कमरेड लाल सलाम
पार्टीको पूर्णकालीन कार्यकर्ताले अभिवादन गर्दै दाहिने हात तेर्स्यायो !
मन नलाई नलाईकन हात
मिलाउंदै जवाफ फर्काउदै भन्यो 'लाल सलाम' !
आजको कार्यक्रम थाहा
छ हैन ?
प्रश्नको जवाफ
फर्काउदै भन्यो थाहा छ !
अनि किन अहिले सम्म
यतै देख्छु, कार्यक्रम सुरु हुने बेला भयो त पुन: प्रश्नको झटारो !
सहन सकेन उसले र रिस
लाई पूर्ण नियन्त्रणमा राखेर अनुहार साउने बादल बनाउदै भन्यो
म के गर्न लागेको छु
अहिले थाहा छ ?
तपाई अहिले कुन
ठाउँमा उभिनु भाको छ त्यो पनि थाहा होला !
मैले सयकडा ५ को ऋण
काढेर यो ब्यबसाय चलाउदै छु ! मलाई मेरो शुभचिन्तकले ऋण नदिएको भए मेरो अहिले
पाटीको बास हुन्थ्यो ! मेरो यो ब्यबसाय हेर्ने म बाहेक अरु कोहि छैन ! मेरो श्रीमती
जापानी रोबोट हैनन, घरको धन्दा देखि बच्चा सम्म हुर्काउने जिम्मा उसको छ !
मैले मेरो पेसा लाई
लात हानेर पार्टीको कार्यक्रममा भाग लिदै हिड्ने हो भने म पुन: पहिलाकै जस्तै गरि
पाटीको बासमा पुग्छु ! मैले जति गर्नु गरि सके अब गर्न सकिदैन ! आस्था र खोक्रो
नाराले जनताको त परको कुरा आफ्नै कार्यकर्ताको समेत पेट नभरिने रैछ कमरेड बुझ्नु
भयो हैन ?
..
जनक मान डंगोल/janakdangol@gmail.com
..
मन पर्छ भने खाँटी कुरो लाई लाईक गर्नुहोस !