Latest Post

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

नरोउ मकानपुरे, बिकास हाम्रै लागि हो

Written By खांट्टी कुरा on Thursday, December 29, 2016 | December 29, 2016

१४ पौष हेटौडा: अर्थोक त त्यस्तै हो भत्काउने मामिलामा माओका चेलाहरु माहिर छन तर राम्रो कामको  लागी कहिलेकाही ध्वंस लाई पनि ठिक भन्दै राम्रोकामलाई राम्रो हो ठिक  भनेर तारिफ गर्न कन्जुस्याई गर्न हुन्न । रास्ट्र बिरोधि काम गर्ने भएता पनि बाबुराम भटराईले उपत्यकाको सडक चौडा गरेर राम्रो काम गरेका थिए त्यहि भएर अहिले पनि बाबुरामलाई सम्झिने प्रसस्त छन ।


 २५ मिटर सडक चौडा गर्ने निर्णय अनुसार आज प्रहरी तथा प्रशासन भएर महेन्द्र राजमार्गको हेटौडा खण्ड अन्तर्गत हेटौडा अस्पतालको जग्गा, हुलाक कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा बनेको भौतिक संरचनामा डोजर लगाएर बाटो चौडा गर्ने काम भयो ।


सवारी साधनको तिब्र आयात तर राजमार्ग तथा बाटोघाटोको चौडाई नबढ्दा त्यसमा दुख पाउने आफै हुन्छ भन्ने ज्ञान नपलायेका  केहि नगरबासीहरुले  राजनीति पार्टीका नेताहरु गुहारेर मानव बस्ति संरक्षनको नाउँमा हेटौडा बजार भित्रको बाटो बिस्तारमा भाँजो हाल्दैछन र त्यस्ता बिकास बिरोधीहरुलाई पहिचान गरेर सामाजिक बहिष्कार गर्नु पनि जरुरि भई सकेको छ ।

प्रचण्ड सरकारको पालामा हेटौडामा सडक बिस्तारको काम भएको छ ! बाबुराम मार्काको प्रचण्डले पनि राम्रो काम गरेको भएर ‘वाहवाह’ भन्न किन कन्जुस्याई गर्ने ? यस्तै काम गरे भने जनताले आँखाको नानीमा सजाएर पक्कै पनि राख्नेछन यसमा कुनै दुईमत छैन ।
 

 
 

निर्वाचन आयुक्तले भने कानून नबनाएसम्म चुनाव हुन सक्दैन

काठमाडौं १४ पुस । निर्वाचन आयोगले आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन गराउने दाबि गर्दै आएता पनि पहिला कानून  नबनाई सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।


सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने उनले बताए । चुनावका लागि चाहिने १३० दिन नै हो नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए ।  उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन÷कानून र स्रोत साधन चाहिन्छ ।

राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।

यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।

यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।


अबभने राजधानीका बासिन्दाहरुले मेलम्चीको पानी खान पाउने भए

 १४ पौष काठमाडौः राष्ट्रिय गौरवको बहुचर्चित र प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल-सिन्धु सुरुङमा बुधबार पहिलो ‘ब्रेक थु्र' भएको छ । सुन्दरीजलबाट खन्दै अगाडि गएको सुरुङ सिन्धुबाट खन्दै आएको सुरुङमा बुधबार दिउँसो तीन बजे मिसिएको हो । यो सुरुङ खण्ड सबैभन्दा लामो ९.४ किलोमिटर लम्बाइको छ ।
‘अझै यस्ता दुईवटा विन्दुमा काम सम्पन्न हुन बाँकी छ,' आयोजनका प्रमुख घनश्याम भट्टराईले भने, ‘आज भएको यो पहिलो कामले अब तोकिएकै समयमा उपत्यकाबासीले मेलम्ची पानी प्रयोग गर्न पाउने विश्वास बढेको छ ।' २०७४ असोजभित्र उपत्यकावासीलाई मेलम्चीको पानी पुर्‍याउने आयोजनाको लक्ष्य छ ।
आयोजनाअन्तर्गत कुल २७ किलोमिटर सुरुङ मार्गमध्ये अहिलेसम्म २०.३८ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । अब ५ हजार ५ सय २९ मिटर सुरुङ निमार्ण गर्न बाँकी रहेको आयोजनाप्रमुख भट्टराईले बताए । ‘सुरुङ निमार्णको करिब ८० प्रतिशत काम भइसकेको छ,' उनले भने । आयोजना सम्पन्न हुन अडिटसहित २७.५ किलोमिटर सुरुङ खन्नुपर्छ ।

बुधबारको ब्रेक थु्रसँगै अब सिन्धुदेखि ग्यालथुमसम्म निर्माण भइसकेको दुई किलोमिटरसहित सुन्दरीजलबाट ११.६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजनाले ग्यालथुम-अम्बाथान सुरुङको ब्रेक थ्रु पनि केही समयमै गर्ने उल्लेख गरेको छ । सिन्धु-ग्यालथुम सुरुङमार्गको ब्रेक थु्रमा भने केही समय लाग्ने आयोजनाले जनाएको छ ।
अब आयोजनाअन्तर्गत सिन्धुदेखि ग्यालथुमसम्मको २.८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २.७ किलोमिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले उल्लेख गरेको छ ।
अहिलेसम्म निर्माण भएको सुरुङमध्ये सन् २००९ देखि २०१२ सम्म काम गरेको चिनियाँ कम्पनीले ६.४ किलोमिटर सुरुङ निर्माण गरेको थियो । चिनियाँ कम्पनीले त्यसबापत १८ मिलियन डलर रकम लगेको थियो ।
चिनियाँ कम्पनीको ठेक्का रद्द भएपछि इटालियन सीएमसी कम्पनीसँग २०१३ जुलाईमा कुल एक सय २० मिलियन डलरको लागतमा सुरुङ निर्माणको सम्झौता भएको थियो । सन् २०१६ सेप्टेम्बर सम्ममा काम सम्पन्न गर्नुपर्ने भए पनि आयोजना लागतमा ४० मिलियन डलर थप गर्दै ६ महिना समयावधि थपिएको थियो ।
निर्माण कम्पनीले भने २०१७ अक्टोबरमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । तीन सय १७ मिलियन डलर कुल लागत रहेको आयोजना सम्पन्न भएपछि पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १७-१७ करोड लिटर पानी थप्ने आयोजनाको लक्ष्य छ । 
(अन्नपूर्ण पोस्टबाट साभार)

प्रचण्ड सरकारको निर्णय सर्बोच्चले उल्टाई दियो

Written By खांट्टी कुरा on Wednesday, December 28, 2016 | December 28, 2016



१३, पौष काठमाडौं : कुलमान घिसिंगले लोडसेडिंग हटाउन गरेको काममा असहयोग तथा भाँजो हालेको भन्दै सञ्चालक समिति सदस्य अग्रवाल, मिश्र र लामिछानेलाई प्राधिकरणका संचालक पदबाट हटाएर ऊर्जा मन्त्रालयले पुस ४ गते गरेको निर्णय गर्दै तीनजक्ना ब्यक्तिहरु लाई  नयाँ सदस्य नियुक्त गरेको थियो
 
लोडसेडिङ हटाउने अभियानमा वाधा गरेको भन्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीनजना सदस्यहरुलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई तत्कालको लागी कार्यान्वयन नगर्न बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले अन्तरिम आदेश जारि गरेको  छ ।

मन्त्रालयको निर्णयविरुद्ध सदस्य लामिछानेले पुस १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफ्नै पर्खाल भत्काएर सडक विभागले सडक चौडा बनाउन थाल्यो

१३, पौष हेटौडा: २५ मिटर सडक कायम गर्ने सिलसिलामा दुईहप्ता अगाडी सडक विभागले राजमार्गको दायाँबायाँ सडक अतिक्रमण गरेर बनाईएको घर, टहरा र पर्खालहरु भत्काउने सूचना जारि गरेको थियो ।

सूचना अनुसार हिजोबाट भत्काउने योजना भएतापनि प्राबिधिक कारणले गर्दा आजबाट काम सुरु भएको छ र त्यस सिलसिलामा सडक विभागले आफ्नै पर्खाल भत्काएर कार्यको श्रीगणेश गरेको छ ।

कुनै बाधा अबरोध उत्पन्न नभए हेटौडाको त्रिभुवन तथा महेन्द्र राजमार्ग चौडा हुनेछ तर आफुलाई बिकासबादी भन्न रुचाउने एमाले पार्टीका केहि नेताहरु भने हेटौडा बजार मानव बस्ति भएकोले बचाउनु पर्ने भन्दै हेटौडा बजारको बीच भएर जाने त्रिभुवन राजपथ अहिले जस्तो छ त्यस्तै हालतमा हुनु पर्छ भन्दै आएका छन ।

किन बुझ्दैनन् प्रचण्ड आयोगको प्रतिबेदन



काठमाडौँ, पुस १३ गते: दुई दिन अगाडी पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता के.पी शर्मा वलीले ‘प्रधानमन्त्री बनेपछि उद्घघाटन र भाषण गर्न जान्न भन्ने       प्रधानमन्त्री हिजोआजक कोटको गोजीमा सलाई र कैची बोकेर हिडन थालेका छन’ भनेर भन्ने भ्याय वलीले एक हद सम्म ठिकै कुरा गरेका हुन किनभने प्रधानमन्त्री सरकारी खर्चमा हेलिकोप्टरको सयर गर्दै दिनहु औचित्यहिन कार्यक्रममा जाने गरेका छन
वली सरकारले निर्वाचन गराउन सकेन त्यसैले  म सकारमा जानासाथ् निर्वाचन गराउछु भनेर  प्रधानमन्त्री प्रचण्डले भनेका थिए  निर्वाचन गराउनु भन्दा अगाडी स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउनु पर्न हुन्छ र सरकारको आदेसानुसार निर्वाचन आयोगले निर्वाचनको तिथि घोषणा गर्ने हो तर बनेर तयार भएको प्रतिबेद्न बुझ्ने मिति अझै तय हुन सकेको छैन । आयोगले एक साताअघि नै प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरे पनि प्रधानमन्त्रीको समय पाउन नसक्दा आयोगले प्रतिवेदन बुझाउने मिति अनिश्चित बन्दै गएको हो ।
प्रधानमन्त्री प्रतिबेदन बुझ्न किन मान्दैनन ?
संबिधान बनेर तयार भयो तर छिमेकी भारतले नेपालको संबिधान मान्दैनौ भनेर निकै महिना सम्म नेपाललाई दुख दियो छिमेकीको राजनीतिमा चासो दिनु पर्ने कुनै जरुरि पन्बी हुन्न तर छिमेकी भारत नेपालको राजनीतिमा नराम्रो संग हावी भएको परिणामको कारणले गर्दा अहिले सम्म नेपालको संबिधान पुर्णरुपमा लागु हुन सकेको छैन
संबिधान संसोधन गर्छु भन्ने बाचा गरे पछी प्रचण्ड प्रधानमन्त्री भएका हुन प्रचण्ड एक्लैले चाहँदैमा संबिधान संसोधन गर्न सक्दैनन्भने सरकारका सहयारी नेपाली कांग्रेस भित्र त संबिधान संसोधनको बिरुद्धमा आफ्नै सांसदहरुले ‘जेहाद’ छेडेर पार्टी सभापतिलाई अप्ठ्यारोमा पारि दिएका छन
पार्टी एकीकरण हुनुभन्दा अगाडी सम्म संबिधान संसोधनको बिरोध गर्ने रा.प्र.पा अध्यक्ष कमल थापा पनि अहिलेको संबिधान संसोधन हुनुपर्छ भन्ने पक्षमा छैनन् मधेसबादीहरुको माग अर्थात छिमेकी भारतलाई खुसि पार्नकै लागी भए पनि कुनै पनि हालतमा संबिधान संसोधन पारित गरेर देखाउन पर्छ तर प्रचण्ड र देउवाको लागी संबिधान संसोधन गरेर देखाउनु भनेको मौसम बिग्रेको समयमा सगरमाथा चढ्न जानु जस्तै हो यस्ता यावत कुराहरुले गर्दा प्रधानमन्त्री प्रचण्डले चाहेर पनि आयोगको प्रतिबेदन बुझ्न नसकेको हो कि भन्ने भान पर्दैछ
प्रधानमन्त्री पुष्पकमल दाहालको दैनिक कार्यसूचीमा हिजो मङ्गलबार १०:३०  बजे आयोगका पदाधिकारीसँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम उल्लेख भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण जनाउँदै भेटघाट कार्यक्रम रद्द भएको थियो त्यसैले हिजो पनि  प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल हुने कार्यक्रम रोकियो  
आयोगका सदस्य डोरमणि पौडेलका अनुसार मङ्गलबार अध्यक्षले प्रधानमन्त्रीलाई भेट्न नसकेपछि अब बुधबार प्रधानमन्त्रीलाई भेट्ने समय प्रधानमन्त्रीले दिनुभएको छ । बुधबार पनि आयोगका अध्यक्ष पौडेलले प्रधानमन्त्रीले भेट्ने समय नदिए आयोगले कसरी प्रतिवेदन सरकारलाई बुझाउने भन्ने बैठक बसेर निर्णय गर्ने पौडेलले बताएका छनपौडेलले भने आयोगले धेरै मिहिनेत गरेर प्रतिवेदन बनाएको छ । अब ग्रहण गर्ने वा नगर्ने काम सरकारको हो ।
आयोगका अनुसार ७२५ को हाराहारीमा स्थानीय तहका एकाई रहने गरी आयोगले प्रतिवेदन बनाएको छ ।
पहिलो चरणमा ५६५ स्थानीय तह बनाउने मापदण्ड तयार गर्दा उक्त मापदण्डप्रति राजनीतिक दल तयार नभएपछि सरकारको निर्देशनमा आयोगले न्यूनतम ५०७ देखि अधिकतम ७४४ वटा स्थानीय तह बनाउन सकिने गरी नयाँ मापदण्ड तयार गरेको थियो ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger