Latest Post

म सोध्न चाहन्छु, क्रान्तिले के दियो ?

Written By खांट्टी कुरा on Friday, September 19, 2014 | September 19, 2014

बिमल आचार्य
देशमा सँकटकाल लागु हुँदा माओबादीको जनयुद जारी थियो । नेपाल बन्द त कति हो कति गनि नसक्नु थियो। आज सोच्ने गर्छु सायद तेतिबेलाको बन्द आज हामी गरीबका छोरालाई खाडीमा लखेटन माहान नेता बाबुरामजी र प्रचण्डजि को योजना थियो होला हगि ? क.प्रचण्ड जि र क.बाबुरामजी को माहान जनयुद मा मेरो भुमिका कति थियो त ? अनुमान गरौ त ?

चितबन जिल्ला गितानगर २ मा तेतीबेला हिमालय मा.बि थियो म तेहि स्कुलमा पढदा क.प्रचण्ड जि र क.बाबुराम जि ले एकैचोटी ५ दिने नेपालबन्द गर्नु हुन्थ्यो मैले यो कुरा घरबाट स्कुल जाँदा आउँदा बिजुलीकी पोलमा कुखुराको खोरमा हेरेर थाहा पाउँथे पोलमा ५ दिने नेपाल बन्द भब्यताका साथ सफल पारौ भनेर रातो गेरुले लेखिन्थ्यो।
नेपाल बन्द को दिन हिमालय माध्यमिक बिधालयमा कक्षा सुरु हुन्थ्यो । सरले रोलनम्बर बोलाउन थाल्थे सकेर किताब खोल्न नपाउँदै एकजना मान्छे सरलाई के भनेर आउँथे कक्षामा आउँथे हात उचालेर अबिबादन गर्थे। अनि ऐतिहासीक क्रान्ती गर्न हरेक तह र तप्काबाट सहयोग चाहियो भनेर ५ दिने नेपाल बन्द गरेको हो सफल पारौ भन्थे ।
हामी किताबको थुप्रोमा हातले हानेर खुशीले गद गद हुन्थ्यौ खुशीको सिमा हुन्थेन किताब बोकेर सबैलाई मैले नेपाल बन्द छुट्टि भनिदिन्थे कक्षामा बसेका सबैलाई बाहिर निकालेर क.प्रचण्डजी र क.बाबुरामजिको नयाँ नेपाल बनाउने अभियानमा साथ दिन्थे अब आज बिदेशमा बसेर सोच्ने गर्छु ति दिनलाई मेरो कत्रो भुमिका रहेछ हामीजस्ता सुकुम्बासी गरीबका छोरा छोरीमाथि यति ठुलो जिम्मेबारी बिधालय बन्द गरेर जनयुद सफल पार्न !

सोध्न चाहान्छु ? आज यतिका बर्ष बितिसक्यो क्रान्ती कहाँ पुग्यो ? देशले के पायो ? हामीजस्ता गरीबका छोराछोरीले के पायौ ? आज यो कुरा म बिधालय बन्द गर्द हिडने चितबन गितानगर गा.बि.स मा नेपालबन्द भन्दै भितामा बिजुलीको पोलमा लेख्दै हिडने त्यस क्षेत्रमा खाने, बस्ने गर्नु हुने माहानुभाबहरु लाई अहिले यो जबाफ छ भने दिनुहोला !
..
बिमल आचार्य
चितवन गीतानगर 
हाल दोहा कतार
..
पेज मन पर्छ भने खाँटी कुरो लाई LIKE गर्नुहोस !

भदौरे बुढाले २ जिल्ला क्याप्चर गरेरे !

Written By खांट्टी कुरा on Wednesday, September 17, 2014 | September 17, 2014

पदम सुन्दर लावती
रा.प्र.पा बरिस्ट नेता पदम सुन्दर लावती
माथि थाप्ला लेख्या शिर्षक बुझ्नु भएन ? 
हाम्रो गाम्घर तिर ऋतु, ठाम, जिनिस, आदि बाट बोलाईने नाम अनुसार 'भदौरे बुढा' भनेको पुर्ब मन्त्रि श्री पदम सुन्दर लावती ज्यु को गाम्घर तिरको बोलाम्ने नाम रैच्च ! संबिधान सभाको भाग २ को चुनौको बेला एकताका उतैको मुन्च्चिले यो नाम एकपल्ट फेसबुकको भित्ता डामेका थिए त्यै भर मैलेनि भदौरे बुढा भनेर आफ्नो 'चुस्स' मा डामे ! असुविधा पर्न गएछ भने अग्रिम माफी चहान्छु !
संगति भनेको उमेर अनुसारको सित गर्नु पर्च्च भन्थे बुढापाकाले ! गोरु बुढो भसी भिर खोज्च्च मुन्च्ची बुढो भसी निम खोच्च पनि भन्थे हो कि जस्तो लाग्दैच्च हैन हो रैच्चके !
गाई पार्टी भन्ने पूव पंच्याहरको बाहुल्यभा पार्टी हो ! आच्कलको ठुला पार्टीहम भन्ने कौरेस देखि एमाले, माउबादीहरले गाई पार्टीलाई उहिलेको ठुला जातिले साना जातिलाई गर्ने अछुत झैँ को बेबार गर्च्चन ! ३० बर्षेको पालाको पैँचो लेकाहम भनेर कौरेस देखि कम्निस्टहर्ले हाक्काहाकी भंच्चन ! नभनुन पनि कसरि उ बेला कौरेस देखि कम्निस्टहरलाई 'अ.त' भन्ने अरास्ट्रेतत्वको तक्मा भिराकै हुन ! बोलि देखि लिएर गोलि सम्मले मकै जसरि भुटेकै हुन ! भुट्ने बहादुरहरु माहापन्च बाट खाँटी गणतन्त्रबादी बने तर धान खाने मुसो चोट पाउने भ्यागुता चैँ गाई पार्टी भाको छ ! देख्या कुरा भन्देको हुम क्यार ! कोहि रिसाम्च्च्न भनेनी के को ट्यास ट्यास !
गाई पार्टीको अध्यक्ष कमल थापा हुन ! अस्ति संबिधान सभा भाग २ को मान्नेको चुनौमा बाठा मकानपुरे थापा काजीले चुनौ लडेनन ! पार्टी अध्यक्षको पोज देखार जोईलाई उठाए ! मान्ने कमल थापा भनेसी हुरुक्क हुने तिनका क्षेत्रका मुन्च्चिहरु रिसार गाईको भोट जति स्वात्तै रुखा डामे ठेक्दार बानियालाई चिट्ठा पर्यो ! उता भदौरे जेठाले पनि चुनाउ त लडे तर जनताले भदौरे जेठालाई लडेको ठामबाट ठामको ठाममै लडाई दिए ! समय अन्सारको खेल हो यो !
रा.प्र.पा अध्यक्ष मा.कमल थापा !


हिजाज पार्टी अध्यक्ष भन्ने त्यो पद भनेको दुवै हातको लड्डु जस्तै हो ! 'जसको हाता हत्यार उही सुब्दार' भन्ने बराज्युको पालाको दमदार उखान छ ! समानुपातिक भन्ने लाई आधार मानेर पार्टीको अध्यक्ष आफै मान्ने देखि ताल परेको खण्डमा प्रधानमन्त्री समेत बन्ने फेसन कुनै नयाँ र नौलो भन ! मकान्पुरे थापा काजिनि के को कम, चुनौमा जोईलाई उठाए जोई हारिनता के भो तर समानुपातिक बाट चैँ आफु मान्ने बने ! उता भदौरे बुढानि के को कम चुनौमा आफुले हारे ता पनि आफुले मान्ने हुन नमिल्ने भर ब्वारीलाई मान्ने बनाए !
कुरो यतिकैमा किन सकिन्थ्यो र ! पार्टीको अध्यक्ष को बन्ने भनेर चुनाउ भो त्यो चुनौमा पनि मकान्पुरे थापा काजीले बाजी मारे बरा भदौरे बुढा पार्टीको अध्यक्ष मानि सेंटीफ्ल्याट ! भौवान दाहिने नभसी कसको के लाउच्च र !
गोरा र कुईरेको भाका हिजाज सप्पैले आफ्नो देसको भाका मिसार बोल्च्चन ! आफुले भनेको नभसी के जाति त्यो 'ईगो' पलाम्च्चरे ! हाम्रो गोर्खालीमा ईगो भन्ने भाकालाई 'अहं' भंच्च ! उमेरले लावती बुढा जेठा हुन भने थापा कान्छा ! बरिस्टको अगाडी कनिस्ट मान्ने देखि अध्यक्ष सम्म हुँदा मुटुमा भक्कानो त छुट्ने नै भो क्यार ! अहँ क्या अहं भन्ने जिनिसले गर्दा महाभारतको १८ दिने लडाई भा भनेर मिथक कथा उल्लेख छ ! यस्तै अहं भन्ने ईगोले गर्दा 'रामायण' पनि जन्मेको हो क्यार !
'के निम पाम कनिका बुकाम' भन्ने उखान सम्झेच्चन क्यार ! भदौरे बुढाले सुपरहिट आरोप लाई दिदै भने "यो गाई पार्टी कमल थापाको निजि क्लब हैन" भन्दै खोप्लांगे काम्रेट डा.बाउराम भट्राईको सक्कल बमोजिम नक्कल गर्दै सम्पर्क अपिस खोल्दै हिनेच्चन र त्यसैको नतिजा हो आफ्नो गृह अंचल देखि जिल्ला ताप्लेजुंग र पांचथरा भाको गाई पार्टीको अपिस क्याप्चर गरेका तर बुढाले यो चैँ बिर्सेछन हिन्दीको सुपर हिट उखान "अपने गल्लिमे कुत्ता भी शेर होता हे" भन्ने !
स्पस्टिकरण:
लेख्दै जाँदा कहिलेकाही देसी बिदेसी उखान टुक्का निस्किन्छ भने जोडिएको उखान टुक्कालाई गलत अर्थ नलगाईयोस ! कुनै पनि राजनैतीक पार्टी भनेको कुनै ब्यक्ति विशेषको पेवा हुन्न त्यसैले 'भाई फुटे गवाँर लुटे' नहुन भन्ने मनसायले यो व्यंग्यात्मक भाका आलेख लेखिएको हो र यस्तो आलेखलाई यो पंक्तिकारले 'चुस्स' भनेर न्वारन गरेको छ !
मन पर्छ भने www.facebook.com/khattikuro लाई LIKE गर्नुहोस !

'आस्था' (लघु कथा) !

Written By खांट्टी कुरा on Monday, September 15, 2014 | September 15, 2014

कमरेड लाल सलाम पार्टीको पूर्णकालीन कार्यकर्ताले अभिवादन गर्दै दाहिने हात तेर्स्यायो !

मन नलाई नलाईकन हात मिलाउंदै जवाफ फर्काउदै भन्यो 'लाल सलाम' !

आजको कार्यक्रम थाहा छ हैन ?

प्रश्नको जवाफ फर्काउदै भन्यो थाहा छ !

अनि किन अहिले सम्म यतै देख्छु, कार्यक्रम सुरु हुने बेला भयो त पुन: प्रश्नको झटारो !

सहन सकेन उसले र रिस लाई पूर्ण नियन्त्रणमा राखेर अनुहार साउने बादल बनाउदै भन्यो

म के गर्न लागेको छु अहिले थाहा छ ?

तपाई अहिले कुन ठाउँमा उभिनु भाको छ त्यो पनि थाहा होला !

मैले सयकडा ५ को ऋण काढेर यो ब्यबसाय चलाउदै छु ! मलाई मेरो शुभचिन्तकले ऋण नदिएको भए मेरो अहिले पाटीको बास हुन्थ्यो ! मेरो यो ब्यबसाय हेर्ने म बाहेक अरु कोहि छैन ! मेरो श्रीमती जापानी रोबोट हैनन, घरको धन्दा देखि बच्चा सम्म हुर्काउने जिम्मा उसको छ !

मैले मेरो पेसा लाई लात हानेर पार्टीको कार्यक्रममा भाग लिदै हिड्ने हो भने म पुन: पहिलाकै जस्तै गरि पाटीको बासमा पुग्छु ! मैले जति गर्नु गरि सके अब गर्न सकिदैन ! आस्था र खोक्रो नाराले जनताको त परको कुरा आफ्नै कार्यकर्ताको समेत पेट नभरिने रैछ कमरेड बुझ्नु भयो हैन ?
..
जनक मान डंगोल/janakdangol@gmail.com 
..
मन पर्छ भने खाँटी कुरो लाई लाईक गर्नुहोस !

जनमतसँग्रह बिना कुनै निर्णय नलिनुहोला !

Written By खांट्टी कुरा on Sunday, September 14, 2014 | September 14, 2014

बिमल आचार्य

माओबादि भुमीगत हुँदा हाम्रो गाउँमा राति राति झोला भिरेर कागज बोकेका मान्छेहरु आउँथे अनि दुईजना तिनजना हाम्रो घरमा आएर बस्थे भात पकाएर खुवाउनु हुन्थ्यो आमाले खाना खाएपछि आमाले बाबु जा दिदि दाईलाई सुत्न फलानोको घरमा छोडदे भन्नु हुन्थ्यो मैले लगेर छोडिदिन्थे तर ? कुरा लुकेको के थियो भने हामी सुकुम्बासी थियौ हाम्रो घर खान्थे सुत्न चाहिँ हामी जसको भुमी प्रयोग गरेर बाँच्थ्यौ उसैको घरमा जान्थे सायद यो कुरा प्रचण्ड र बाबुरामले नै सिकाएको हुनुपर्छ क्रान्तीकारी शत्तिहरुलाई।

आज सोच्ने गर्छु ति दिन प्रचण्ड जी र बाबुराम जी को माहान जनयुद मा मेरो पनी सहयोग रहेछ चाहे तो खाना खुवायर होस चाहे सुत्ने बाटो देखाएर होस समर्थन भनेको समर्थन नै हुन्छ। आज प्रचण्ड जी र बाबुराम जि तपाईहरु नयाँ नेपाल बनाउँदै हुनुहुन्छ रे के हामीलाई नसोधि बनाउनु हुन्छ? के हामी जष्ता गरीब युवाको कुनै दायित्ब हुँदैन? के तपाईहरुको जनयुद मा गोलीनै भिरेर मान्छे मारेर मातरै सहयोग हुने हो र?

अरु जे गरेपनी मेरो देशलाई दुई ओटा कुरा जनतालाई नसोधी नगर्नुहोला सँघियता र धर्म निरपेक्षको बारेमा जनमतसँग्रह बिना कुनै निर्णय नलिनुहोला यो अधिकार केबल जनतालाई छ तपाईहरुलाई छैन।आज यो कुराले गर्दा बिश्वका धेरै मुलुकका जनताले दुख पाएका छन हामीले भोलीका दिनमा यो दुख नपाउँ अखण्ड नेपाल भनेर बाँच्न पाईयोस
..
बिमल आचार्य
चितबन गितानगर 1
हाल:दोहा कतार

आजको कविता !

Written By खांट्टी कुरा on Saturday, September 13, 2014 | September 13, 2014

ओ ! अन्जु पन्त
लु आईज
खोलेरै देखाउछु तलाई ।
मैले
खप्ट्याएर राखेको छु
र आमा
गिता ओछ्याएर बाईवल सुतेको देख्नुहुन्छु
र बा
बाईवल ओढेर गिता सुतेको भेट्नुहुन्छ ।
कृष्ण प्रणामी मन्दिरको बायाँपट्टि
बौद्द्स्तुपा नजिकैको जाँमे मस्जिद सङ्ग जोडिएको तेरो चर्चबाट
घर फर्किदै गर्दा
आईज मेरो घरमा
देखाउछु
मेरो कोठको त्यहि दराज
जहाँ राखेको छु गिता र बाईवल ।
के त भन्न सक्छेस मेरी आमा हिन्दु होईनन् ?
के तँ भन्न सक्छेस् मेरा बा कृश्चियन होईनन् ?
कृपया !
बहिनिले दुईचुल्ठि बाँट्दा
आमाले सिंदुर लगाउदा
बाले ढाका टोपि मिलाउदा हेर्ने
दराजको शिशामा
हेरेर तेरै ओठको रातो लालि नमुस्कुराउनु तँ
किनकि
धर्मबेश्या हाँसेको मनपर्दैन मेरो दराजलाई ।

आर्काको धर्मलाई पनि सम्मान गर्न सिक्नुस !

Written By खांट्टी कुरा on Thursday, September 11, 2014 | September 11, 2014

-जनक मान डंगोल 
 संसारकै सबैभन्दा ठुलो ईस्लामिक देसको नाम हो ईन्डोनेसिया र अमेरिकाको रास्ट्रपति बाराक हुसेन ओबामाको जन्म पनि ईन्डोनेसियामै भएर प्राथमिक स्तरको शिक्षा समेत त्यहिनै हासिल गरेका थिए ! त्यतैको प्रभावले होला संसारको सबै भन्दा महासक्तिसाली रास्ट्र अमेरिकाको दुई दुई पटक निर्वाचित हुन सफल हुने ओबामाले हिन्दु बौद्ध धर्मको राम्रै सित मान सम्मान गरेको देखिन्छ !
मलेसियाले धेरै देसको नागरिकलाई रोजगार दिएको छ भने ईन्डोनेसिया त उसको छिमेकी पनि हो ! जसरि नेपालको दक्षिणी सिमाका बासिन्दाको भाषा, रहन सहन देखि खानपान संग उत्तरी भारतको बासिन्दा सित मिल्दोजुल्दो हुन्छ ईन्डोनेसिया, मलेसिया, ब्रुनाई र सिंगापुर देखि दक्षिणी थाईल्याण्डको केहि सिमावर्ती भुमिको बासिन्दाको त्यस्तै नै हो !
मेरो कम्पनीमा ईन्डोनेसियाको कामदार थुप्रै छन ! एकजनाले अगी १ घण्टा अगाडी एप्पल्को आईप्याड खोलेर डाउनलोड गरेको एनिमेसन मुबी देखाई दिंदा म छक्क परे ! अंग्रेजी भाषामा बनाईएको त्यो मुबिको नाम थियो 'लिटिल कृष्णा' र त्यसमा भगवान कृष्णले गरुडको अबतार लिएर बाँदरको बच्चालाई कालका नागबाट बचाएको दृश्य थियो !
माथिनै उल्लेख गरे ईन्डोनेसिया बिश्वको सबै भन्दा ठुलो ईस्लामिक देसहो भनेर तर ईन्डोनेसियाको पैसालाई पनि नेपालीले जस्तै गरि रुपिया नै भन्छ र त्यहाको रुपियामा पनि भगवान गणेसको पानि छाप छ भने भगवान बिष्णुको बाहन गरुड त्याहाको रास्ट्रिय निसान छाप हो !
धर्ममा सबै भन्दा कठोर र कट्टर हुन्छन ईस्लाम ! यताको ईस्लामलाई 'अस्स्लामवालेकुम' भन्नु हुन्न ! कट्टरपन्थी ईस्लामिकको फेला पर्नु भो भने सिधै भन्छ 'यु ईस्लाम' (तँ ईस्लाम) हो भनेर सोध्छ ! हैन भन्यो भने किन अस्स्लामवालेकुम भनिस भनेर र्याखर्याख्ती पार्छ ! भन्नु हुन्न भनेर सोध्यो भने हुन्न भन्छ ! अभिवादन गर्नुपर्यो भने यताको भाषाको गुड मर्निंग भने जस्तै 'सलामत पागी' भन्नु पर्छ तर केहि कट्टरपन्थी बाहेक पुर्बी एसियाको प्राय सबै देसमा हिन्दु, बौद्ध धर्मलाई मान सम्मान गरेको देखिन्छ भने हिन्दुहरुकै गढ भारत देखि नेपालमा हिन्दु/बौद्ध माथि अरु धर्मालम्बीहरु बाट किन आक्रमण गरिन्छ ?
कुरा स्पस्ट छ अरु जाति सरह हिन्दु/बौद्ध हरु संगठित छैनन ! आफ्नो धर्म र संस्कृतिको त्यति वास्ता गर्दैनन ! उदार भावना राख्छन र बदलामा उदारबादको फल पनि बेलाबेलामा मज्जैले भोग्छन भने यो टिपोट बिखण्डनकरी नेताहरु भट्टचन, तुलाधर, सेर्पाहरुले जस्तरी धर्म र जातिमा घृणा फैलाउन भनेर लेखिएको हैन तर अति भो भने खति हुन्छ यो कुरा चैँ बुझेमा बेस होला मात्र भन्न खोजिएको हो !
..
पेज मन पर्छ भने खाँटी कुरा लाई LIKE गर्नुहोस !

'डाम्नारु'

Written By खांट्टी कुरा on Tuesday, September 09, 2014 | September 09, 2014


जनक मान डंगोल
व्यङ्ग्य स्यंग्य लेख्न आम्दैन हजुर मुलाईता तर मैले लेख्ने भनेकोचैं 'च्वास्स र चुस्स' हो ! च्वास्स भनेको बिझाउने र चुस्स भनेको चैँ घोच्ने हो ! अब को को लाई बिझाउने हो र घोच्ने हो यदि बिझायो र घोचिएको रच्च भने अग्रिम माफी मागेहै !

यो चुस्सको माथि खप्परे निधारा मुईले 'डाम्नारु' भनेर लेखे ! 'डाम्ना' भनेको कुनै धातुलाई पोलेर सजिब तथा निर्जीव जिनिसमा छाप हान्ने जसलाई काँठे भाका डाम्ने भंच्च भने त्यस्तो डाम्ने काम गर्ने मुन्च्चिलाई 'डाम्ना' भंच्चन र एक बाट दूई अर्थात बहुबचन भसी 'हरु' लाग्च्च त्यहि भर छोटो मिठो चिटिक्का डाम्नामा 'रु' जोडेर 'डाम्नारु' भनिएको हो ! 

हिन्दु धर्म मान्नेहरु एक थरीले गाई माताको पुत्र बहरलाई भौवान भोलेनाथ्को अचुक अस्त्र त्रिशुल पोलेर रातो पारेर बरा बहरको पुठोमा डामेर छोडेसी पछी त्यो त्रिसुलले डामेको बहरलाई लोकले 'साँढे' भनेर नाम दिने चलन छ ! बहर मात्रै भाको भे लिदी फर्किने गरि हलीले जोत्थ्यो तर डामेको काइदाले भाको फाईदा नै साढे हुनुहो र साँढेलाई जोताउनु हुन्न जोतायो भने पाप लाग्च्च भन्ने भनाई छ ! 

भगवान भोलेनाथको बाहन पनि साँढे हो जस्लाई नन्दीमाराज पनि भन्ने चलन छ ! यी नन्दी माराजलाई सय खत माफी छ ! किसानले दुख गरेर रोपेको बालीनालीमा मज्जाले जलपान देखि कन्ये देखि थारी गौमाता सम्म यिनले फिरियाँ हकभोग गर्च्चन ! यिनका अगाडी अरु कुन मईकालाल बहरको जोड चल्छ ! बिना काम धन्दा फिरियाँ जलपान देखि भोजन गरेसी सुमो पहलमान नहुने ता कुरै भन ! 

डाम्ने भनेको छाप्ने हुन्च्च ! कागजा छाप्नेपनि डाम्नुनै हो क्यार ! बिजुलीले डाम्ने त्यस्तो जिनिस चलाउने देखि तयार पार्नेहरु चैँ 'डाम्नारु' भए ! हिजाज खबर कागजा मात्रै 'डाम्नारु' ले डाम्दैनन ! बिधुतिय पत्रिका भन्ने अनलाईन देखि सामाजिक संजाल भन्ने फेसबुक देखि ट्वीटर फुईटर समेतमा निर्धक्क संग डाम्च्चन ! त्यै भर को पत्रकार को अलपत्रकार खुट्याम्नुनै गारो !

नेपाला २५ बर्ष देखि भौवान भोलेनाथको प्रिय नन्दीमाराज जस्तै का 'डाम्नारु' छन ! यी 'डाम्नारु' ले डामेसी सुल्टोलाई उल्टो देखि उल्टोलाई सुल्टो पार्न सम्म कुनै रोकटोक छैन ! अकबर बादसा भन्दानी डेन्जर माथिको खतरा हुन यी 'डाम्नारु' ! अस्टबक्रे भनेको आठ ठाम्मा बांगेको जिनिस ! यस्तो जिनिस देखार अक्बर माराज्ले भाई भारदारलाई हेर त कस्तो सिधा रुख भनेर सोध्थेरे ! चाचुचका फौजले आहा कस्तो सिधा रच्च माराज भनेर भन्थेरे तर त्याहा 'बादसा आँखा फुट्या हो कि मेरो गर्धन चिलाको हो म त सिधै देख्छु' भन्नेमा एक जना बीरबल भन्ने काजि पनि थियेरे ! त्यस्तो भनेको बापता ति बीरबल काजी देस निकाला पर्थे त्यो भो सुनेको कुरा !

तर अहिले नेपाला अकबरे बादसाहरको राज छ र अकबरे बादसाको राजमा अस्टबक्रे रुखलाई सिधा भन्ने 'डाम्नारु'को जमाते गन्दे झार सरि उल्कासित मौलाछ ! नपत्याए सक्कली उदाहरण हेर्नुस ! 

परार साल निलम्बित माराज ज्ञानेन्द्र आफ्ना दलबलको साथ पस्सिउ भ्रमणा निस्किनुभो ! भैरवाको नाम चलेका होटेला मुकामको बेला रातो झोल खानु भो ! स्याउको झोल देखि ब्रान्डीको झोलको रंग एकै हुन्छ भने सोफीको तीनपानेमा पानी हालेसी कागतीको झोल झैँ हुन्च्च ! गोराको भाका अंगुरको सेतो झोललाई व्हाईट वाईन भंच्च, रातो झोललाई रेड वाईन भंच्च ! त्यो भनेको अंगुरको जांड हो ! फाल्फुलको सर्बतलाई गोराको भाका जुस भंच्च ! राजाले जुस खानु भो की रौसि खानु भो कि जांड तर नेपालको खाल्डो कान्तिपुरा बसेर संसार देख्ने नेपालको १ नम्बरे अनलाईन भन्नेले 'पुर्ब राजाले जांड खायो' भनेर तिनका अन्लाईना डामीहाल्यो !
अपराधको दुनियामा एकक्षत्र राज गर्ने अपराधीको नाईकेलाई गोराको भाखा डन भंच्च ! २०४६ साल पछी पार्टी देखि संगठन हुँदै ठाम ठाममा अपराधीको नाईके देखि भाई नाईके सम्मको बोलबाला छ ! तिनै अपराधीहरु मध्येको एउटा प्यादा अस्ति पुलिसको कारबाईमा परान के गाथ्यो 'डाम्नारु' ले डनको तक्माले विभूषित गरेर महिनौ दिन सम्म जनता जनार्दनलाई वाक्क ब्याक्क बनाए ! रेडियो देखि टिपी, खबर कागज देखि अनालाईना समेत यिनै 'डाम्नारु' को बोलबाला छ ! बाध्य भएर हेर्ने, सुन्ने देखि पढ्नु पर्ने ! प्रजातन्त्र देखिको लोकतन्त्र यिनी 'डाम्नारु' को लागी ह्याप्पी ह्याप्पी चाँदी कटाई भाको छ !

महिनाको लाख देखि दूई पाँच हजारा गुजारा चलाम्ने यी डाम्नारु को कथा ब्यथा लेखि साध्य छैन ! माईबापको आदेसा धर्म, संस्कृति देखि ब्यबस्था सम्मको बिरुद्धमा हिजो आँखा चिम्लेर डाम्ने यी डाम्नारुहरु आजकल धर्म र संस्कृति देखि जाति सम्मको बिरुद्दमा बिखण्डनकारिको भरिया आंगकाजीहरु जस्ताले जातीयता र क्षेत्रीयताको बिरुद्धमा बोल्नासाथा अरिंगालको गोला जस्तरी खनिएको देख्दा यो 'चुस्सकर' तिन छक्क पर्दै आज भन्दा ७/८ वर्ष अगाडी यी डाम्नारु यस्तै गरि एकजुट किन भएन भनेर मनमनै गम्दैछ !
..
मन पर्छ भने https://www.facebook.com/khattikuro लाई लाईक गर्नुहोस !

खुस्बु पुराण (व्यङ्ग्य) !

Written By खांट्टी कुरा on Saturday, August 23, 2014 | August 23, 2014


तस्बिर साभार: गुगल सर्च !
साउनको मैना भनेको हिन्दु धर्म मान्ने मुन्च्चिहरुको लागी बिसेष महत्वको मैनाहो ! यो महिंना जति धेरै दुख: कस्ट सहेर धर्म गर्यो त्यस्को दोब्बर, तेब्बर देखि चौबर सम्म फाईदा हुन्च्च भनेर पण्डित बाजे देखि पण्डितबाहरु सम्मले भनूहुन्च्च ! हुन त भौवान भन्ने जिनिस हुन कि परानी आज सम्म कुनै माईकालालले देख्या छैनन तर आस्थाको कुरा हो मान्नै पर्च्च भन्ने जरुरि छैन, मान्नेले मान्च्चन नमान्नेले मान्दैन !

साउना मुईना धर्मको त बर्णन भो तर यो धार्मिक मैनामा मरण हुनेको पनि सिधै स्वर्गा बास नहुने त कुरै भएन ! कोही कालगतिले मोर्चन भने कोहि अकाला मर्च्चन तर सबैलाई धेरै लामो समय बाच्नुं पाए हुन्थ्यो भन्ने लोभले नछुने त नहुने कुरै भएन ! भाग्यमानी रच्चन यो महिना मोर्ने मुन्च्चिहरु ! 

यो पालाको साउना नयाँ लोक्तन्त्रे नेपाला २ थान मोरेका मुन्च्चिहर्ले उल्का संग चर्चा पाए ! नेपाली फिलिम्मा हिरो भन्ने नायक श्रीकृष्ण श्रेष्ठ बे गरेर हनिमुन मनाउन पारीको देसा गा बेला बिरामी परेछन ओखती गर्दा गर्दै बिते ! बरा हिरो भनेर क्यार्नु सारै सोझो गाई परानी ! त्यत्रो बर्ख नेपाली फिलिम्मा खेले, कोहि कसै सित झैँ झगडा गरेनन, प्रोपोगण्डा भन्ने अफवाहता नेपाली हिरो हिरा देखि अन्य ऐरे गैरे सम्मको चर्चा आउने मेलो हो भंच्चन त्यस्ता कहिलेनी फसेनन ! तिन्का लास नेपाल ल्यार दाह संस्कार गर्ने बेला लाखौको अपार जनलहर ओर्लियो ! नेपाले राजधानी कान्तिपुरा यस्तो घटना बिरलै देख्न पाईन्छ भने मरण भनेको यस्तो पो त !

श्रेष्ठ संगै १/२ दिनको फरका 'नायक' हैन 'खलनायक' भन्ने भिलेनको पुलिस कारबाहीमा मारियो ! आसेपासे २/४ थान बाहेक कठै भन्ने कोहि भएन ! हप्तौ हप्ता लास हस्पताला डुंगडुंगति कुहाए तर तिनका आफन्तले लास बुझ्न मानेनन ! 

धादिंग घर भाका नाम दिनेस अधिकारि उप-नाम 'चरी' घाम पार्टीको आडा सधै गर्थे मनपरी ! भन्ने मनुवालाई पुलिसले नाजायज तरिकाले बे-कसुरा गोलि हानेको हुनाले त्यो दोहोरो भिडन्त नभर 'हत्या' हो भनेर साईसूई गाईगूई हुन् थाल्यो ! बल्या आगां प्याटुल हाल्न हाम्रा खबरी देखि नेता उप-नेतारु खल्ली छन ! 

अपराध गर्नेलाई अपराधी भन्नु पर्ने हुन्छ तर त्यसो गर्दा ब्यक्ति मानहानी हुन्छरे भन्दा रैच्चन ! गोजाको आदेसले जे पनि हुने नयाँ नेपाला हिजाज जस्तोसुकै ठुला अपराधी हरुलाई पनि पार्टी अनुसारको 'जय नेपाल', 'लाल सलाम','जय मदेस' 'लिम्बुवान, खुम्बुवान, मगरात सग्रात देखि थारुवान हुँदै हजुर, काम्रेट देखि जी सम्म भनेर भन्नु पर्छ ! जो जसले यस्ता भाका बोल्न जान्दैनन सरकारी कर्मचारी हुन भने कार्बाहियाँ पर्छन भने सर्ब साधारणले ताल परेको खण्डमा 'सफाया' भनिने जेम्राज्को काज फिर्तीको पुर्जी धरी बुझ्न बेर लाम्दैनन ! 

पारिको देसा उबेला गोराहरु बेपार गर्न आकारे ! बेपार गर्दा गर्दै बिस्तारै देसनै रसबरी जस्तरी कप्लक्क खाई दिए ! त्यो बेला बिहार तिर पर्ने झांसी भन्ने त्यो बेलाको देसा राजपुतानी 'लक्ष्मीबाई' नामकी रानीले काखे बच्चा पिठ्युमा बोकेर हाता यांमानको लामो तरबार भिरेर घोडा चढेर एक्लै गोरा संग भिडीन ! एक्लो आइमेले अदम्य साहस देखा भएर अहिले सम्म पनि उता नि यतानी 'लक्ष्मी बाई' जस्तरी बहादुर भएस है भनेर भुरिहरलाई आसिख दिने चलन छ ! 

संसारा जाहानी बौमतको कदर हुन्च्च भन्छन ! तिन तिराट घेरेको भएर नेपालको धेरैले हिन्दुस्थानी भाखा सर्लक्क बुझ्छन भने मास्तिरको खम्पे (भोटको) भाखा चैँ सयमा उनान्न्सेले बुझ्दैनन ! पारीको भाखा 'खुस्बु' भनेको गोर्खालीको भाकाचै 'बास्ना' हुन्छ भनेर गोर्खालीको सब्द्कोषा लेखिएको छ !
हवेलीयाँ बसेर हड्डीको जस्तै थाल भन्ने डिनर पिलीटाँ थाला चम्चा, काँटाले खानेहरुमा  भालेहरलाई बौसाप, राजा साप देखि काजिसाप भनेर अदपको साथ भन्नुपर्च्च भने पोथीहरलाई रानीसाप, कजिनीसाप देखि मुईसाप सम्म भन्नु पर्च्च र छोटकरीयाँ भन्दा बे नगरेको केटिहरुलाई 'मुईस्सा' भन्न सजिलो हुन्छ !

'चरी काम्रेट पुलिसको भिडन्तमा के मारिएको थियो खुस्बु मुईस्साले ठ्याक्कै झांसीको रानीको सक्कल बमोजिम नक्कल देखाम्न थालिन फरक त्यति हो ति झांसीकि लक्ष्मीबाई रानी घोडा चढेर लडाईमा निस्केका थिईन भने हाम्री खुस्बु मुईस्सा आधुनिक चार पांग्रे फलामे घोडा चढेर निस्किन !
मेरो परान पियारा स्विट हार्टलाई अनाहकमा गोलि ठोक्ने ? कानूनी राज्यको खिल्ली उडामने भन्दै टीपी खिच्ने, बेतारा सम्चार फुक्ने, खबरकागजा लेख्ने हुँदै डिजिटल मिडिया भन्ने समेतलाई लाईब भन्ने प्रत्यक्ष प्रसारण दिएर धेरै दिन सम्म राज्यको चौथो अंगको घरा चुलो बाल्देकोमा अरुले त त्यस्तै हो च्याउ सरि उम्रेका चौथो अंगले चैँ हृदय देखिनै खुस्बु मुईस्सालाई ह्याप्पी ह्याप्पी थ्यान्कु चैँ पक्कै भनेको हुनुपर्छ,

तर,
खुस्बु मुईस्सा नेपालको मोडेल भन्ने कलाकार पनि हुन ! तपाईको परान पियारालाई पुलिसले 'डन' गुण्डा भन्दै समाजको धमिरा भन्ने पद देर गोलि ठोक्यो तर खै त तपाईको आँखा एक थोपो आँसुनि देखिन्नत ! हांसी हांसी खबरेहरलाई ईन्टरभ्यु दिन कसरि सक्नु हुन्च्च भनेर खबरेहरुले सोध्दा मैले डाँको छोडेर रुँदैमा मेरो 'चरी' लाई जेम्राजले फिर्ता दिनु हुन्च्च ? भनेर के भन्देकी थिईन सब चुप्प ! बिरांगानाको परिचय भंच्च्न रे यस्तो काम कुरोलाई ! अभिनेत खुस्बु मुईस्साले उत्कृस्ट दाम्मिको गरिन तर बिना निर्देसकको ! डाइलग भन्ने सम्बाद एकोहोरो रुपा फुक्दै गईन ! त्यतिले नि नपुगेर अहिले त पुलिस प्रसासन सप्पैलाई बिपक्षी बनाम्दै चरीको दाई सित मिलेर मुद्दा हालेकी छिनरे !
खुस्बु मुईस्साको परान पियारा घाम पार्टीको सदस्से भसी 'काम्रेट' भन्ने दर्जा त उबेलाको राणाको गर्भे सन्तानकै स्टाईला त्यसैनी पाईने भै हाल्यो ! अहिले नेपाला सरकारको मुख्य मन्त्रालयमा घाम पार्टीको बर्चस्व कायम छ ! पुलिसलाई अम्लोमा नचाम्ने मन्त्रालय अंशबण्डा गर्दा घाम पार्टीको भागा परेको हुनाले घाम पार्टीको उपाध्यक्ष तथा गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरबको साथ सिना तानेर मान्नेहरुले सोधेको प्रस्ना पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो ! गुण्डालाई गुण्डा नभनेर सज्जन भन्ने कुरानी भन क्यार ! वाह: गृह मन्त्रि भनेको त यस्तो पो हुनु पर्च्चता ! त्यसैले जन्ताको तर्फाट ह्याप्पी ह्याप्पी थ्यांक्यु भनिन्च्च मान्ने गृह मन्त्रिज्युलाइ ! 

गोर्खालीको देसा एक थान आहान भन्ने उखाननि छ ! नेता र पुलिस सित 'न त दुस्मनी राम्रो न न त दोस्तिनै' ! आफ्नै पार्टीको बहादुर सिपाहीलाई पुलिसले ठोक्दे ! आफ्नै पार्टीको अध्यक्ष काम्रेट देखि स्व.चरीको गृह जिल्लाको सप्पै मान्नेहरले उल्का सित बिरोध जनाए र जनाउँने कार्य अझै पनि रोकिएको छैन ! मान्ने गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरब पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो तर आफ्नै पार्टीको बहादुर सिपाहीलाई 'काम्रेट' दिनेस अधिकारि भनेर किन सम्बोधन गरेनन यो कुरा ठण्डा ठण्डा कुल कुल भएर खुस्बु मुईस्साले सोचेमा घाटा पक्कै हुन्न, रह्यो कुरा नियाँ र निसाफको !

धेरै पटक सम्मानित अदालतले 'फलाना ज्यानमारा हो त्यसैले पक्राउ गरेर झ्यालखाना जाक्नु' भनेर देको आदेशलाई त चुरुसको धुँवा उडा जस्तरी हावामा उडाईदिने नयाँ लोकतान्त्रिक नेपाला हाम्रै ठुला नेताहरुको चारैतिर गुण्डा, बदमास, हत्यारा, चोर, फटाहा, तस्करी, कालाबजारी, जालसाजी देखि लागुओखती हुँदै चेली बेच्ने सम्म बहादुर बफादार पार्टीका सदस्यरुपी मुन्छिहरु गोमन साँपझैँ चारै तिर मडारिएर बसेको छन भने अब नियाँ निसाप पाईन्छ पाईन्न त्यो मैले बर्णन गर्नु पर्ला र ?
कानूनको बर्खिलाप गरेर हिड्नेलाई अदालती भाखा अभियुक्त भन्छ र यस्ता अभियुक्त चैँ राजनीतिक पार्टीको लागी 'काम छउन्जेल भाँडो र काम सकेसी ठाँडो' हो भन्छन ! खुस्बु मुईस्साले पनि पैला नै दुई जना आसिक आवारालाई 'काम सकेसी ठाँडो' बनाकै हो क्यार भनेर खबरेहरुले भंगेरे अक्षरा छापेका छापेई छन अब यो कुरा हो हैन साक्षी किनाराकै फड्के सदर भने नियाँ निसाप भनेको त्यस्तै हो, बरु यो खुस्बु पुराण कस्तो लाग्यो तल प्रतिक्रिया बाक्सा ट्याक्क पार्नु भएमा लेखकले प्रिय पाठकज्युहरु लाई ह्याप्पी ह्याप्पी थ्यान्कु भंच्च !
..




लघुकथा -फाइदा !

Written By खांट्टी कुरा on Tuesday, August 19, 2014 | August 19, 2014

साढे नौ कप चिया पि'सकेपछी मैले साहुजी लाई अर्को एक कपको अर्डर गरे!

"होइन भाई, गर्मी को मौसम छ अनि त्यस माथि दश कप त भै सक्यो... म अरू चिया बनाउन सक्दिन या भनौ अब नपिउनु होस् !" उनले असमर्थता देखाए आत्मीयता पोतेर! उनी आफन्त झै पो देखिए... हो त्यस पछी चै मैले घर छेउको भट्टी वाल्नी संग बोलचाल र आवत जावत कम गरे! बाइस बाइस गिलास ठर्रा घुट्क्याउँदा पनि कैले ख्याल गरिन... मेरो ज्यानको!

चामलको मही बेच्ने को मन पनि देखियो!
खासमा म उनको प्रतीक्षामा थिए, बाटोमा यसै उभिनु भन्दा पसलमा बस्नु उपयुक्त लाग्यो... फेरी पसलमा यतिकै बस्नु पनि मिलेन.. उनको ढिलाई ले कप को संख्या बढ्दै थ्यो!
झन्डै अफिस टाइम को तीन घन्टा पछाडि उनी निक्लिइन्! मैले मुटुलाई जोरले समाते अनि एकशय साढे पन्ध्र शब्दको प्रेम पत्र निकाले ..जस्लाई परफ्यूमले नुहाएर राखेथे!

उनको नजिक पुग्नु अगावै पछाडि बाट कसैले धाप मार्यो.. "देव जी घर जानु भा'छैन?" प्रश्न सहित !
पछाडि फर्केको त बोस् डाँका ... अनि उनी पनि नजीक आइपुगीन, "सुन्दर कत्ति ढिलो गरेको तिमीले.. अहो! देव जी तपाईँ पनि ?" उनले एकातिर प्रेमील गुनासो अनि म तर्फ आश्चर्य फ्याकिन!

बोस् लाई तिमी संवोधन गरे पछि मैले कुरा बुझिहाले..अनि बोसको प्रेमील माफी अनि चाकान चुकुन के के हो के के.... दिमाग खराब!

प्रेमपत्र सहिद हुन सकेन न विजयी नै, "कति भयो दाई चियाको ?" म उनीहरू संग छुट्टिए की म संग उनीहरू ..यादै भएन!

"अब चियाको त पाँच रुपियाँ हो हजुरले थुप्रै पिउनु हुदोरैछ तीन रुपियाँको हिसाबले ३० दिनुन!" साहुजी फेरी नजिक आए!

जे होस् नाफाको बिस रुपियाँ लिएर ट्याम्पो कुर्न उभिए तर आफ्नै ठेगानको पचासौं ट्याम्पो ओहर दोहर गर्दा पनि मैले चढिन... किन किन!

गाडी हरूको आवत जावत बन्द भए पछि चै म एघार नम्मर गाडीमा थिए.. स्मरण रहोस् , एघार नम्बरको गाडी पनि पासाको भट्टीमा पन्चर भएको!

म भकिम्लाको दाउरो !

Written By खांट्टी कुरा on Friday, August 15, 2014 | August 15, 2014

म भकिम्लाको दाउरो
कबि: एस.के.निधन
मलाई
आगोको लप्काहरुले छोइसकेको छ
म दन्किन थालेको छु दन्दनी
र पनि
शान्त रहनु ?
मात्र पुत्ताएर सिद्धिनु ?
**************
यो अन्तिम पलमा
मात्र फुस्सफुस्स पुत्ताउनु ?
अहँ , सक्दिन म
सक्नु पनि कसरी ?
गिँडिएको छु / टुकृएको छु
झोसिएको छु / ठोसिएको छु
खरानी बन्नुको -अर्को विकल्पै छैन
*********************
हो ,
आगोमा परेपछि
चड्किनु / पड्किनु
मेरो प्रकृति हो / मेरो बिशेषता हो
र पनि
पड्किनकै निम्ति तिम्रोमा आइनँ म
चड्किनकै निम्ति तिम्रोमा धाइनँ म
बस्
तिम्रा हातहरुबाटै
ढलाएर / गिँडाएर / टुक्राएर
ल्याईएको छु र झोसिएको तिम्रो अगेनोमा।
**************************
बन्नै परेपछि खरानी
फुस्सफुस्स पुत्ताएर किन बन्नु र मैले ?
चड्किन्छु / पड्किन्छु
चड्किनै परेपछि - विस्तारै किन चड्किनु ?
पड्किनै परेपछि - विस्तारै पड्किनु ?
पड्किन्छु भत्काउदै अगेनाका डिलहरु
चड्किन्छु उडाउदै आगोका फिलिंगाहरु
****************
अपेक्षा
फुटाउन सकुँ तिम्रो आखाँ / टुक्राउन सकुँ तिम्रो हात
चाहना
मेरो बिजबाट जन्मिएकाहरु
नढालिउन / नगिँडिउन
फलाउदै आफ्नै स्वादका फल - आफ्नो आयु बाँचिरहुन
खादै मीठा फल - मेरा पिर्य चरिहरु नाँचिरहुन

हैन किन यसरी बौलाउछन ( गाइजात्रे झटारो )

Written By खांट्टी कुरा on Thursday, August 14, 2014 | August 14, 2014

Prem Oli Dhakalpure

खास्सै के भाछ र मलाई  ?
अली अली न बिरामी भाको छु
त्यै पनि भर्खर
अमेरिकाबाट औषधी मुलो गरी आकोछु
देश चलेकैथ्यो
आज पनि चलेकै छ
फेरी देश मन्त्री प्रधानमन्त्री
कहाँ चलाऊछन
देश त पशुपतिनाथले पो चलाऊछन
हैन देश चलेन भनेर
मान्छे किन यसरी बौलाउछन ?
..
फेरी जन्मदा पनि
सुस्त सुस्त जन्मेको मान्छे
ज्यान पनि कहिलै
तन्दुरुस्त नभाको मान्छे
प्रधानमन्त्री पनि
कती ढिलो खाको मान्छे
पार्टी सभापति त
कती पछि पाको मान्छे
अली अली बिमार भएर के भो त
देश न प्रचन्डले चलाए
न बाबुरामले चलाए
न अरु कोइ नाथेले चलाऊछन
देश त पशुपतीनाथैले चलाऊछन
हैन ए गाठे
म प्रधानमन्त्री भाको देखी
यि पत्रकार भन्नेहरू किन बौलाउछन र ?
..
ढिला भए पनि सुस्ती भए पनि
देश त चलेकै छ
जनताको घरमा
आगो बलेकै छ
किसानको खेतमा धान फलेकै छ
सुस्त सुस्त भए पनि
भित्र भित्र कत्रो काम गरिराकोछु
सम्बिधान बनाउनु पर्छ भनी
सबको कान भरीराकोछु
देश न माधव चलाए
न अरु ऐरे गैरेले चलाऊछन
जनतालाई थाहै छ नि
देश त  कसले चलाउछन
है ए ढकलपुरे
म प्रधानमन्त्री भाको देखी
अरु पार्टि प्रमुख किन बौलाउछन ?
..
भर्खर प्रभुको सवारी चलाऊछु
मित्रराष्ट्रसङ्ग
मिठो सम्बन्ध फलाकोछु
देश बिकास गर्ने भनी
मेरै पालामा
कत्रो पहाड ढलाकोछु
सचिव खाली भएर के भो त
मन्त्री त खाली छैन
अधिकारी खाली भएर के भो  त
पूजारी खाली छैन
देश न नेताले चाउछन
न कर्मचारीले चलाऊछन
कुरो क्लेएर कट छनी
देश त पशुपतिनाथले चलाऊछन
हैन ए गाठे मेरो डाह गरी
मेरै पार्टिका नेता पनि किन बौलाउछन ?

पखेटा काटेको चरीले उडान भर्न सक्छ ? (व्यङ्ग्य)

Written By खांट्टी कुरा on Wednesday, August 13, 2014 | August 13, 2014

नयाँ प्रजातान्त्रिक हुँदै लोकतान्त्रिक ‘नेपाले पुलिस’ लाई भोक लाग्दैन, भोक नलागेसी थकाई लाग्दैन, थकाई नलागेसी निन्द्रा लाग्ने त कुरै भएन । भोक, थकाइ, निन्द्रा नलागेसी पुलिस मान्छे नै हैनन । मान्छे नभएसी पुलिस भन्ने जिनिस कि ढुङ्गोको हुन्छ कि धातुको हुन्छ । ढुङ्गो अथवा धातुको जिनिस भएसी पुलिसको हृदय हुन्न र हृदय नभायेसी दया माया घर परिवार केही पनि हुन्न उ खाली पुलिस मात्र हुन्छ 

‘भरेर खाने र गनेर सुत्ने’ पुलिसलाई के थाहा चाडबाड कुन चरीको नाउँ हो । ठुला साबको सासन, साना साबदेखि हल्दार साप सम्मले दिने आदेस नामको भाषण त्यहि गर्लान भनेर जनताको तिरोबाट उठाएर जम्मा गरेको ढुकुटीबाट सर्खारले दिने रासन जुन दिनबाट पुलिसको भुडीमा पस्यो त्यो दिन देखि ‘जन समुदायको सेवा गर्ने यहि प्रतिज्ञा लिई मनमा’ भन्दै के झरी, के भदौरे घाम, के असिना, के माघको जाडो बस ‘जय नेपाल सर, हस हजुर, हुन्छ हजुर’ भनेर घोटिने रिमोट जस्तै आदेशको बर्खिलाप गर्न नजान्ने बर्दिधारी पुत्लाको नाम हो नेपाल प्रहरी 

लुट्यो, कुट्यो, पिट्यो, चुट्यो, हत्या गर्यो, अपहरण गर्यो, बलात्कार गर्यो, तस्करी, कालाबजारी गर्यो आदि नामको उत्कृस्ट क्रियाकलाप गर्ने आधुनिक ‘रत्नाकरहरु’ लाई पक्रेको १० मिनेट नपुग्दै माथिबाट रत्नाकरको आधुनिक रावणरुपी भगवान रामले दिएको आदेश पालन गर्ने आदेश पालकहरुलाई पुलिस भन्छ  

मान्छे समातेन, आँखा चिम्लियो, जाहेरी दरखास्त लिन मान्दैन, हाम्रो मान्छे किन थुनिस ? पुलिस मुर्दाबाद, मुर्दाबादको नारा पछि क्रमस: थपिदै जाने अनेक थरिको धारे हात लार सरापिने आसिष पनि हासी हासी पचाउने खुबी भाकोलाई पनि पुलिस नै भन्छन 

तपाइँले फलाना नामको अपराध गर्नु भएकोले अपिसा हाकिम साबले बोलाउनु भाको छ हजुर त्यसैले एक पल्ट अपिसा पाउ कस्ट गर्नु पर्यो भनेर ‘मुस्कान सेवा’ दिन सक्ने खुबी बन्नुपर्ने जिनिसको नाम पनि नेपाल पुलिस नै हो भने ‘मुस्कान सेवा दिने आदेसपालकले आदेसको पालना भन्दा अरु गर्न जान्दैन भन्ने कुरा पनि सितल महलदेखि सानेपा, बल्खुदेखि प्यारिस डांडाहरुमा रहेको रोयल प्यालेसलाई पनि कण्ठ नभाको पक्कै पनि हैन होला भने ति रोयल प्यालेसहरुमा बस्न जाउ भनेर हुकुम प्रमांगी दिने पनि पौने तिन करोड नेपाली हैनन ?

उडी हिड्ने चरीको पखेटा काटीदियो भने त्यो चरीले उडान भर्न सक्दैन । २०४६ सालपछी नेपाल पुलिस नामको चरीको पखेटा सुरुको बेसिक तालिममा जस्तै गरि काटिने ताप्के कट कपालझैँ ठुटो पार्ने पनि प्रजातान्त्रिकदेखि लोकतान्त्रिक सरकार हो भन्ने कुरा पनि धेर थोर सबैलाई ज्ञात भएकै हुनुपर्छ 

यी सबै कुराहरु मुखाग्र हुँदाहुँदा हुँदै पनि थाहा नपाको जस्तरी धारे हात लार सराप्नेदेखि ढुंगा मुडा, बन्द,चक्काजाम हुँदै सडकको रेलिंग भाच्न समेत पछि नपर्ने नेपालीहरुले बीर गोर्खालीको पहिचान दिएको देख्दा कान्तिपुरमा बस्ने गोरा देखि कुईरे हुँदै काला पाहुना सम्मले बडो स्वाद मानेर हेर्ने गर्छन भन्ने कुरा पनि थाहा होलानि हैन ?

बाल्वाटारको हुकुम प्रमांगीदेखि शिंहदर्बारको शिंहको आदेस बेगर पाईला सार्ने नगरेको २५ बर्ष हुन लागि सक्यो नेपालको पुलिस नामको जिनिसले शिंहले थुन भने थुन्छन, छोड भने छोड्छन भने पुलिसलाई धारे हात लाएर सराप्नेहरुले एक पटक ‘ठण्डा ठण्डा कुल कुल’ भएर सोच्नु नेपालको पुलिस पल्टना नेपालको गोर्खाली पल्टन भर्ना हुन्छन कि बाहिरबाट आएको कोर्काली ?

त्यसैले हे पौने तिन करोड बीर गोर्खालीहरु हो निस्पक्ष न्याय निसापको आसा गर्ने हो भने पुलिसनामी चरीको पखेटा काट्न छोड्नु पर्छ  हिजो पन्चेतको आहान झैँ परि आएको खण्डमा ‘बाउ लाई काट्छु आमालाई बाध्छुं’ भन्ने खालको पुलिस चाहने हो भने नेताहरुलाई स्व.गिर्जाउ स्टाईला चोट अम्लो आकासतिर हैन नेतातिर ठड्याउदै ‘खबरदार’ भन्नदेखि गर्न सक्नुपर्छ त्यसैले अब जनताले हे नेपाले नेताहरु हो अब तिमीहरुले ‘रत्नाकर उत्पादन गर्न बन्द गर्छौ कि आन्दोलन गरेर तोरीको फुल देखाई दिउँ’ भनेर भन्ने कि नभन्ने ?
..

लघुकथा-मुस्कान !

Written By खांट्टी कुरा on Saturday, August 09, 2014 | August 09, 2014

कथाकार-रवीन्द्र समीर

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
- ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
...
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।
श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्‍यो, उता हेर्‍यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पार्श्वमा गगनचुम्बी महलहरु आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।
- ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज-हाँसो हाँस्यो, खिसिक्क ।
उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान… !’
..
https://www.facebook.com/sameer.rabindraबाट साभार !

अपराधीको संरक्षण र समर्थन गर्नेहरु पनि अपराधीनै हुन !

फेसबुकबाट साभार !

वर्तमान नेपाल कम्युनिस्ट पार्टी (एमाले) को अध्यक्ष खड्ग प्रसाद वली अर्थात कमरेड के.पी.वली ! हरेक बिषय बस्तुलाई उखान टुक्काले सिंगारेर श्रोता देखि दर्शक सम्मलाई लठ्याउने कलाकारिता भएको ब्यक्ति ! सरल भाषामा उहाँको परिचय यत्तिनै हो ! 
 
२०४६ सालको प्रजातन्त्र पस्चातको पहिलो आम निर्वाचन २०४८ मा ने.क.पा एमाले देसकै दोस्रो पार्टी बन्न सफल भयो ! नेपालि कांग्रेसले बहुमतको आधारमा सरकार बनाउन सफल भयो तर अहंकारी, घमण्डी र अबसरबादीको जमातले भरिएको नेपाली कांग्रेसमा सत्ताको लोभीहरुले पार्टी फुटाएको कारणले गर्दा बहुमतको सरकार ३ बर्ष पनि राम्ररि टिक्न सकेन !

बाहुबलीको सहायताले सत्ता देखि पार्टी कब्जा गर्ने चलन छिमेकी मुलुक भारतको धेरै राज्यहरुमा चलन बसेको छ ! हाम्रो देस संग सिमाना जोडिएको भारतको सिक्किम, पस्चिम बङ्गाल, बिहार, उत्तर प्रदेस देखि उत्तराखंड सम्मको राज्यहरु मध्ये बाहुबलीले सत्तामा प्रत्यक्ष असर पुर्याउन सक्ने राज्य भनेर बिहार र उत्तरप्रदेस राज्यहरुलाई मुख्य रुपमा लिन सकिन्छ !

बाहुबली भन्नाले अपराधीको नाईके भनेर बुझिन्छ ! अपराधी भनेसी उसको काम र कार्यको बर्णन गर्नु जरुरि भएन ! जब राजनीति गर्ने राजनेताले आफ्नो पार्टीमा बाहुबली भित्र्याउन सुरु गर्छन त्यस पछी त्यस्ता राजनीतिक पार्टी जतिसुकै लोकप्रिय किन नहुन बिस्तारै जनताको नजरबाट गिर्न सुरु हुन्छ !
बाहुबल बिना पार्टी देखि सत्ता कब्जा गर्न सकिदैन भन्ने भ्रम पाल्न थालेसी पार्टी देखि देसको बिकास सम्ममा प्रत्यक्ष असर पर्छ भन्ने कुरा के नेपालको राजनेताहरुलाई थाहानै नभएको हो र ? थाहा हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत फाईदाको लागि जस्तोसुकै घृणित काम कार्य गर्न पछी हट्दैनन र ति नेताहरुलाई यस्तो कार्यमा साथ दिने तिनका कार्यकर्ता देखि ति नेताहरुलाई मत दिएर उच्च स्थानमा पुर्याउने मतदाता पनि त उत्तिकै दोषी छन कि छैनन ?

२०५१ सालको प्रजातन्त्र पछीको दोश्रो मध्यावधि निर्वाचनमा कुनै पार्टीको बहुमत नहुँदा ठुलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार बनायो र त्यहि अल्पमतको सरकारमा हिजो गृहमन्त्रि हुँदा क. ओली जति देस र जनताको नजरमा हाईहाई हुनु हुन्थ्यो त्यो आज छैन ! जब मान्छेले मनमा तृष्णा पाल्न सुरु गर्छन त्यस पछी त्यो मान्छेको पतन हुन सुरु हुन्छ यो ध्रुब सत्य पनि हो !

२०५६ साल देखि आजको मिति सम्ममा आफुले उचाईको सगरमाथा छुन क.वलीले के गर्नु भयो र के के गर्नु भएन त्यो देस बिदेसमा बस्ने सबैलाई मुखारी छन फरक त्यति हो कसैले हाक्काहाक्की भन्न सक्छन, कसैले भनेको लाई पछाडीबाट समर्थन गर्छन भने कसैले मनमै गुम्स्याएर राख्न मन पराउछन ! यस्तो कार्यमा क. ओली मात्रै हुनुहुन्छ भन्न खोजिएको हैन तर उहाँको चर्चित व्यक्तित्वको कारणले गर्दा नाम लिन बाध्य परेको हो !
जब राजनेताहरुले आफ्नो मन मुराद पुरा गर्नको लागी अपराधको दुनियामा लागेका समाजको धमिराहरुको संरक्षण गर्न सुरु गर्छन र त्यस्तो कार्यको बिरोध नगरेर मौन समर्थन दिन्छन भने अपराधीलाई बढावा दिने नेता देखि तिनका अपराधलाई मौन समर्थन दिने पनि उत्तिकै दोषी हुन्छ किनभने संसारको सबै कानूनको कितावमा स्पस्ट लेखिएको छ अपराध गर्ने अपराधी हुन्छ र तिनको अपराधलाई समर्थन दिने देखि अपराधीको जानकारी नदिने सम्म पनि उत्तिकै दोषी हुन्छ भनेर लेखिएको छ !

भिम उपाध्यायज्युको फेसबुक बाट साभार !
फेसबुकबाट साभार !
२०५२ साल पछी नेपालको सबै राजनीतिक दलका ठुला नेताहरुले गुण्डा पाल्न देखि ति गुण्डाहरुलाई कानूनबाट बचाउन सम्रक्षण समेत दिने गरेका छन ! यदि त्यसो नगरेको भए सम्मानित अदालतले कैद संजाय तोकेको व्यक्तिलाई राजनीतिक संरक्षण दिएर जेल जान पक्कै पनि रोक्दैन थिए ! उदाहरण धेरै छन र सबै पार्टीमा छन !

देसमा अहिले यतिखेर सरकारमा नेपाली कांग्रेस देखि एमाले सम्मको ठुलो पार्टीहरुको हालीमुहाली चलेको छ ! यी दुवै पार्टीहरु देसको सबै भन्दा ठुलो पार्टी हो भने देसको शान्ति सुरक्षा हेर्ने जिम्मा एमाले पार्टीको काँधमा छ ! शान्ति सुरक्षा अमन चयन कायम गराउने जिम्मा नेपाल प्रहरीको हो र नयाँ लोकतन्त्रे नेपालमा गृहमन्त्रीको आदेस र तजबिजीमा नेपाल प्रहरी चल्नु पर्ने बाध्यता बनाईएको छ !

भर्खरै भनिएको दोहोरो भिडन्तमा ने.क.पा एमालेको पार्टी सदस्यको मृत्यु भएको खबर बाहिर आयो ! मृत्यु हुने व्यक्ति प्रहरीको मुख्य अपराधीको सुचिमा रहेको भनेर बिगतका बर्षहरु देखिने नेपालको छापाहरुले लेख्दै आएको थियो ! उपनाम भलै जे सुकै राखुन तर राजधानी संगै जोडिएको जिल्ला धादिंग निवासी दिनेस अधिकारि भनेर चिनिएको ति व्यक्ति कुख्यात अपराधी हुन भनेर थाहा हुँदाहुँदै पनि पार्टीको मुखियाले आफ्नो नजिकको मान्छे भनेर परिचय दिंदै हिजो राजनीतिक संरक्षण दिनु त्यो गलत हो कि हैन ?

अपराधी चाहे जो सुकै किन नहुन तिनले गरेको अपराधलाई समर्थन गर्नु अपराधीकै श्रेणीमा गनिन्छ भनेर कानूनले परिभाषा गर्दा गर्दै पनि कानूनको परिभाषा भित्र पर्न ठुला नेता देखि तिनका कार्यकर्ता हुँदै मतदाताहरु सम्म रुचाउछन भने समाजमा प्रहरीले शान्ति सुरक्षा गरेन भनेर भन्न मिल्छ ? प्रहरीले आफ्नो कर्तब्य निर्वाह गर्दैनन भने अबस्य पनि भन्न मिल्छ तर रास्ट्र सेवक सबै तह र तप्काका कर्मचारीहरुलाई कानूनको पालना गर्न नदिने हो भने राजनीतिक पार्टी तिनका नेता र कार्यकर्ताले चोर अम्लो किन ठड्याउने र ठुलालाई चैन र सानोलाई मात्र ऐन लाग्नको लागि ‘लोकतन्त्र’ ल्याईएको हो भने यस्ता कथित लोकतन्त्रलाई ‘मुर्दाबाद’ भनेर अब भन्न पाईन्छ कि पाइदैन ?

आफ्नै देशमा अथाह सम्पति हुँदा-हुँदै बिदेसी सामु हात किन फैलाउनु ?

Written By खांट्टी कुरा on Thursday, August 07, 2014 | August 07, 2014

JankManDangolनेपालको सम्माननीय प्रधानमन्त्रि श्री सुसिल प्रसाद कोइरालाज्युको निमन्त्रणामा दक्षिणी छिमेकी मित्र रास्ट्र भारतको सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदिज्युको यहि मिति २०७१ साल श्रावण गते दुई दिवसीय भ्रमण सु-सम्पन्न भयो ।
भ्रमणको सुरुकै दिन नेपालमा हाल चलिरहेको संबिधान सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा पाहुना प्रधानमन्त्रीले ब्यक्त गर्नु भएको मन्तब्यको क्रममा केहि बुँदाहरु नेपालको जनताको हक हितमा प्रत्यक्ष फाईदा नहुने देखिएकोले कोट्याउने जमर्को गरेको छु ।

१. छात्रवृत्ति : नेपाललाई धेरै मित्र रास्त्र्हरुले छात्रवृत्ति प्रदान गर्ने गरेको छ । छात्रवृति प्रदान गर्नुको उद्धेश्य गरिब जनताको जेहेन्दार सन्ततिको उज्वल भबिस्य बनाउनुको साथै ति बिधार्थीले पछी गएर देसको बिकास निर्माणमा सहयोग प्रदान गरुन भन्ने हो । तर त्यसो भएको देखिदैन ।

२०४६ सालको प्रजातन्त्रको आगमन पस्चात नेपालको मुख्यत कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुबाट नेपाली जनताहरुले धेरै आसा गरेका थिए तर ति आसा सबै निरासामा परिणत भएको छ । मित्र रास्ट्रहरुले प्रदान गरेको छात्रवृति गरिब जनताको लागी नभएर राजनीतिक पार्टीको सिफारिसमा सम्बन्धित देसको राजदुताबासहरुले नेता र तिनका नजिकका आसेपासेको सन्तानलाई वितरण गर्ने गरिन्छ । उदाहरणको लागी ने.क.पा एमालेको बरिष्ठ नेत्री क.विधा भण्डारी बितेको २५ बर्षमा पटक विभिन्न मन्त्रालयहरुको गरिमामय मन्त्री पदमा आशिन भै सक्नु भएको छ भने उहाँको छोरीहरु भारतको जवाहरलाल नेहरु विश्वाबिधालयमा अध्ययनरत छन ।

त्यस्तै २०६३ को कथित जनआन्दोलन पछी चुनाव जितेर सरकार बनाउने माओबादीका नेताका सन्तानहरु मित्र रास्ट्र चीनमा अध्ययन गर्छन । त्यसै गरी भर्खरै माओबादी पार्टीका प्रभावसाली नेता तथा पुर्ब प्रधानमन्त्री डा.बाबुराम भटराईको एक मात्र छोरी पनि भारतको जवाहरलाल नेहरु बिस्वबिधालयमा पी.एच डी गर्न गएकी छिन । यी सबै नेताका सन्तानहरु मित्ररास्ट्रहरुले उपलब्ध गराईएको गरिब तप्काका जेहेन्दार सन्ततिको लागी हो भने प्रभावशाली नेता तथा तिनका सन्तानहरु पढाईमा अब्बल होलान तर तिनीहरु कसरि गरिब तप्काको भए !
जब गरिब तप्काका जेहेन्दार सन्ततिहरुले छात्रवृत्तिको उपभोग गर्न पाउदैनन र नेता तथा तिनका आसेपासेली मात्र ति छात्रवृतिको उपभोग गर्न पाउने हो भने त्यस्ता छात्रवृतिको के औचित्य हुन्छ भने भर्खरै भारतको सम्माननीय प्रधानमन्त्रीबाट १२५ को कोटा बाट २५० को कोटा बनाईएको त्यो छात्रब्रिती नेपाल सरकार अन्तरगत गरिबको जेहेन्दार सन्ततिलाई वितरण नगरी सिधै प्रभाबशाली नेताको सिफारिसबाट राजदुताबास बाट छात्रवृत्ति वितरण गरिने हो भने त्यस्ता छात्रवृत्ति लिने दिने काममा तुरुन्त रोक्का गरिनु पर्दछ ।

२.संसारभरिका बिभिन्न धनि मनकारी मित्र रास्ट्रहरुले नेपाललाई अनुदान देखि ऋणमा सहयोग दिने गरेको धेरै बर्ष भै सक्यो । राणाकाल देखि नै सुरु भएको यो सहयोगको हिसाब गर्ने हो भने यतिखेर नेपाल विश्वकै धनि रास्ट्रमा गनिनु पर्ने हो तर नेपाल राणाकालिन शासनमा जे जस्तो थियो आज पनि त्यस्तै र त्यहि हालतमा नै छ ! सहयोग तथा ऋणको सदुपयोग देस हितमा नभएर व्यक्तिको हितमा लगाईन्छ भने त्यस्ता सहयोग लिएर गरिब जनताको थाप्लोमा दिन प्रतिदिन ऋणको भारि बोकाउनु के त्यो जायज हो ?

३.छिमेकी प्रधानमन्त्रीले सरल र सिधा तथा घुमाउरो भाषामा ऋण सहयोग दिन्छु तर त्यसको बदलामा मैले पनि केहि पाउनु पर्छ भन्ने आसय प्रकट गरेको देखिन्छ । ऋण भनेको ब्याजमा पैसा लिने हो र त्यो ब्याजमा लिएको पैसा आधा भन्दा बढी त उतै फर्किने देखिन्छ किनभने हाम्रो पैसाले हाम्रै देसको सामान खरिद गर्नु पर्छ भने पेटबोलीमा उल्लेख छ ।

४.छिमेको प्रधानमन्त्रीले नेपालमा हरेक चिज हुँदा-हुँदै पनि किन सदुपयोग गर्न जानेनन भनेर प्रश्नवाचक चिन्ह नेपाली नेतादेखि जनताहरु सम्मलाई लगाई दिएकाछन । हो नेपालमा प्रकृतिले सबै चिज दिएको छ तर एक चिज चैँ दिएको छैन त्यो हो नेपालको नेता देखि जनता सम्मलाई बुद्धि !

नेपाली जनताको बुद्दी भई दिएको भए चुनाव अगाडी भिजेको मुसा र बिरालो जस्ता यी राजनीतिक पार्टीका नेताहरुले चुनाव पछी बिरालोले जसरि सिकार र मुसाले जसरी नास गर्छन भन्ने कुरा थाहा हुँदाहुँदै पनि पटक-पटक देस र जनतालाई धोका दिने पार्टीका नेताहरुलाई निर्वाचनमा बहुमत दिएर सरकार बनाउन पठाउदैन थिए !

नेपालको सबै ठुला पत्रिकाहरुले भंगेरे अक्षरमा दिनहुँ चालीसौ लाख नेपाली युवा युवतीहरु बिदेसमा श्रम गर्दैछन भनेर छाप्छन ! सरकारमा बसेर बिकासको योजना बनाउने ति नेता देखि मन्त्रिहरु सम्मको दिमाग भई दिएको भए रेमिटान्सकै पैसाले देसमा मनग्य बिकास गर्न पुग्छ ।

उदाहरणको लागी चालीस लाख बिदेसिएका जनशक्ती बाहिर जाँदा एक ब्यक्ति कम्तिमा पनि तीन बर्ष बिदेश बस्छन ! प्रति महिना १००को सेयर ले बर्षको १२ हुन्छ भने ३ बर्षमा ३६ अर्थात ३६०० हुन्छ ! १०० को प्रति सेयर कित्ता ले एक व्यक्तिको भागमा हिसाब लगाउँदा ३६०० सेयर कित्ता हुन्छ भने बिदेशमा बसेर श्रम गर्नेको हकमा त्यो त्यति ठुलो रकम पनि हुन्न ! बार्षिक ४८ अर्ब त त्यसै हुने रहेछ भने प्रत्येक बर्ष हुने ४८ अर्बले बिधुत लगायत सुरुंग मार्ग, रोपवे, खानेपानिहरुमा सेयरको हिसाबले लगानी गर्ने हो भने सधै भरि बिदेसीको अगाडी भिख र ऋण माग्नु पर्ने अबस्था हुन्छ ?

रसुवाको चिलिमे जल बिधुत आयोजनाको रु १००/- को प्रति कित्ता सेयर आज २७ सयको हाराहारीमा पुगेको छ भनेर समाचार छाप्ने पनि हाम्रै ठुला मिडिया घरानाका पत्र पत्रिकाहरु हुन भने लगानी गरेपछी त्यो लगानीको दोब्बर-चौबर सम्म नाफा आउने रहेछ भने एकै व्यक्तिले लाखौ नभए पनि दशौं हजारको सेयर पनि त खरिद गर्न सक्छन भने आफ्नै देस भित्रका नागरिकसंग अथाह सम्पति हुँदा-हुँदै पनि कागती निचोरिएको मुहार बनाएर ईमान जमान बेचेर सधैभरि बिदेसी सित हात फैलाउनु स्वाभिमानी नेपालीहरुको लागि उचित हुन्न त्यसैले ठोस योजना बनाएर यस तर्फ बेलैमा पाईला चाल्नु जरुरि भै सकेको छ !

सरकार मोटायो भने देस र जनताको बिकास हुन्छ !

Written By खांट्टी कुरा on Wednesday, August 06, 2014 | August 06, 2014

शिक्षण पेसालाई तिलान्जली दिंदै २०३५ सालमा मेरो पिताज्युले बैंकमा नोकरी गर्न सुरु भयो ! हेटौडा औधोगिक क्षेत्र भित्र रहेको नेपाल बैंक लिमिटेड उप-साखा कार्यालयको नगद बिभागमा काम गर्नु हुँदा म प्राय पिताज्युको कार्यस्थलमा गै रहन्थे !

नेपाल बैंकको मूल द्वारको दाहिने पट्टि भित्तामा रहेको कालो पाटीमा ग्राहकलाई जानकारी दिने हेतुले बैंकले निर्धारण गरेको ब्याज दर लेखिएको हुन्थ्यो ! उमेरमा सानै भए पनि मेरो मानसपटलमा त्यो समयको ब्याज दरको झल्झली सम्झना छ ! बचत खातामा रकम जम्मा गरे बापत खातावाललाई घटीमा ७% देखि बढीमा ७.५% त्यस्तै मुद्धती निक्षेपमा १३% सम्म ब्याज दर थियो भने कर्जामा सेवा अनुसार ब्याज दर तोकिएको थियो ! 

२०४६ साल भन्दा अघि सम्म नेपालको कुनै पनि सरकारी देखि संस्थानहरुमा कर्मचारीहरुले राजनीति गर्न नपाईने नियम कडाईका साथ लागु भएको थियो ! राजनीति गर्न नपाईने भए पस्चात संघ संगठन खोल्ने कुरै भएन र नेपाल बैंक लिमिटेडको हकमा पनि यहि नीति नियम लागु थियो तर २०४६ सालको प्रजातन्त्र पस्चात सरकारी देखि संघ संस्थान सम्ममा युनियन देखि संघ संगठन खोल्ने नीति नियम लागु भयो भने नया प्राईभेट बैंक तथा वितिय संस्था (फाईनान्स) खोल्नेको बाढी नै आयो !

के कुन हिसाबले सरकारले यस्ता निती नियम बनाए त्यो नीति नियम बनाउनेहरुलाई नै थाहा होला तर देसको कुना काप्चामा पुगेर सेवा दिने नेपालको सबै भन्दा पुरानो बुढो बैंकको पतन भने बिस्तारै सुरु भयो ! नाफाखोर निजि बैंक सहरमुखी भए, किन जान्थे र देसको कुनाकाप्चा तिर सेवा गर्न भने २०५१ सालको कथित जनयुद्धले देसको कुना काप्चामा रहेको बैंकको त झन् अस्तित्वनै सखाप पारि दियो ! 

चरम राजनैतिक हस्तक्षेप, कर्मचारीको सेवा भन्दा पनि राजनीति प्रति झुकाव र काम कार्यमा उदासिनताले गर्दा बैंक प्रति ग्राहकको झुकाव कम र सरकारी गलत नीतिको कारणले गर्दा बैंकले प्रदान गर्ने ब्याज दर नेप्सेको सेयर सूचकाँक झैँ बर्सेनि दिन प्रति दिन ओरालो लाग्न सुरु भयो ! पन्चेतकालमा दिने गरेको घटिको पनि ७% बचत ब्याज प्रजातन्त्र देखि लोकतन्त्रको आजको दिन सम्ममा आईपुग्दा २ देखि २.५% को हाराहारीमा छ भने मुद्धतीमा ७% तर निजि बैंक तथा फाईनान्स देखि अन्य बैंकिंग कारोबार गर्ने संस्थाहरुले हिजो पन्चेतकालमा नेपाल बैंकले दिने ब्याज सुबिधा दिदैछन भने त्यो के कसरि दियो ?

वित्तीय नियम देखि कानून भनेको सबैलाई बराबरी नै लाग्छ होला तर सरकारी संस्थानको बैंक ओरालो लाग्नुको मुख कारण भनेको राजनीतिक पार्टीको कर्मचारी भर्ति केन्द्र, कर्मचारीहरु संस्थाको सेवा भन्दा पनि राजनीतिक पार्टीमा बढ्ता आस्थावान हुनु र सरकारनै सरकारी बैंक प्रति जवाफदेही नहुनु हो ! 

निजि क्षेत्रबाट संचालन भएको रेमिटान्स कम्पनिहरुले आज बिदेस बाट अर्बौका दरले बिदेसी मुद्रा भित्रयाउछन र सोहि अनुसारको द्रुत सेवा पनि दिएका छन भने यदि सरकारले चाहेमा आफ्नो मातहत को सरकारी बैंकबाट रेमिट्यान्स भित्र्याउन किन लाउदैन ? यदि यसरि सरकारी बैंकलाई पनि बिदेसमा साखा कार्यालय खोल्न लाउने हो भने केहि हद सम्म बेरोजगार समस्यामा हल हुनुको साथै सरकार तथा बैंकका कर्मचारीहरु समेतलाई मनग्य फाईदा हुन्छ !

त्यसैले देसको विकास गर्ने हो भने राजनीति बाट कर्मचारी वर्गलाई अलग्गै राख्दै सरकारी तथा संस्थानहरुमा पार्टी पिच्छेको राजनैतिक युनियन देखि संघ संस्थान खोल्नमा कडाईका साथ रोक लगाउनु पर्छ ! कुनै पनि निकायमा १ भन्दा बढी युनियन खोल्न दिनु हुँदैन र सरकारी संघ, संस्थान सबैमा राजनीति पार्टीको भर्तीमा कडाईका साथ रोक लगाउनु पर्छ भने आफुलाई दिएको जिम्मेवारी पालना नगर्ने तर राजनीतिक पार्टीको काम कार्यमा लाग्छन भने त्यस्ता कर्मचारीलाई स-सम्मान जिम्मेवारी बाट मुक्त गरियो भने हिजो जसरि ग्राहकलाई सेवा र सुबिधा दिइएको थियो पुन: त्यस्तै गरि दिन किन सकिदैन ? सरकार मोटाउनु भनेको देसको बिकास हुनु हो भने निजि संस्था मोटाउनु भनेको व्यक्ति मोटाउनु हो ! त्यसैले सम्बन्धित निकायले यस तर्फ बेलैमा ध्यान देओस ! 
..
क्राइमचेक साप्ताहिक २०७१ श्रावण २२ गते बिहिबारको अंकमा प्रकाशित !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger