Thursday, January 24, 2013

मदिसे नेता तथा मन्त्रीहरु किन राख्न चाहदैनन मदेसी पी.एस.ओ. ?

मदेशका नेता तथा मन्त्रि हरुले आफ्नो मदेसबादी जनताको छोरालाई निजि सुरक्षाअधिकृत तथा अंगरक्षक बनाउन चाहदैनन ! किन राख्न चाहदैन त आफ्नो निजि अंगरक्षक मदेसका नेता तथा मन्त्रीहरुले ? किनभने मदेसका नेता तथा मन्त्रिहरु अधिकांसले खोलेको पार्टी देस हित भन्दा पनि व्यक्ति हितको लागि खोलिएको हो ! जब ब्यक्ति हितको लागि खोलिएको पार्टीका नेताले जुनसुकै नराम्रा काम कार्यहरु पनि गर्न सक्छन ! २०४६ साल पछी गजेन्द्र नारायण शिंह द्वारा सुरु भएको मदेसी जनताको लागि भनेर खोलिएको क्षेत्रीय पार्टी खोल्ने यो काम कार्यहरु आजको मिति सम्ममा आइपुग्दा कति पार्टी खोलियो र खोलिएको मध्यबाट पनि कति टुक्रामा पार्टी विभाजित भयो त्यो अब गन्ति नै गर्न नसकिने भै सक्यो ! सारा जगत लाइ थाहा भै सकेको कुरा हो मदेसी पार्टीहरु अधिकांस बिदेशीको इसारामा खोलिएको र टुक्र्याइयेको पार्टी हो ! अर्काको इसारामा खोलिए पछी उनीहरुकै इसारामा पार्टी चल्नु पर्ने हुन्छ ! अब यस्तोमा आफ्नै मदेसका जनताका छोरालाई अंगरक्षक तथा सुरक्षा अधिकृत बनाउदा गोपनियता जनतामा पुग्न सक्ने भएको कारणले गर्दा मदेसीको छोराहरुलाई निजि अंगरक्षक तथा सुरक्षा अधिकृत नबनाइएको हो भने लोभ लालचमा परेर अंगरक्षक तथा सुरक्षा अधिकृतबाटै आफ्नै ज्यु ज्यान जाने भयले पनि मदेसी अंगरक्षक तथा सुरक्षा अधिकृत नराखिएको अर्को तितो यथार्थ यो पनि हो ! भौगोलिक आधारमा हिमाल बस्ने हिमाली, पहाडमा बस्ने पहाडिया तथा मदेसमा बस्ने मदेसी भए पनि पहिला हामि नेपाली हौ र नेपालि बनेर सोचौ ! आफ्ना स्वार्थमा लाग्ने यस्ता बिदेसिको दलालहरु चाहे मदेसबादी दल हुन या अरु ठुला दल माओबादी, कांग्रेस तथा एमाले वा अरु भुरे टाकुरे पार्टीहरु यी सबै जनताको लागी नभएर आफ्नो दुनो सोझ्याउन मात्र खडा गरिएका हुन भनेर अझै पनि नबुझ्ने हो भने हामि र हाम्रो सन्ततिको भबिस्य कहिले पनि उज्ज्वल हुदैन !

 

No comments: