Home » » नेपालको नागरिक समाज र मानवअधिकारकर्मीहरु !

नेपालको नागरिक समाज र मानवअधिकारकर्मीहरु !

Written By खांट्टी कुरा on Friday, April 04, 2014 | April 04, 2014

२०४६ सालमा नेपालमा ३० बर्षे पन्चायती व्यवस्थालाई बिघटन गरेर दोश्रो पटक नेपालमा प्रजातन्त्र लागु भयो ! प्रजातन्त्रले राम्रो सित जरो गाडन नपाउंदै नेपालमा केहि कम्युनिस्ट पार्टीहरु मिलेर तथाकथित 'जनयुद्ध' घोषणा गरे ! नेपालको इतिहासमा यो तथाकथित जनयुद्धलाइ सकारात्मक भन्दा पनि नकारात्मक दृष्टिकोणले हेर्नेको जमात बढी छ !
हातमा 'हन्टर' लिएको सर्कसको रिंग मास्टरले बाघ, भालु, शिंहलाइ आफ्नो इसारामा नचाउछ ! रिंग मास्टरले भनेको मान्यो भने माया गर्छ र भनेको मानेन भने 'हन्टर' अर्थात चाबुक भेट्छ ! नेपालको त्यो बाह्र बर्षे कथित जनयुद्द पनि त्यहि तौर तरिकाको थियो ! रिंगमास्टररुपी लडाकाको हातमा 'हन्टर' रुपी बन्दुक भए पछी ति निरिह प्राणि जसरि आदेस मान्न बाध्य थिए नेपालको जनतालाई पनि बन्दुककै बलमा काबुमा राखेका थिए ! जो काबुमा बस्न चाहदैन थिए त्यो उनीहरुको नजरमा बिद्रोही हुन्थे र तिनलाई सुराकीको आरोपमा उनीहरुको भाषामा 'सफाया' अर्थात मृत्युदण्ड दिन्थे !
मानव अधिकार भनेको मानवनामका प्राणिको अधिकार गर्ने भनेर परिभाषा लाउछन र त्यस्तो परिभाषा लाउनेलाइ मानव अधिकारकर्मी, मानब अधिकारबादी जस्ता विभिन्न नामले पुकार्ने गरेको पाइन्छ ! बिश्वब्यापी मान्यता अनुसार कुनै स्थानमा लडाइ भएमा २ थरीले सजिलै प्रबेस पाउछन ! पहिलो रेडक्रस र दोश्रो मानब अधिकारकर्मी ! दुबैको काम भनेको मानवको रक्षा गर्ने हो भनेर भन्छन !
लडाई भनेको दुइ पक्षको बिचमा हुन्छ ! देस देसको बिचमा हुन्छ, राजनीतिक पार्टीको बिचमा हुन्छ, ब्यबस्था परिवर्तनको लागी हुन्छ ! जे जस्तोमा भए पनि लडाई भनेको लडाईनै हुन्छ र त्यो घातक हुन्छ ! लडाईले आज सम्म मानवको हित गरेको बिश्वमा कहिँ कतै देखिदैन !
संसार भरिको देसको साझा संगठन छ जसलाई छोटकरिको भाषामा UN अर्थात 'संयुक्त रास्ट्र संघ' भनिन्छ ! नाम संयुक्त रास्ट्र संघ हो तर त्याहा दादागिरी धनि र सक्तिले सम्पन्न भएको देशहरुको चल्छ र तिनमा पनि खेमा खेमा छ र सधै एकले अर्कोलाई सिध्याउने रणनीति बुन्दै बसेका हुन्छन ! तिनै रणनीति मध्येको एउटा पाटो हो नेपालको माओबादी आन्दोलन !
सीधा र सहि अर्थमा भन्ने हो भने नेपालमा माओबादी आन्दोलनको कुनै जरुरि नै थिएन ! पंचायती ब्यबस्थामा जनताले बोल्ने हक पाएनन भनेर आन्दोलन गरे अथवा गराइए ! पंचायत बिघटन गरेर देसमा प्रजातन्त्र लागु भएको ६ बर्ष नबित्दै किन माओबादी जन्माइयो यो कुरा नेपालको जनताले अहिले आएर बल्ल बुझ्न थालेका छन !
नेपालमा बिना उद्देस्यको कथित जनयुद्ध संचालन गर्ने बेलामा आक्कल झुक्कल बाहेक नेपालको मानब अधिकारबादी भन्नेहरु बोल्दैनथे ! सरकार पक्ष बाट माओबादी माथि दमन हुना साथ कोकोहोलो मच्चाउथे तर बिद्रोही पक्ष बाट जति सुकै जघन्य अपराध हुँदा पनि चुंक्क आवाज निकाल्दैथे ! यसै बाट थाहा हुन्छ नेपालको मानवाधिकार बादी देखि कर्मीहरु को द्वारा संचालित छ भनेर !
नेपालमा चर्को गणतन्त्रको राग अलाप्नेहरुमा मानवाधिकारबादी हरु अग्र पंक्तिमा पर्दछन ! २०४६ साल पछी राजनीतिक पार्टीहरु प्रजातन्त्रको अभ्यासमा मग्न थिए ! नेपालको जग हाल्ने राजतन्त्र हटाउन 'नागरीक समाज' नामका कथित बिना दर्तावाला जमातेहरुका फौज देखि दर्तावाला मानव अधिकारकर्मीहरु नाउँका गुटहरु सम्म अनेक थरिको छद्म भूमिका निभाउंदै अहोरात्र खटेका थिए !
सित्तैमा किन खट्थे, बिदेसिहरुले नेपालको राजतन्त्र हटाउन युरो, डलर पाउन्डको बर्षा गरि दिएको थियो ! 

२०४६ साल अघि सम्म कुर्कुच्चा फाटेका हरु छोटो समयमै कसरि एकाएक सु-सम्पन्न भए त्यो त्यसैको उदाहरण हो तर राजतन्त्र बिघटन भए पछी स्यालको सिंग जस्तै गरि यी सबै के, कसरि, किन हराय ? छ कसै सित यसको जवाफ ? ८ बर्ष सम्म नेपालमा नेपालको जनताले नागरिक समाज देखि मानब अधिकारकर्मी सम्मको अनुहार त परै जावोस नाम सम्म सुन्न पाएनन, किन ?
त्यसैले नेपालमा यी 'नागरिक समाज' भन्ने अघोषित हुल्याहा जमाते देखि 'मानव अधिकार' भन्ने विभिन्न नामका संस्थाहरु सम्म नेपाली जनताको लागि 'लुतो न कन्याई' हुन ! यी देस र जनताको भलाइको लागी नभएर आ-आफ्नो दुनो सोझ्याउन बिदेसिहरुले खडा गरि दिएका हुन ! मानव अधिकारबादीहरुको नाउँमा बिदेसी डलर, युरो, पाउण्डहरुले छापिएको चिल्लो कागजमा 'सान्तिको प्रतिक परेवा''बालिएको मैनबत्ति'को फोटोले नेपालमा 'न्याय, शान्ती र शुसासन' पाइन्छ भनेर कल्पना गर्नु भनेको कथाको पात्र 'सोम शर्माले कल्पना गरेर खाएको सातु' जस्तै हो ! 

© जनक मान डंगोल,www.janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !


Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger