Home » » ‘हाइहाइ’ हुन्थे तर ठिक उल्टो ‘हायहाय’ हुने भए !

‘हाइहाइ’ हुन्थे तर ठिक उल्टो ‘हायहाय’ हुने भए !

Written By खांट्टी कुरा on Thursday, December 20, 2012 | December 20, 2012

शान्ति प्रक्रियाको टुंगो, संवैधानिक निकायमा नियुक्ति, आयोगहरु गठन गर्ने,  संविधान संशोधन र बैशाखमा चुनावको मितिमा सहमति गरेपछि केही समय यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्नेभन्दै बैसाखी सरकारका मुखियाले फेरी एउटा बखेडा झिकेछ ! यो आकासलाई हुटिट्यौले थामेको छ भन्ने सिद्धान्तमा हिडेका छन यतिखेर प्रधानमन्त्रि भटराई ! त्यहि भएर अर्ध चेतनामा बर्बराउदै कहिले एउटा सर्त अघि सार्छन भने कहिले अर्को सर्त अघि सार्छन ! उनि बिद्द्वान हुन र मौकामा भेटका हुन त्यो बालुवाटारको डेरा ! मौकामा चौका परे पछी किन सजिलै उम्किन दिन्थे र ! उनकै पार्टी एनेकपा माओबादीका सुप्रिमो क.प्रचण्ड भन्दा उनि हरेक कुरामा अगाडी छन ! भुरा देखिनै प्रथम हुने बानि लागेको भएर होला ! देशको बिकास निर्माणमा पनि त्यस्तै गरि प्रथम भएर देखाको भए आज डा.बाबुराम सबैको ‘हाइहाइ’ हुन्थे तर ...
ठिक उल्टो ‘हायहाय’ भएर पो बितायो ! यतिखेर उनले सत्ता छोड्ने हो भने बाबुरामको राजनीति सधै को लागी बिश्राम हुन्छ ! पार्टीमा उनको हैन क.प्रचण्डको हैकम चल्छ भन्ने कुरा पनि उनले बुझेका छन ! आज श्रीमतीको दवाबमा भटाभट जुन अलोकप्रिय र गैरकानुनी नियुक्ती गरेका छन त्यो सबै बदर हुन्छ ! लडाकुको नक्कली नाम राखेर ‘पच’ गरेको अर्बौ रुपियाको बारेमा भोलि अख्तियार लाग्छ त्यसमा कुनै संका छैन ! यत्रो महिना देखि सहमति सहमति भन्दै कांग्रेस तथा एमालेलाइ ‘च्याम्पटि’ जस्तो गरि घुमाको त्यो दुइ दलका शिर्ष नेताहरुले जिन्दगिभर भुलेका छैनन ! फलाम ले फलाम काट्छ भनेको जस्तो आलो पालो प्रणालीमा हुने हो भने नेपाली कांग्रेसको रामचन्द्र पौडेल अबको प्रधानमन्त्री हुन्थे तर भटराईकै कारणले गर्दा आज उनले त्यो गुमाउनु परेको छ भने एकै अन्चल र ओल्लोपल्लो जिल्लाका एकै सगोत्री अर्थात एकै ब्राम्हण जातिले येसरी बर्षौ बर्षको सपनामा लात हान्दा पौडेलको मन कस्तो भाको होला ? उनले त भुलेका छैनन ! बाबुरामकै कारणले पार्टी फुटेको हो भनेर भोलि क.प्रचण्डले भन्छन यसमा कुनै दुइमत छैन ! यी सबै कुराहरु जानेर नै बाबुराम सत्ताबाट हटन चाहदैनन चाहे देशनै किन भारतलाइ बुझाउनु नपरोस ! तर ढिलो चाडो एक दिन बाबुरामले सत्ता छोड्ने पर्ने हुन्छ ! त्यसैले दस थरिको बखेडा झिकेर हैन कि सहमति गरेर नै सरकार बाट बाहिरिंदा बाबुरामको भलो होला ! दक्षिणका खाँट्टी छिमेकोको नजरमा बाँसको सिन्का हालेर बनाको खुवावाला ठण्डा बरफ हो नेपालको पार्टी र तिनका नेताहरु स्वाद आउन्जेल मज्जाले चुस्यो स्वाद आउन छाडेपछि त्यो नाथे बाँसको सिन्को लाइ फाल्दियो रछ्यानमा ! इतिहासले त्यहि देखाको छ त्यसैले होस गर है यो बैसाखीमा चलेको प्रधानमन्त्रि बाबुराम ? आकास हुटिट्यौले थामेको भ्रममा बस्ने हो भने तिम्रो पतनचैँ अवस्यम्भावी छ !

(वर्ष अंक २० २०६९ पुस ०५ गते क्राइमचेक शाप्ताहिकमा प्रकाशित)

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger