Home » » बिदेसीको खेतालाहरु नेपालको धर्म र संस्कृति माथी तिब्र प्रहार गर्दैछन

बिदेसीको खेतालाहरु नेपालको धर्म र संस्कृति माथी तिब्र प्रहार गर्दैछन

Written By खांट्टी कुरा on Friday, October 14, 2016 | October 14, 2016

जनकमान डंगोल
..
नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजया दशमीका नामले पनि चिनिन्छ । 

हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने समेत भएको हुनाले दसैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्दछ । 

दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ  यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती समेत छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी, र पूर्णिमा (कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।

नेपाल बहुभाषिक, बहु सांस्कृतिक तथा विभिन्न भेषभुषाधारी बस्नेहरुको देस हो र यहाँ सबै जाति, धर्म तथा सांस्कृतिक चाडबाडलाई अत्यन्त हर्षोल्लासको साथ मनाईन्छ तर बिडम्बनाको कुरा केहि बर्ष देखि सुन्दर शान्त देस भनेर चिनिएको हाम्रो देस नेपालको चाडपर्व देखि भाषा, भेषभुषा, संस्कृतिमा बिदेसी खराव तत्वहरुले नजर लगाउंदै मास्न भनेर कम्बर कसेर लागेको देखिदैछ ।


संस्कृत भाषामा एउटा कथनी छ घरके भेदी लंका ढहाए। चर्चित कथा रामायणको पात्र राबणको आफ्नै सहोदर भाई बिभिषणले आफ्नै देसको गुप्त सूचना सत्रु रामलाई दिए पश्चात राबण स्वर्ण नगरी लंकामा चढाइ गरेर रामले बिजयी प्राप्त गर्न सफल भयो । रामको बाणले सख्त घाईते भै मृत्यु हुनु पुर्व केहि समय अगाडी लंकापति राबणको मुखबाट प्रस्फुटन भएको वाक्य हो  घरके भेदी लंका ढहाए


जनताको नासो जनतालाई नै बुझाएको छु भनेर अन्तिम राजा ज्ञानेन्द्र शाहले राजतन्त्रको निशानी राजदण्डमुकुट अर्थात श्रीपेच नेपाल सरकारलाई जिम्मा लगाएर राजदरबार छाडे । जुन दिन बाट राजाले राजगद्धी छाडे त्यो दिन देखि नेपालको धर्म र संस्कृति, भाषा तथा भेषभुषामा बिदेसी तत्वहरुबाट चरम रुपमा खुल्लमखुल्ला हमला हुन थाल्यो ।

क्रान्ति गरेर देसमा अमुल परिवर्तन ल्याउने सपना देखाएर १२ बर्ष सम्म कथित जनयुद्ध लडेका माओबादि नामका उग्र बामपन्थी कम्युनिस्टहरु २०६४ साल पछी पटकटक सत्ताको शिखर चढ्न सफल भए । सत्तामा पुग्नासाथ नेपालको संस्कृति माथि पहिलो हमला बोल्दै प्रचण्ड सरकारको अर्थमन्त्री बाबुराम भटराईले ईन्द्रजात्रा तथा कुमारी संस्कृतिको पुजा खर्च रोकेर राजधानीबासीको कोपभाजनको सिकार बन्न पुगे । उग्र बिरोध कारणले गर्दा तत्कालिन अर्थ मन्त्रि बाबुराम भटराईको निर्णय २४ घण्टा पनि टिकेन । निर्णय फिर्ता लिन बाध्य भए । माओबादी जनयुद्ध पश्चिमा ईसाईहरुको ईसारामा चलेको हो भन्ने यो भन्दा दरिलो प्रमाण अरु के हुन्छ ।

पौने तिन करोड नेपाली बस्ने देसमा हिन्दु तथा ओमकार धर्म मान्ने ९३% छ भनेर सरकारी तथ्यांकले देखाउँदा देखाउदै पनि संबिधानमा जबर्जस्ती धर्म निरपेक्ष भनेर घोषणा गराईयो । राजा भनेका धर्मका संरक्षक हुन । जबसम्म नेपालबाट राजतन्त्र जरै देखि फाल्न सकिदैन तब सम्म पश्चिमा ईसाई रास्ट्रहरुको मनोकान्छा पूर्ण हुन्न भन्ने सोच पालेका बिदेसी कुतत्वहरुले राजनेताको खोल ओढेका नेपालका बिभिषणहरुलाई प्रयोग गरेर रातारात धर्म निरपेक्षको घोषणा देखि गणतन्त्रको स्थापना गर्नु भनेको मौलिक नेपालको धर्म, संस्कृति, भाषा, भेषभुषा र परम्परा मास्ने योजनाको एउटा हिस्सा थियो र यो कार्यमा केहि हद सम्म ईसाईहरु सफल समेत भै सकेका छन । दोश्रो योजनामा नेपाललाई सिक्किम बनाउने षडयन्त्र रच्दै छन नेपालका जनताहरु जागेनन भने त्यो दिन पनि देख्न नपर्ला भनेर भन्न सकिन्न

नेपालीहरुले मान्दै आएको वडा दशैको बिदा किन लामो समय सम्म भनेर हिजोआज नव ईसाईहरु कुर्लिन थालेका छन । हिन्दुहरुलाई लामो समय सम्म पर्व बिदा दिनु हुन्छ भने हामी ईसाईहरुलाई आइतवारको दिन प्राथना गर्न भनेर छुट्टी किन दिदैन भनेर कुतर्क दिन थालेका छन । दशैको अबधिभर ईसाईहरुले हिन्दु पर्वको बिरोध गर्नु पर्छ भनेर आफ्ना अनुयायीहरु माझ हुकुम फरमान समेत जारि गरेका छन ।

संसारमा सबै देसमा अल्पसंख्यक र बहुसंख्यक भन्ने समुदाय हुन्छ । समाजमा एकै जाति, धर्मका मानिसहरु पनि बस्दैनन् । अल्पसंख्यकल बहुसंख्यक संगै  मिलेर बस्नु पर्दछ । त्यो संसारको नियम पनि हो तर विदेशको दानापानीमा हुर्केका नेपालका नव ईसाईहरु आफ्ना पिता पुर्खाको धर्म, संस्कृति, भाषा देखि भेशभुषालाई लात हानेर दिनानुदिन अलोकप्रिय काम गर्दैछन । अहिलेको बिरोध पनि त्यसैको एउटा हिस्सा हो ।

समाज तहस नहस बनाउनु छ भने धर्मको बिरोधमा बोलिदिए, लेखि दिए पुग्छ । नेपाललाई तहस नहस बनाउन ईसाईहरुले पानिसरी पैसा बगाएका छन । बिदेसिको कुटिल चाल नबुझेका हाम्रा अज्ञानी दाज्युभाईहरु हिन्दु धर्म भनेको सैतानको धर्महो’ भन्दै हिडन थालेका छन । अबुझ र अज्ञानीहरुको लागी यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन्छ ।
धर्म तथा संस्कृति बचाई पाउ भनि राजधानीका बासीहरुले गणतन्त्रका पहरेदारहरुलाई बर्षौ बर्षसम्म अनुनय बिनय गरे तर सुनेनन । सुन्लाकी भनेर लामो समय सम्म कुरे । हार खाए । धर्म तथा संस्कृति मास्नु हुन्न र नेपालको धर्म र संस्कृति राजतन्त्रका पहरेदारहरु भन्दा अरुले बचाउन सक्दैन भन्ने निष्कर्षमा पुगे ।

केहि दिन अगाडी पचली भैरव गुठियारहरुले गद्धी छाडेका पुर्व राजालाई आफ्नो दुखेसो पोखे । प्रत्येक १२ बर्षमा खड्ग साट्नु पर्ने नियम अनुसार यो पटक राजाकै हैसियतमा आएर  खड्ग साटन आईदिनु पर्यो भनेर अनुरोध गरे । आफ्ना नागरिकहरुको चाहना पुरा गर्नु राजधर्म हो । जसले राजधर्म निर्वाह गर्न सक्दैन त्यो राजा हुन सक्दैन ।

हातमा राजदण्ड तथा ‘राजगद्धी नभएर के भो त मैले राजधर्म निर्वाह गर्नु पर्छ भन्ने सोचले पुर्व राजा ज्ञानेन्द्र शाहले नाई भनेनन । राजाकै हैसियतमा मिति २०७३//१६ गते पचली भैरवमा गएर खड्ग साटेर राजधर्मको पालना गरे । २०७२ बैशाखमा आएको महाभूकम्पले तहस नहस भएको पचली भैरबको सम्पदाको पनि केहि दिन अगाडी आफ्नै खर्चमा मर्मत सम्भार समेत गरि दिनु भएको थियो । गणतन्त्रको पहरेदार तथा बिदेसी कुतत्वहरुको गालामा यो कार्यले नराम्रो संग झापड हान्न राजा देखि राजधानीबासी सफल समेत भएका छन ।  
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger