Latest Post
जस्तो देखाई त्यस्तै लेखाई
Written By खांट्टी कुरा on Saturday, September 25, 2021 | September 25, 2021
विकासे मूल असार महिना मात्र किन फ़ुटाईन्छ ?
Written By खांट्टी कुरा on Wednesday, June 24, 2020 | June 24, 2020
नेपालमा
बर्ष भरिको हरहिसाब असार महिनामा गर्ने गरिन्छ जसलाई आर्थिक भाखामा ‘साल
तमामी’ भन्ने गरिन्छ । जब बैशाख लाग्छ अनि नेपालमा सरकारी देखि
दाताहरुको बजेट कसरि सक्ने भन्ने छटपटाहट सरकारी राष्ट्र सेवक देखि नेताहरुमा
देखिन्छ ।
राणा देखि राजाको शासनकालमा देशमा बिकास भएन । शासन ब्यबस्था
निरंकुस भयो भन्दै २००७ साल देखि जेहाद छेडेर २०६४ सालमा देश जोडनेको सन्तानलाई
शासन सत्ता छाडन बाध्य बनाउने पनि कांग्रेस तथा कम्युनिष्टहरुनै हुन् ।
६४
देखि आजको दिन सम्मलाई मात्र पनि गणना गर्ने हो भने १३ बर्ष भयो । बिकासको लागी १३
बर्ष भनेको चानचुने कुरा पनि हैन तर गणतन्त्रको स्थापनाको १३ बर्षमा के कति बिकास
भयो त्यो सबैले प्रत्यक्ष देखि सकेपछी पंक्तिकारले बयान गर्नु नपर्ला ।
कुनै पनि बिकास निर्माणको काम फु–मन्तरको
तालमा एक दुई महिनामा पक्कै पनि सम्पन्न गर्न सकिदैन । कम्तिमा पनि छ देखि एक बर्ष
सम्ममा सम्पन्न गर्न सकिने बिकास निर्माणको काम कार्य आर्थिक बर्षको पहिलो महिना
श्राबण देखि चैत्र अर्थात नौ महिना सम्म गरिदैन । राष्ट्रसेवक, मन्त्रिहरु देखि पार्टीका कार्यकर्ताहरु त्यो अवधिमा कानमा तेल हालेर कुम्भकर्ण
बनेर बस्छन ।
हरेक शब्दमा ‘जन’ घुसाउने कम्युनिष्ट पार्टीहरु हुन । कम्युनिस्ट पार्टीले जे जति गर्छन त्यो सबै ‘जन’ अर्थात जनताहरुको लागी हो । जनताहरुको लागी भनेर देशमा कांग्रेस संग लागेर प्रजातन्त्र देखि गणतन्त्र सम्मको खेति गरेकै हुन जुन खेति आजका मिति सम्म राम्रैसंग मौलाएकै छ । असारे बिकास त्यसैको नमुना हो
जब चैत्र सकिन लाग्छ त्यस पछी ‘जब राति अनि बुढी ताती’ भन्ने उखानलाई पछ्याउदै हस्यांग फस्यांग गर्दै टेन्डर बोलकबोल आब्हान गर्दा बैशाख महिना त्यसै बितेर जान्छ । जेष्ठको दोश्रो देखि तेस्रो हप्ताबाट नगर देखि गाउँमा बिकासको मूल फुटन सुरु हुन्छ । त्यही फुटेको बिकासको मूलले नेता देखि राष्ट्र सेवक हुँदै कार्यकर्ताको ढुकुटी भरिने तर बिकासको काम भने ‘रातभरी रुंग्यो बुढी जिम्दै’ हुने गरेको देखिएको छ भने बिकास निर्माणको काम हिउँद महिनामा किन गरिदैन ?
साल तमामी आयो । असार भरिमा बजेट जसरि भए पनि सक्नु पर्ने हुन्छ । त्यसैको चटारोले होला हेटौडा उप महानगर पालिकाको वार्डनम्बर ३ र १३ मा सडकको बिचमा नै बिजुलीको पोल भएको देख्दादेख्दै पनि स्लाब ढलान गर्दा उक्त सडकमा साना सवारी र मोटर साईकल बाहेक अरु सवारी संचालन नहुने भएको छ । यो त एउटा सानो उदाहरण मात्र ।
अहिले हेटौडा उप महानगर पालिकाको केहि वडाहरुमा बाटो, ढलको काम युद्धस्तरमा सुरु गरिएको छ । हिउँद महिनामा सुरु गरेको भए यति खेर काम सक्किएर नालीमा सललल पानी बग्थ्यो होला भने बाटो हिलो पक्कै पनि हुँदैन थियो । बिकास निर्माणमा खर्चिने पैसा जनताबाट उठाएको करले गरिने हो । जनताको पसिनाबाट सिंचित भएर जम्मा गरिएको पैसा समयमै खर्च गर्न सक्दैनन भने हरेक शब्दमा ‘जन’ घुसाउने अधिकार कांग्रेस देखि कम्युनिस्ट पार्टीको नेताहरुलाई छैन । बिकास निर्माणको काम समयमै गरेका भए यस्तो दुर्दिन देख्नु पर्दैन थियो भने हिउँद सकिए पछी बिकास निर्माणको काम सुरु गर्नु पर्छ भन्ने गुरुमन्त्र हाम्रो राजनेता देखि राष्ट्रसेवक हुँदै पार्टीका कार्यकर्ताहरुलाई को कसले दिने रैछ त्यसको पहिचान अब समयमै हुनु जरुरी छ ।
‘जुन गोरुको सिंग छैन उसको नाउँ तिखे’
Written By खांट्टी कुरा on Saturday, May 23, 2020 | May 23, 2020
पुर्बी एसिया थाईल्याण्ड, मलेसिया, ईन्डोनेसिया जस्ता देशहरुमा भारतीय भनेको कसैले पनि बुझ्दैनन ! ओरांग ईन्डिया (ओरांग भनेको मान्छे) भन्छन ।
अंग्रेज संगको लडाईमा हाम्ले सुगौली सन्धिमा गुमाको भूभागमा अहिले पनि बिहावारी चल्छ । रोटि र बेटीको साईनो भनेको त्यो हो । भारत भन्ने देश त अंग्रेजले छाडेर गए पछी बनेको हो भने हाम्लाई छोटेभाई भन्न गुलामहरु लाई लाज लाग्दैन ?
२०४६ साल पछी राजनीतिमा चम्केका स्व.गिरिजा प्रसाद कोईरालाले आफु सत्तामा हुँदा गान्धारिले आँखामा पट्टि बाँधेको जस्तरी मुखमा पट्टि बानेर बस्थे । जब सत्ताबाट बाहिर हुनासाथ ग्राण्डडिजाइन भनेर कुर्लिन्थे तर त्यो भनेको के हो भनेर कसैले खोजीनिती गरेनन ।
बिक्रम सम्बत २००४ सालमा राणा शासन फाल्ने भनेर भारतमा बसेर खोलेको पार्टी हो कांग्रेस अनि त्यसको दुई वर्षा पछी भारतमै खोलिएको हो कम्युनिस्ट पार्टी । भारतमै बसेर नेपालको जनताको हत्या गर्ने आतंककारी पार्टी हो माओबादी ।
आर्काको नुनपानी खायेसी सके फकाएर नसके तर्साएर लुटेर असुल गर्छन । नेपालको ठुला नदीहरु कोशी, गण्डक, महाकाली देखि कालापानी लिपुलेक त्यसै लुटेका छैनन । राणा, पंचायत फालेर १७ हजारको हत्या गराएर गणतन्त्रको स्थापना, अनि स्व.गिर्जाले भन्ने गरेको छिमेकीले रचेको ग्राण्ड डिजाईनको अर्थ कांग्रेस कम्युनिस्टहरुका सिपाहीहरु लाई अब थाहा भो होला ।
सामन्ती भन्नेहरु आज सामन्ती किन बने ?
Written By खांट्टी कुरा on Thursday, April 09, 2020 | April 09, 2020
आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ, सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।
गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।
बिचरो सामन्ती पन्चेतलाई ३० बर्ष टिक्न दिएनन ।
चैत २६ को कालोग्रहणले नेपालको माटो सुहाउँदो पंचायती ब्यबस्था स्वाहा बनाईयो ।बाबुराम भटराई आफुलाई खाँटी कम्युनिस्ट भन्छन ।
प्रधानमन्त्री भए पछी मेरो अगाडी कसैले पनि सामन्ती भाखा नबोल्नु भन्ने उर्दी जारि
गरेको पनि देखिएकै हो ।शोषक र सामन्तीको दर्जा पाएका खाँटी पन्चेहरु अहिले
हरिकंगाल भएका छन । पन्चे भन्दा हरि कंगाल जंगे महाराजको सन्तान छन । बिदेसी सामु
ति दुबैले घुंडा टेकेनन । टेकेको भए नेपालमा अहिले पनि श्री ३ महाराजकै शासन हुन्थ्यो
।२०४६ साल पछी कांग्रेस र कम्युनिस्टले पनि
सामन्ती भेषभुषा, भाषा, लवाई खवाई सिके । त्यसैको प्रभावले होला हिजोका
हरिकंगालहरु अहिले श्री ३ को खांगी खाने हैसियतमा पुगेका छन तर खाँटी कुरा चै के
भने चैत्र २६ गते आएको दिनमा यिनको मन अझै पनि झसंग हुँदो रहेछ । सामाजिक संजालहरुमा
पोस्ट भएको लेखाईले त्यहि देखायो ।राणा देखि पंचायतलाई नजिकका आसेपासे चाटुकारले
स्वाहा बनायो । राणाकै पालाको चाटुकार सातसाले प्रजातन्त्रमा छिरेकै हो । सत्र सालमा
पंचायत ल्याउन तिनैले भूमिका खेले । छयालीस देखि चौसट्ठी ल्याउने पनि तिनै हुन ।
धन र दौलतको लागी आफैलाई निलाम गर्न पछी नपर्ने तिनैको मोहजालमा अहिलेकाहरु नराम्रो
संग फँसेका छन ।चाटुकारहरु संग ईमान जमान देखि नैतिकता हुन्न ।
धन दौलतको लागी देश बेच्न पछी पर्दैनन । उदाहरणको लागी सिक्किमे काजि लेण्डुप
दोर्जीलाई हेरे पुग्छ तर लेण्डुप बन्न जति सजिलो छ मरणको बेलामा पाईने तिरस्कार सास्ती
कस्तो हुन्छ भन्ने कुरा सिकिमको ईतिहास खोजेर पढुन ।
गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?
Written By खांट्टी कुरा on Sunday, May 27, 2018 | May 27, 2018
कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले सम्म पनि गरिग गुरुवाहरुको रासन पानीमा बाँचेर सेल्टरकै राजनीति गर्दै हिड्थे होलान ।
कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी २०४६ साल सम्म बाँचेको भए कम्युनिस्टहरू संग पक्कै पनि लगन गाँठो कस्दैन थिए किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । आफ्नाहरुलाई पनि गर्न दिएनन । जानेर र बुझेरनै स्व.बि.पी त्यस्तो गरेका थिए तर आफ्ना जन्मदाताले किन त्यस्तो गरे भन्ने कुरोको चुरो पत्ता नलगाई छयालीस सालमा जोडेको घांटीले गर्दा अहिले कांग्रेसीहरु पछुतो मान्दैछन ।