Tuesday, May 14, 2013

वाक युद्ध !

अहिले नेपाली राजनीतिक रंगमंच मा बडो दरो वाक्युद्ध चल्दैछ ! झन्डा रातै, बिचार एकै, नारा एकै, अनि ब्यबहार पनि एकै ! फरक यति हो पार्टीको पछाडी को नामको फरक ! कम्युनिस्ट ... पछाडी कसैले क्यास थपे, कसैले ड्यास थपे, कसैले झयास थपे ! कोहि एमाले भए त कोहि माले भए ! कोहि समाजबादी ! ५४ थान पुग्या पार्टी केहि दिना ३ बिस पुग्ला !
हिजो केहि थान कम्युनिस्ट हरु एकता गरेर एमाले भए ! त्यसैको सक्कल बमोजिम नक्कल गर्दै एमाओबादी भो ! हिजो एमाले टुक्रेर २ थान भो आज एमाओबादी टुक्रेर ३ थान भो ! टुक्रिन त कांग्रेस पनि छत्तीसे र चौहत्तरे बनेर टुक्र्या ! तर मर्ने बेला सन्त नेताले एक बनाएर मास्तिर गए ! मण्डले र पन्चको लेबल लाग्याहरु पनि छुट्टाछुट्टै बाट एक ज्यान भा थिए ! अहिले फेरी ३ थान भाका छन !

कुरोको चुरोमा जाम अब ! एमाले का झलनाथ खनाल पार्टीका मुखिया हुनुहुन्छ ! ओली कामरेड बरिस्ठ सदस्य हुनुहुन्छ ! दुवै जना कामरेडहरु उखान भन्न खप्पिस र माहिर ! अल्पमतको ९ महिने सासन काल पश्चात यी दुवै ठुला कामरेडले उखान हाल्ने भन्दा अरु कामै जानेनन ! अहिले केहि दिन देखि यता राजनीतिक गालि गर्न खप्पिस भाका छन ! नैलामा दैला हान्न माहिर छन एमाओबादीका सुप्रिमो क.प्रचण्ड ! जसरि महाभारतमा सकुनी नाम गरेका पात्र थिए त्यस्तै चरित्रका छन क.प्रचण्ड ! हरेक स्टाइलले पासाको गोटी फ्याक्न माहिर तर जहिले पनि चित पनि पट पनि उनकै पोल्टामा पार्छन ! नपत्याए १२ बुंदे देखि अहिलेको लोकमान प्रकरण सम्म लाइ हेर्नुस ! त्यस्ता महारथीको पुत्र कस्तो जन्मेको होला अनुमान सहजै लाउन सकिन्छ !

कुनै एक प्रसंगमा क.झलनाथ खनाल ले अबको निर्वाचन पछी एमाओबादिलाई बत्ति बालेर खोज्नु पर्छ ! यति के भनेका थिए एमाओबादीका साना कामरेड लाइ असह्य भयर सचित्र बर्णनका साथ सामाजिक संजाल फेसबुकमा बर्षे तोकेर निजले घाम बाट चन्द्रमा, चन्द्रमा बाट लाल्टेन हुँदै अबको चुनावमा एमाले टुकी हुन्छ भनेर घोषणा गरिदिए ! अब जनताको प्रश्न यी महारथीहरु लाइ घाम, चन्द्रमा, लाल्टेन र टुकी बनाउने भनेको जनताले हो कि पार्टीका व्यक्तिले ? पैला चुनाउको मिति तोकम अनि गाम घरा भोट माग्न आउनुस त्यस पछी जनताले के के बनाउने हो त्यो त चुनाउ पछी नै थाहा भै हाल्छ नि ! २३ बर्षा सिन्को नभाच्ने अनि आफै आफैमा कुर्लेर यो र उ भन्ने ! आफै आफैमा मुसल युद्ध गरेर श्रीकृष्णको बंश सकिएको थियो ! यो गीतामा लेखिया छ त्यसैले एक पल्ट बुढा र भुरालाई यो अर्तीका साथ गीता  पढ्न सल्लाह दिनु बाहेक अरु केहि दिन सक्दैनन है नेपाली जनताले ! बेलैमा सद्बुद्धि पलाओस !

No comments: