Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

वली मात्र कसरि दोषी भए ?

Written By खांट्टी कुरा on Saturday, July 16, 2016 | July 16, 2016

..  
कम्युनिस्टहरुले धर्म मान्दैन । कम्युनिस्टहरु नास्तिक हुन । साम्यवादमा बिस्वास राख्छन । कम्युनिस्टहरुले राजतन्त्र मान्दैन भने शोषक र सामन्तीको दुश्मन अनि गरिब किसान तथा मजदुरका साथि हुन । २००६ सालमा भारतमा जन्मेर नेपालमा राजनीति गर्न आएका दर्जनौ कम्युनिस्टहरुले हिजो पंचायतीकालमा यस्तै भन्दै फलाक्दै हिड्थे ।

कांग्रेस भनेको समाजबादमा विस्वास राख्दछ । समाजबादमा सबैको स्थान छ । सबैको स्थान भए पछी राजा नमान्ने भन्ने कुरा आउदैन । राजालाई संकट परेको बेलामा राजाको गर्धन मुनि राखेर हामि कांग्रेसी नेताहरुको गर्धन माथि राख्न पछी हट्दैनौ । त्यसरी फलाक्दै हिड्ने कांग्रेस तथा कम्युनिस्टहरुले दोश्रो प्रजातन्त्रको स्थापना पश्चात सत्ताको स्वाद चाखेको पनि आज २७ बर्ष लाग्दैछ ।

राजतन्त्रको घोर बिरोधि कम्युनिस्टहरुले राजा मान्दैनन भने राजतन्त्रको अधिनमा किन बस्थे तर राजाको गर्धन मुनि हाम्रो माथि भन्ने कांग्रेसीहरु आफ्नो बचनमा कत्तिको अडिग रहे त्यो अहिलेको समयमा बयान गर्नु नपर्ला किनभने २०६४ सालमा नेपालमा राजतन्त्र हटाउन मुखु भूमिका खेल्ने पनि राजाको गर्धन मुनि हाम्रो माथी भन्नेहरु थिए भने कम्युनिस्टहरु देखि जान्ने साक्षीमा मात्र बसेका हुन ।

धर्म नमान्ने देखि नास्तिकबादमा बिस्वास छ भन्नेहरुले २०६४ सालमा धर्म निरपेक्ष गणतन्त्र रास्ट्र भनेर घोषित गराएर पनि देखाएका हुन तर अचम्मको कुरा २०६४ साल पछी नेपालको कम्युनिस्टहरु धर्मभिरुमा छिमेकी भारतका कट्टरपन्थी हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका नेताहरुलाई समेत मात गराउन सफल भएका छन ।

यदि धर्ममा आस्था र विस्वा नराख्ने भए विभिन्न नामधारी साधु बाबाको संगत गर्न किन जान्थे । ग्रह दशा कटाउन भनेर भैसीपुजन पक्कै पनि गर्दैनथे । आफ्ना बाबा महातारिलाई तीर्थयात्रा गराएको दृश्य चित्र पनि देखिएकै हो भने कोहि कोहि त परम प्रभु परमेस्वर येसु ख्रिस्टको जय हो भन्दै बप्तिस्मा समेत लिन भ्याएका थिए भने कम्युनिस्टहरु नास्तिक रैछन कि आस्तिक ?

नेपाल मात्र नभएर संसारमा समय समयमा बिज्ञानलाई चुनौती दिंदै अद्भुत चमत्कारको घटना घटेको देख्न र सुन्न पाईन्छ । बोल्न नजान्ने तर लेख्न जान्ने त्यो पनि सानो बालखै अबस्थामा । यो बिज्ञान को युग त्यहि माथि ईन्टरनेटको जमाना । आदित्य नामले चिनिएको बालक रातारात ‘गुगल ब्वाई’ भनेर संसार भर चिनिए ।
सर्च ईन्जिन गुगलको नामबाट राखिएको गुगल ब्वाई भनेर पुकारिने आदित्य, तस्बिर साभार गुगल सर्च 

रोग हो वा के हो भनेर कसैले खुट्याउन सकेन । बालकको अद्भुत चमत्कारबाट प्रभित भएर तत्कालिन कोईराला सरकारले त सरकारी खर्चमा उपचार गर्न अमेरिका समेत पठाए । अमेरिकाको डाक्टरले समेत के रोग हो भनेर चिन्न सकेनन । बालक आदित्य नेपाल आएर बसेका छन । ति बालक भविष्यबक्ता थिए भने उपचार गराउन आदेस दिने देसको सरकार प्रमुखको मृत्युको सहि भविष्यबाणी किन गरेनन ?

२०४६ साल पछी नेपालमा नाम चलेको व्यक्तिको नाउँमा अन्धभक्त तथा समर्थकहरुले प्रतिस्ठान खोल्ने होडबाजी देखाएका छन । ति प्रतिस्ठानहरुको नाउँमा धेरैको रोजीरोटी पनि राम्रै संग चलेको छ । त्यसैमा आएर अहिले ‘आदित्य प्रतिस्ठान’ थपिनु कुन ठुलो कुरो भयो र ।

वली सरकारलाई हाम्रो समर्थन छैन भनेर सरकारबाट बाहिरिनु भन्दा २/३ अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका ३ ठुला पार्टीका नेताहरु देउवा, दाहाल र वली बसेर राजनीतिक बिषयमा छलफल गर्ने बेलामा बालक आदित्यको चर्चा अकस्मात निक्लियो । चर्चा निकाल्नेमा अरु कोहि नभएर माओबादी केन्द्रका दोश्रो बरियता प्राप्त नेता नारायण काजि श्रेष्ठ थिए । जातिले नेवार भए पनि श्रेष्ठ पनि कट्टर नास्तिक हुन ।  
कान्तिपुर समाचारले बिना तथ्य पक्कै पनि समाचार प्रकाशित गरेन होला । तिनै पार्टीका ठुला नेता बसेर आदित्य प्रतिस्ठानलाई सक्दो सहयोग गर्ने बचन समेत दिन भ्याए र त्यहि बचनको नतिजा हालको मन्त्रि परिषदबाट १ करोड दिने निर्णय ।
तस्बिर साभार: फेसबुकबाट
देसमा भूकम्प तथा बाढी पिडितहरुको दैनिक जिबनी कत्तिको कस्टकर छ त्यो सरकार देखि नेपाली जनताहरुले आफ्नै आँखाले देखि सकेको छन । सहयोगी हातहरु भूकम्प पिडितको घाउमा मल्हम लगाउन खटेका छन भने लोकतन्त्रको नाउँ भजाउनेहरुले के कुन हिसाबले आदित्य प्रतिस्ठानको नाउँमा करोडौ दान दिए दिनेहरु नै जानुन ।

नेपालमा हिजोआज नेपाली जनताहरु बस्दैनन । पार्टीका आस्थावान तथा समर्थकहरु बस्छन । सरकारमा अहिले अल्पमतको एमाले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री वलीको सरकार छ । आदित्य पर्तिस्ठानलाई करोडौ किन दियो भनेर कांग्रेस तथा माओबादी केन्द्रका आस्थावानहरुले सामजिक संजालको भित्तामा धारे हात लाएर सराप्दै बसेको देखियो तर आदित्य प्रतिस्ठानलाई सहयोग दिनेमा हाम्रै पार्टीका नेताहरुको पनि सहमत छ भन्ने हेक्का चैँ किन राखेनन ?

बिरोध गर्न पाउनु पर्छ । आर्थिक केहि नदिए पनि वाक्स्वतन्त्रता दिएका छन तर त्यसो भन्दैमा आफ्नो आंगको भैसी नदेखेर आर्काको आंगको भैसी देख्ने प्रबृत्तिबाट पढे लेखेका नेपालीहरु कहिले मुक्त होलान ?
सत्य तथ्य बुझेर मात्र टिका टिप्पणी गर्ने गर्नुस मित्रहरु । यो पंक्तिकार पनि आदित्य प्रतिस्ठानलाई करोडौ दिएको बिषयमा सहि छ भनेर समर्थन गर्दैन तर आदित्य अद्भुत बालक थिए भने यो मितिमा वली सरकारबाट माओबादी केन्द्र बाहिरिन्छ भनेर भविष्यबाणी किन गर्न सकेनन ?

हाम्रा पिडितहरुले राहत हैन आएको चै पाएको छ युवराज नारुहितो

Written By खांट्टी कुरा on Thursday, March 10, 2016 | March 10, 2016

२०७२ फागुन २६ गते ई-कान्तिपुरको अनलाईन पत्रिकामा२०७२ साल बैशाखमा आएको भूकम्पले मच्चाएको ताण्डवनृत्य र त्यस पछीको राहत कार्यको बिषयमा जापानी युवराज नारुहितोको चासोको बिषयलाई लिएर कान्तिपुरले समाचार छापेको रैछ ! हेर्नुहोस समाचार
 
तस्बिर साभार: ई-कान्तिपुर
नेपालको ईतिहासमा २००७ साल पछी सबै भन्दा धेरै सहयोग दिने रास्ट्रमा  जापान पनि अग्रपंक्तिमा पर्दछ ! सहयोग दिए पछी त्यसको सोधीखोजी हुनु स्वाभिबिकै हो ! त्यसै सिलसिलामा जापानी युवराज नारुहितोले हाम्रा जापान स्थित राजदुतलाई नेपालमा भूकम्प पछी सुरु गरिएको पुन:निर्माणकाहां पुग्यो भनेर सोधीबक्स्या रैछ ! हाम्रा राजदुतले के जवाफ दिए त्यो चै कान्तिपुरले खुलाको रैनछ !
 
पुन:निर्माण भएर भूकम्प पिडितले राहत पाएको भए हाम्रो सर्खारले गरेको कामको फेहरिस्त दिन सकिन्थ्यो तर अहिले सम्म पिडितहरुको नाउँमा सिन्को भाँचेको छैन भने के जवाफ दिन्थे र !
 
बिदेसी रास्ट्र देखि ब्यक्ति तथा संघ संस्थाहरुले दिएको राहत सहयोगबाट चाउचाउ र च्युरा अनि केहि थान पाल,भन्दा अरु केहि दिएका छैनन ! पिडितहरु अहिले पनि दुख: र कस्टको जिबन जिउन बाध्य छन ! बरु भूकम्प पिडितको नाउं बेचेर युरोपा बस्ने केहि थान नारानेहरुले ज्यान बनाए भन्ने सम्चार देखि मन्त्रीको नाम नै जस्तापाता मन्त्रि भनेर राख्देको समचार समेत पढ्न पाईएको थियो !
 
नेपालको लागि चुनदाम सहयोग नदेउ मित्र रास्ट्रहरु ! ति सहयोग वास्तविक पिडितको हातमा कहिले पनि पुग्दैन ! मित्र रास्ट्रहरुले दिएको सहयोगले हाम्रा नेता तथा तिनका आसेपासे विकासे बंगुर जस्ता भाका छन ! जब पिडितहरुको हातमा पुग्दैन भने त्यो सहयोगको के नै औचित्य भो?
 
जापानी युवराजले धन्न हाम्ले देको निलो सुजुकी बस अहिले पनि गुड्दै छ हैन भनेर सोधी बक्सेको रैनछ ! त्यो प्रश्न सोधेको भए हाम्रा राजदुतको मुहार हेर्न लायकको हुन्थ्यो होला !

कुरो नागरिकताको

Written By खांट्टी कुरा on Sunday, January 03, 2016 | January 03, 2016

-जनक मान डङ्गोल/janakdangol@gmail.com
कुनै समयमा पाकिस्थान तथा बंगलादेस हिन्दुस्थान भन्ने भारत देसकै यौटा अंग थियो ! अंग्रेजले हिन्दुस्थान छोडेर जाने बेलामा भारत र पाकिस्थान बनाई दियो ! पाकिस्थानको मातहतमा बंगलादेस थियो ! बंगलादेस पनि पछी भारतको सहयोगमा छुट्टै देस बन्यो ! हिजोको बिसाल हिन्दुस्थान आज भारत, पाकिस्थान र बंगलादेश गरेर तिन टुक्रामा विभाजन भएको छ !

बिहाबारी भनेको सकेसम्मको आपसी नातेदारिमा हुने गरिन्छ भने बाँकी अन्यबाट ! हिजो एकै थातथलोमा हुर्की बढेकाहरु पछी गएर अन्यत्र देसको नागरिक भएता पनि बैबाहिक सम्बन्धमा बाधिनु नयाँ र नौलो कुरा भएन !

पाकिस्थानबाट बिहाबारी भएर भारत भित्रेको एउटी चेलीले नागरिकता लिनु कति समय लाग्छ भनेर प्रश्न गर्ने हो भने बढीमा २ देक्ल्ही तिन महिना भन्ने जवाफ पाईएला तर छिमेकी भारतमा पाकिस्तानबाट बिहाबारी भएर भारत भित्रेकी चेलीले कर्म्घर्को नागरिकता लिन बीसौं बर्ष लाग्छ भन्दा अचम्म लाग्न सक्छ !

पाकिस्तानकि चेली अफ्सिन १९९४ सालमा बिहा गरेर भारत आईन ! बिहा गरेको बिस बर्ष पछी बल्ल भारत सरकारले तिनलाई नागरिकता दियो भनेर भन्दा त्यो आश्चर्यको समचार हुन सक्छ तर १९७९ साल देखि बिहा गरेर आएकी धेरै सीमापारिका चेलीहरुले भारतियता नागरिकता नपाएको घटना पनि देख्न र सुन्नमा आएको छ !यसको ठिक उल्टो हाम्रो देस नेपालमा देख्न पाईन्छ ! हाम्रो देस नेपालमा छिमेकी देशबाट बिहा गरेर आएको बर्ष दिन नपुग्दै नागरिकता दिने चलन छ ! रोटि र बेटीको सम्बन्ध देखाएर तुरुन्तै नागरिकता दिने देस भनेको नेपालनै होला !
तस्विर साभार: बि.बि.सी.हिन्दि डटकम
नागरिकता मात्र हैन नागरिकता प्राप्त गर्ना साथ निर्वाचन तथा समानुपातिकमा भाग लिएर मन्त्रि देखि उच्च पदमा पुग्ने पारिका छोरी वारिका बुहारीहरू पनि औलामै गन्न नसक्ने गरि पुगी सकेको छ  ! सद्भावना पार्टीका नेत्री सरिता गीरी देखि उधोगपति साहुनी राज्यलक्ष्मी गोल्छाहरु यिनै उदाहरणहरुमा पर्छिन ! त्यति मात्र नभएर बिदेसी संग बिहा गरेर माईतिमै हैकम जमाएर बस्ने छोरी चेली पनि प्रसस्त छन ! कांग्रेसी नेता स्व.गिरिजा पुत्री तथा पुर्ब मन्त्रि सुजाता कोईराला देखि डाक्टर दुर्गा पोख्रेल यिनै उदाहरणमा पर्ने चेलीहरुमा पर्छिन !

नागरिकताकै कुरा गर्ने हो भने आफ्नो राजनीतिक फाईदाको लागि बिदेसीलाई नागरिकता दिंदा त्यसले पछी पर्ने असरको नमुना हेर्न हाम्रै देस नेपाल देखि मलेसिया हुँदै पश्चिमा देसहरुलाई हेरे पुग्छ ! जुन देसको सरकारले आफ्नो पार्टीको फाईदाको लागी बिदेसिहरुलाई वितरण गरेको नागरिकताले गर्दा आजको मितिमा आएर विभिन्न समस्या र कठिनाई भोग्नु परिरहेको छ !

अहिलेका पार्टीका नेताहरुले देस र जनतालाई के दिए ?

Written By खांट्टी कुरा on Thursday, December 24, 2015 | December 24, 2015

-जनक मान डगोल
२०३६/३७ साल तिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले हालको एमालेको बिधार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिधार्थी युनियनका बिधार्थीहरुले गाउँ गाउँमा सभा सम्मेलन गर्दै हिड्दा सभा सम्मेलनको बिचमा गीत संगीत बाट जनतालाई मनोरंजन प्रदान गर्ने गर्दथे । त्यसो गर्नुको मुख्य कारण जनतालाई आफ्नो पार्टी प्रति आकर्षित गराउनु हो र त्यहि चलन अहिले सबै राजनीतिक पार्टीहरुले सिकेका छन ।

त्यो बेला अर्थात मेरो उमेर १४/१५ बर्षको हुँदा बिधार्थी फाँटका कलाकारहरुले गाउँदै नाच्दै गरेको गीतहरु मध्येको दुई गीतको शिर्षक मैले आज सम्म अनि भुलेको छैन । गाउँका शोषित, पिडित नारीहरुलाई गीत संगीतको माध्यमबाट चेतना दिने उद्धेश्यले गाईएको गीत मध्ये लौ उठ नारि अब एकजुट भई देउ, कति संधै दासी हुने भन्ने गीतले आजको ४० बर्षमा आईपुग्दा के कति नारीहरुमा चेतना जाग्यो र त्यो चेतनाले घर, टोल समाज हुँदै देसमा के कति आमुल परिवर्तन भयो त्यो पनि बताउनु पर्ला र ?

साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भन्दै गाउँको शोषक र सामन्तले गरेको अत्याचारको पृष्ठभूमिलाई आधार मानेर गाईएको हिजोको त्यो गीतले गाउँ समाजमा के कस्तो सकारात्मक सन्देस दियो त्यो पनि प्रस्ट देखिएकै छ । हिजो अर्थात मेरो बाबु, बाजेको पालामा साउको ऋण तिर्न भारत अर्थात मुग्लान भासिने चलन थियो । आज मेरो पालामा पनि साउको ऋण तिर्न खाडी मलेसिया भासिन बाध्य छौ भने नेपालमा २०२८ साल देखि कम्युनिस्टहरुले जगाएको राजनीति शिक्षा दीक्षाले को कसलाई कति फाईदा पुग्यो त्यो गाउँ समाजको तस्बिरले प्रस्ट पार्ने हुँदा यो पंक्तिकारले बयान गर्नु जरुरि छैन ।

आफ्नो राजनीतिक फाईदाको लागि हाम्रा कांग्रेस देखि कम्युनिस्ट हुँदै २०४७ साल पछी जन्मिएका मदेसी दलका नेताहरुले खासगरी भाषण, प्रशिक्षण देखि गीत संगीतको मद्धतले जनताहरुमा जोस भर्ने काम गरे, खास गरि युवा ताहा युवतीहरुमा । धर्म, जातपात मान्नु हुन्न भन्दै हरेक कुरामा जनबादीभन्ने सब्द राखेर दिइएको प्रशिक्षणले गर्दा यो ४० बर्षमा देस यो समयमा जातीय आन्दोलनले सखाप हुने भय दिन प्रतिदिन बढ्दै गएको छ ।

धर्म मान्नु हुन्न भनेर जनतालाई उचाल्ने हाम्रा कम्युनिस्ट पार्टी खास गरि अहिलेको एमाले देखि माले हुँदै बिभिन्ना नामधारी कम्युनिस्ट पार्टीहरूले धर्म मान्छन कि मान्दैनन भन्ने कुरा दोश्रो पटक प्रजातन्त्र स्थापनाको २ बर्ष पछी जनताले महसुस गर्न थालि सकेका थिए । भनाई र गराईमा आकास जमिनको फरक देखाउने नेपालको कम्युनिस्ट पार्टीहरुको चरित्र कोहि कसैले बिस्वास गर्न सक्दैन ४० बर्षमा देखिएको सत्य घटना यहि नै हो ।

हिजो माले पछी एमालेहरुले जे जे गरे जुन जुन बाटोमा हिडे आज त्यसैको सतप्रतिसत नक्कल गर्दै माओबादी नामका अतिबादी पार्टीहरु हिडेका छन । माले एमाले देखि माओबादी हुँदै तिन दर्जनको हाराहारीमा रहेको नेपालको सबै कम्युनिस्ट पार्टीहरुको झण्डा, रंग देखि पहिचान एकै हो कि हैन ?
जनताको बीचमा जाँदा बडो आत्मियताको साथ मधुर बचनले बोलिने सब्दहरुमा केहि भिन्नता छ ? अभिवादन सबैले लाल सलामदेखि नामको अगाडी कमरेडजोड़ेर सबैले प्रयोग गर्छन भने नेपालमा कम्युनिस्ट पार्टीहरु ३ दर्जन किन ?

कुनै पनि देसले सरकार चलाउन सुरुमा फौजको दरकार पर्छ र त्यस्ता फौजलाई पाल्नको निमित्त जनताले तिरेको कुत, तिरो देखि करको सदुपयोग गर्छन । नेपालका सबै राजनीतिक पार्टीहरुको पनि आ-आफ्नै फौज जस्तै संगठन छ भने त्यसलाई संचालन गर्न रकमको जरुरत पर्छ कि पर्दैन ? यदि पर्छ भने ति रकमहरुको श्रोत के हो ?

गरिब जनताले सरकारलाई अनिवार्य कर तिर्नु पर्छ र कर तिर्नु नागरिकको दायित्व भित्र पनि पर्छ तर जनताले कर सरकार देखि राजनैतिक पार्टीहरुलाई समेत तिर्दा तिर्दा लखतरान हुन्छन भने ति गरिब जनताको सन्तान मुग्लानभासिन बाध्य हुन्छन कि हुन्नन ?

मुग्लान भासिन बाध्य बनाउने अनि साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भनेर गीत गाउदै हिड्नु त्यो जस्तो हास्यापद अरु के हुन्छ ? ‘साउको ऋण तिर्न जाने हाम्रा हर्कजितेहरुमध्येको केहिलाई भए पनि हिजो कांग्रेस देखि कम्युनिस्टहरुले भन्ने गरेको निरंकुस एक दलीय पंचायती सासनमा रोजगार दिन लाई उधोग धन्दा खोलेको थियो कि थिएनन ?
त्यहि उधोग धन्दाहरुलाई पनि बन्द गराउन दिनहु बन्द हड्ताल देखि तोडफोड गर्न हर्कजितेहरुलाई उक्साको कारणले गर्दा आज ति उधोग कलकारखानाहरु सहि सलामत छन ? निजीकरणको नारा दिंदै सबै कल कारखाना स्वाहा बनाईए र पछी बिदेसीले खोलेका कल कारखानामा २०४६ साल पछी सबैमा ठेकेदारी प्रथा हुलेर नेता देखि तिनका आसेपासे मात्र मोटाउने तर गरिब नेपालीहरुको छोरा हर्कजितेहरुलाई साउको ऋण तिर्न मुग्लान जान बाध्य बनाउने कांग्रेस कम्युनिस्ट देखि अन्य विभिन्न नामका नेताहरुले साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केनभनेर गीत गाउन किन लगाए ?

हिजो साउको ऋण तिर्न नजिकको छिमेकी मुलुक भारतमा सयमा एक्कादुक्का जान्थे भने अहिले गाउँ टोलनै खालि हुने गरेर लाखौ लाख गरिब हर्कजितेहरु र तिनै हर्कजितेका दिदि बैनी हरु समेत युवतीहरु काम र मामको सिलसिलामा ऋण काढेर बिदेस जान बाध्य पारेका छन भने कांग्रेस तथा कम्युनिस्टहरुले जनता जगाएर गरेको परिवर्तनले आखिरमा देस र जनताले के पायो ?

'सस्तो बिज्ञापन'

Written By खांट्टी कुरा on Thursday, October 01, 2015 | October 01, 2015

सामाजिक संजाल फेसबुकमा सिन्धुपाल्चोक घर हुने मेरा फेस्बुकेमित्र श्री रामबाबु नेपालजीले एमालेको युवादस्ताहरु पहिरो पन्छाउन सिन्धुपाल्चोकको कोदारी सिमा नाका गएको बिषयलाई लिएर रमाईलो स्टाटस पोस्ट गर्नु भएको रहेछ !
साभार: रामबाबु नेपालको फेसबुक बाट












अस्ति माओबादी मध्येका एक खेमाले लिपुलेकमा गएर रास्ट्रिय झण्डा फहर्यायेर आयौ भनेर गफ दिए ! त्यो गफ दिंदा सुन्ने यो पंक्तिकारले अहिले फेसबुकको भित्तोमा यो स्टाटस लेखेर डाम्ने काम गर्दैछ !

सुकेनासले भेट्टाको ज्यान भाको ति बाहुन जातिका मेरा जिल्लाबासीले बडो लय मिलाएर लिपुलेक यात्रा सुनायो ! त्यसै बिचमा ईतिहासको कुरा निस्कियो ! ईतिहासमा रुचि राख्ने मैले एक दुईटा घटना सुनाउना साथ ति ब्यक्ति खोले साग भए ! उदाहरणको लागी २०२६ सालमा राजा महेन्द्रको आदेशमा किर्तिनिधि बिस्ट सरकारले नेपालको उत्तरी सीमाबाट भारतीय फौज लाई नेपालबाट भारत तर्फ फिर्ता रवाना नै काफी थियो ! अरु पनि थुप्रै ईतिहास सुनाई दिन मन लागेको थियो तर समयले भ्याएन !

कम्निस्टहरु के कसरि जनतालाई भ्रम छर्छन भन्ने कुरा लिपुलेकमा झण्डा गाडेको भन्ने भ्रमपूर्ण समाचारको केहि दिन पछी झण्डा गाडन गाको टोलि मुख्य बिन्दुमै नपुगेको खबर पनि पत्रपत्रिकामा प्रकाशित भएकै हो ! नेपालको उत्तरी सिमानाका पुग्न सजिलोको कुरा हैन फेरी त्याहा माथि त्रिदेशीय बिन्दु भाको नाकामा भारत तथा चिनको सिमा सुरक्षा गर्न ससस्त्र फौज समेत हरहमेसा तयारि पोजिसन लिएर बसेका छन !

'काले काले मिलेर खाउ भाले' भन्ने सिद्धान्तमा चल्ने भारत तथा चिनको व्यापारिक नीतिलाई नेपाल जस्तो सानो देसले न त जोरी खोज्न सक्छ न त युद्ध गरेर लुटिएको भूभागनै फिर्ता गर्न सक्छ ! त्यै माथि २०४६ साल पछिका हाम्रा महान नेताहरुको काम र कार्यको के बयान गराई भो त्यै माथी नपालका कम्निस्टहरुले कत्तिको हावादारी गफ गर्छन भन्ने कुरा कथित जनयुद्ध लड्ने माओबादीको ४० बुंदे माग नै काफी छैनन र ?
..
त्यस्तै घटना अहिले फेरी घामका भुराहरुले देखाएका छन ! कडा चट्टान फुटाउन बारुद प्रयोग गर्नु पर्छ र बारुदले ध्वस्त बनाएको चट्टान तह लाउंन पेट्रोलियम पदार्थबाट संचालन हुने डोजर, ग्रेडर जस्ता शक्तिसाली ईन्जिन ईन्जिन जडित  सवारी साधन चाहिन्छ ! यस्ता भारि शक्तिसाली ईन्जिन प्रयोग गर्दा समेत छिमेकी चिनको प्राबिधिकहरु हार खाएको बेला १०० थान बेल्चा लिएर पहिरो फाडन जानु पनि 'गफै त हो नि सम्धी' भनेझै हैन र ?

हाम्रा एमालेका नेता तथा एमाले पार्टी बाट नियुक्ति भएका गृहमन्त्री दुर दृस्टी भई दिएका भए देसको सेना तथा प्रहरीको जवानहरुलाई खाजा पानि भरेर अनुरोध आदेस तथा अनुरोधको साथ पहिरो तह लाउन आदेस गिराउथे होलान ! समयमै भनेको भए यतिखेर घामको भुराहरुलाई हातमा बेल्चा बोकेर सिन्धुपाल्चोकको नेपाल चिन सिमा नाका कोदारिमा फोटो सेसन गर्न पक्कै पनि जानु पर्दैन थियो होला !

२०५० सालको बाढी पहिरोमा परि नेपालको सबै पाहाडी राजमार्ग  देखि बाटो घाटो ठप्प हुँदा नेपालको बुढो राजमार्ग त्रिभुवन राजपथको पहिरो एमाले कांग्रेसको भुराहरुले बेल्चा हानेर सफा गरेका थिएनन ! त्रिभुवन राजपथको पहिरोलाई नेपाल प्रहरीका पुर्ब निरीक्षक स्व.हरि बहादुर महतको अगुवाईमा हप्तौ हप्ता लाएर पहिरो पन्छाएर राजमार्ग सुचारु गराएका थिए भन्ने कुरा अहिलेका ठेटनाहरु लाई के थाहा !

अस्ति भर्खर चिनिया सेनाले पहिरो पन्छाएर वानवे बनाएको बाटोमा बेल्चा हानेको फोटो पोस्टिदैमा बहादुरी पक्कै होइन्न होला !

'बजाउ बजाउ बाजे ढ्याङ्ग्रो'

Written By खांट्टी कुरा on Monday, August 31, 2015 | August 31, 2015

लामाजी अब तपाईहरुको गुम्बाको ढ्यांग्रो पनि हामि बाहुनहरुलेनै बजाई दिनु पर्ने भयो नि हैन ? हेर्दा खेरि अलि साधारण तरिकाको ब्यंग्य मिश्रित यो भनाई सामाजिक संजाल फेसबुकको च्याटबक्समा मेरो छिमेकी जिल्ला चितवनका मित्र मोहन लामा रुम्बाज्युलाई प्राप्त भएको रहेछ ।

पोहोर साल हिमाली बौद्ध दर्शनको बिज्ञ डाक्टर रमेश ढुङ्गेल संग मोहन लामा रुम्बाज्युको भेट हुँदा डाक्टर ढुंगेलले भन्नु भएछ हेर्नुस लामाजी संखुवासभाको उत्तरी दुर्गम गाउँमा म पुग्दा एउटा सिँगै गाउँ क्रीस्चियन भएर पुरानो गुम्बा अलपत्र भएको रहेछ त्याहाँको गुम्बामा तल्लो गाउको बाहुन क्षेत्रीहरु गएर बत्ती बालीरहेको देखें

मोहन लामाजी अस्ति काम बिशेशले चितवनको पहाडी क्षेत्रमा पर्ने सिद्धी गाबिसमा जानु भएको रहेछ । चितवनको सिद्धि गा.बी.स देखि मकवानपुरको काँकडा, खैरांग जस्ता बिकट गा.बि.स हरुमा चेपांग तथा तामांग जातिहरुको बाहुल्यता छ ।

मोहन लामाजिले डाक्टर ढुंगेलको भनाई त सुन्नु भयो तर आँखाले प्रत्यक्ष देख्नु भएको थिएन । आफ्नै आँखाले नदेखे सम्म सुनेको भरमा हो भनेर बिस्वास गर्न पनि अलि कठिननै हुन्छ । 
मोहन लामाजिले सिद्धि गा.बि.स मा पुरु गाउँ क्रिस्चियन भएको देख्नु भएछ । उहाँको साथीहरुले कहिले काही मित्रहरु संगको चिया गफमा 'सिद्धि गा.बि.स मा दिनानुदिन मौलिक धर्म बदलेर ईसाई धर्ममा लाग्नेको संख्या नेप्सेको सूचक जस्तरी मास्तिर उक्लिदैछ भनेर भन्ने गरेका रैछन ।
सिद्धि गा.बि.स को पुर्ब गा.बि.स अध्यक्ष गोपी श्रेष्ठको अनुमानमा ७०% प्रतिसत तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको हुनु पर्छ भनिएता अनि हाल सिद्धि गा.बि.स मा ९०% तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको बुझिन्छ ।

सिद्धि गा.बि.स हिजो जनयुद्धकालमा माओबादीहरुको सुरक्षित आधार ईलाका थियो । जनयुद्धकालमा हिन्दु धर्म मान्नेहरु माथी गरिएको दुर्ब्यबहार भुक्तभोगीहरुलाई राम्रै संग थाहा नभएको पनि हैन । हाल नेपालको प्राय साबि स्थानहरुमा खुल्लमखुल्ला ईसाई धर्मको प्रचार प्रसार हुँदा पनि नेपाल सरकार मौन बसेको छ ।

हाम्रो नेपाली उखानमा समाजमा मिलेर बस्न नसक्ने व्यक्तिलाई 'बालीमा नमिलेको डुम' भनेर भन्ने चलन छ । 'डुम' भनेर कुनै जाति बिशेसलाई होच्याएर भन्न खोजिएको हैन तर समय र सन्दर्भमा कुरा उठ्दा उखान टुक्काको रुपमा दिईएको उपमा हो यो । यसबाट कोहि कसैलाई चोट पर्न गएको खण्डमा यो पंक्तिकार अग्रिम माफी चाहन्छ ।

दिनानुदिन बढ्दै गएको ईसाईपन्थीहरुको कारणले गर्दा सिद्दी गा.बि.स मा बसेर आफ्नो पुर्ख्याली हिन्दु तथा बौद्ध धर्म मान्नेहरु नागरिकहरु आज उक्त थातथलोमै बस्ने कि छोड्ने भनेर बडो द्दिबिधामा परेको देखिन्छ र बुझिन्छ पनि ।

मिलेर बस्नलाई धर्म मिल्दैन । धर्म नमिले पछी संस्कार मिल्ने कुरै भएन । गाउँ ठाउँमा बसे पछी 'छिमेकी ज्यूँदाको जन्ती र मर्दाको मलामी' हुनु पर्छ तर २०४६ साल पछी हाम्रा राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुले समाजमा यस्ता जहर घोली दिएका छन कि मान्छे मृत्यु भयो भने पनि 'कुन पार्टीका' भनेर पहिले सोधखोज गर्ने चलन बसाल्देको छन । मृत्यु पछिको कार्यमा त यस्तो छ भने झन शुभ कार्यको त के बयान गराई भो । पंक्तिकारले पनि यस्तो घटना धेरै स्थानमा देखि सकेको छ ।

२०६४ साल पछी नेपालमा बढेको ईसाईकरणले गर्दा धर्म र संस्कार नबुझेका नब ईसाईहरुले हिन्दुहरुलाई 'गाईको मुत खाने' का सन्तान भन्छन भने बौद्धहरु लाई 'डबकामा जांड खाने देउताको सन्तान' भनेर हिन्दु पण्डित देखि लामा गुरुहरु समेतको उच्चीत्तो काढ्न सुरु गर्छन । हिन्दु तथा बौद्ध देबी देउतालाई सैतानको उपमा दिन पछी पर्दैनन ।

संसारमा धेरै देशरुमा अहिले जाती र धर्मलाई लिएर लडाई सुरु भएको छ । यस्तै भई रहेको खण्डमा भोलि हाम्रो देस नेपालमा पनि यस्तो स्थिति नआउला भन्न सकिन्न ।
नेपालको बिकट पहाडी जिल्लाको गाउँ ठाउँमा आदिबासी जनजातिहरु बसोबास गर्छन र त्यहि जनजातिहरु संग घुलमिल गरेर ब्राम्हण, क्षेत्री देखि अन्य जातिहरु समेत नंग र मासु जस्तै मिलेर बसेका छन । 

गुरुङ तथा तामांग जातिहरुले आफ्नो जातीय तथा धार्मिक परमपरा अनुसार ईस्ट देवताको पुजा आजा देखि मृत्यु पर्यन्त सम्मको काम कार्यमा ढ्यांग्रो बजाउंदै देबी देउता फलाक्ने गर्छन । माथिकै हरफमा डाक्टर रमेश ढुंगेलले भन्नु भएझै सिंगो गाउँका आदिबासीहरु ईसाई भए भने गुम्बाहरुमा गएर बाहुन क्षेत्रीले गएर पुजा आजाको साथ बत्ति बाल्दै ढ्यांग्रो ठोक्नु नयां र नौलो कुरा भएन किनभने हिन्दु तथा बौद्ध धर्म मान्नेहरुले एकले आर्कोलाई कहिले पनि घृणाको दृष्टिले हेर्ने गर्दैनन, त्यसैले मोहन लामाज्युले ब्यंग्य गरेर लेख्ने मित्रलाई 'बजाउ बजाउ बाजे ढ्यांग्रो' भनेर जवाफ दिनु भएको रैछ ।

पत्रकारिता भनेको स्वतन्त्र पेशा हैन र ?

Written By खांट्टी कुरा on Sunday, July 19, 2015 | July 19, 2015


हाम्रो देस नेपालको पुर्व, दक्षिण र पश्चिम गरि तिन तिरबाट भारत अनि उत्तरी दिशामा पहिलाको भोट भनिने तिब्बत तथा हालको चिन भन्ने देश परम छिमेकीमा पर्दछन । उत्तरी छिमेकी चीनमा एकदलीय कम्युनिस्ट सासन छ । एकदलीय सासन भनेको निरंकुस सैलिमा चलाईने सासन हो भने तिन तिर सिमा पर्ने भारतमा प्रजातान्त्रिक पद्धतिको लोकतान्त्रिक सासन छ ।

जे जस्तो सुकै नाम दिएता पनि एकतन्त्रीय सासन ब्यबस्थाको खिलाफ लेख्न र बोल्न पाईदैन । बोल्न र लेख्न नपाए पछी च्याउ सरि संचारको विभिन्न रुपरंगहरु जन्मिने मौका पनि भएनन । जे जति छन तिनले देस र जनता अनि सरकारको प्रसंसामा लेख्नु पर्छ । उदाहरणको लागी सिंगापुर देखि चिनलाई लिन सकिन्छ । निरंकुस सैलिमा सासन नचलाएको भए सिंगापुर भन्ने देस आजको स्थितिमा आई पुग्दैन थियो भने छिमेकी चिन त झन आज बिस्वको २ नम्बर महासक्तिसाली देसमा गणना भई सकेको छ ।
प्रजातान्त्रिक पद्धतिमा सासन ब्यबस्था चलेता पनि छिमेकी भारतमा साना ठुला सबै प्रकाशन गृहहरुले पत्रकारिताको धर्म सफलतापुर्वक निर्वाह गरेका छन । सरकारले गरेको राम्रो कार्यको प्रसंसा गर्न दखि लिएर गलत कार्यको भण्डाफोर गर्न पछी पर्दैनन भनेर भारतीय संचार गृहहरुले समय समयमा देखाउंदै आएका छन ।
मोफसलमा कुनै अमुक पार्टीका नेताहरुले आफ्नो लगानीमा पत्र पत्रिका देखि रेडियो टेलिभिजन खोलेर आफ्नो र पार्टीको भजन गाउन लगाएको पनि दखिन्छ तर त्यस्ता पार्टी र तिनका राजनीति भनेको मोफसलमा मात्र हो । केन्द्रिय राजनीतिमा त्यस्ताहरुको कुनै अर्थ पनि हुन्न । देस बिदेसले चिन्ने भनेको केन्द्रलाई हो ।
संसारमा कहिँ कतै नभएको प्रजातन्त्र देखि लोकतन्त्र भने नेपालमा देख्न पाईन्छ । नेपालमा २०४६ साल पछी प्राय सबै ठुला पार्टीहरुले आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन र प्रसंसा गाउन तथा छाप्न भनेर संचार गृहहरु खोलेका छन । कुन पत्रिका तथा रेडियो देखि टेलिभिजन सम्म कस्तो चरित्रको हो र ति संचारका साधनहरुले के कस्तो भूमिका निर्वाह गरेका छन त्यो बताउनु जरुरि पर्ला र ?
सामाजिक संजालमा फेसबुक, ट्वीटर देखि गुगल प्लसले ठुलो योगदान गरेको छ । नामै सामाजिक भए पछी समाजकै लागी भनेर खोलिएको यो संस्थाहरुको मद्धतबाट आज बिस्वले सेकेण्ड देखि मिनेट भरमै खबर देख्न पाउने भएका छन ।
यस्तो बिसुद्ध सामाजिक संजालको मद्धत लिएर हाम्रो राजनैतिक पार्टीमा आबद्ध रहेका सबै तह र तप्काका ब्यक्तिहरुले आफ्नो सन्देसहरु सम्प्रेष्ण गर्ने गरेका छन । यौटा सानो उदाहरण हेर्नुस ।
फलाना पत्रिकामा काम गर्ने फलाना बहादुरलाई हाम्रो पार्टीले फलानो ईकाई कमिटिको फलानो पदमा नियुक्ति गरेको व्यहोरा जानकारी गराउन पाउँदा हामीहरुलाई अत्यन्त खुसि लागेको छ । सामाजिक संजाल फेसबुक तथा ट्वीटरमा यस्ता सन्देस प्रकाशित हुना साथ खादा र अबिरमा सज्जिएको ति रास्ट्रको चौथो अंगले विभूषित पत्रकार महोदयले आफ्फ्नो फोटो प्रकाशित गरेर हार्दिक धन्यवाद ज्ञापन गर्न समेत पछी हट्दैनन । बिगत केहि बर्ष देखि सामाजिक संजालहरुमा नियमित देखिएको यस्ता पोस्टहरु देख्दा पंक्तिकारलाई भन्न र लेख्न मन लाग्छ राज्यको चौथो अंग भन्ने मान सम्मान पाएको पत्रकार र पत्रकारिता पेशा स्वतन्त्र कसरि भए ?
पत्रकार भनेको मर्यादित र स्वतन्त्र पेशा हो । यो पेशा अंगाली सके पछी रास्ट्रको लागी अहोरात्र खटिने शेना तथा प्रहरीका जवानहरु कडा अनुसासनमा बाँधिएको जस्तै हुनु पर्दछ । नेपालको सेना तथा प्रहरी संगठनहरुमा आज सम्म राजनैतिक पार्टीको संघ संगठन खोल्न मनाही छ । सेना तथा प्रहरी पनि राजनैतिक पार्टीको ईकाई बन्ने हो भने सोच्नुस देस कुन बाटोमा पुग्ला ।
पत्रकारीता भनेको बिसुद्ध स्वतन्त्र पेशा भए पछी यो पेशामा लाग्ने ब्यक्तिहरुले घाम, पानि, असिना, थकाई, भोक र प्यास समेतको वास्ता गर्नु हुन्न । काम, क्रोध, लोभ र मोहमा लाग्ने ब्यक्तिले स्वतन्त्र पत्रकारिताको पेशा अंगाल्नु भनेको आफैले आफैलाई अनि देस र जनतालाई धोका दिनु हो ।
घमण्ड र अहंमा हिजो आजका पत्रकारहरुले जहानिया राणा सासनका श्री ३ लाई पनि मात गर्छन । श्री ३ नै बने पछी कसले कारबाही गर्ने ? कारबाही गर्ने भनेको पुलिस प्रसासन अनि पुलिस प्रसासन चल्ने भनेको सरकारको आदेसले हो । यस्ता यावत कुरा हरु जान्दाजान्दै पनि बुझ पचाएर हिजो आज आफुलाई अधिकांस पत्रकारहरुले देसको ऐन नियम कानून भन्दा पनि ठुलो ठान्दै पत्रकार भनेसी जे गर्न पनि छुट छ भन्ने बहम पालेका छन । यदि छुट नभएको भए चलचित्रका नायिका श्रीषा कार्कीले अकालमा ज्यान गुमाउनु पर्दैन थियो ।
पत्रकारिता गर्ने व्यक्तिले कडा ऐन नियम कानूनको परिधिमा बाधिनु पर्ने भए पछी भाषामा मिठास र सिस्टता हुनु पर्ने हैन र ? तर त्यसको ठिक उल्टो र बिपरित छ हाम्रो देसको पत्रकारिताको खेति गर्ने खेतिवालहरु । हिजो पन्चेती सासनकालका पुलिस जस्तै छन हाम्रा पत्रकारहरु । पन्चेतकालको पुलिस भनेको 'हाउगुजी' भनेर डराउने डरको  अर्को रुप पनि थियो । हिजोको पन्चेती पुलिसको त्यो 'हाउगुजी' को बिंडो आज नेपालको पत्रकारहरुले थामेका छन ।
निर्वाचन जितेर सरकार गठन गरि सके पछी राजनैतिक पार्टीको सदस्य नभएर देस र जनताको सेवक हुन्छौ भन्ने सोच हाम्रा नेताहरुले पालेका भए आज देसमा यस्तो लठीभद्र पक्कै पनि हुन्थेन । सबैले आफ्नो कर्तब्य पालन गर्नु पर्छ भनेर सरकारको सम्बन्धित निकायले जब सम्म कडाईको साथ आदेस र पालना गर्न र गराउन सक्दैनन् भने देस कहिले पनि उन्नतिको शिखरमा पुग्न सक्दैन ।
स्वतन्त्र पद धारण गरेका व्यक्ति भए पछी स्वतन्त्र तौर तरिकाले चल्नु पर्ने राज्यको चौथो अंग भन्ने दर्जाले शुसोभित पत्रकार नाम रुपी ब्यक्तिहरु पार्टी पिच्छेको खेमामा बाडिन्छन र देस र जनताको हक हितमा भन्दा आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन गाउछं भने ति कसरि राज्यको चौथो अंगरुपी पत्रकार भए ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger