Home » » बिदेसिले गरेको निर्णय के नै निस्पक्ष होला र !

बिदेसिले गरेको निर्णय के नै निस्पक्ष होला र !

Written By खांट्टी कुरा on Saturday, January 19, 2013 | January 19, 2013

जनताको माहानायक क.प्रचण्डले नयाँ नयाँ नाटक मन्चन गरेर देखाउने बाचा गरेका थिए ! धेरै दिनको अभ्यास पछी केहि दिन अगाडी त्यो नाटक मन्चन भयो ! पात्र उही खारिएका आफै खाँट्टी कलाकार जो अभिनयमा पारङ्गत छन ! अभिनय गर्ने कलाकारले कथाको पात्र अनुसार कहिले रौद्र रुप धारण गर्छन भने कहिले हास्य, कहिले चिन्तन त कहिले उदास ! आज कलाकारले रौद्र रुप धारण गरेको नाटक मन्चन गरे ! हाम्लाई हचुवामा लिने काम नगर ! फेरी त्यो पुरानो सबै सन्धि सर्पन्को कागज च्यातेर पुरानै पारामा गएर देखाई दिम्ला ! पत्रकार डेकेन्द्र थापाको हत्यारा होस वा बेलायतमा नेपाली सेनाका कुमार लामा लाइ पक्राउनु लगाएर ठुलो बहादुरी देखाई भनेर फुर्ति नलगाउनु ! यसमा विपक्षीले ठुलो षडयन्त्र गरेका छन ! नाटक हेर्न बसेका दर्शकले जोसको तालमा परर्र तालि पड्काए ! आजको नाटक समाप्त भयो भनेर उद्घोषकले माइकमा फुके !
२०३६ साल पछी नेपालमा पंचहरूको खेमामा परिवर्तन भाको थियो ! सुर्यलाई निस्तेज पारेर चन्द्र उदायो ! त्यस पछी सुर्य र चन्द्र भए अजात सत्रु ! २०४६ सालमा एक ज्यान भाका रुख र घाम २०५० नलाग्दै एक नम्बरमा जानी दुस्मन भए ! तर राजनीतिमा कोहि सत्रु पनि हुदैन कोहि मित्र पनि हुदैन भन्ने फर्मुला लाइ प्रयोग गर्दै आज सुर्य, चन्द्र अनि रुख र घाम एक ज्यान हे हम भन्दै 'ये दोस्ती हम नही तोड़ेंगे' भन्दै बम्बैया मार्काका गित गाउदै हिडेका छन ! पुराना सुर्य, चन्द्र र बिचका रुख र घामले पनि नाटक मन्चन गर्न लागेको थाहा पाएर आज क्रान्तिकारी पार्टी जसले देसमा आमुल परिवर्तन को नाटक सफलतापुर्बक मन्चन गरेर देखाई दिएका थिए लाइ किन निन्द्रा पर्थ्यो त्यहि भएर आज ससक्त अभिनयको साथ वजनदार सम्बाद भएको नाटक देखाई दिए ! कसको नाटक कति सफल भयो अर्थात फिल्मी भाषामा सुपर हिट भयो त्यो निर्णय गर्ने नाटकको समिक्षा आयातित जज मण्डलीले गर्लान र जसको नाटक सुपर हिट उसैले पाउने पुरस्कार भनेको त्यहि शिंह दर्बार र बालवाटार दर्बार हो ! तर विडम्बनाको कुरा नाटकको निर्णय नेपाली जनताले नभएर बिदेसिले गर्छन ! बिदेसिले गरेको निर्णय के नै निस्पक्ष होला र !

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger