Home » » देसको ढुकुटीलाई दाइजो सम्झेका रैछन !

देसको ढुकुटीलाई दाइजो सम्झेका रैछन !

Written By खांट्टी कुरा on Friday, July 04, 2014 | July 04, 2014

(तस्विर साभार: नागरिक न्युजबाट)
बिगत केहि दिन देखि कांग्रेस तथा एमाले लगाएत अन्य केहि पार्टीका माननीय सभासदहरुले माग गरेको ५ करोड त्यो रास्ट्र हितमा छैन भनेर रा.प्र.पा नेपालको अध्यक्ष माननीय कमल थापाले व्यक्त गर्नु भएको बिचार पत्रिकामा पढियो !
५ करोडको माग गर्नेमा देसको ठुला पार्टी कांग्रेस र एमालेका सभासदहरु ठुला संख्यामा पर्दछन भने अहिले सत्तामा पनि तिनै दुई पार्टीको रजाई छ !
६०१ को संख्या अहिले सम्म पुरा भएको छैन ! अहिले सम्म संसदमा गणपुरक संख्या ६०१ पुरा भएको छैन भने संसद सदस्य नै पुरा नगरी सरकार बनाउने काम जायज नाजायज के हो त्यो कानूनको व्याख्याता हरु नै जानुन !
एक आम नागरिक तथा मतदाताको हिसाबले भन्नु पर्दा चुनाव पछिको जुन घिनौना काम कारबाही भै रहेको छ त्यो एकदम अक्षम्य छ !

साभार : http://www.newsofnepal.com/new/nepal/2014/07/62343
रास्ट्रपति सदनमा आउँदा सिट भरिभराउ हुन्छ भने अरु बेलामा सयको संख्यामा नकट्ने तर एकोहोरोरुपमा ५ करोड चाहिन्छ भन्ने जुन माग छ त्यो अत्यन्त गैर जिम्मेवारपना कार्य हो !
३०० भन्दा माथि र ४०० सम्म नपुगेको संख्याले माग गरेको ५ करोडमा रा.प्र.पा नेपाल लगाएत अन्य पार्टीका माननीय समेतको पनि त असहमति छ भने सबै ६०१ माननीयको ५ करोडमा पूर्ण समर्थन भनेर समचार प्रकाशित गर्ने ति पत्रिकाको पत्रकारहरु को बाट किन र कसरि प्रायोजित छ भनेर खुट्याउन पर्ला र ?
संबिधान सभामा गएर बिचार बिमर्स गर्लान र समयमै संबिधान देलान भन्ने कुनै आस र भरोसा पनि छैन किनभने हाम्रा माननीयज्यु हरुलाइ त्यो बानेस्वरको संबिधान सभामा गएर उघ्नु भन्दा बिदेस भ्रमण देखि बाहिरको सभा सम्मेलनमै खादा ओढ्नु जाति लाग्ने रैछ ! ५ करोडको अलाप, त्यस पछी सुरक्षा हुँदै सवारी सम्मको माग गर्नु भनेको दाइजोको लोभीले नवविवाहिता जोईलाई थर्काएर, तर्साएर ससुरालीबाट सित्तैको सम्पति हडप्नु जस्तो भयो कि भएन ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger