Saturday, July 16, 2016

वली मात्र कसरि दोषी भए ?

खांट्टी कुरा     July 16, 2016    

..  
कम्युनिस्टहरुले धर्म मान्दैन । कम्युनिस्टहरु नास्तिक हुन । साम्यवादमा बिस्वास राख्छन । कम्युनिस्टहरुले राजतन्त्र मान्दैन भने शोषक र सामन्तीको दुश्मन अनि गरिब किसान तथा मजदुरका साथि हुन । २००६ सालमा भारतमा जन्मेर नेपालमा राजनीति गर्न आएका दर्जनौ कम्युनिस्टहरुले हिजो पंचायतीकालमा यस्तै भन्दै फलाक्दै हिड्थे ।

कांग्रेस भनेको समाजबादमा विस्वास राख्दछ । समाजबादमा सबैको स्थान छ । सबैको स्थान भए पछी राजा नमान्ने भन्ने कुरा आउदैन । राजालाई संकट परेको बेलामा राजाको गर्धन मुनि राखेर हामि कांग्रेसी नेताहरुको गर्धन माथि राख्न पछी हट्दैनौ । त्यसरी फलाक्दै हिड्ने कांग्रेस तथा कम्युनिस्टहरुले दोश्रो प्रजातन्त्रको स्थापना पश्चात सत्ताको स्वाद चाखेको पनि आज २७ बर्ष लाग्दैछ ।

राजतन्त्रको घोर बिरोधि कम्युनिस्टहरुले राजा मान्दैनन भने राजतन्त्रको अधिनमा किन बस्थे तर राजाको गर्धन मुनि हाम्रो माथि भन्ने कांग्रेसीहरु आफ्नो बचनमा कत्तिको अडिग रहे त्यो अहिलेको समयमा बयान गर्नु नपर्ला किनभने २०६४ सालमा नेपालमा राजतन्त्र हटाउन मुखु भूमिका खेल्ने पनि राजाको गर्धन मुनि हाम्रो माथी भन्नेहरु थिए भने कम्युनिस्टहरु देखि जान्ने साक्षीमा मात्र बसेका हुन ।

धर्म नमान्ने देखि नास्तिकबादमा बिस्वास छ भन्नेहरुले २०६४ सालमा धर्म निरपेक्ष गणतन्त्र रास्ट्र भनेर घोषित गराएर पनि देखाएका हुन तर अचम्मको कुरा २०६४ साल पछी नेपालको कम्युनिस्टहरु धर्मभिरुमा छिमेकी भारतका कट्टरपन्थी हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका नेताहरुलाई समेत मात गराउन सफल भएका छन ।

यदि धर्ममा आस्था र विस्वा नराख्ने भए विभिन्न नामधारी साधु बाबाको संगत गर्न किन जान्थे । ग्रह दशा कटाउन भनेर भैसीपुजन पक्कै पनि गर्दैनथे । आफ्ना बाबा महातारिलाई तीर्थयात्रा गराएको दृश्य चित्र पनि देखिएकै हो भने कोहि कोहि त परम प्रभु परमेस्वर येसु ख्रिस्टको जय हो भन्दै बप्तिस्मा समेत लिन भ्याएका थिए भने कम्युनिस्टहरु नास्तिक रैछन कि आस्तिक ?

नेपाल मात्र नभएर संसारमा समय समयमा बिज्ञानलाई चुनौती दिंदै अद्भुत चमत्कारको घटना घटेको देख्न र सुन्न पाईन्छ । बोल्न नजान्ने तर लेख्न जान्ने त्यो पनि सानो बालखै अबस्थामा । यो बिज्ञान को युग त्यहि माथि ईन्टरनेटको जमाना । आदित्य नामले चिनिएको बालक रातारात ‘गुगल ब्वाई’ भनेर संसार भर चिनिए ।
सर्च ईन्जिन गुगलको नामबाट राखिएको गुगल ब्वाई भनेर पुकारिने आदित्य, तस्बिर साभार गुगल सर्च 

रोग हो वा के हो भनेर कसैले खुट्याउन सकेन । बालकको अद्भुत चमत्कारबाट प्रभित भएर तत्कालिन कोईराला सरकारले त सरकारी खर्चमा उपचार गर्न अमेरिका समेत पठाए । अमेरिकाको डाक्टरले समेत के रोग हो भनेर चिन्न सकेनन । बालक आदित्य नेपाल आएर बसेका छन । ति बालक भविष्यबक्ता थिए भने उपचार गराउन आदेस दिने देसको सरकार प्रमुखको मृत्युको सहि भविष्यबाणी किन गरेनन ?

२०४६ साल पछी नेपालमा नाम चलेको व्यक्तिको नाउँमा अन्धभक्त तथा समर्थकहरुले प्रतिस्ठान खोल्ने होडबाजी देखाएका छन । ति प्रतिस्ठानहरुको नाउँमा धेरैको रोजीरोटी पनि राम्रै संग चलेको छ । त्यसैमा आएर अहिले ‘आदित्य प्रतिस्ठान’ थपिनु कुन ठुलो कुरो भयो र ।

वली सरकारलाई हाम्रो समर्थन छैन भनेर सरकारबाट बाहिरिनु भन्दा २/३ अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका ३ ठुला पार्टीका नेताहरु देउवा, दाहाल र वली बसेर राजनीतिक बिषयमा छलफल गर्ने बेलामा बालक आदित्यको चर्चा अकस्मात निक्लियो । चर्चा निकाल्नेमा अरु कोहि नभएर माओबादी केन्द्रका दोश्रो बरियता प्राप्त नेता नारायण काजि श्रेष्ठ थिए । जातिले नेवार भए पनि श्रेष्ठ पनि कट्टर नास्तिक हुन ।  
कान्तिपुर समाचारले बिना तथ्य पक्कै पनि समाचार प्रकाशित गरेन होला । तिनै पार्टीका ठुला नेता बसेर आदित्य प्रतिस्ठानलाई सक्दो सहयोग गर्ने बचन समेत दिन भ्याए र त्यहि बचनको नतिजा हालको मन्त्रि परिषदबाट १ करोड दिने निर्णय ।
तस्बिर साभार: फेसबुकबाट
देसमा भूकम्प तथा बाढी पिडितहरुको दैनिक जिबनी कत्तिको कस्टकर छ त्यो सरकार देखि नेपाली जनताहरुले आफ्नै आँखाले देखि सकेको छन । सहयोगी हातहरु भूकम्प पिडितको घाउमा मल्हम लगाउन खटेका छन भने लोकतन्त्रको नाउँ भजाउनेहरुले के कुन हिसाबले आदित्य प्रतिस्ठानको नाउँमा करोडौ दान दिए दिनेहरु नै जानुन ।

नेपालमा हिजोआज नेपाली जनताहरु बस्दैनन । पार्टीका आस्थावान तथा समर्थकहरु बस्छन । सरकारमा अहिले अल्पमतको एमाले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री वलीको सरकार छ । आदित्य पर्तिस्ठानलाई करोडौ किन दियो भनेर कांग्रेस तथा माओबादी केन्द्रका आस्थावानहरुले सामजिक संजालको भित्तामा धारे हात लाएर सराप्दै बसेको देखियो तर आदित्य प्रतिस्ठानलाई सहयोग दिनेमा हाम्रै पार्टीका नेताहरुको पनि सहमत छ भन्ने हेक्का चैँ किन राखेनन ?

बिरोध गर्न पाउनु पर्छ । आर्थिक केहि नदिए पनि वाक्स्वतन्त्रता दिएका छन तर त्यसो भन्दैमा आफ्नो आंगको भैसी नदेखेर आर्काको आंगको भैसी देख्ने प्रबृत्तिबाट पढे लेखेका नेपालीहरु कहिले मुक्त होलान ?
सत्य तथ्य बुझेर मात्र टिका टिप्पणी गर्ने गर्नुस मित्रहरु । यो पंक्तिकार पनि आदित्य प्रतिस्ठानलाई करोडौ दिएको बिषयमा सहि छ भनेर समर्थन गर्दैन तर आदित्य अद्भुत बालक थिए भने यो मितिमा वली सरकारबाट माओबादी केन्द्र बाहिरिन्छ भनेर भविष्यबाणी किन गर्न सकेनन ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .