केहि महिना अगाडी नेपाली कांग्रेसको युवा नेता भन्न मन पराउने तथा बाबुरामले बिघटन गरि दिएको नयाँ नेपालको व्यबस्थापिका संसद सदस्य गगन थापाले अब सुसिल कोइरालालाइ हैन एमाओबादीकै अधक्ष्य प्रचण्डलाई नै प्रधान मन्त्रि बनाउनु पर्छ भनेर कुर्लेको थिए ! आफनै पार्टीको सभापति बिरुद्ध लाग्नेलाइ नेपाली कांग्रेसले कारबाही गर्न सकेनन ! पार्टी त्यसै चल्दैन पार्टी चलाउनलाई साम, दाम, दण्ड र भेद यी चारै नीति चाहिन्छ ! विडम्बनाको कुरा नेपाली कांग्रेसको सभापति संग यी चारै नीति मध्ये एउटा पनि नीति छैन ! यदि भै दिएको भए गगन थापाहरु कुर्लन सक्दैनथे !
आज एमाओबादीआ अध्यक्ष प्रचण्डले मुखै फोरेर भने अब म प्रधानमन्त्रि बन्छु मलाइ कांग्रेस तथा एमालेले सहयोग गर्नु पर्यो ! यो कुरा आज भन्दा केहि महिना अगाडी गरेको भए सायद यतिखेर बाबुरामको ठाउँमा प्रचण्ड नै हुन्थे र पार्टी पनि फुट्दैन थियो होला ! सोचेर, सम्झेर रणनीति बन्दैछ, बनाइदैछ र त्यसलाई कार्यान्वयन पनि गर्दैछन ! कुरो बुझेर बुझ पचाउने एमाले र एमाओबादी भएर नेपाली कांग्रेसलाई थान्ग्नामा मज्जैले सुताएका छन ! त्यसो गर्नमा कांग्रेसकै गगन थापा मात्रै हैन सुजाता, सिटौला समेत लागेका छन ! स्व.गिरिजा पछी नेपाली कांग्रेस रानो हराको मौरी जस्तो भाको छ ! कोहि कसैले कसैलाई गन्दा पनि गन्दैनन र टेर्दा पनि टेर्दैनन ! सधै भरि नेपाली कांग्रेस भनेको प्रजातन्त्र र समाजवादको अगुवा हो भन्दैमा अब कोहि कसैले पत्याउनेवाला छैन ! त्यसैले बुढो गोरुले गाइ ओगटेको जस्तै गरी के पार्टी सभापतिको कुर्चि ओगटेर बस्छौ सुसिल्दा ! होलान नि खाँट्टी कांग्रेसी उसैलाई कुर्चि बुझाएर कासिबास जाउ ! देशको पनि भलो र आफ्नो पनि भलो हुन्छ ! यस्ता यस्ता लाक्षी नेता भएसी कहिँ देसले निकास पाउछ ? अर्को तिर सत्तामा बस्या सरकार प्रमुख चैँ भोका जनतालाई रासन, बिरामी भाका लाइ ओखती बाडन छोडेर सामाजिक संजाल ट्वीटरको एकाउन्ट बाड्दै हिडेका छन ! ट्वीटरले रोग निको हुन्छ ? अनि तिम्रा ट्वीटरले भोको पेट भरिन्छ ? जवाफ देउ ता बाबुराम ?
0 Comments:
Post a Comment