Home » » के यो आक्रोसको परिणाम हैन !

के यो आक्रोसको परिणाम हैन !

Written By खांट्टी कुरा on Monday, March 10, 2014 | March 10, 2014

सम्पूर्ण युनियन माथी कडा प्रतिबन्ध लगाउनु पर्छ !
  मैले जानेर नै ट्वीट गरेको रैछु हिजो ! वास्तवमा भन्ने हो भने २०४६ साल पछी यता देशलाई उभो लाग्न नदिनेमा १ नम्बरमा बिधार्थी, २ नम्बरमा मजदुर, ३ नम्बरमा कर्मचारी र अनी यी सबैलाई हो लाइ हैन अनि हैन लाइ हो बनाउने कालाकोटेहरुको संगठनमा पूर्ण प्रतिबन्ध नलगाये सम्म SSP रमेस प्रसाद खरेल जस्ताको कुनै काम छैन !
दुख गरेर अपराधी समातेर के गर्नु बिदेसिको मितज्युले कानूनको कठ्घेरामा पुग्न दियपो ! SSP रमेस खरेल लाइ भ्याली बाट सरुवा गरेर अब जगेडामा राख्नुस गृहमन्त्रीज्यु किनभने यस्तो काम कार्यमा तपाइँ त माहिर हुनुहुन्छ नि ! अनि तपाइको हुकुम तामेली गर्नेलाइ लगेर SSP खरेलको कुर्चिमा राख्नुस !


माथि उल्लेखित केहि भनाइ मैले सेतोपाटी नामको डिजिटल पत्रिका मा छापिएको समाचाको बिषयलाई लिएर उक्त पत्रिकामा दिएको प्रतिक्रियामा आफ्नो प्रतिक्रिया व्यक्त गरेको थिए ! लिंकहेर्नुस ....
"रमेश खरेलले भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा बिहान तीन बजे पेस्तोलसहित भेटिएकालाई म छाड्दिन: http://setopati.com/samaj/9216/ 
..
म प्रजातन्त्रको बिरोधि हैन न म लोकतन्त्रको बिरोधि हु ! देसमा परिवर्तन भएको आज २४ बर्ष बित्यो ! 'देसमा अमन चयन कायम होस, जनताको सामान्य आधारभूत आबस्यकता परिपूर्ति होस, देस अखण्ड रहोस' यिनै तिन कुरालाई ध्यानमा राखेर जनताले पटक पटक परिवर्तनमा भाग लिएको हो ! 
आज २४ बर्ष भयो र यो बिचमा पुन एक पटक आन्दोलन भएर परिवर्तन भएको छ ! 'पंचायती ब्यबस्था' फालेर 'प्रजातन्त्र' अनि त्यो पनि फालेर 'लोकतन्त्र' बहाल भएको छ तर जनताले के सांच्चिक्कै परिवर्तनको महसुस गर्न पायो त ?
सामाजिक संजालको शक्तिलाई बुझेर नै होला देसको केहि ठुला पार्टीका नेताज्यूहरु समयले भ्याए सम्म सामाजिक संजालमा जोडिएको देखेको छु त्यस्तोमा नेपाली कांग्रेसको वर्तमान अर्थमन्त्री डा.राम सरण महत, संविधानविद निलाम्बर आचार्य, एमालेको नेता संकर पोख्रेल, एनेकपा माओबादीको पुर्व प्र.म तथा बरिस्ठ नेता डा.बाबुराम भटराई देखि रा.प्र.पा.नेपालको अध्यक्ष माननीय कमल थापा ज्यु हरु हुनुहुन्छ ! सामाजिक संजाल फेसबुक देखि ट्वीटरमा जोडिने माथि उल्लेखित नेताज्यूहरु बाहेक अरुहरु पनि थुप्रै हुनुहुन्छ !
मैलेदिएको माथिको प्रतिक्रियालाइ सेतोपाटिको टिमले जायज मानेर नै होला पाठक बिचारमा प्रस्तुत गरेको ६ घण्टा नबित्दै हज्जारौ हजारले लाइक र  सेयर अनि ट्वीट गरेको देखियो ! छोटो समयमा छोटो बिचारलाई सामाजिक संजालको पाठकले यसरि दिलचस्पी देखाउनु भनेको राजनीतिक पार्टीको लागी शुभ संकेत चैँ पटक्कै हैन किनभने वर्तमानको क्रियाकलाप लाइ सकारात्मक भन्दा पनि नकारात्मकले हेर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइ रहेको छ ! 
परिवर्तनको वाहक जनता हुन र जनताको जायज मागलाई लत्याएर निरंकुसता तर्फ अगी बढ्छ भने त्यस्ता पार्टी र त्यस्ता पार्टीले हाँकेको सरकारको पतन अवस्यम्भावी छ ! बाजेको पालामा राणाशाही फाल्न ज्यु जानको बाजी लगाउने देखि लिएर प्रजातन्त्र देखि लोकतन्त्र सम्मको हरेक पलपलमा साथ दिएको नेपालका जनताले हुन भनेर सम्पूर्ण राजनीतिक पार्टीका नेता देखि कार्यकर्ताले बुझुन ! यस्तै गलत काम कार्य दिन प्रतिदिन बढ्दै गएमा 'यो भन्दा त पन्चायेत नै धेरै ठिक रैछ' भनेर पुन: पंचायतको माग गर्न के बेर ?
  • बि.स २०७० फाल्गुण २६ गते सोमबार !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger