(लोगो साभार नेपाल प्रहरीको फेसबुकबाट) |
परिवर्तन रे, आयो २०४६ साला ! ऐन, नियम कानून धारा, उप धारा देखि दफा उपदफा मिलेर भ्याए सम्म संसोधन गरे ! पुलिसको नाकमा नत्थी लगाई दिए अर्थात मुद्धा अहिले पनि बुझाउने तरिका त्यस्तै हो तर मुद्धा चलाउने कि नचलाउने भन्ने तजबिजी चैँ वकिल कार्यालय लाइ दीईएको छ र मुद्धा अहिले सरकारी वकिल कार्यालयमा बुझाइन्छ !
समाजमा अपराध घट्छ ! पुलिसको कामै अपराधी पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउने हो !
तर,
ज्यान हत्केलामा थापेर अपराधी समात्यो ! समातेको १० मिनेट नपुग्दै पुलिसको हाकिमकोमा सिधै मन्त्रीको पी.ए भनाउदाको फोन जान्छ ! हाकिम कडा पर्यो भने मन्त्रीज्युको खप्की त छदैछ तर पनि नियमानुसार गर्छु र चल्छु भन्यो भने मुद्धा छिटो बुझाउने दवाब पर्छ !
मुद्धा बुझाउने त वकिल कार्यालयमा हो तर हाम्रो वकिल सापहरुले त्यो मुद्धा पुलिसले जसरि माग दावी गरेर ल्याएको छ त्यसै गरि न्यायमुर्तिकोमा पेस हुन्छ भनेर भन्ने अबस्था छैन ! कतिपय मुद्धा शक्तिको भरमा पेंडीन्गमा पर्छन भने कतिपय प्रमाण नपुगेको भनेर सम्मानित न्यायालयमा बुझाउने काम नै गरिन्न !
अपराधी किन समतिनस भनेर जनताले चोर अम्लो देखाउने पुलिस लाइ ! अपराधी किन समतिस भनेर पार्टीका नेता देखि कार्यकर्ताले चोर अम्लो देखाउने पुलिसलाई ! मुद्धा हेर्ने र तहकिकात गर्ने अहिलेका SSP रमेस खरेल जस्ता अधिकृत पर्यो भने 'भनेको किन मनिनस' भनेर चोर अम्लो समेत भित्रै बाट देखाइन्छ भने "ए राजनीतिक पार्टीका नेता देखि कार्यकर्ता हो जनताको पसिनाको करले चलेको विभिन्न सरकारी कार्यालय मध्येको मुख्य हाँगो नेपाल प्रहरीलाई सक्छौ भने किन बिघटन गर्दैनौ" ?
नेपाल प्रहरी समाजमा शान्ति सुरक्षा गर्न भनेर खडा गरिएको कि तिमि नेताहरुलाइ सुरक्षा दिन र सलाम ठोक्न मात्र खडा गरिएको हो ? यसको जवाफ दिने कस्ले ? के नेपाल प्रहरीमा काम कार्य गर्ने ति पुलिसहरु नेपाल आमाका सन्तान हैनन ? तिनले पनि गाउ समाजमा बाच्ने आधार पाउछ होलानी ! अनेक थरिको अप्सब्द प्रयोग गर्न चैँ जानेको छ तर इज्जत गर्न जान्दैनौ भने त्यो पुलिसले समाजमा कसरि काम गर्छ ? पखेटा काटेको अपांग चरीले उडान भर्न सक्छ ? पखेटारुपी ऐन कानुनलाइ पालना गर्न नदिने हो भने पुलिसले समाजमा के कसरि शान्ति सुरक्षा कायम गर्न सक्छ ? छ कसै सित यसको जवाफ ?
0 Comments:
Post a Comment