Latest Post

Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

धेरै नउम्ल कमरेडहरु पोखिएर खेर जाला

Written By खांट्टी कुरा on Thursday, January 28, 2021 | January 28, 2021


धेरै उम्ल्यो भने पोखिन्छ भने उखान नेपाली जनजिब्रोमा झुण्डिएको छ । यो उखानलाई पटक पटक सत्ताको स्वाद चाखेको नेपालको बुढो पार्टी नेपाली कांग्रेसले चरितार्थ पारेर देखाई पनि दिएको छ ।

देस र जनताको लागी क्रान्ति गरेका हौ भने । सोझो र सिधा जनताले हो भन्दै सहि थापेर पटक पटक समर्थन र सहयोग नगरेको भए कांग्रेसीहरुले पटक पटक सत्ता र भत्ताको स्वाद चाख्न पाउदैन थिए । सत्तामा पुगेपछि सोझा र सिधा जनतालाई भन्दा आफ्ना र नजिकका आसेपासेलाई मात्र अँगालो हाल्दा नेपाली कांग्रेसलाई नेपाली जनताले आज आएर थांग्नामा सुताई दिन बाध्य पार्देको छ र त्यसो हुनुमा अरु कोहि नभएर नेपाली कांग्रेस पार्टी हाक्नेहरुनै सतप्रतिसत जिम्मेवार छन ।

कांग्रेस पार्टीको आजको हबिगत देखेर खिसिटिउरी गर्दै अहिलेको सत्तासिन पार्टीका मुखियाहरु काखी बजाउदै छन । टुंडिखेलमा भाषण गर्ने हैसियतको नेपाली कांग्रेस पार्टी आज आएर माईतिघर मण्डलामा सिमित भएको छ भनेर घिरम्ले नाक पार्न थालेका छन । अहिलेका बहुमतका कम्युनिस्ट पार्टी पनि क्रान्ति र संघर्ष गरेर आएका हुन । उम्लियो भने पोखिन्छ । कांग्रेस पार्टीको जस्तै हबिगत हाम्रो पार्टीको पनि हुन सक्छ भन्ने सोच भएको भए यस्ता घटिया कुरा पक्कै पनि गर्दैन थिए होलान ।

कार्टुन साभार: गुगल सर्च

जसले राम्रो काम गर्छ भोट त्यसैलाई दिने हो तर पंचायतको बर्खास्ती पछि आजको दिन सम्म आईपुग्दा कुनै पनि पार्टीले देस र जनताको लागी राम्रो काम गरेर देखाएका छैनन । जुन दिन नेपालका जनताले देस र अहिलेको राजनीतिक पार्टीहरु लाई राम्रो संग बुझ्छन त्यो दिन अहिलेको सत्तासिन पार्टीहरुको हबिगत पनि नेपाली कांग्रेस पार्टीको जस्तै हुनेछ । यसमा कुनै दुईमत छैन ।

मिठो र गुलियो भाषणले जनतालाई केहि दिन भ्रममा पार्न र राख्न सकिन्छ तर संधै त्यसो गर्न सकिन्न । अहिलेको ओली सरकारले भाषण ठोक्ने भन्दा अरु कुनै गतिलो काम गरेर देखाएका छैनन । यस्तै प्रकारले यो सरकार चल्दै गयो भने आर्को पटकको चुनावमा नेपाली कांग्रेसले भोगेको हबिगत पक्कै पनि ओली सरकारको हुनेछ यसमा कुनै दुईमत छैन ।

जनताहरु भनेका आसे हुन । चुनावमा केहि पाईन्छ भन्ने आसले भोट दिएका हुन । जनताको आसा भनेको बिकास र शुसासन हो तर जनताको आशालाई निरासामा पारियो भने ‘काला गए गोरा आउछन ’ भनेर सोच्न बाध्य हुनु पर्छ । हाम्रो देस गरिब थिएन र अझै पनि छैन । हामीहरुलाई दरिद्रको कोटिमा उभ्याई दिने अरु कोहि नभएर हाम्रा महान नेताहरु हुन । देस लाई बिदेसिको पाउमा बन्धकी चढाएर नेता र तिनका केहि थान आसेपासेले विलासी गाडी र घोडा चढ्दैमा देस शक्तिसाली र सम्पन्न छ भनेर कसरि भन्न सक्छन ?

जनताको जीवनस्तरलाई माथि उठाउने हो भने बिपक्षीलाई पनि मनाएर काँधमा काँध मिलाएर अगाडी बढ्नु पर्नेमा एकले आर्कालाई खसी बोका खुल्यायेका जसरि खुईल्याउदै छन । अहिले हामि सत्तामा छौ र हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेर अगाडी बढ्यो भने आर्को पटक नेपाली जनताले ‘मिलेर बस्न नसक्ने तिमि कम्निस्टहरु पनि उही ड्यांगको मुला रैछौ त्यसैले  अब काँध थाप्न सकिन्न’ भन्दै जसरि अहिलेको नेपाली कांग्रेस पार्टीको हविगत बनाई दियो भने अहिले आफैले यत्तिखेर भनेको ‘बिचरा नेपाली कांग्रेस पार्टी माईतिघर मण्डलामा भाषण गर्ने हैसियतमा पुगेछ’ भन्ने स्थितिमा त्यो समयमा नपुग्ला भनेर भन्न पनि सकिदैन त्यसैले उखानटुक्का हालेर आफ्नालाई गालि गर्नु भन्दा देस बिकासको सत्रु ‘भ्रस्टाचार र भ्रस्टाचारी लाई बढार्न कम्बर कसेर लाग्नु पर्छ’ भन्ने सुझाब र सल्लाह मात्र हो ।

 

खाँटी प्रश्न किन नगर्ने ?

Written By खांट्टी कुरा on Sunday, October 18, 2020 | October 18, 2020

 -जनकमान डङ्गोल

पार्टी एकीकरण भए पछी समाजबादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराईहरु देश दौडाहामा छन । भटराईहरुको टोलि जुनजुन स्थानमा जान्छन त्याहाँ भिड एकत्रित भएकै हुन्छन ।


समाजबादी पार्टी जस्तै कांग्रेस पार्टीका नेताहरु पनि देश दौडाहामा छन । पार्टीको आउँदो महाधिबेसनले गर्दा देश दौडाहामा निस्किनु कांग्रेसी नेताहरुको बाध्यता पनि हो । नेताहरु जुन जुन स्थानमा पुग्छन त्याहाँ भिडभाड नहुने कुरै भएन ।

समाजबादी र कांग्रेस जस्तै रा.प्र.पा पनि जिल्ला जिल्लामा संगठन गर्न व्यस्त छन । पार्टी एकिकरण भए पछी देशमा ठुलो पार्टी बनेर देखाउने सपना पालेका रा.प्र.पा का नेताहरु यतिखेर युद्धस्तरमा लागेको कारणले गर्दा नेताहारु पुग्ने स्थानमा भिड बढ्नु स्वभाविकै हो ।

सत्ताधारी पार्टीका नेताहरु पनि जिल्ला भ्रमणमा जाँदा अत्याधिक भिड बढेको देख्न पाईन्छ ।

धेरै लामो समय पछी सार्वजनिक यातायात सुरु भएको छ । सार्वजनिक यातायातमा कोच्चिएर यात्रा गर्नु पर्ने बाध्यता पनि देखिएकै हो ।

छिमेकी रास्ट्र भारतको बिहारमा यतिखेर बिधान सभाको चुनाव सुरु भएको छ । बिहार प्रदेसले नेपालको धेरै सिमावर्ती जिल्लाहरु छोएको छ । बिहार चुनावमा पनि हजारौ हजारको भिड देख्न सकिन्छ ।

यताका हुन या उताका राजनीतिक पार्टीहरुले गरेको जनता देखि कार्यकर्ताको भिडमा कोरोना कहर पक्कै पनि लाग्न सक्छ तर प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको देखिदैन,

तर,


हिन्दुहरुको महान चाड दशैमा मन्दिर प्रबेशमा रोक लगाउनुको कारणमा कोरोना संक्रमण फैलिन्छ भनेर सरकारले जुन आदेस जारि गरेको छ त्यो हिन्दु धर्म माथि सिधा प्रहार गरेको हो भनेर बुझ्ने कि नबुझ्ने ? यदि भिडको कारणले कोरोना संक्रमण फैलिन्छ भने राजनीतिक पार्टीहरुले गरेको कार्यक्रममा कोरोना किन फैलिदैन भनेर खाँटी प्रश्न किन नगर्ने ?

पार्टी एकीकरण भएको रहेनछ ।

Written By खांट्टी कुरा on Tuesday, September 29, 2020 | September 29, 2020

नेपालमा डेमोक्रेसी भनिने प्रजातन्त्र हाम्ले स्थापना गरेको हौँ भन्ने कांग्रेसीहरु अहिले सम्म एक हुन सकेका छैनन । जन्मदाताहरु बिते पछी छत्तीसे र चौहत्तरेमा विभाजन भएको कांग्रेसमा अहिले पनि तिन गुट कायमै छ ।


 

चौहत्तरे देउवा, छत्तीसे पौडेल संगै आर्को अर्थ लाग्ने सिटौला गुट जन्मेको छ । गगन थापा सिटौलाका दाहिने हात बनेर उदायका छन ।

कांग्रेस झन्डै चारबर्ष कानमा तेल हालेर बस्यो । देउवा पार्टी बिस्तार गर्न खोज्ने पौडेल र सिटौला तगारो हाल्ने । जुन कार्य अहिले पनि यथावत रुपमा नै चलि रहेको छ ।

 


नेपालमा गणतन्त्र हाम्ले स्थापना गरेका हौ । हाम्ले जनयुद्ध नलडेको भए नेपालमा गणतन्त्र आउदैन थियो भन्ने फटाहा कुरा गर्ने माओबादी र सामन्ती भन्दै ब्यक्ति हत्या गरेर उदाएका झापाली कम्युनिस्ट निकै ठुलो तामझामको साथ एकीकरण भयो । एकीकरण पछी भागबण्डाको कुरो उठ्दैन तर अहिले पनि नेपाल कम्युनिस्ट पार्टी नाम फेरेको एकिकृत पार्टीमा साठी र चालिसको भागबण्डा कायमै छ । त्यसैको कारणले गर्दा दुईटा अध्यक्ष भएको पार्टीमा समय समयमा ठुला ठुला समस्याहरु जन्मिने गरेको छ । मन्त्रीमंडल हालसम्म बिस्तार हुन नसक्नु त्यसैको परिणाम हो ।

पार्टी भनेको घर हो भने कार्यकर्ता भनेको सन्तान हो ।  घरमा मुली एक जना हुन्छन ।  मुलीको आदेस र खटनपटनमा चल्न सकेन भने त्यो घर स्वाहा हुन्छ ।  

२००७ साल पछी नेपालमा आएर जो जस्ले राजनीतिको खेति गरे तिनका घरको मुली स्वदेसी नभएर बिदेसी हुन । सन्तान स्वदेसी अनि मुली बिदेसी भए पछी देसमा बिकाश र शान्ति हुँदैन ।  देखिएको र बुझिएको खाँट्टी कुरा यिनै हुन ।

Written By खांट्टी कुरा on Wednesday, September 09, 2020 | September 09, 2020

राजेन्द्र सिम्खडा अर्थात पंक्तिकारको सम्धी नाता पर्ने 

केहि बेर अगाडी हु.प्र.चौर अगाडीको पसलमा भेट भो

मैले सम्धी ज्यू  नमस्कार ।

ठट्टा गर्दै भने आज खाना अगाडी हो ?

नमस्कार सम्धी

हैन सम्धी अब १ महिना लक डाउन भो भने त्यो स्थिति नआउला भन्न सकिन्न ।


 

झन्डै २० बर्ष सर्खारी जागिर खाईयो । पेन्सन छ ! पेन्सन हात्तिको मुखमा जिरा जस्तै हो । १० बर्ष मलेसिया बसियो । अहिले पनि म निजि कम्पनीमा जागिरे छु ।जीवन निर्वाह गर्न जसो तसो चलेको छ ।

कोरोना माता हो कि पिता अहिले सम्म कसैले भन्न सकेनन । तिनैको कृपाले गर्दा अहिले धेरैको पेट पटुकी कस्न बाध्य छन ।

आज बाट हेटौडाको हु.प्र.चौरमा पनि निशुल्क भोजन चल्यो । पहिला पहिला व्यापारीहरुले कमाएको सम्पतिबाट केहि अंश दान पुण्यमा खर्च गर्थे । बेपारिहरु नै अहिले बिर्बलको उखान हासम कि रोऊ भएका छन । बेपार नै नभए पछी 'पुंजी न सुजि किन उचाल्नु जिमु' ।

अझै केहि महिना यस्तै भो भने हाम्रो पनि जागिर पिलित्त हुन्छ ।सर्खार बिचरालाई पुगेको छैन । अनि यस्तै मनकारी संस्थाले दाल भात कहिले देला भनेर भन्नुको बाहेक अर्को बिकल्प छैन ।

नकच्चरो

हाम्रो देशमा लाज सरम घिन सबै पचाउन सक्ने पुरुष भए नकच्चरो अनि महिला भए नकच्चरी भनेर सम्बोधन गर्ने चलन छ ।

जुलाई 28, 2006 मा भारतीय निर्देशक बिशाल भारद्वाजले ‘ओमकारा’ नामको सिनेमा बनाए । उक्त सिनेमामा पर्याप्त मात्रामा पचाउन नसकिने अश्लिल गालिहरु राखिएको थियो । निर्देशकले एकजना चर्चित नायकलाई सिनेमामा खेल्न प्रस्ताब गरे  । 

 

नायकले कथा पढे । चलचित्रमा अत्याधिक मात्रामा अश्लिल गालि राखेर बनाईएको सम्बाद देखे । ति चर्चित निर्माताले यो गालि शब्द हटाउने हो भने म सिनेमा खेल्न तयार छु भने तर निर्माताले मैले गालीको लागि भनेर नै करोडौ करोड खर्चेर सिनेमा बनाउन लागेको भने म कसरि गालि हटाउन सक्छु ? तपाईले नखेले आर्कोले खेल्छन भनेर जवाफ दिए ।

नेपालको राजनीति अनि राजनीतिमा लाग्ने राजनेता र तिनीहरुको ईसारामा मर्न र मार्न पछी नहट्ने कार्यकर्ताहरुमा पनि ठ्याक्कै बिशाल भारद्वाजले बनाएको सिनेमा जस्तै  चरित्र देखिन थालेको छ । एक आर्का बिरुद्द तल्लोस्तरमा ओर्लेर अपशब्द प्रयोग गर्नु त सामान्य जस्तै भई सक्यो ।

राजनेता भनेका देसका खम्बा हुन  तर  बुद्धि, बिबेक र चेतनामा धमिरा पसेर खोक्रो भई सकेको खम्बाहरुले नेपालको राजनीतिरुपी घर कतिन्जेल सम्म धान्ला त्यस तर्फ भने नेपाली जनताहरुले अब सोच्ने बेला भई सकेको छ ।

अभिभावकले लिनुस, स्कुलले ले भन्न सक्दैन

Written By खांट्टी कुरा on Saturday, August 29, 2020 | August 29, 2020

कोरोनाको कारणले गर्दा चैत्र ११ गते देखि देश अघोषितरुपमा कोमामा पुगेको छ । देशनै बन्द भए पछी स्कुल खुल्ने कुरै भएन ।

चैत्र मसान्त सम्ममा सम्पूर्णरुपमा शुल्क उठी हाल्छ भनेर ढुक्क  भएका स्कुल संचालकहरुले चैत्र ११ गते आउछ भनेर पत्तै पाएनन । पाएका भए हाम्रै भुरा भुरिका अभिभावकहरु हुन । शुल्क तिरिहाल्नु हुन्छ भन्ने बिस्वासमा किन पर्थे ।


 

जब लक डाउन लम्बिदै गयो अभिभावकहरुले आफ्ना बालबच्चाको फिस तिर्नु कि पेटको जोहो गर्ने भन्ने सोचाईमा परे । फिस तिर्दै गरौला पहिला बाच्ने उपाय गरौ भने पट्टि लागे ।

चैत्र ११ देखि आजको दिन सम्म स्कुल खुलेको छैन । पुंजी बचाएकोहरुले गुरु गुरुआमा देखि कर्मचारीहरुको तलब भत्ता भुक्तानी पनि गरे होलान तर भदौ देखि दिन सक्दैनौ भनेर बिज्ञप्ति निकाल्न बाध्य पनि बनाए ।

चैत्र भन्दा अगाडीकै शुल्क नतिर्ने अभिभावकहरु पनि टन्न होलान । अबको समयमा चाहेर पनि यो समयमा स्कुलले रकम माग गर्न सक्दैनन भने अभिभावकले पनि दिन सक्दैनन । सबैलाई आर्थिक समस्याले गांजेकै छ ।

बिचको केहि समयमा लकडाउन खुकुलो गरेको पनि देखियो त्यो भनेको बाठो सर्खारले कर उठाउन खोलेको रैछ ।

स्कुल हुन कि उधोग कल कारखानाको मालिक सबैको गुनासो छ सर्खारले हामीलाई हेरेन ।

सर्खारले कसरि हेरोस । संघियता सहितको गणतन्त्र लागु भएको छ । हिजो अर्बले पुग्ने ठाउँमा आज खर्ब को बजेट विनियोजित गर्नु परेको छ । सर्खारलाई आफ्नै पाल्न धौ धौ भा को बेलामा निजीलाई किन हेर्थे ।

बिकल्प पनि छ । अब सर्खारले शिक्षक कर्मचारी देखि औधोगिक मजदुरहरुको सामाजिक सुरक्षा कोषमा जम्मा गरेको २०७७ असार मसान्त सम्मको रकम फिर्ता  गरि दिने, बैंकको ब्याज मिन्हा तथा कर छुट दिनेहो भने सर्प पनि मर्छ र लट्ठी पनि भाँच्चिदैन ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger