Home » » बिदेसिको इसारामा नाच्ने पार्टी कसरि खाट्टी रास्ट्रबादी पार्टी भयो ?

बिदेसिको इसारामा नाच्ने पार्टी कसरि खाट्टी रास्ट्रबादी पार्टी भयो ?

Written By खांट्टी कुरा on Wednesday, January 23, 2013 | January 23, 2013

                                                                             -जनक मान डंगोल
 “अगी रांड जानिन,
 पछी रांड मानिन,
 बाघ लाग्यो घिच्च्याउन,
 रांड लाग्यो चिच्च्याउन”
..
यो प्रसिद्ध नेपाली उखान यतिखेर नेपाली कांग्रेसका नेताहरु माथि सत प्रतिसत लागु भएको छ ! नेपाली जनताले पटक पटक नेपाली कांग्रेसलाइ बहुमतको
सरकार बनाउने मौका दिएको दिएको थियो ! जुन दिन बहुमतको सरकारमा नेपाली कांग्रेस पुग्छ त्यस पछी उसले जनतालाई गरेको बाचा, रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद सब बिर्सन्छ ! घात, प्रतिघात र खुट्टा तानातानको खेलमा अल्झिन पुग्छ ! सत्ताको लागी देशलाई नै दाउमा राख्न बेर लाउदैन ! नेपालको ईतिहासमा जति पनि ठुला रास्ट्रघाती सन्धि र सम्झौता भएको छ त्यो सबै नेपाली कांग्रेसको पालामा भएको हो ! कोशी, गण्डक र टनकपुर जस्ता ठुला नदीनाला भारतलाई बुझाएको तथ्यलाई पनि नेपाली जनताले देखे बुझेकै हो ! अझ त्यतिले पनि नपुगेर निजीकरण भन्दै देसको सबै ठुला उधोग धन्दा तथा कल कारखानालै कहिले पनि नउठ्ने गरि थला पारि दियो ! जसको कारणले गर्दा उक्त कल कारखाना मध्ये अधिकांस ठुला उधोग बन्द भएर आज हज्जारौ नेपाली कामदार बेरोजगार हुन बाध्य भएका छन ! त्यस पछी एमाले तथा हाल माओबादीले पनि कांग्रेसकै नीति र बाटोलाई पच्छ्यायेका छन ! ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद’ यो कांग्रेसको मुलमन्त्र हो तर अहिले नेपाली कांग्रेसको नेताहरुलाई यसको अर्थ सोध्ने हो भने कसैले पनि यसको चित्तबुझ्दो जवाफ दिन सक्दैन ! जुन दिन नेपाली धर्ति बाट महामानव स्व.बि.पी. सुबर्ण, कृष्ण प्रसाद, गणेशमान, महेन्द्र नारायण निधिहरुले बिदा लिए त्यै दिन देखि नेपाली कांग्रेसको उक्त मुलमन्त्रले पनि बिदा लियो ! यदि उक्त ३ मुलमन्त्र लाइ आत्मसात गरेको भए निजीकरण भन्दै उधोग धन्दा बिक्रि गर्दैन थिए, घात प्रतिघात र खुट्टातानातान को खेलमा सरिक हुदैन थिए ! देसका कुख्यात भ्रस्टाचारी लाइ आम माफी दिएर ठुला ठुला पदमा विराजमान गराएर आफ्नो पार्टीमा हुल्दैनथे ! प्रहरी प्रशासनमा भाडभैलो मच्चौदैन थिए !

भारतीय कांग्रेस तथा समाजबादी नेताहरुको नक्कल गर्दै खादीको कोट र सुकिलो कुर्था पाइजामा लाउदैमा ती कसरि खाँट्टी राष्टबादी हुन्छन ? ने नेपालको आफ्नै रास्ट्रिय पोशाक दौरा, सुरुवाल, ढाकाको टोपी र कोट नभएको हो र ? के हामीले अहिले सम्म नेपालि कांग्रेसको सभापति सुसिल कोइरालाले रास्ट्रिय पोशाक त परै जावस टाउकोमा ढाकाको टोपी सम्म लगाएको देखेका छौ ? जसलाई आफ्नो देशको रास्ट्रिय पोशाकको महत्व नै थाहा छैन भने ती कसरि खाट्टी रास्ट्रबादी हुन्छन ? अनि त्यस्ता मुलिले आफ्नो पार्टीलाई कसरि रास्ट्रीयताको पाठ पढाउन सक्छन ?

हिजो पंचायती ब्यबस्थामा भारतीय लगायत कुनै पनि बिदेसिले नेपाली ठुला उधोगधन्दा कलकारखानामा पाइला टेक्न त परे जावस हेर्न समेत सकेका थिएनन ! तर आज चलेका केहि उधोग कल कारखानाहरु सबै ठेक्का प्रणालीमा चलेका छन ! मालिक लाइ मन परुन्जेल काम पाउछन ! जुन दिन मालिकको नजरबाट गिर्यो त्यो दिन बाट बेरोजगार भयो भनेर जाने हुन्छ ! अत्याधिक मात्रामा भारतीय कामदार हुलेका छन ! मालिक भारतीय भए पछी उसले उसको देशको नागरिकलाई प्राथमिकता दिनु कुन चैँ ठुलो र नया तथा नौलो कुरो भयो !

यति हुदा पनि नेपालि जनताले सहेकै थिए तर भारत सरकारको इसारामा रातारात धर्मनिरेपक्ष तथा गणतन्त्रको घोषणा गरे त्यो दिन बाट नेपाली जनताले सतप्रतिसत बुझे “नेपाली कांग्रेस भनेको त खाँट्टी रास्ट्रबादी पाटि नभएर बिदेशीको इसारामा चल्ने पार्टी पो रैछ” ! त्यसैले ‘रास्ट्रीयता,प्रजातन्त्र तथा समाजबाद’ को मुलमन्त्रलाइ लत्याउदै बिदेसिको इसारामा नाच्ने पार्टी अब कसरि खाट्टी रास्ट्रबादी पार्टी भयो ? के नेपाली कांग्रेस खाँट्टी रास्ट्रबादी पार्टी रै छ त ? के अब पनि नेपाली कांग्रेसलाई खाँट्टी रास्ट्रबादी पार्टी भन्न मिल्छ ?
(क्राइम चेक साप्ताहिक बर्ष ५ अंक २५ बि.स.२०६९ माघ ११ गते बिहिबारको अंकमा प्रकाशित)

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger