Saturday, July 05, 2014

रोबोट जस्तै रैच्च्नन हाम्रा मान्नेजीहरुता !

(कार्टुन साभार: कार्टुनिस्ट बाशु क्षितिजज्यु को फेसबुक वालबाट)


चतुर्मुखी दारिवाले भगवान ब्रम्हाजीले मुन्छीको आविस्कार गर्दा देखिने जिनिस र नदेखिने जिनिस गरेर बनाम्नु भाको रैच्च ! टुपी देखि पैताला सम्मको बाहिरि भाग आँखाले देखिने जिनिस भए भने सरिर भित्रको विभिन्न भाग चैँ नदेखिने जिनिसा पर्दो रैच्च ! 

यस्तै नदेखिने जिनिसको नाउँ हो 'गिदी' ! यो 'गिदी' भन्ने जिनिस पनि अचम्मको छ ! जसले यसलाई खेलाउन सक्यो त्यो चैँ सक्कली मुन्च्चि हुन्छ भने जसले यसलाई खेलाम्न सक्दैन त्यो चैँ घरमा पालेको सिंगारे बोको देखि हान्ने राँगो सरह हुन्छ ! 

यहि 'गिदी' नामको जिनिस खेलार 'जय मुसी' का सन्तानहरु गोरा देखि कुईरे सम्मले संसारै कप्लक्कै खाए, खादैछ्न र खाने काम गर्दैछन ! गिदी खेलार परमाणु नामको बम बनाएर सोझा र सिधा लाखौ जापानीको हुर्मत लिए ! बाध्य भर जापानी माराजले तिमेरुले भनेको मान्छ्म तर मेरो प्रजा मार्ने काम नगर भनेर भन्नु पर्ने दिन सम्म अनि देखिएकै हो !

बिष नभाको सर्पो र ईख नभाको मुन्छी काम छैन भन्ने आहान छ ! गोरा र कुईरेको पेलान सहन नसकेको जापानीले आज ईख पालेर तिनै गोरा र कुईरेलाई देखाई दिए ! गोरा र कुईरेको अन्याय सहन नसकेको चैनिजले आज तिनै गोरा र कुईरेलाई छेरभालु बनाको छ !

यो पृथ्वीलोकको नेपाल भन्ने प्रदेसाचैँ अम्ला बाहेक अन्य गन्नै नसक्ने किसिमले गिदी भाको तर खेलाम्न नसक्ने मुन्छीहरु विराजमान गर्दछन ! उहिले खुकुरी, भाला, तरबार धनुकांड देखि गुलेली सम्मले ठिक पारेको गोरा र र कुईरेलाइ पछी तिनै गोरा र कुईरेको लागी रक्षा कवच बनेर देखाई दिए भने गिदी भाको भन्ने कि नभाको भन्ने ?

त्यो सम्म त ठिकै छ तर गिदी खेलाउनेले खेलाई दिएको भरमा मर्ने र मार्ने बाहेक अर्थोक केहि गर्न जानेनन ! गिदी भै दिएको भए पटक पटक आन्दोलन गर्दैनथे ! गोरा र कुईरेले पेलेको देस जापानी देखि चाइना सम्मले अहिले तिनै गोरा र कुईरेलाई छेर भालु बनाउन सक्छन भने नेपाली गोर्खे बीर भन्ने मुन्छिहरु चैँ आज सम्म जस्ताको तस्तै किन छन त ? गिदी खेलाम्न सकेको भए नेपाल पनि त जापान चाइना जस्तै हुन्थ्यो कि हुन्थेन ?

तिनै जापान देखि चाईनाले हिजाज हेर्दा मुन्छी जस्तै देखिने तर रिमोट भन्ने जिनिसले जे भन्यो त्यहि गर्न सक्ने रोबोट मुन्छी बनाको छ ! रिमोट भन्ने बटन दबाई देको भरमा बटन दबाई दिनेले जे जे आदेस दियो त्यै त्यै गर्ने गर्छ त्यो रोबोटे भन्ने धातुको मुन्छिले ! धातु भासी हाड छाला मासु देखि दिमाग सम्म हुने कुरानै भन !

यता नेपाल भन्ने ठाउँमा २००७ साल आघि होस या पछी मुन्छी त बस्छन तर रोबोटे जस्तै मुन्छी बस्छन ! नेता नामको मालिकले बटन दबाई दिएको भरमा मार्न देखि मर्न बेर लाम्दैनन ! मालिकको आदेस बिना सिन्को धरी भाच्दैनन भने एकताका संसार हल्लाउने गोर्खे बीरका सन्तानहरु हिजाज रोबोटे मुन्च्चि जस्तै भाका छन !

उदाहरणको लागी भर्खरैको ताजा घटनालाइ लिन सकिन्छ ! भर्खरै सम्पन्न भएको भाग २ नामको संबिधान सभाको चुनौमा जनताले देस र जनताको सेवा गर्ला भनेर गिदी र चेतना भाको मुन्छिलाई छानेर संबिधानमा पठाको थियो !

त्यो संबिधान सभा भन्ने भवनमा पस्ना साथ संबिधान बनाउन छलफल गर्ला भनेको त एकोहोरो रुपमा '५ करोड... ५ करोड' भन्दै गोपी कृष्ण कहो भन्ने पट्टु जस्तै गरि राग भैरबी अलाप्छन भने जनताले चुनेर पठाको 'मान्ने' नामका ति फौजहरु चेतनाले भरिएको गिदी भाको मुन्च्चि भन्ने कि जापानीले बनाको रोबोट जस्तै मुन्च्चि भन्ने ? 

त्यसैले ब्याट्री हालेर चलाउने जिनिसलाइ रोबोट भंच्च भने नेपालि जनताले त परान र चेतना भाकोहरुलाइ जितार पठाको हैन र अस्तिको चुनौमा तर चैनिजले बनाईदेको संबिधानसभा नामको त्यो घरा पस्ना साथ मुन्च्चियांट रिमोटले चलामने रोबोटा कसरि परिवर्तन भो ?

कतै इलेक्ट्रोनिक भोटिंग मिसिनको आविस्कारक राम-लक्षुमन भन्ने बैज्ञानिक दाज्यु भाइहरले यी ५ करोड़े मान्नेहरुको दिमाखनै फर्म्याट गर्देका त हैनन ? गाई पार्टीले धरी पत्याको त्यो भोटिंग मिसिनलाई अहिले आ र घाम पार्टीले नपत्याउनु र धनपतिहरुले एकोहोरो ५ करोड ५ करोड भनेर सुगा रटान गर्नुमा पनि पक्कै केहि रहस्य हुनुपर्दछ !
-janakdangol@gmail.com


No comments: