Home » » सकियो रेडियो अनमोलको ७ दिने तालीम

सकियो रेडियो अनमोलको ७ दिने तालीम

Written By खांट्टी कुरा on Monday, September 11, 2017 | September 11, 2017

भाद्र २६/हेटौडा: औधोगिक नगरी हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले भदौ १८ गतेबाट सुरु गरेको ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम  समापन भएको छ ।
रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा हेटौँडाको होटल आशिर्वादमा तालिम समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी बुढाले ‘संचारक्षेत्रले सधैँ सकरात्मक समाचार र सामाजिक उत्तरदायित्व बहन गर्दै समाज परिवर्तनका लागि समाचार लेख्नुपर्ने बताउदै समाचार लेख्नु अघि त्यो समाचार कसको लागि लेखिँदैछ भन्ने विचार गरेर लेख्नुपर्ने बताए । साथै सबै मकवानपुरे पत्रकारहरुलाई संरक्षण तथा सुरक्षाको प्रत्याभूति दिन प्रशासन अग्रसर हुने दाबी समेत गरेका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले रेडियोमा अवसर रहेको बताए । उनले प्रशिक्षार्थीहरुलाई महासंघले सदैव स्वागत गर्ने बताउँदै नयाँ अनुहारहरु पत्रकारिता क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने बताए । पत्रकारले समाचार व्यवसायिक ढङ्गले बिकाउ अर्थात प्रभाव पार्ने सक्ने लेख्नुपर्ने बताउँदै खोज समाचारमा लाग्न प्रेरणा दिए । पत्रकारितामा नाम र दाम दुबै भएको पनि उनले दाबी गरे ।
समापन कार्यक्रममा प्रशिक्षकका तर्फबाट संचारकर्मी एमपी शर्मा र चन्द्र घलानले संचार क्षेत्रका अवसर र चुनौतिका बारेमा मन्तव्य राखेका थिए । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट शान्त थापाले तालिममका सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने बताएकी थिईन् । कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाध्यक्ष दाहालले रेडियो अनमोल अरु रेडियोभन्दा फरक ढङ्गले अघि बढ्ने दाबी गरे ।
तलिममा रेडियोको ईतिहास र यसका महत्व, रेडियो उद्घोषण, रेडियो नाटक, रेडियो कार्यक्रम स्क्रीप्ट लेखन, रेडियो कार्यक्रम उत्पादन, रेडियो प्राविधिक तथा स्टेज पर्फोमेन्सका बारेमा प्रयोगात्मक कक्षा दिइएको थियो । तालिममा प्रशिक्षकहरु रिपेश दाहाल, प्रभात लामा, चन्द्र घलान, बलराम पुडासैनी लगायतले विभिन्न विषयमा तालिम दिएका थिए ।
तालिमपश्चात उत्कृष्ट हुनेलाई रेडियो अनमोलमा रोजगारीको अवसर दिईनुका साथै तालिम लिने अन्यलाई समेत रेडियो कार्यक्रम उत्पादनमा लगाईने बताइएको छ । उत्कृष्ट हुनेहरु समेत छनौट भइसकेको बताइएको छ ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्रका साथै प्रशिक्षक तथा प्रमुख अतिथिलाई समेत मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा प्रेश चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल समेतको उपस्थितिमा  रेडियो संचालक समितिका  कृष्णराज कोईराला, माधव गौतम , सलिना ढुङ्गेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger