हेटौडा बाट भैसे हुँदै भीमफेदी निस्केर त्याहा बाट कुलेखानी ड्याम मुनिको बाटो
बाट सिस्नेरी , दक्षिणकालीको बाटो हुँदै काठमाण्डौको चक्रपथ बल्खु
निस्कने बाटो अर्थात हाल भन्ने गरेको सुरुंग मार्ग ! त्यो बाटो काठमान्डौको टेकुभ न्सार,
चक्रपथ बल्खु बाट फर्पिंग हुँदै दक्षिणकाली सम्म भारतले बनाइ दिएको हो ! दक्षिणकाली
बाट छैमले, सिस्नेरी र कुलेखानी सम्मको बाटो स्थानिय खानि बाट निकालेको ढुंगा लैजानको प्रयोजनको
लागी लागी निजि व्यक्तिले बनाएको हो जसलाई स्थानीयले “ढुंगा ठेकेदारको बाटो” भन्छन
! कुलेखानी ड्याम देखि भैसे सम्मको बाटो लाइ कुलेखानी ड्याम तयार पार्नको लागि
हाज्मा कम्पनीले तयार पारेको हो अर्थात नेपाल बिधुत प्राधिकरणको प्रयोजनको लागी
तयार पारिएको बाटो ! भीमफेदी देखि भैसे निस्कने बाटो भनेको त्यो राणाकालीन युगको
बाटो हो भने भैसे देखि हेटौडा खण्ड त्रिभुवन राजपथमा पर्छ !
हेटौडा काठमाण्डौ ओहोर दोहोर गर्ने सिलसिलामा मैले हालसालै ढुंगा ठेकेदारले
बनाएको 'दक्षिणकाली देखि कुलेखानी ड्याम' सम्मको खण्डमा ठाउँ ठाउँमा गाडिएको माइल स्टोन
अर्थात दुरी जनाउने स्तम्भ मा नेपाल-भारत सहयोग लेखिएको देखे भने कुलेखानी ड्याम देखि
भैसे सम्मको खण्डमा पर्ने बाटो लाइ मदन भण्डारी राजमार्ग भनेर कुलेखानी ड्याम मुनि
साइन बोर्ड ठड्याएको देखिन्छ ! हाँसो उठ्दो कुरा के छ भने फर्पिंग देखि भैसे
सम्मको खण्ड लाइ तत्कालिन श्री ५ को सरकारले बिरेन्द्र राजमार्ग भनेर नामकरण गरेको
छ जसको साइनबोर्ड फर्पिंगमा गाडिएको थियो ! आफुले सहयोग गरेको स्थानमा नेपाल-भारत सहयोग
भनेर लेख्नु त्यो जायज हो तर अर्काले बनाएको निजि बाटो लाइ भारतले मैले बनाइ देको
भनेर दाबि गर्नु काहाँको जायज हो ? के भारत लाइ थाहा नभाको हो र हेटौडा देखि काठमान्डौ
निस्कने कति वटा चोर बाटो छ भनेर ? यदि असल मनसायले सहयोग गर्ने भएको भय त्रिभुवन
राजपथको साटो उसले यो छोटो दुरीको बाटो बनाइ दिन्थ्यो होला ! अनि अर्काले बनाएको
बाटो लाइ व्यक्तिको नाममा राजमार्ग ठड्याउदैमा त्यो कसरि मदन भण्डारी राजमार्ग
हुन्छ ?
0 Comments:
Post a Comment