Latest Post

संग्लो त्रिसुली धमिलो कसरि भयो ?

Written By खांट्टी कुरा on Sunday, May 19, 2019 | May 19, 2019



तस्बिर: जनकमान डंगोल 
बैशाख २७ गतेको कुल पुजामा जसरि भए पनि आउनु भन्ने हुकुमको तामेली गर्न हामि दाज्यु भाई तथा भाउज्यु र दाईको नातिनी समेत आफ्नै निजि सवारीमा जन्मथलो नुवाकोटको लागी मिति २०७६/०२/२५ गते दिनको १ बजे हेटौडा बाट प्रस्थान गर्यौ ।
दुई बर्ष अगाडी पनि कुल पुजाकै लागी नुवाकोट जाने अबसर जुरेको थियो ।
पोहोर बैशाख २८ गते जेठाबुवाको जेठो छोरा पट्टिको माईला नातिको शुभ विवाहमा पनि नुवाकोट जाने सौभाग्य प्राप्त भयको थियो ।
हरेक बर्ष नुवाकोट जाँदा त्रिसुली नदि कन्चन र सफा नै थियो ।
यो पटक चितवन जिल्लाको जुगेडी देखि धादिंगको गल्छी हुँदै नुवाकोटको त्रिसुली बजार भन्दा पनि माथि सम्म त्रिसुली नदिको अबस्था एकताकाको बागमती जस्तै देखियो ।
तादी र त्रिसुलीको संगम देबिघाट/ तस्बिर: जनक मान डंगोल 
अविरल बगिरहेको त्रिसुली नदि देबिघाट आईपुग्दा तादी खोला मिसिन्छ । तादी पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ तर यो बर्ष त्रिसुली कसरि धमिलो र कुरूप भयो ?
सामाजिक संजाल फेसबुकमा तस्बिर राखेर बिचार पोस्ट गरे । धेरै मित्रहरुले क्रसर राखेकोले गर्दा नदि धमिलो भएको भन्ने तर्क दिनु भयो भने एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भयो ।
चितवन, धादिंग देखि नुवाकोट जिल्ला सम्मको त्रिसुली नदि किनारामा थुप्रै क्रसर खेति संचालनमा आयको छ । क्रसरकै कारणले नदि धमिलो भएको हो भने त्रिसुली बजार भन्दा माथि नदि सफा हुनु पर्नेमा किन त्यसो भएन ?
सामाजिक संजाल फेसबुकमा एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भएको थियो र त्यो जवाफ सहि नै रैछ भन्ने निर्क्यौलमा पुगियो ।
हामि नेपालीहरु केहि समय देखि हरेक बिषयमा भारतलाई गालि गर्न पछी हट्दैनौ तर अब प्रश्न उठ्न सक्छ यदि चिनले आफ्नो जमिनमा खनेको माटो नेपाल भएर आउने नदीमा किन डम्पिंग गर्दैछ ? नदि धमिलो भयो भने जलचर प्राणीको जीवन खतरामा पर्छ भन्ने चिन जस्ता बिसाल देसका बुद्दिजिबीहरु लाई ज्ञान हुनु पर्ने हैन र ?
यदि चिन पट्टि त्यसो नभएर केरुंग हाईवे वा माथिल्लो त्रिसुली जलबिधुत निर्माणको कामले गर्दा त्रिसुली प्रदुषित भएको हो भने नदि प्रदुषण गर्न हुन्न भन्ने ज्ञान किन पलाएन ?
आजको खाँटी प्रश्न यहि नै हैन र ?

ईन्द्र सरोबर कुलेखानी, मकवानपुर

Written By खांट्टी कुरा on Sunday, May 05, 2019 | May 05, 2019

मानव निर्मित कृतिम ताल ! जुन तालमा जम्मा गरिएको पानीले ३/३ वटा पावर हाउस निर्माण गरिएको छ जसलाई कुलेखानी जल बिधुत आयोजना भनेर चिनिन्छ !

बडामहाराजधिराज पृथ्बी नारायण शाहको चिनो

तस्बिरमा देखिए जस्तो छैन एतिहासिक नुवाकोट दर्बार ! भूकम्पले थिलोथिलो पारेको यो दर्बार कुनै पनि ग्वार्लाम्म ढल्न सक्छ !

यो बिज्ञापन हैन !

३ नम्बर प्रदेशको राजधानी हेटौडाको 
वार्ड नम्बर ८ कमानेमा रहेको उत्कृस्ट पार्टी प्यालेस जसलाई युवा उधमी बिष्णु प्रसाद अर्यालले स्थापना गरेका हुन !

शास्वत धाम

Written By खांट्टी कुरा on Saturday, May 04, 2019 | May 04, 2019

नारायणघाट देखि२६ किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा अवस्थित शास्वत धाम ! धामको निर्माण चौधरी उधोगका मालिक बिनोद चौधरीले गरेका हुन !


यस्तै पारामा चले भने कांग्रेस अब ईतिहासमा सिमित हुन्छ

-जनकमान डंगोल
नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका अगुवा नेता स्व.बि.पी कोईरालाले कम्युनिस्टहरुको संगत गर्नु हुन्न भन्थे र आफु बाँचुन्जेल कम्युनिस्टहरुको संगत पनि गरेनन र आफ्ना अनुयाहीहरुलाई कम्युनिस्ट पार्टीको छायाँ समेत पर्न दिएनन यदि कम्युनिस्टहरु संग हातेमालो गरेका भए २०३६ सालमा नै पंचायती शासनको अन्त्य हुन सक्थ्यो
नेपाली कांग्रेस अर्थात रास्ट्रियता प्रजातन्त्र र समाजवादमा बिस्वास राख्ने पार्टी । बि.पी कोईरालाको देहावसान पछी आफ्नो समकालीन नेताको भनाईलाई लत्याउदै समकालीन नेता स्व.गणेशमान देखि कृष्ण प्रसाद भटराईहरुले समेतले २०४५ सालमा कम्युनिस्टहरु संग अंकमाल गरेर पंचायत ब्यबस्था बिरुद्द जेहाद छेडे कांग्रेस तथा कम्युनिस्टपार्टीका नेताहरु लाई साथ दिन देसी बिदेसी शक्तिले पनि राम्रै भूमिका निभाए पंचायत ब्यबस्था टिक्न सकेन २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना हुन पुग्यो
बिदेसीले सित्तैमा सहयोग गर्दैनन एक सहयोग गरेर करोडौ लान्छन पंचायत फाल्न एक सहयोग गरेर अहिले करोडौ लादैछन र लाने प्रक्रिया अझै पनि रोकिएको छैन अहिले आएर कांग्रेस र कम्युनिस्टका केहि पाका नेताहरुले बिदेसिको चाल बुझेर बिरोधको आवाज पनि नउठाएका पनि हैनन तर मारी सके पछी ओखती गर्नुको के अर्थ
नेपाली कांग्रेसका प्राय सबै संस्थापक नेताहरु अहिले यो दुनियामा छैनन दोश्रो पुस्ताका नेताहरु बिदेसिका ताबेदार बनेर आफु र आफ्ना आसेपासेहरुको मात्र भलो सोच्दै बसेका छन कम्युनिस्टहरु बिरोध र आलोचना मन पराउदैनन आफु माथि पुगीयेना भने पार्टी फुटाउने देखि आर्को पार्टी गठन गर्न बेर मान्दैनन सयौको संख्यामा देखिएको कम्युनिस्ट घटकहरु उदाहरण र प्रमाण हुन हिजोको सिंगो कांग्रेस पार्टीमा अहिले कम्युनिस्ट पार्टीको सरुवा रोगले गाँजेको छ  एक पटक फुटेर पनि जुटेको कांग्रेस पार्टीमा अहिले गुटबन्दी मौलाएको छ पौडेल, सिटौला, महत, के.सी. जस्ता गुट र उपगुट त्यसैको प्रमाण हो
पार्टीको लागी युवाहरु बलियो खम्बा हुन केहि दिन अगाडी कांग्रेस पार्टीका एकजना तरुण नेताले खुईय्य सुस्केर हाल्दै पंक्तिकारलाई भने दाई हाम्रो पार्टी यस्तै पाराले चल्ने हो भने अबको केहि बर्ष पछी औंलामा गन्नु पर्ने स्थिति आउन सक्छ
पंक्तिकारले बुझेर पनि बुझ पचाउदै सोध्यो किन र भाइ ? के भयो र कांग्रेस पार्टीलाई ?
ति युवा नेताले दिक्क मान्दै भने कुरा नगर्नुस दाई । धनको बलमा केहि नेताहरुले चुनाव जित्छु भन्ने घमण्ड पालेर बसेका छन । धनको बलमा जितेको चुनावले के देस र जनताको हित गर्छ ? पार्टी सभापतिलाई धन र आसेपासे मात्र भए पुग्ने रैछ । आर्का बरिस्ट नेता हुँ भन्ने घमण्ड पालेर बसेका नेताज्यू लाई देश र जनता देखी पार्टीका खाँटी कार्यकर्ता भन्दा भागबन्डामा कसरि आफ्नो मान्छे मात्र पार्ने भन्ने चिन्ता र पिरलो छ । यी दुइ जनाको कार्य सैलि बाट वाक्क भएर ब्यक्ति पिच्छे गुट र उपगुट जन्मे पछी पार्टीको कसरि भलो हुन्छ ?
पंक्तिकार संग यस्तै दुख: र पिरलोको कुरा हुँदै गर्दा तिनै तरुण नेताको आर्का परम मित्रले सहि थाप्दै भने हो दाइ हाम्रो पार्टी ओरालो लागि सकेको छ । हामि जस्ता तरुण र देस र जनताको लागि केहि गर्छौ भने आँट बोकेर बसेका युवाहरुले दिन रात नभनी पार्टीको लागी पसिना बगाउनुको अब केहि अर्थ रहेन । चुनावको बेलामा मात्र हामीलाई सम्झिने अरु बेला वास्ता नगर्ने यस्ता पार्टीका नेताहरु हुन्जेल देश र जनताको कुनै भलो हुन्न ।
पंक्तिकार मकवानपुरे बासिन्दा यहि मकवानपुर जिल्लाको बाम किल्ला ध्वस्त बनाउन क्षमता राख्ने नेपाली कांग्रेसका सिपाहीहरु अहिले चरम निरासामा डुबेको भान हुँदैछ । नहोस पनि कसरि । खोला तरे पछी लौरो बिर्सनेबानि कांग्रेस पार्टीले अहिले सम्म छाडेका छैन । देस र जनताको लागी केहि गर्छौ भन्ने आंट बोकेका युवाहरुनै चरम निरासाबादी बन्ने हो भने माथिका तरुण नेताले भने जस्तै कांग्रेस पार्टी अबको केहि समय पछी औंलामा गन्नु पर्ने स्थितिमा नपुग्ला भन्नेमा कुनै दुईमत छैन ।
२०४६ साल पछी देसको सबै भन्दा शक्तिसाली कांग्रेस पार्टी घर झगडा र गुट उपगुटमा फसे पछी अहिले नाम मात्रको प्रतिपक्ष बन्न पुगेको छ कांग्रेसलाई मात गर्दै देसमा अहिले दुई तिहाईको बाम सरकारको शासन छ । एस्तो स्थिति ल्याउने पनि कांग्रेसी नेताहरु नै हुन
दुई तिहाईको बाम सरकारको कार्य प्रणालीबाट जनता वाक्कब्याक्क भएका छन । यस्तो सुनौलो अवसरको मौका छोपेर हिजो गल्तीलाई सुधार गर्दै जनताको घर दैलोमा गएर सुख दुखमा साथ् दिनु पर्नेमा पार्टीका नेताहरु गुट उपगुटमा विभाजन भएर आ-आफ्नो दुनो मात्र सेक्ने हो भने कुनै समयमा नेपालमा कांग्रेस पार्टी पनि थियो रे भनेर भन्ने स्थिति आउन सक्छ ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger