Home » » चर्चा र तनावमा छन् इन्स्पेक्टर शर्मा, को हुन् इन्स्पेक्टर विनोद शर्मा ?

चर्चा र तनावमा छन् इन्स्पेक्टर शर्मा, को हुन् इन्स्पेक्टर विनोद शर्मा ?

Written By खांट्टी कुरा on Tuesday, January 15, 2013 | January 15, 2013

दैलेख , माघ २ - प्रहरी निरीक्षक विनोद शर्मा यतिबेला जागिरे जीवनमै सर्वाधिक चर्चा र तनावमा छन् । उनकै सक्रियताले पत्रकार डेकेन्द्रराज थापाको आठ वर्षअघि गरिएको हत्याका अभियुक्तहरू हिरासतमा छन् । पीडित परिवारले न्याय पाउने आशा गरिरहेका बेला सरकारले द्वन्द्वकालका घटना भन्दै मुद्दाको अनुसन्धान तथा अभियोजन प्रक्रिया रोक्न मातहतका निकायलाई पत्र पठाएपछि दैलेख प्रहरी अन्योलमा छ ।


देशभर पत्रकार, अधिकारकर्मी र नागरिक समाज आन्दोलित छन् । महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान रोक्न पठाएको पत्र खारेजको माग गर्दै सर्वोच्चसम्म रिट परेको छ । मंगलबार सुनुवाइ हुँदैछ ।

बाूके कोहलपुरमा छूदा पनि शर्माले पुराना हत्याका फरार अभियुक्त पक्राउ गरेका थिए । त्यसपछि सरुवा भई नौमुले इलाका प्रहरी कार्यालय आइपुगेका निरीक्षक शर्माले त्यहाू डेकेन्द्र हत्याकाण्डका अभियुक्त खुलेआम घुमेको भेटे ।

भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी माधव नेपाल दैलेख आउूदा पत्रकारहरूले अनुसन्धान अघि बढाउन ध्यानाकर्षण गराए । एसएसपी नेपालले तुरुन्त अनुसन्धान अघि बढाउन आदेश दिए । डीएसपी शारदाप्रसाद चौधरीले निरीक्षक शर्मालाई अनुसन्धान अधिकृत तोकिदिए । उनकै नेतृत्वमा चौबीस घन्टा नबित्दै डेकेन्द्र- पत्नी लक्ष्मीको जाहेरीमा अनुसन्धान सुरु गरी अभियुक्त लक्षीराम घर्ती पक्राउ गरे । घर्तीको बयान आधारमा पाूच अभियुक्त रातारात पक्राउ परे ।

मुद्दा बल्झाएको भन्दै माओवादीका जिम्मेवार नेताले आफूलाई बालबच्चा र श्रीमती सिध्याउने धम्की दिएको शर्माले बताए । विभागीय तनाव दिनहुू उस्तै । उनी अनुसन्धान अधिकृत भएका डेकेन्द्र हत्याको मुद्दा मात्र होइन, तीन जना महिला बलात्कार र एक ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएपछि अहिले दैलेखमा उनको प्रशंसा चुलिएको छ ।

जोखिमयुक्त मुद्दामा अघि सरेका विनोदले पीडितबाट स्याबासी पाए पनि उनी सधैं दबाबमा पर्दै आएका छन् । गतवर्ष कोहलपुर इलाकामा छूदा दुई हत्याका मुद्दाको अनुुसन्धान गरी अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाए । त्यहाू भर्खरै सरुवा भई आएका उनले पुराना फाइल पल्टाए । बैंक अफ काठमाडौंमा कार्यरत शान्ति रिजालको हत्यामा चार वर्षदेखि थन्किएको मुद्दाको अनुसन्धान गरे । त्यस्तै, तरुण दलका जिल्ला सचिवको हत्याका अभियुक्तलाई धमाधम पक्राउ गरी कठघरामा पुर्‍याए । 'कोहलपुरमा यी दुई मुद्दाको अनुसन्धान गर्नु चुनौतीपूर्ण थियो,' उनले भने ।

त्यसअघि धनकुटाको चुवाङमा माओवादी जिल्ला सदस्य हत्याका अभियुक्तलाई ३ वर्षपछि पक्राउ गर्न सफल भए । ओखलढुंगाको रामपुरमा १४ वषर्ीया बालिकालाई जबर्जस्ती करणीपछि हत्या गरिएको थियो । फरार अभियुक्तलाई ६ महिनापछि पक्राउ गरे ।

त्यस्तै, पोखराको बगरमा स्थानीय गुन्डाहरूले बटु घिमिरेको घाूटी रेटेको घटनाका सबै पाूचै अभियुक्तलाई पक्राउ गरे । मणिपाल कलेजका एक भारतीय विद्यार्थीलाई दस दिनपछि चितवनबाट अपहरणमुक्त गराए । २०६५ मा वडा प्रहरी कार्यालय नेपालगन्जमा ७ वर्षे नीरज पासवान हत्याका अभियुक्त पक्राउ गर्नुका साथै सशस्त्र समूहका ११ जनालाई नियन्त्रणमा लिएपछि नगरमा सम्मान गरिएको थियो ।

२०५८ साउनमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विराटनगरका शर्मा हाइटी र स्टिमोर मिसनमा पुगिसकेका छन् । सरकारले डेकेन्द्र हत्याका प्रमाण नष्ट गर्न दबाब दिएका बेला उनी ती सबै फाइल सिरानीमुनि च्यापेर सुत्छन् । उनले भने, 'अपराध अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन नसके प्रहरीको बर्दी लगाएर शपथ खाएको अर्थ रहन्नू ।'

(इ-कान्तिपुर बाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger