Latest Post

Showing posts with label Foto. Show all posts
Showing posts with label Foto. Show all posts

सकियो रेडियो अनमोलको ७ दिने तालीम

Written By खांट्टी कुरा on Monday, September 11, 2017 | September 11, 2017

भाद्र २६/हेटौडा: औधोगिक नगरी हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले भदौ १८ गतेबाट सुरु गरेको ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम  समापन भएको छ ।
रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा हेटौँडाको होटल आशिर्वादमा तालिम समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी बुढाले ‘संचारक्षेत्रले सधैँ सकरात्मक समाचार र सामाजिक उत्तरदायित्व बहन गर्दै समाज परिवर्तनका लागि समाचार लेख्नुपर्ने बताउदै समाचार लेख्नु अघि त्यो समाचार कसको लागि लेखिँदैछ भन्ने विचार गरेर लेख्नुपर्ने बताए । साथै सबै मकवानपुरे पत्रकारहरुलाई संरक्षण तथा सुरक्षाको प्रत्याभूति दिन प्रशासन अग्रसर हुने दाबी समेत गरेका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले रेडियोमा अवसर रहेको बताए । उनले प्रशिक्षार्थीहरुलाई महासंघले सदैव स्वागत गर्ने बताउँदै नयाँ अनुहारहरु पत्रकारिता क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने बताए । पत्रकारले समाचार व्यवसायिक ढङ्गले बिकाउ अर्थात प्रभाव पार्ने सक्ने लेख्नुपर्ने बताउँदै खोज समाचारमा लाग्न प्रेरणा दिए । पत्रकारितामा नाम र दाम दुबै भएको पनि उनले दाबी गरे ।
समापन कार्यक्रममा प्रशिक्षकका तर्फबाट संचारकर्मी एमपी शर्मा र चन्द्र घलानले संचार क्षेत्रका अवसर र चुनौतिका बारेमा मन्तव्य राखेका थिए । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट शान्त थापाले तालिममका सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने बताएकी थिईन् । कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाध्यक्ष दाहालले रेडियो अनमोल अरु रेडियोभन्दा फरक ढङ्गले अघि बढ्ने दाबी गरे ।
तलिममा रेडियोको ईतिहास र यसका महत्व, रेडियो उद्घोषण, रेडियो नाटक, रेडियो कार्यक्रम स्क्रीप्ट लेखन, रेडियो कार्यक्रम उत्पादन, रेडियो प्राविधिक तथा स्टेज पर्फोमेन्सका बारेमा प्रयोगात्मक कक्षा दिइएको थियो । तालिममा प्रशिक्षकहरु रिपेश दाहाल, प्रभात लामा, चन्द्र घलान, बलराम पुडासैनी लगायतले विभिन्न विषयमा तालिम दिएका थिए ।
तालिमपश्चात उत्कृष्ट हुनेलाई रेडियो अनमोलमा रोजगारीको अवसर दिईनुका साथै तालिम लिने अन्यलाई समेत रेडियो कार्यक्रम उत्पादनमा लगाईने बताइएको छ । उत्कृष्ट हुनेहरु समेत छनौट भइसकेको बताइएको छ ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्रका साथै प्रशिक्षक तथा प्रमुख अतिथिलाई समेत मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा प्रेश चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल समेतको उपस्थितिमा  रेडियो संचालक समितिका  कृष्णराज कोईराला, माधव गौतम , सलिना ढुङ्गेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


सानो शहर धेरैभो सवारी, ट्राफिकको टाउको हुदैछ भारि

Written By खांट्टी कुरा on Friday, September 09, 2016 | September 09, 2016

-जनकमान डंगोल 

हेटौडा नगरको मानस चोकमा रहेको यो चौबाटो अहिले अति ब्यस्त सड़कमा गनिदैछ । यस्तो हुनुको मुख्य कारण राजस्वको लोभमा अत्याधिक मात्रामा २ पांग्रे देखि ३ पांग्रे सवारी साधन भित्र्याउनु प्रमुख कारकको रुपमा देखिन्छ । पुनराबेदन अदालतमा आउने झगडिया, मालपोत कार्यालयमा जग्गा पास गर्न आउने जग्गाधनी देखि खानेपानीको माषिक शुल्क तिर्न आउने सेवाग्राहीको भिड योचोकले धान्न नसकेर दिनहु हुने ट्राफिकजामको समस्यालाई सम्बन्धितहरुले पक्कै पनि देखेका छन ! मानस चोक मात्र नभएर हेटौडा नगरीको प्राय सबै चोकहरुमा देखिने ट्राफिक जाम अब नयाँ र नौलो भएन तर पनि राजस्व बढाउने लोभमा सानो शहर भनेर देख्दादेख्दै पनि क्षमता भन्दा बढी २,३,४,४,१० देखि १२ चक्के सवारी साधनको नयाँ  आयातमा कडाई किन गरिएन ? सम्बन्धित तथा नागरिकहरुले बेलैमा ध्यान दिनु जरुरि छ !

धान फल्ने खेत घडेरीमा परिणत हुंदैछ

Written By खांट्टी कुरा on Friday, August 05, 2016 | August 05, 2016

तस्बिर: जनक मान डंगोल स्थान हेटौडा ८ देबनगर,कमाने
हेटौडा ८ कमानेको कर्रा खोला नजिकै रहेको यो खेत मलिलो छ ! खोलाको पानी लाउनु पर्दैन ! कुवाको पानिले रोपाई गर्न पुग्छ ! यहि खेतका मालिकहरुले यहि खेतमा पसिना बगाएर आफ्ना लालाबाला हुर्काए ! बढी भएका धान बेचेरआफ्नी गर्जो पनि टार्थे !
क्रान्ति र परिवर्तनको नाउँमा हिजो आज यस्ता धन फाल्ने खेतमा ट्रीपर बाट माटो ढुवानी गरेर भरी डोजर लगाएर सम्यौदै गरेको देखिदैछ !
सरकार आफै भन्छ धान फाल्ने खेत घडेरी बनाएर बेच्न पाईदैन तर भूमाफियाहरु सरकारलाई ठाडो चुनौती दिएर घडेरीमा परिणत गरेर लाखौको जग्गालाई करोडमा बदलेर आफ्ना खुट्टामा आफैले बन्चरो हान्ने काम गर्दैछन ! गणतन्त्र भनेको यहि होला क्यार !

उखाने गर्जन

Written By खांट्टी कुरा on Tuesday, August 02, 2016 | August 02, 2016


आजको झटारो

Written By खांट्टी कुरा on Monday, August 01, 2016 | August 01, 2016

दृश्य १
साभार: बि.बि.सी हिन्दि डटकम
दृश्य २

जनचेतनाको लागी प्रकाशित आजको तस्बिर

तस्बिर: जनकमान डंगोल
२०४६ सालमा देसमा दोश्रोपटक प्रजातन्त्र स्थापना भए पश्चात बर्षा तथा पानि परेको बेलामा मात्र बाढी आउने खहरे खोलाहरुमा अन्धाधुन्ध तरिकाले गिटी, बालुवा तथा ढुंगा निकालेको नतिजास्वरूप कुनै पनि समयमा कुलेखानी-हेटौडा-बिराटनगर १३२ के.भी प्रशारण लाईनको टावरहरु ढल्न सक्छ ।
यदि ति टावरहरु ढलेको खण्डमा हुने दुर्घटनाको जीम्मेवार कसले लिने ?
  • सरकार ?
  • राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरु ?
  • राजनीतिक पार्टीको आडमा चलेका गिटि बालुवाका माफिया ?
  • स्थानीय निकायमा बस्ने सरकारी कर्मचारीहरु ?
  • शान्ति सुरक्षाको ठेक्का लिएकाहरु ?
बिधुतको टावरहरु मात्र नभएर तटबन्ध भत्काएर बर्षेनी खहरेले पुर्याएको क्षेती अनि टालटुले नीतिले हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ मा पर्ने ओमनगर तथा ५४ घरे सुकुम्बासी बस्तिमा बसोबास गर्ने नागरिकहरु सचेत हुनु सख्त जरुरि छ !


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger