Tuesday, January 15, 2013

काहाको जंगे माहाराज काहाको बाउराम !

पाकिस्तानको सम्मानित सर्बोच्च अदालतले बहालवाला प्रधानमन्त्रि समेत १७ जनालाई भ्रस्टाचारी भएकोले गिरफ्तार गर्नु भनेर आदेस दिनु नेपालको सम्मानित सर्बोच्च अदालतले पनि पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको कारबाही नरोकी अगाडी बढाउनु दिएको आदेश संजोगबस एकै चोटि परेछ ! छिमेकी देशको टिप्पणी गर्नु राम्रो होइन ता पनि त्याहा पनि नेपालमा जस्तै भ्रस्टाचार, महंगी कुशासन ! बहालवाला रास्ट्रपति स्वयं भ्रस्टाचार काण्डमा मुछिएका छन तर पदमा भएकोले गर्दा गिरफ्तारीमा परेका छैनन !

यता नेपालमा जुन देखि देखि बाबुराम भटराइले सासन सत्ता सम्हाले त्यो दिन देखि नेपालमा सबै प्रकारका अपराधले सगरमाथा छोएको ! नछोउन पनि कसरि ! सरकार प्रमुख नै दर्जनौ अपराधमा मुछिएका छन तिनका सहयोगी मन्त्रीमण्डलमा झन कसले धेरै भ्रस्टाचार गर्ने भनेर म्याराथुन नै सुरु भाको ! अब महालेखा परीक्षकले पनि बेरुजु देखाउन छोडी सकेको ! कसरि देखाउन बेरुजु नगर, असुल उपर गर भनेर आदेस दिने सरकार प्रमुख हुन तर सरकार प्रमुख नै हुकुमी सैलीमा अन्धाधुन्द राज्यको ढुकुटीमा ब्रम्हलुट गर्न लागेसी त्यो महालेखा परिक्षकको बेरुजुले के अर्थ राख्छ ?

कुनै पनि श्रीमानको सफलताको पछाडी श्रीमतीको ठुलो हात हुन्छ तर बाबुरामको हकमा त्यो बिल्कुलै उल्टो !श्रीमतीको दवाबमा ब्यापक भ्रस्टाचार नाताबादले आकास छोएको ! हरेक स्थानमा बाबुरामको जोइको हुकुम चल्छ ! बाबुराम केवल रबरस्टाम्प हुन भनेर धेरैले भन्न थालि सकेको ! कसको लागि ब्रम्हलुट गर्छौ  बाबुराम ? तिम्रा स्वास्नी पनि हिजोको इन्जिनियर लाइ पढाउने गुरुआमा, अनि तिमि पनि इन्जिनियर मा डाक्टर गर्या ! छोरीलाई पनि आफैले दिक्षान्त मात्र नभएर सुनको तक्माले विभूषित गरेउ ! छाक खान लाइ पुगी हाल्छ! सम्पति बाहिर लाने के कुरा तिमीहरु युरोप अमेरिका मात्रै हैन अब मलेसिया,सिंगापुर ग ए पनि चिरिप्प हुन्छौ ! धेरै नव जंग बहादुर बन्ने कोसिस नगर बाबुराम ! जंग बाहादुर ले ता हुकुमी सासन चलाए पनि देशलाई जुवामा थापेका थिएनन ! हिन्दु धर्मका कट्टर थिए ! युरोप जादा भान्छे बाहुन लेर गाका थिएरे ! गोरालाई खुसि बनाएर लुटेका जिल्ला फर्काका थिए भने काहाको जंग बहादुर माहाराज काहाको तिमि खोप्लांगे बाजे ! होस गर है बाबुराम पाकिस्तानको घटाना दोहरियेला ! आज पुलिस लाइ थर्काछौ भोलि तिनै पुलिसले खासाको कम्बलले  छोपेर नठोक्लान भन्न सकिन्न क्यार !

 

No comments: