Monday, October 17, 2016

क्रान्तिकारी कम्युनिस्टहरुको भनाई एउटा गराई आर्को हुने रैछ



  • जनकमान डंगोल

दुई पटक प्रधानमन्त्री हुन् सौभाग्य पाएका नाम मात्रका कम्युनिस्ट नेता हुन पुष्पकमल दाहाल ! गोप्यता भंग हुने डर भएर होला श्री ३ राणाको सिको गर्दै आफ्ना पुत्रलाई हजुरिया जर्नेल अर्थात् स्वकीय सचिब बनाएर राखेका छन !


प्रधानमन्त्री पुत्र तथा स्वकीय सचिव प्रकास दाहालले सामाजिक संजाल फेसबुकमा दशैको बिषयमा लामै प्रबचन दिएका रैछन ! केहि बर्ष अगाडी दशैको बिषयलाई लिएर सानोमा छँदा टिका थाप्न गएको देखि बटुलेको दान दक्षिणाको बिषयमा पनि लेखेका थिए ! सामाजिक संजाल फेसबुकमा लेखेको कुरालाई र्हैन भनेर भन्न सक्दैनन !


जनयुद्ध पछी शान्ति सम्झौता त्यस पछी निर्वाचन ! निर्वाचनमा देसको पहिलो पार्टी अनि पहिलो पार्टीको नाताले निर्वाचित प्रधानमन्त्री ! 

पहिलो पटक प्रधानमन्त्री भैसके पछि वि.सं २०६६  माघ २९ गते गते  सुदुर पूर्वको चतरामा गएर ग्रह दसा बिग्रेकोले ग्रह शान्ति भन्दै भैसी पुजन गरेको तस्बिर पनि पत्र पत्रिका देखि सामाजिक संजालमा छाएकै हो !


कम्युनिस्टहरु आध्यात्म्बादमा बिस्वास गर्दैन भौतिकबादमा बिस्वास गर्छ पनि भन्छन ! ग्रह शान्ति भन्दै भैसी पुजा पनि गर्छन ! 


छिमेकी भारतको भ्रमणमा जाँदा हरिद्वार गएर बाबा रामदेवको हातबाट टिका प्रसादी पनि थाप्छन भने प्रधानमन्त्री पुत्रले कम्युनिस्ट पद्धति र दर्शनमा गाएको बखान मिल्यो कि मिलेन आफै अनुमान गर्नु होला !

No comments:

Post a Comment