यहि २०६९ माघ ५ गते शुक्रबार ने.क.पा.एमालेका नेता क.प्रदिप नेपालले मुसा खाने
रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छ भनेर अन लाइन खबरलाई अन्तर्वार्ता दिनु भएको
रैछ ! बुढापाकाहरु भन्ने गर्थे ५०/६० काटेपछी मान्छेहरुको सुद्धि बिस्तारै हराउन
थाल्छरे ! कतै कामरेड प्रदिप नेपाल लाइ
पनि त्यस्तै भाको त हैन ? कामरेड आफै राता बिराला हुन ! २०४६ देखि आज सम्म अर्थात
२३ बर्ष भै सक्यो लुकी लुकी तर चोरेर खाका छन ! आखिरमा बिरालो जातका न परे !
बिरालो हरु आहारिसे हुन्छ ! अर्काले खाको डाहा गर्छन ! हिजो कमरेड हरु पनि त
सर्कारा थियेनी ! अनि अहिलेका राता बिरालाचैँ जंगला म्याउ म्याउ गर्दै बसेका थिए !
सर्कारा बस्दा चिकेनको साप्राले दांत कोट्याउदै हुस्की र ब्युरले दांत कुल्ला
गर्दा कत्तिको रिल्याक्स हुन्थ्यो ....
बरा नव राता बिराला हरु चैँ जंगला भोकले प्याक प्याक भै मुसा खोज्दै खान्थे ! नपायेसी गाममा पसेर उधुम मच्चौथे ! कसैलाई चिथोर्थे ! कसैलाई दसैँ स्टाइलमा च्याट पार्थे ! अनि झुन्ड्याएर सुकुटी पार्थे ! तर त्यसरी सुकुटी हुनेमा कामरेडकै सगोत्री धेरै पर्थे ! खै त कामरेड चुक्क बोल्नु हुन्थेन त्यो बेला ! उल्टी सुट पेन्टमा दरले थर्रर हुँदै सुसू गर्नु हुन्थ्यो ! घाम कामरेडहरु मात्रै हैन हिन्दुस्थानी मार्काका निला जय नेपाल बिरालो हरु पनि राता मुसाको कोपभाजनमा पर्थे र घाम मार्का लाइ जस्तै यातना, हत्याको साथ् गामघर बाटै निकालाबास गराएका थिएनी त्यो चैँ बिर्सनु भएछ त कामरेडले !
कालाबजारी गर्ने बेपारी संग कुस्त पैसो चन्दा लिएर अनि त्यो पैसाले पैला स्टार होटेलमा आफ्ना आसेपासेको साथ बफे लन्च डकार्दै कार्यकर्तालाइ पहिला प्रशिक्षण दियो ! अनि बाकि राको सुकोले भाडाको बसा सिन्की कोच्या जस्तै गरि आफ्ना पार्टीमा लाग्नेलाइ लेराएर खुला मन्चमा राग भैरबी सुनाउनुको मज्जानै अर्को थियो तर यो हिजोको कुरा ! आज त्यहि स्टाइलमा सक्कल बमोजिम नक्कल दुरुस्तको स्टाइलमा नाजी हिटलर बिरालोले घाम कामरेडको भाग खोसिदिंदा औडाहाले भुतुक्क भएर तथानाम बोल्दै हिड्नु कुनै नया र नौलो कुरा होइन ! २३ बर्षमा के के लछारोपाटो लाउनु भो त ! मजदुर लाइ उचालेर फ्याउटरीमा कमै गर्न नदिने ! काम नगरेसी माम नपाइने ! आखिरा चिचि पनि च्याट पापा पनि च्याट स्टाइला फ्याउटरी नि बन्द रोजगारी नि बन्द ! हेर्न जाउ ता कामरेड गाम्घरा तिम्रा सेनामेना अहिले काम नपाएर लुडोको गोटी हल्लाएर तिमीहरुलाई सराप्दै बसेका छन ! गरिबका छोरछोरीको भावना संग खेलेर कामरेड हरु आज कान्तिपुरा भब्य आलिसान महला राज गरि बक्सनु भाको छ ! धेरै घिचे पछी अजीर्ण हुन्छ अनि त्यसै लाइ खलास गर्नको लागि नानाथरीको बिष बमन गर्नु कुन चैँ नयाँ र नौलो कुरो भो र !
हिजो सुकुम्बासीलाई घर घडेरी बेरोजगार लाइ काम अनि भोका लाइ माम भनेर नक्कली आस्वासन दिएर चुनाउ जितेर अल्पमत को सरकार बनाको हैन ? मिलिजुली सरकारमा पनि गाकै हो क्यार ! के दियो त जनतालाइ ? हिजोको खाँट्टी दुश्मनी रुख मार्का सित आज लोली मिलाउंदै मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छरे भन्दा कतै कामरेड प्रदिप नेपालको मगजको तार सट पो भाको हो कि ! त्यसैले आकास तिर फर्केर नथुक्नुस कामरेड नेपालको जनताको लागि २०४६ साल पछिका सबै राजनीतिक पार्टीका बिभिन्न रंगका नेताहरु ढाडे बिरालो हुन भने तिनका कार्यकर्ता चैँ लुते बिरालो हुन ! हामि जनताको लागि यस्ता दुस्ट बिरालोहरुको कुनै काम छैन !
..जनक मान डंगोल ..

(क्राइम चेक
साप्ताहिक बर्ष ५ अंक २५ बि.स.२०६९ माघ ११ गते बिहिबारको अंकमा प्रकाशित)
0 Comments:
Post a Comment