Latest Post

Showing posts with label साभार आलेख. Show all posts
Showing posts with label साभार आलेख. Show all posts

'एक्लै बस्न रुचाउँछु'

Written By खांट्टी कुरा on Friday, November 07, 2014 | November 07, 2014

गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः
घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?

कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।
सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ। 
जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।

किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।

सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।

यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ। 
फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?
यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

संघीयता नै बुझेका छैनन ल्याउँछन कसरी ?

Written By खांट्टी कुरा on Sunday, November 02, 2014 | November 02, 2014

बिनोद न्यौपाने
- विनोद न्यौपाने, संघीयता विज्ञ ।
नेपालमा संघीयता त्यतिकै आयो जस्तो लाग्छ । कसले कसरी बुझ्यो । त्यतिकै हावादारी तरिकाले संघीयता–संघीयता भन्यो । सबै समस्याको समाधान गर्ने अस्त्रको रुपमा बुझे संघीयतालाई । संघीयतामा यही नै हुन्छ भन्न सक्ने तागत कसैसँग छैन । यो कोर्स कसैले बनाएको होइन । यो समय परिस्थिति र आवश्यकताले एक आपसमा निर्माण हुने कुरा हो । संघीयताको जन्म यसले गर्‍यो  भन्ने छैन । मुलत संघीयता स्पेसलाई आधार बनाइने चिज हो । नेपालको परिप्रेक्षमा सन् २०११ को जनगणना अनुसार १ सय २५ जातजाती छन भने १ सय ४० भाषाभाषी छन । हामी छरपस्ट रुपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसेका छौं । संघीयताका आधारभुत कुराहरु अनुसार पहिला अरुको हक अधिकारको रक्षा गरेर आफ्नो हक अधिकार खोज्ने हो । तर हाम्रो बानीव्यहोरा ठिक छैन । नेपालमा संघीयता भनेर यसरी हौवा पिटाइयो कि संघीयता भनेको रामवाण हो ।
संघीयता भनेको एन्टिबायोटिक हो निको भइहाल्छ भनेर ल्यायो । राजनीतिक दलका शीर्ष नेताहरुलाई त नभनौ कतिलाई त ज्ञान नै छैन । भएपनि पूर्ण ज्ञान छैन अपूर्ण ज्ञान हुँदा झनझन कुरो मिल्दैन । संघीयताको आधारभूत कुरा राम्रोसँग बुझिदिएको भए आजको यो परिस्थिति आउने थिएन । संघीयता मन लागि बाँडने होइन संघीयता भनेको कुनै पनि ठाउँको स्पेसको स्रोत के छ ? साधन के छ ? जनसङख्या के छ ? संस्कृति के छ ? संघीयता स्थानीयले निर्धारण गर्ने कुरा हो । कर तिरेर उसले कति प्रतिनिधि पाल्न सक्छ ? उसको दैनिक आम्दानी कति छ ? खर्च गर्न सक्छ ? यो आधारभूत डाटा हो । यसको आधारमा तथ्यमा रहेर गर्ने हो भने एक घण्टामा संघीयताको बाँडफाँड हुन्छ । स्पेस नम्स भ्यालुज, एपिच्युट, पपुलेन्सन, कल्चर, कस्टम र रिच्योल भएपछि जसले पनि संघीयताको बाँडफाँड गर्न सक्छ । संघीयता भनेको त तपाई हाम्रो विकास गर्न चाहिएको हो । यो आधारभूत कुरामै टेकेर राजनीतिक दलका नेताहरुले वास्तवमै संघीयता चाहेको भए व्यवहारमा गर्न सक्नु पर्दथ्यो त्यो गर्न सकेनन । एक त यिनीहरुले स्थानीय निकायको निर्वाचन नै गराएनन् । पार्टीहरु मिलेर खाने कुरामा सहमति जनाउँदै आएका छन् । संसदलाई दिएको एक करोड रुपैयाँ संघीयताको एउटा सानो नशा हो । यो एक करोड पनि कसरी बाँडफाँड गरेर सिध्याएका छन् त्यो देखिएकै कुरा हो । संघीयताको विषयमा कांग्रेस, एमाले र एमाओवादीसँग जावाफ नै छैन ।

यहाँ त के छ भने कति राज्य बाडने र आफूले आफ्नो स्वार्थ अनुकूल बाँडेर राज्य गर्ने । आफ्नो स्वार्थ अनुसारको स्वार्थ छ । संघीयताको विषयमा राजनीतिक दलहरुले संघीयता सम्बन्धि विज्ञ राखेर एक बर्ष अध्ययन गर्नु दिनुपर्छ । संघीयताको विषयमा यिनीहरुले जिआइएस गर्ने सिस्टम छ त्यही अनुसार नेपालको नक्सा टेबुलमा राखेर चिरफार गर्छन । संघीयताको कुरा उठाउने वित्तिकै कांग्रेस, साझा पहिचान, एमाले बहुपहिचान, एमाओवादीले जातजाति सहितको पहिचान भनेर मनलाग्दी रुपमा प्रदेशको निर्धारण गरेका छन् । प्रदेश निर्माण गर्ने आधार अहिलेसम्म नेताहरुले खै त प्रस्तुत गरेको ? एमालेले ल्याएको चार प्रदेशको आधार के ? नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नै सोधौ, सात प्रदेशको आधार के ? प्रचण्डलाई सोधौ,१० प्रदेश के हो ?

जनसंख्यामा कुरा गर्ने हो भने अहिले तीन जना कुसुण्डाहरु क्षेत्रीसँग विवाह गरेका छैन । कुसुण्डा भाषाको विकास गर्न धेरै मानिसले अनुसन्धान गरेका छन् । कुसुण्डालाई कुन राज्य दिने उसको पनि पहिचान दिनु पर्‍यो नि त ? संघीयता त सभासद्लाई पत्तो नै छैन संघीयताको विषयबस्तु र परिभाषा नै थाहा छैन यि राजनीतिक दलका नेताहरुलाई । ६०१ मध्ये अधिकाश सभासद्लाई संघीयता स्पेसको आधारमा हुन्छ भन्ने कुरा थाहा छैन । संघीयताको वेसिक भनेको स्पेस हो । हाम्रो नेताहरु के गर्दा फाइदा हुन्छ त्यतारि लागेका छन् । संविधान जारी भएपछि नेपाली जनतालाई के दिने भन्ने कुरा भन्दा पनि कसले सरकार बनाउने भन्ने विषयमा बहस हुन थालेपछि पनि हुन्छ ? १५ दिन युरोपमा गएर बस्दैमा एउटा सासदले संघीयता बुझ्छ भन्या ? संघीताको कुरा गर्दा सिंगो देश बुझ्नु पर्‍यो । सबै जातजायि बुझ्नु पर्‍यो । सबै भाषाभाषिलाई बुझ्नु पर्‍यो नि त ? नेपाल जान्नु पर्‍यो । संघीयता दिने । स्रोत र साधन बाडफाँड गरेर डा. हर्क गुरुङले उत्तरदेखि दक्षिणसम्म काटेर वैज्ञानिक ढंगले विभाजन गरेको कुरालाई दिनसक्नु पर्‍यो नि ? संघीयताको विषयमा विज्ञ नराखिकन छलफल नै नगरीकन स्थानीय स्पेसको स्रोत साधनलाई अध्ययन नगरी गर्न सकिदैन । हावाको भरमा यति प्रदेश र उति प्रदेश भन्छौ । के हो त आधार भन्दा नेताहरुसँग यसको स्पष्ट जवाफ छैन । हाम्रो कमजोरी यही नै हो ।

तथ्यविनाको संघीयता दलहरुबीच सहमति फुस्रो गफ पहिलो कुरा त नेताहरु संघीयताको विषयमा आफूहरु नै स्पष्ट छैनन जसको कारणले सहमति कायम हुन नसकेको हो । यो राष्ट्र हाम्रो हो । यसलाई बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो । अधिकारबाट बञ्चित भएकाहरुलाई कसरी अधिकार दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयले चेपाङको बच्चालाई एमविविएसको कोटा छुट्टयाएको छ । पहिला त सरकारले प्राथमिक तहमा पो गर्नुपर्छ त ? यस्ता कुराहरु छन् । भाषाको विकास हामीले गर्न सकनौ । नेपाली भाषाको विकास नै भएन । नेपालमा नेपाली भाषामा पिएचडी नै गर्न पाइदैन । हामीले १४० वटै भाषाको विकास गर्न सकेनौ । भाषाको अनुसन्धान गर्नु पर्‍यो ।

मौखिक संघीयता कति दिन टिक्ला ?
पहिचान भन्ने बडा गाह्रो छ । कसरी दिने पहिचान ? पहिचान भनेको शिक्षामा झल्किन्छ । अर्को ल्यान्डमा झल्किन्छ । जातिय पहिचान के हो ? पहिचानमै कम्फुजन छ । नाम राखेर मात्र हुन्छ । हामीलाई उल्टो डोहोर्‍याउँदै छन । ग्लोबलाइजेसनलाई रोक्ने सामथ्र्य यि पार्टीहरुमा छ र ? संविधानमा संघीयतालाई थाति नै राखेर जाने कुरा पनि अहिले आएको छ । देश नै विकास गर्न हो । जनतालाई सेवा सुविधा दिन नै हो भने संघीयताका प्रिन्सिपल राम्रो छ । नेताहरुले मौखिक ढंगले बनाएको संघीयता नेपालमा कति टिक्ला ? यिनीहरुको बुद्धि । स्पेसलाई आधार नै लिदैनद । स्रोत र साधानको कुरालाई आधार नै लिदैनन । एक चोटी टुप्पा–टुप्पाको कुराहरु छन । यति प्रदेश र उति प्रदेश भन्ने कुरा गर्छ । संघीयताको कन्सेप्टमा यिनीहरु ९० प्रतिशत गलत छन् । ग्लोवजाइजेसनको प्रिन्सिपल भनेको फुटाउ र राज गर भन्ने हो । धेरै जादैन भन्छन,डेबिड हावेर्ट । अहिले भेगेको संक्रमणकाल स्वभाविक नै हो ।

नेपालमा आदिवासी नै छैनन !

नेपालमा आदिवासी नै छैनन । मैले पढेको पेपर अनुसार अहिलेसम्म भएका अध्ययन अनुसन्धान गरेको पेपरलाई हेर्ने हो भने नेपालमा आदिवासी छैनन् । यो कुनै हावादारी कुरा होइन तथ्यले पुष्टि गरेको छ । फ्रान्सेली साइन्टिसहरुले तामाङ, मगर राई लिम्बुहरुको विषयमा अध्ययन भएका छन् । राई लिम्बुको विषयमा स्वर्गीय इमानसिंह च्याम्जोङले स्पष्ट लेखिदिएका छन, पश्चिम बंगालबाट आएको हो भनेर हिमालय रिर्सचले भाषाको विषयमा अध्ययन गरेको छ । नपाली कम्युनिटी कसरी बनेको छ । हामी बेबिलियो पर्सियाबाट भाग्दै–भाग्दै खसहरु बर्मा भारत हुँदै नेपाल आएको देखिन्छ । हामी मुसलमानहरुको डरले भाग्दै भाग्दै आएका हौ । खसहरुसँगै किराँतीहरु पनि नेपाल आएका हुन् । बाँच्नको लागि संघर्ष गर्दै लडाईको डरले भागेर र शिकार खेल्न पसेर बनेको देश हो । अनुसन्धानलाई आधार मान्ने हो आदिवासी कोही पनि छैन । आफ्ना कुर्सीका लागि पैसा कमाउ राजनीतिक पावरमा कसरी पुगौ भन्ने उदेश्य राखेर भनिएको जस्तो देखिन्छ । जातजातिको विषयमा हाम्रो देशमा समस्या छ । इण्डीया बंगलादेश र नेपालमा छ । जात हराउँदै गएको छ । जातलाई अहिले उल्टो ढंगबाट उचाल्दै छन । दलित र बाहुन भनेर कत्रो बार लगाइदिएको छ ?

राज्यले दिने थोरै सुविधा । 
संघीयता भनेको ठूलो भिजन राखेर बनाइने चिज हो । संघीयताको लागि हावामा गुडाएर हुँदैन सडकमा कुदाउनु पर्छ अब समय लागोस । स्पेसमा भएका स्रोत र साधान सबै बाहिर ल्याउनु पर्छ । हामी कुन कुर्सीमा बसेका छौ , कुर्सीको स्पेस कति लिएको छ सामाथ्र्य कति छ ? सघीयताको गाडि त हावामा कुदाउँदै छन । हाम्रो नेपाली समाजमा बोक्सी भनेर परालको मुठो बाल्छौ । हाम्रो मिडियाले दिशा गरेपछि हात धुनुपर्छ भनेर सिकाउँछौ । हामीले अहिलेसम्म दिशा धुनै जानेका रहेनछौ । खानको त कुरै छाडिदिनुहोस । फोहोर हो भन्ने कुरा बुझेकै रहेछनौ । हाम्रो स्पेस । हामी कति जातजाति छौ ? तिनीहरुलाई कति पावर दिन सक्छौ । आफ्नो मुल्याङ गर्नु पर्‍यो । जुन पावर हो लोकल मानिसहरुले आफ्नो स्रोत साधान खर्च आम्दानी कति हुन्छ भनेर विस्तृत अनुसन्धान गरोस । केपी ओली, प्रचण्ड, सुशील कोइराला, बाबुराम भट्टराई राजनीति गर्न जान्दछ । त्यो उनीहरुले गर्ने काम हो । जान्दै नजान्ने विषयमा हात हालेर कसरी सकिन्छ ? सबै धामी सबै झाँक्रीकोस्थिति छ । बाहिर मूलुकहरुमा संघीयताको विषयमा राजनीतिक दलका नेताहरु कक्षा लिन आउँछन । हाम्रो विज्ञ भनिनेहरु मेरो जागिरेको प्रोमोसन गरिदेऊ भनेर धाउने गरेका छन् । कति लाजमर्दो कुरा हो भन्दा अरु के हुन सक्छ ? यो देशमा सुनको टुक्रो भयो भने सबैको होइन र भन्या । पार्टीका मान्छे राखेर टोली गठन गरेको थिए । धुलिखेल जिआइएस गरेर कता कतिा टेलुलमा नक्सा राखेरर स्रोत र साधनको अध्ययन नै नगरी हावादारी ढंगले बुझाएको प्रतिवेदनले संघीयताको बाँडफाँड हुन सक्दैन ।

यसरी जन्मियो संघीयता

संघीयता जन्म युरोपमा दोस्रो विश्वयुद्धमा भयङकर रक्तपात भएर धेरै ठूलो क्षति भएपछि त्यहाँका स्थानीयहरुको सक्रियामा जन्मिभएको हो । संघीयता कसैले जन्माएको प्रिन्सिपल होइन । संघीयता एक आपसमा स्थानीयले जन्माएको हो । दोस्रो विश्वयुद्ध पछि ठूलो रक्तपात पनि युरोपका देशहरुमा हाम्रो विकास गर्नको लागि एक हुनुपर्छ भन्ने कन्सेप्टमा संघीयता जन्मियो हो । सबैले मान्ने नम्स भ्यालुजलाई वेसिक आधार बनाएर फ्रेडेसन र इन्च्युट गर्ने कुरामा जन्मिएको हो संघीयता ।

–कुराकानीमा आधारित

नेपाली हेड लाईन्स बाट साभार !

नेपालमा इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल

Written By खांट्टी कुरा on Saturday, November 01, 2014 | November 01, 2014

दीर्घराज प्रसाई
लेखक
भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।

सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल ।

०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए । हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ । सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । गोवामा कुनै पनि गैरक्याथोलिक अर्थात् हिन्दूलाई आफ्नो सम्पत्तिमाथि अधिकार थिएन । अहिले नेपालमा त्यस्तै गर्न खोजिएको छ । भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका बबुराहरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।

अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेन्टेन्ट क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । नेपालमा ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् भन्ने उनीहरूको अध्ययन छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
दीर्घराज प्रसाईज्युको फेसबुक बाट साभार !

म फेरी जन्म लिन्छु !

Written By खांट्टी कुरा on Monday, September 22, 2014 | September 22, 2014

(बिदुर बस्नेत)
मरेर गए पनि मेरो देश कहिल्लै अरुको अधिनम़ा हुन्न भन्ठानेको थिए तर त्यस्तो सोच्नु मेरो ठुलो भुल रहेछ ! नेपाल एकिकरण गर्दा बीर गोर्खालीहरु कतिले प्राण त्यागे कतिले रगतको खोलो बगाए ! यो -साना राज्य जोडी एउटा बिशाल नेपाल रचे
मेरो सन्तती हरुले हाम्रो सिमाना टिस्टा देखि कागढ़ा सम्म पुग्यो भनेको सुन्दा भन्दा म़ हर्षले गद गद भएको थिए तर आज मैले के देखनु पर्यो ? यो  मेरो देशको कैयौ भूभाग भारतमा गाभिएको देख्दा हृदयघाततुल्य भएको छु ! नालापानी किल्लामा फिरंगीले पानी काटे पश्चात बलभद्रले बाध्य भएर नालापानी किल्ला छाडेका थिए ! त्यस बखत नेपाली नारीहरुले मानब ढाल बनि किल्ला को संरक्षण गरे ! खोइ कहाँ गए ति बीर साहसी नेपाली नारीहरु ? कहाँ गए अमर सिंग थापा, भक्ति थापा, जोहरसिंह थापा मगर जस्ता  वीर नेपालीहरु ? आफ्नो देश को सिमाना मिच्दा आज किन मुकदर्सक छन ? आफ्नो देश अरुको अधिनमा पर्दा नेपालीहरु के हेरेर बसेका छन ? नेपालीको राष्ट्रियता हामी मरे देखिनै मरेछ कि यस्तो भनौ नेपालीहरु कायर भएछन ! पुर्खाको बहादुरीले अहिले सम्म जियेका नेपालीहरु यति सम्म कायर होला भनेर कल्पना सम्म गरेको थिईन !

भीमसेन थापाले मलाई भन्थ्यो फिरंगीले हामीलाई कति लोभ प्रलोभन देखाए तर   मेरा मन्त्रि साथीहरु कहिलै लोभ लालचमा परेनौ  देशको लागि लड़ेउ ! हामी कहिलै दुश्मन सामु झुकेनौ तर आज सिमाना मिच्ने नेपालको राष्ट्रिय बिभुति गौतम बुध्द भारतमा जन्मेको भन्दा पनि नेपाली मन्त्रिहरु किन चुप छन ? आज नेपाली मन्त्रिहरु दुइ हात फैलायर कुर्सिको लागि भिक माग्दा अर्काको सामु आफ्नो देश झुकेको देख्दा मेरो मन सारै खिन्न भको छ ! आज भाई भाई लडी राखेका छौ !  

कोहिले खुम्बुवान, लिम्बुवान, खस, नेवार, थरुहट, मिथिला, मदेश राज्यहरु मागी देश खण्ड गर्दै छौ ! मैले यो सानो दुखले आर्जेको राष्ट्र ४ जात छत्तिस बर्णको साझा फुलबारी नेपाल भनेर मैले त्यसै भनेको होइन ! नेपालीहरु एक भएर बस्न सकुन, एक अर्का बीच दाजु भाई दीदी बहिनि को सद्भाव गरेर बाच्न सकुन एउटा सिंगो नेपाल नेपालीहरु राष्ट्रियता को मालामा सधै बाधी रहुन भनेर भनेको हो ! देशको सिमाना, अस्तित्व सार्बभौम सत्ता बिदेसिले ब्रम्हलुट गर्दा घर झगडामै व्यस्तछौ यही हो तिमिहरुको नैतिकता ? देशको यस्तो मर्माहक स्थिति देख्दा मलाई सारै दुख लाग्छ पिडा हुन्छ !
खबरदार ! फेरी अर्को जन्म लिन्छु ! मेरो गुमेका भूभाग फेरी नेपालमै जोड्छु अनि बिसाल नेपाल रच्छु ! मेरो देश नेपाल टिस्टा देखि सतलज सम्म फेरी एकीकरण गर्छु ! चार जात छत्तिस बर्ण भाका देखि मिलेर बसेको सबै धर्म सम्प्रदाय सम्मलाई समेटेर फेरी पहिलाकै जस्तो बिसाल नेपाल बनाउछु !
सबैलाई चेतना भया !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger