Thursday, December 20, 2012

टिका-टिप्पणी !

आलेख/विचार

किन एकता र एकीकरण हुँदैन पुर्व पंचहरुको पार्टीको ?

-जनकमान डंगोल 
 
२००७ साल को क्रान्तिमा भाग लिए लियनन के गरे कसो गरे त्यो इतिहासको कुरा हो र त्यतिखेर पंचायतको जन्म पनि भएको थिएन ! जानिफकारहरु भन्छन नेपालमा पंचायत जन्माउनमा त्यतिखेर तुलसी गिरि र विश्वबन्धु थापाको ठुलो हात थियो ! २०१७ साल देखिनै पंचायत मा प्रत्यक्षरुपमा संलग्न हुँदै पटक पटक मन्त्रि र प्रधानमन्त्रि बन्न सफल सुर्य बहादुर थापा हाल सम्म पनि नेपालको राजनीतिमा संलग्न छन ! सुर्य बहादुर थापा भन्ने बित्तिक्कै पंचायतको अति क्रुर प्रधानमन्त्री भनेर चिन्दछन नेपालको जनताले ! पंचायतलाइ बचाउन २०३६ सालमा तिनले नेपालको हरियो बन मासेनन कि देशको ढुकुटी रित्यायनन तर पनि ३० बर्षमै अर्थात २०४६ सालमा पंचायत ढल्यो ... बुढापाका हरु भन्छन देशलाई आपद विपद परेको बेलामा सुर्य बहादुर थापालाई सम्झिनु पर्छरे ! तीनै सुर्य बहादुर थापा आज आएर कट्टर गणतन्त्रबादी भएका छन ! धर्म निरपेक्षको साक्षी बसेका छन र तिनको हो मा हो मिलाउनमा राणाकालमा जन्मिदै नाति जर्नेलको पद बोकेर आएका पशुपति समशेर र पुर्ब प्रधानमन्त्रि लोकेन्द्र बहादुर चन्द लागेका छन ! २०४६ सालमा पंचायत ढले पछी २ बर्ष सम्म निस्क्रिय भाका यी पुर्व पंचहरु बिस्तारै नेपालको राजनीतिमा रास्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र (चन्द) को नाउँ बाट उदाएका हुन ! २०४८ को आम निर्वाचनमा अस्तित्वमा आका यी पार्टीहरुले निर्वाचनमा सफलता हात पार्न नसके पछी एकिकरन भै रास्ट्रिय प्रजातन्त्र पार्टी नाम बाट २०५२ को मध्यावधि निर्वाचनमा चुनाव लड्दा तेस्रो शक्तिको रुपमा आफुलाई उभ्याउन सफल भए ! समाजबादको नारा जप्ने कांग्रेस पार्टी तथा कम्युनिज्मको नारा जप्ने एमाले पार्टी दुइ ठुला पार्टी हुँदा हुँदै पनि ने.का.को स्व.गिरिजा प्रसाद कोइरालाको हठी स्वभावले गर्दा आखिर कांग्रेस २ चिरामा भाको मौकाको फाइदा उठाउँदै सुर्य बहादुर थापा तथा लोकेन्द्र बहादुर चन्दले प्रजातन्त्रमा समेत प्रधानमन्त्री बन्ने मौका पाय !

भनिन्छ नेपाली कांग्रेसमा स्व.गिरिजा प्रसाद कोइराला आफु जीवित छउन्जेल पार्टीको मुखिया पद अरु कसैलाई दिएनन ! अनेक जाल झेल गरेर सधै पार्टी सभापति आफु बन्थे ! त्यसै रोगले समातेको छ सुर्य बहादुर थापालाई ! सारा पार्टी सुभेच्छुक तथा कार्यकर्ताको बलियो माया हुँदा हुँदै पनि पार्टीलाई फुटाएर छुट्टै पार्टी ‘जनसक्ति’ गठन गरे ! हुँदाहुँदा बलियो तथा सुदृढ भाको पार्टी आखिरमा ३ टुक्रा भो किन ? सुर्य बहादुर थापा लाइलाइ पनि बाचुन्जेल मुखिया पद चाहिन्छ ! यदि तिनले त्याग र तपस्या गर्न जानेको भए नेपालमा न पंचायत ढल्थ्यो न नेपालमा प्रजातन्त्र आउथ्यो ! अहिले जनतामा जनमत घटेको देखेर फेरी पार्टी एकीकरण गर्ने भन्दै पशुपति सम्सेरको रा.प्र.पा संग हात मिलाउदै हिडेका छन तर कमल थापाको रा.प्र.पा संग होइन ! कमल थापा अध्यक्ष भाको रा.प्र.पा पनि त पुर्ब पंचहरूको बाहुल्यता भाको पार्टी हो तर पनि सुर्य बहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपति सम्सेर ज.ब.रा. यी तीनै जना अब खाँट्टी गणतन्त्रबादी भै सके ! धर्म निरपेक्ष भन्दै बिदेसीको अगाडी घुंडा टेकी सके ! अर्को पनि तथ्य यो हो कि हिजो २०४६ सालमा कांग्रेसले लिएको बाटो ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद’ को नारामा पुन: परिस्कृत गरेर कमल थापाको रा.प्र.पा.नेपालले ‘रास्ट्रीयता, प्रजातन्त्र र उदारबाद’ को नारा लिएर हिडेका छन ! नेपाली  कांग्रेसले त २००४ साल देखिको त्यो उसको लोकप्रिय नारा ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद’ लाइ स्व.गिरिजा संगै सति पठाएको छ त्यहि भएर आज नेपाली कांग्रेस ‘रानो हराको मौरी’ जस्तो भाको छ ! त्यस्तै एमालेले पनि स्व.मनमोहन अधिकारि संगै उसको ‘जनताको बहुदलीय जनवाद’लाइ सति पठाई सकेको छ !

जनता तथा कार्यकर्ताको अत्याधिक दबाबले गर्दा एकपल्ट दुवै रा.प्र.पा.र लोक जनशक्ति पार्टी एकीकरण हुन् खोजेका थिए तर त्यसमा सुर्य बहादुर थापा ‘गाँसको ढुंगा’ भए ! धर्म निरपेक्ष र राजतन्त्र सुर्य बहादुर थापालाइ मन परेन अर्थात धर्म निरपेक्ष तथा गणतन्त्र नै हुनुपर्छरे ! जब धर्म निरपेक्ष तथा गणतन्त्र नै हुनु पर्छ भने किन दस वटा पार्टी खोलेर जनताको छोराछोरीलाइ बरालिन लगाउने ? काम त्यहि, सिद्धान्त त्यहि हो भने २००४ सालमा जन्माको पार्टी नेपाली कांग्रेसमा नै गए भै हाल्यो नि ! धेरै नेता तथा कार्यकर्ता पुरानै पार्टीमा स-सम्मान फर्केका छन ! हिजो पंचायतकालमा पनि त सुर्य बहादुर थापाहरुले ‘गाउँ फर्क रास्ट्रिय अभियान’ चलाएकानै हुन भने नेपाली कांग्रेस तथा एमालेले अहिले ‘घर फर्क अभियान’ चलाको छन ! धेरै जानिफकारहरु ‘सुबथा’ पनि दिल्लीकै एजेन्ट हो भनेर  भन्ने गर्छन र निजको चालचलन र ब्यबहारले पनि त्यो देखाउंदै गएको छ ! सायद ति ३ जना नेताको मनमा दम्भ होला त्यो ‘जुनियर’ कमल थापाको  पार्टी संग किन गर्ने एकता ? फेरी उ ता राजभक्त पनि पर्यो ! तर थाहा छैन होला नेपालमा गणतन्त्र आए पछी नेताहरुको काम गर्ने सैली र ब्यबहार देखेर वाक्क ब्याकक भै हिजो आज रा.प्र.पा.नेपालको पक्षमा ओर्लेका छन ! पोहर काठमान्डौको २८ दल भर्सेज एक्लो रा.प्र.पा.नेपालको आमसभामा जनताको त्यो बिसाल भिड लाइ देखेका पक्कै पनि होलान ! ८१ प्रतिसत हिन्दु बसेको नेपालमा बिदेसिको आगाडी घुडा टेकेर जुन धर्म निरपेक्षमा अरु दल लागे त्यसैको सिको गर्दै पुर्ब महापन्चहरु पनि लागेको देख्दात यिनीहरु पनि त “माछा देख्दा दुलो भित्र हात सर्प देख्दा दुलो बाहिर हात” गर्ने खालका रैछन भनेर जनताले ठानिएको छन !
(वर्ष अंक २० २०६९ पुस ०५ गते क्राइमचेक शाप्ताहिकमा प्रकाशित)
 

No comments: