Home » » उखाने कामरेड कस्तो हो तिम्रो मति ?

उखाने कामरेड कस्तो हो तिम्रो मति ?

Written By खांट्टी कुरा on Saturday, January 26, 2013 | January 26, 2013


फेसबुक मा भिम उपाध्याय सरले ओलीले डनलाइ एमाले प्रवेश गराए बाहुन डनउपनामले चर्चामा रहेका रमेश पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न फौजदारी अभियोगमा खोजीको सूचिमा रहेका बाहुन डनलाई एमाले नेता केपी ओलीको उपस्थितिमा शुक्रबार रामेछापको सदरमुकाम मन्थलीबाट एमालेमा प्रवेश गराइएको हो । भनेर स्टाटस पोस्ट गर्नु भाको रहेछ ! पढ्दा मन
नै खिन्न भएर आयो ! जब राजनैतिक पार्टीका नेताहरु जनताको नजर बाट गिर्न थाल्छन तब उसले जनता मा आफ्नो रवाफ कायम राख्न उसले विभिन्न हत्कण्डा अपनाउन थाल्छन ! पूर्वका डन परसुराम बस्नेत हुन वा अन्य जाहा सुकैका पनि किन नहोस यतिखेर सबै राजनैतिक पार्टीका नेताहरु जनताको अमुल्य मत बाट हैन कि गुण्डागर्दी गरेर चुनाव जित्न चाहन्छन ! २०५४ साल सम्म एमाले पार्टीको देसमा कत्रो इज्जत थियो ! जब बामदेवहरुले पार्टी फुटाए त्यस पछी ओरालो लागेको एमाले पार्टी आज सम्म मास्तिर उठ्न सकेको छैन ! भलै आज पार्टी एकिकरण भएर बसेका किन नहुन तर आज एमाले पार्टी गुण्डाहरुको कृपाबाट  निर्वाचन जित्न खोज्छ र जनतालाई आफ्नो अधिन वा हैकम मा राख्न खोज्छ भने यो जस्तो लाजमर्दो र घिनलाग्दो अरु के नै हुन्छ र ! सद्बुद्धि देउ भगवान नेपालको नेताहरुलाइ !  
Share this article :

1 comment:

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger