सबै तहका क्षेत्रिय
कार्यालयहरु सम्बन्धित बिकास क्षेत्रमा नै हुनु पर्ने अबधारणा अनुसार २०५४ सालमा मध्यमान्चल
क्षेत्रीय प्रशासन तथा प्रहरी कार्यालय राजधानी बाट हेटौडामा स्थानान्तरण भएको
थियो ! २०५४ साल फागुन तिर तत्कालिन प्रधान मन्त्रि स्व.गिरिजा प्रसाद कोइराला
हेटौडा आएका थिए ! भाडामा बसेको क्षत्रिय प्रहरी कार्यालय हेटौडा अगाडिको
हु.प्र.चौरमा कर्णाली एअरलाइन्सको हेलिकोप्टर अवतरण पश्चात दलबल सहित मध्य
क्षेत्रिय प्रहरी कार्यालय भित्र प्रबेस गरे ! भलाकुसारी भो सबै सित .....
अनि सबैका अगाडी स्व.गिरिजाले डी.आइ.जी. रुपाल शमसेर ज.ब.रा.लाइ प्रश्न गरे ‘हैन डी.आइ.जी.साप हामि हिजो अन्डरग्राउन्ड भएर भारतमा बस्दा तपाइको पुलिसहरु हामीलाई पछ्याउदै कलकत्ता, बनारस, दिल्ली सबै ठाउँमा बिभिन्न भेषमा पुग्थे तर अहिले गुप्तचरी प्रणाली किन कम्जोर ? उनले त्यो कुरा वास्तबमा माओबादी प्रति लक्षित गरेर भनेका थिए ! डी.आइ.जी. रुपाल शमसेर ज.ब.रा.ले नम्र हुँदै भने ‘हाम्रो सयन्त्र अझै कम्जोर भै सकेको छैन प्रधानमन्त्रीज्यु’ ! तर गिरिजा आस्वस्त भएनन ! सरकार प्रमुखको प्रश्न सुनेर म अवाक भए ! बुढापाका मान्छेहरुले भन्थे ‘गिरिजा’ को बुद्धि छैन त्यहि भएर उनका सान्दाज्यु बि.पी. ले उनलाई हवल्दार संग तुलना गर्दै ‘हल्दारे बुद्धि’ भन्थेरे ! सुनेको कुरालाई उनले त्यो दिन ब्यबहारमा लागु गरेर देखाई दिए ! वास्तवमा उनले महसुस गरेको पनि ठिकै हो ! पंचायतकालमा सुचना प्रणाली अर्थात “गुप्तचरी” राम्रो थियो ! कुनै पनि देशलाई कम्जोर बनाउने हो भने त्यो देशको गुप्तचरी प्रणाली ध्वस्त बनाइ दिनु पर्छ त्यो देश आपसे आप कम्जोर हुन्छ ! वास्तवमा भाको पनि त्यहि थियो ! २०४६ देखि २०५४ अर्थात ८ बर्षमा नेपालको गुप्तचरी प्रणाली पूर्णतया नभए पनि पनि आधा जस्तै कम्जोर भै सकेको थियो र त्यसो हुनुमा अरु कोहि नभएर खुद उनै गिरिजा प्रसाद कोइराला र उनकै पार्टी नेपाली कांग्रेस थियो ! यस्ता सत्यतथ्य कुरा थाहा हुँदाहुँदै पनि बुझ पचाएर वाहियात प्रश्न सोध्ने गिरिजालाई ‘हवल्दार’ संग दाज्नु त्यो हवलदारी पदकै अपमान थियो ! देश आजको स्थितिमा ल्याई पुर्याउनमा अरु कोहि नभएर खुद गिरिजा नै जिम्मेवार थिए ! उनले के के गरे कसो कसो गरे त्यसको बयान मलाइ भन्दा खाँट्टी नेपाली जनतालाई मात्र थाहा छ !

0 Comments:
Post a Comment