्मको संजाय भोग्न बाध्य भएको तथ्य अहिलेका कांग्रेसी नेताहरुले देखेका मात्र नभई भोगेका पनि छन भने हिजोका दिनलाई चटक्क बिर्सेर राणाशाहीको झल्को दिने गरि हुकुमी फरमान किन जारि गरे ?
देस अहिले २००७, २०१७, २०४६ देखि २०६४ साल जस्तो छैन । अहिलेका युवाहरु हरेक क्षेत्रमा निपूर्ण भैसकेका छन । पार्टी सभापतिले दिएको जस्तोसुकै अलोकप्रिय आदेसको पालना गर्नु पर्छ भन्ने मान्यता राख्दैनन र भोलि निर्वाचनको मत परिणाम सोचेको भन्दा उल्टो आयो भने प्रधानमन्त्री देउवाले चितवन जिल्लाका आफ्ना सबै नेता देखि कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरि निस्कासन गर्ने हिम्मत गर्लान कि नैतिकता आधारमा प्रधानमन्त्री देखि पार्टी सभापति पदबाट राजिनामा देलान त्यो सोचनीय बिषय हो ।
नेपाली कांग्रेस प्रजातान्त्रिक विचारधारा बोकेको राजनैतिक पार्टी हो । प्रजातन्त्रमा सबैलाई आफ्नो बिचार राख्न देखि लेख्ने सम्मको छुट छ । प्रजातान्त्रिक ब्यबस्थामा सहिलाई सहि र गलतलाई गलत भनेर बोल्न र लेख्न पाईन्छ । पार्टी नेतृत्वले दिएको गलत आदेशलाई मान्नु पर्छ भन्ने जरुरि पनि छैन र यदि त्यसो भयो भने राणा शाही हुन या पंचायती वा अहिलेको शासनमा के नै भिन्नता भयो र ।
भारतमा सयौ वर्ष शासन सम्हालेको बेलायतिहरुलाई देशबाट निकाल्न आवाज उठाउने भारतको जेठो पार्टी भारतीय कांग्रेस आज आएर नाम मात्रको पार्टी भएको छ । पटक पटक एकछत्र राज गरेको भारतीय कांग्रेस पार्टी अहिले दुई अंकमा समेटिएको छ । सय बाट दुईको अंकमा झर्नु र यस्तो हुनुको मुख्य कारण भनेको सत्तामा पुगेको बेला सत्ताको नशाले मदमत्त भएर जनतामाथि गरेको अत्याचारको फल थियो भने भोलि यहि स्थिति नेपालको पुरानो पार्टी कांग्रेसको पनि हुन सक्छ ।    
नेपालको कांग्रेस पार्टी पनि भारतीय कांग्रेस पार्टी जस्तै हो । दुवै पार्टीको विचारधारा भनेको प्रजातन्त्र देखि समाजबाद हो । पार्टी प्रति आस्थावान नेता देखि कार्यकर्ता हुन या जनता यी सबैले माया गरेर नेपाली कांग्रेसलाई पटक पटक देसको सत्ताको साँचो सुम्पेको छ तर जबजब नेपाली कांग्रेसका नेताहरुले सत्ता सम्हाल्छन त्यसपछि राणाशाहीलाई पनि मात दिने गरि हुकुमी शैली लादन खोज्छन भने भोलि नेपाली कांग्रेसको स्थिति पनि भारतीय कांग्रेसको जस्तै नहोला भनेर भन्न पनि सकिन्न ।
मिति २०७४ श्रावण २३ गते प्रदेस दैनिक हेटौडामा प्रकाशित 

कसरि भो हेटौडा नगर सफा स्वच्छ र हराभरा ?

Written By खांट्टी कुरा on Friday, August 04, 2017 | August 04, 2017

-जनकमान डंगोल 
मकवानपुरबाट प्रहरी उपरीक्षक बसन्त कुमार लामा सरुवा भएर जाने बेलामा पत्रकार सम्मलेन गरेर नागरिकहरुलाई लागु औषध दुर्व्यसनमा हेटौडाका युवाहरु नराम्रो संग फसेको हुँदा त्यसतर्फ ध्यान दिन जरुरि छ भनेर भन्नुभयो । अरु पुलिसका हाकिमहरु पनि आए गए तर लामा साबले जस्तो समाजलाई खबरदारी गरेको देखिएन ।
उपरीक्षक लामाको भनाईलाई आधार मान्नेहो भने अहिले हेटौडा नगरीमा ९०% युवाहरु लागु औषध दुर्व्यसनीको सिकार भएको देखिन्छ   
दिनहु युवाहरु लागु औषध अपराधमा पक्राउ परेको समाचार पत्र पत्रिकामा छापिने गरेको छ तर लागु औषध दुर्व्यसनी मुक्त जिल्ला बनाउने भनेर आज सम्म कोहि कसैले पहल गरेको देखिएन ।
‘हाम्रो हेटौडा राम्रो हेटौडा’ भन्ने नारा नयाँ र नौलो पनि हैन तर दिनप्रतिदिन कुरूप बन्दै गएको हेटौडा अहिले सफा र सुग्घरमा देसको तेस्रो नगरपालिका भयो भनेर नगर पालिकाको हाकिम र मेयर भएर संयुक्त पुरस्कार पाएको समाचार सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ ।
सफा र सुन्दरको परिभाषालाई  बुद्धिजिबी देखि लेखकहरुले आ-आफ्नै तरिकाले व्याख्या गर्लान तर सफा र सुग्घरमा हेटौडा नगर देसको तेस्रो भयो भनेर बिस्वास गर्ने आधार के भनेर प्रश्न गर्ने ठाउँ भने प्रसस्त देखिन्छ ।
नगर सफा देखिन बाटोघाटो चोक गल्लि देखि सबै तह र तप्काकाहरुको मन सफा हुन सख्त जरुरि देखिन्छ तर उपरीक्षक लामाले सरुवा भएर जान लाग्दा गरेको पत्रकार सम्मेलनमा अपराधको अभिलेखमा नगरमा बढ्दै गएको लागु औषध दुर्व्यसनीको संख्याको सूचकाँक ९०%  देखिनु त्यो जस्तो डरलाग्दो फोहरीपना अरु के नै हुन सक्छ र ।
हेटौडाले अहिले राजधानी काठमान्डौलाई बिर्साउदै छ । दिनहु बढ्दै गएको ट्राफिक समस्याले सबै भन्दा बढी पिडित र आहत नगरबासीनै भएका छन । बाटो बिस्तार गर्न खोज्यो भने समाजका धमिराहरु अगाडी सरेर बाटो बिस्तारमा भाँजो हाल्छन । दिनहु बढ्दै गएको ट्राफिक जामले हेटौडा नगर अस्तव्यस्त भएको छ । ट्राफिक जाम नभएको कुनै सडक बाँकी छैन । सवारी गुड्ने बाटो जसलाई पिच सडक भनेर नामाकरण गरिएको छ त्यस्ता सडकहरुको अवस्थालाई हेर्दाहेर्दै पनि हेटौडा नगर कसरि सफा र स्वच्छ भयो ।
प्रजातन्त्र देखि लोकतन्त्रे शासनले हेटौडाका केहि नाम चलेका ब्यापारीहरुलाई अहिले सातखत माफी दिएको छ । ब्यापारीहरुले कालाबजारी गर्नु पेशाजस्तै बनि सकेको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने ब्यापारीको दोकानमा अनुगमन गर्ने निकाएले म्याद नाघेको खाधपदार्थ जफत गरेको समाचारले पत्रिकाको अगाडिको पानो पनि भरिएकै छ तर त्यस्ता जेम्राज चरित्रका व्यापारीहरुलाई कारबाही गर्ने कुनै निकाय देखिदैन भने कालो मन भएका ब्यापारी देखि नेता, समाजसेवी देखि अन्य तह र तप्का बस्ने हेटौडा शहर कसरि स्वच्छ, सफा र हराभरा भयो आजको खाँट्टी प्रश्न यो हो कि हैन ?

राजतन्त्र र प्रजातन्त्र बिचको भिन्नता

Written By खांट्टी कुरा on Thursday, July 27, 2017 | July 27, 2017

नेपाल जस्तै भारतको छिमेकी देस भुटानमा गएर ब्यापार ब्यबसाय गर्ने हज्जारौ भारतीय नागरिकहरु छन राणा सरकारको पालामा ब्यापार ब्यबसाय गर्न छिरेका भारतीय मुलका व्यापारीका शाखा सन्तानहरु अहिले नेपालमा बंसजको आधारमा खाँट्टी नेपाली नागरिक भै सके तर पचासौ बर्ष भन्दापनि बढी समयसम्म भुटानमा ब्यापार ब्यबसाय गरि बसी सकेका भारतीय नागरिकहरुलाई भुटान सरकारले नागरिकता त टाढाको कुरा हालको नयाँ नियम कानून भन्दै पहिचान- पत्र सम्म दिन मानेको छैन ।

नागरिकता नभए सम्म घर जग्गाको खरिद बिक्रि गर्न पाईदैन । जो जति भारतीय नागरिकहरु भुटानमा गएर बसे तिनीहरुले आफु बसेको अर्थात भुटान सरकारले दिएको भाडाको घरलाई बार्षिकरुपमा नबिकरण गराउंदै बस्नु पर्ने बाध्यता छ ।
यसै सन्दर्भमा लत्ताकपडाको ब्यापार ब्यबसाय गरि बसेका एकजना ब्यापारीले आफ्नो नाम नबताउने सर्तमा भने हाम्रो परिवार सन् १९६३ सालमा भुटान आएका हुन । पहिला निकै स्वतन्त्रता थियो तर ऐले आएर भुटान सरकारले नियम कानूनमा कडाई गरेको छ । पहिला परिवारलाई पहिचान पत्र दिने गरेको थियो तर अहिले आएर ब्यापार गर्नेहरु जसको नाउँमा पसल छ उसैको नाउँमा मात्र भुटान सरकारले परिचय पत्र जारि गर्ने गरेको छ । व्यापारीको भाई भतिजा तथा अन्य नातेदारहरुलाई आधिकारिकरुपमा बसोबास गर्ने अनुमति दिने गरेको छैन ।

बि,बि.सि ले हालै प्रकाशित गरेको यो समाचारलाई आधार मानेर हेर्ने हो भने राजतन्त्रात्मक भुटानले नेपालमा पटक पटक भएको राजनैतिक परिवर्तन भएको घटनालाई मध्यनजर राखेर आफ्नो देसको अस्तित्व बचाउनको निमित्त यस्तो कडा कदम चाल्न बाध्य भएको हो भनेर सजिलैसंग अनुमान गर्न सकिन्छ ।

भारत सरकारले उचाली दिएको हो वा स्व.बि.पी कोईराला बन्ने चाहनाले हो टेकनाथ रिजाल नाम गरेका नेपाली मुलका भुटानी नागरिकले भुटानमा प्रजातन्त्रको आवाज उठाए तर तिनले देखेको भुटानी प्रजातन्त्रको सपना भारतको चिसो छिडीमा गएर तुहिएको पनि देखिएकै हो तिनको क्रियाकलापले गर्दा भुटान सरकार रिसायर लाखौलाख नेपालीहरुलाई पुस्तौपुस्ताको थातथलो छाडन बाध्य बनाउंदै जबर्जस्ती भारतको बाटो हुँदै नेपाल ल्याएर छाडी दिएको घटना पनि धेरैले बिर्सी सकेका होलान भुटानी सरणार्थी समस्या हाल सम्म पनि समाधान हुन सकेको छैन धेरै नेपाली मुलका भुटानीहरु तेस्रो मुलुकमा बसाई सर्न बाध्य भए तर भुटान सरकारले आफ्नो देशबाट नेपाल खेदेका नेपाली मुलका भुटानीहरुलाई आफ्नो देसमा फर्काउन राजि भएको देखिदैन कथित प्रजातन्त्रको मागले नेपालको जस्तै स्थिति भुटानमा पनि दोहरिन सक्ने भयले त्यसो गरिएको हो भनेर सजिलै लख काटन सकिन्छ

सियो बनेर पस्दै फाली बनेर निस्कन सक्ने सामर्थ्य भएका बेलायतिहरुले सयौ बर्ष भारतलाई केन्द्रबिन्दु बनाएर थुप्रै देशहरुमा कब्जा बनाउन सफल भय तर नेपाल निल्न भने हिम्मत गरेनन तर अंग्रेजको गुलामी कस्तो हुन्छ भन्ने राम्रै अनुभव बटुलेका भारतीयहरुले अंग्रेजले देस छोड़नासाथ् छिमेकीहरुलाई निल्ने दुस्प्रयास गरे जसको नतिजा स्वतन्त्र रास्ट्र सिक्किमलाई भारतले आफ्नो एउटा प्रदेस बनाउन सफल भने भुटानलाई अर्धगुलाम बनाएको पनि देखिएकै हो

नेपाललाई पनि सके सिक्किम नसके भुटान बनाउन नखोजिएको पनि हैन तर स्व.राजा महेन्द्र देखि बीरेन्द्र सम्मले सिक्किमको घटनाबाट पाठ सिकेर त्यो समयमा शासन ब्यबस्था प्रत्यक्षरुपमा आफ्नो हातमा नलिएको भए  नेपालको नक्सा आज बिस्व मानचित्रमा स्वतन्त्र देसको रुपमा कोरिने थिएन । नेपालले पनि सिक्किमकै नियत ब्यहोर्नु पर्ने थियो

भारतीयहरुको बानि थाहा पाएर भुटानले आफ्नो देसमा नागरिकताको बिषयमा कडाईका साथ नियमको पालना गर्न लगाएका छन । भारतीयहरुलाई ब्यापार ब्यबसाय गर्न दिएकातापनि स्थाही अनुमति पत्र भने दिन मानेका छैनन ।

भारतीय दानापानीमा हुर्केका नेपालका अहिलेका सबै पार्टीका नेता देखि तिनका ताबेदारहरुले भुटानको सिको मात्र गरि दिएको भए प्रजातन्त्र देखि जनयुद्ध हुँदै गणतन्त्रको नाउँमा हज्जारौ हजार नेपालीहरुले अकालमा ज्यान फाल्नु पर्दैन थियो ।

पंचायत नफाले सम्म राजा फाल्न सकिदैन । राजा नफाले सम्म नेपालमा हालीमुहाली गर्न पाईदैन । बिदेसिले बुनेको माकुरी जालो यिनै थियो । बिदेसीले चारो हाले । सित्तैमा किन दिए भनेर सोच बिचार गरेनन । यहि माकुरी जालोमा नेपालका पार्टीका नेताहरु फसेका छन । फस्न त फसे भोलि ईतिहास देखि आफ्ना सन्ततिहरुले कत्तिको धिकार्लान त्यो पनि बुझेका होलान तर दासहरुको लागी भबिस्यको के नै अर्थ होला । आर्काले फाल्देको चारोमा लट्ठ भएर जसरि तोता मैना परेर पिजडाको बास हुन बाध्य भएका छन नेपाली नेताहरुको हबिगत पनि त्यस्तै भएको देखिन्छ

जसरि पिंजडाको सुगाले मिठो मिठो खाना खान त पाएका छन तर मालिकले रटाएको रटान बोल्न बाध्य हुनु पर्छ ठ्याक्कै नेपालका पुराना देखि नया रिकुटे नेताहरुले पिंजडाको सुगाको भाषा बोल्न बाध्य भएका छन २००७ देखि २०७४ सम्मको समयमा आईपुग्दा सम्म देखिएको विभिन्न घटनाक्रमहरुले त्यसलाई पुस्टि गरि सकेको छ

भुटानको राजाले पनि नेपालको राजा जस्तै उदार बनेर आफ्नो देसमा कांग्रेसी नेताहरुले भन्ने गरेको डेमोक्रेसीलाई आत्मसाथ गरेको भए आज भुटानमा बसेका हज्जारौ ब्यापारीहरुको हातहातमा भुटानको नागरिकता हुन्थ्यो र अन्त्यमा आएर भुटानी नरेसले पनि गणतन्त्र घोषणा गरेर राजा ज्ञानेन्द्रको पदको अगाडी पुर्व थप्न बाध्य हुनु पर्थ्यो


रास्ट्र र रास्ट्रियता नबुझ्ने र बुझेर पनि बुझ पचाउनेहरुको लागि यस्तो लेखाईको कुनै अर्थ हुन्न किनभने पार्टी प्रति अन्धभक्त भएर भेडाको जुनीमा पुगी सकेको हामि नेपालीहरुको लागी रास्ट्र र रास्ट्रीयताको लागि लड्ने राजतन्त्र भन्दा बिदेसीको दानापानीमा खोलिएको राजनीतिक पार्टीनै ठुलो हुन्छ । दुई पटक प्रजातन्त्र स्थापना देखि अहिलेको कथित गणतन्त्र सम्ममा आईपुग्दा देस र जनताले के पायो भनेर सोच्नु त परको कुरा अझै पनि विभिन्न पार्टीमा लागेर देशलाई सिक्किम बनाउने तर्खरमा पुगी सकेका छौ भने यो पंक्तिकारले खाँट्टी नेपाली शब्दमा लेखेको यस्तो आलेख के कसरि बुझ्लान
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger