Home » » किन गए रास्ट्रपति भारतको भ्रमणमा ?

किन गए रास्ट्रपति भारतको भ्रमणमा ?

Written By खांट्टी कुरा on Monday, December 24, 2012 | December 24, 2012

पहिला फकायर अनि फकिन नमाने तर्सायर हुन्छ कि धम्क्याएर हुन्छ आफ्नो अनुकुलको काम गराउनमा अमेरिका खप्पिस छ र त्यसैको सिको गर्दै चारै तिर रहेका छिमेकी हरु मध्य निर्धो छिमेकीलाई आफु अनुकुलको काम गराउन भारत पनि माहिर छ ! भारतका रास्ट्र प्रमुख अथवा सरकार प्रमुख आफ्नो अनकुल नभए सम्म छिमेकीको मा ढीम्किन पनि जादैन ! धेरै बर्ष भयो भारतका रास्ट्र तथा सरकार प्रमुखले नेपालको भ्रमण नगरेको ! आखिर गर्नु पर्ने जरुरत नै के छ र !
आफ्नो अनुकुलको काम गर्ने हरु हुदाहुदै किन जानु पर्यो नेपाल ! रास्ट्रपति भै सकेपछी राम बरण यादबले यो समेत ३ चोटि भारतको भ्रमण गरि सके ! हाल देशमा राजनीतिक अस्थिरता छ ! सरकारको आयुको कुनै टुंगो छैन ! बिकास निर्माण ठप्प छ ! समस्याको सगरमाथा छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि सामान्य निमन्त्रणामा आफ्नो पारिवारिक सदस्यको साथ् भारत भ्रमण जानु लाइ राम्रो र न्यायसंगत चैँ भनिदैन ! हुनत हाम्रा रास्ट्रपति पनि प्रधानमन्त्री बाबुराम जस्तै उतैको अनुकम्पामा मेडिकल डाक्टर भाका हुन ! बाहिर जति सुकै जे जे बने पनि २०४६ साल पछीका नेपालको ठुला पार्टीका सबै नेताहरु उतैका भक्त बहादुर हुन् ! जनताको अगाडी डिंग हाक्छन ! जनतालाई खोक्रो आस्वासन र जेरी जस्तै गुलियो भाषण दिन जानेका छन तर तिनीहरुलाइ बिरालोले मुसा खेलाको भनु या मदारिले बादर नचाको जस्तो गरि खेलाई खेलाई नचाएका छन ! हुन त आफ्नै माल खोटो भएपछी के अर्कालाई दोष दिनु !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger