Latest Post

Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts

विकासे मूल असार महिना मात्र किन फ़ुटाईन्छ ?

Written By खांट्टी कुरा on Wednesday, June 24, 2020 | June 24, 2020

जनताको लागी भनेर राजनीति देखि बिकास निर्माणको काम गरेका हुन् भने देशको बजेटले धान्न नसक्ने गरि पहिचान र संघियताको खेति किन गरियो ? पहिचान र संघियताको खेती मौलाएर मिलेर बसेको जनताहरु अहिले एक आर्काको दुश्मन बन्न बाध्य बनेका बनाईएका छन भने जनताको नाममा यस्तो राजनीति गर्न हाम्रा नेताहरुलाई कसले सिकायो ?

उखान टुक्का भन्नमा हाम्रा दुई तिहाईको प्रधानमन्त्रीलाई विश्वका कुनै पनि नेताहरुले जित्न सक्दैनन । जब भयो राती अनि बुढी तातीभन्ने उखान टुक्का हाम्रा प्रधानमन्त्रीले पक्कै पनि हाल्नु भयो होला ।

नेपालमा बर्ष भरिको हरहिसाब असार महिनामा गर्ने गरिन्छ जसलाई आर्थिक भाखामा साल तमामीभन्ने गरिन्छ । जब बैशाख लाग्छ अनि नेपालमा सरकारी देखि दाताहरुको बजेट कसरि सक्ने भन्ने छटपटाहट सरकारी राष्ट्र सेवक देखि नेताहरुमा देखिन्छ ।

राणा देखि राजाको शासनकालमा देशमा बिकास भएन । शासन ब्यबस्था निरंकुस भयो भन्दै २००७ साल देखि जेहाद छेडेर २०६४ सालमा देश जोडनेको सन्तानलाई शासन सत्ता छाडन बाध्य बनाउने पनि कांग्रेस तथा कम्युनिष्टहरुनै हुन् ।

६४ देखि आजको दिन सम्मलाई मात्र पनि गणना गर्ने हो भने १३ बर्ष भयो । बिकासको लागी १३ बर्ष भनेको चानचुने कुरा पनि हैन तर गणतन्त्रको स्थापनाको १३ बर्षमा के कति बिकास भयो त्यो सबैले प्रत्यक्ष देखि सकेपछी पंक्तिकारले बयान गर्नु नपर्ला ।

कुनै पनि बिकास निर्माणको काम फुमन्तरको तालमा एक दुई महिनामा पक्कै पनि सम्पन्न गर्न सकिदैन । कम्तिमा पनि छ देखि एक बर्ष सम्ममा सम्पन्न गर्न सकिने बिकास निर्माणको काम कार्य आर्थिक बर्षको पहिलो महिना श्राबण देखि चैत्र अर्थात नौ महिना सम्म गरिदैन । राष्ट्रसेवक, मन्त्रिहरु देखि पार्टीका कार्यकर्ताहरु त्यो अवधिमा कानमा तेल हालेर कुम्भकर्ण बनेर बस्छन ।

हरेक शब्दमा जनघुसाउने कम्युनिष्ट पार्टीहरु हुन । कम्युनिस्ट पार्टीले जे जति गर्छन त्यो सबै जनअर्थात जनताहरुको लागी हो । जनताहरुको लागी भनेर देशमा कांग्रेस संग लागेर प्रजातन्त्र देखि गणतन्त्र सम्मको खेति गरेकै हुन जुन खेति आजका मिति सम्म राम्रैसंग मौलाएकै छ । असारे बिकास त्यसैको नमुना हो

जब चैत्र सकिन लाग्छ त्यस पछी जब राति अनि बुढी तातीभन्ने उखानलाई पछ्याउदै हस्यांग फस्यांग गर्दै टेन्डर बोलकबोल आब्हान गर्दा बैशाख महिना त्यसै बितेर जान्छ । जेष्ठको दोश्रो देखि तेस्रो हप्ताबाट नगर देखि गाउँमा बिकासको मूल फुटन सुरु हुन्छ । त्यही फुटेको बिकासको मूलले नेता देखि राष्ट्र सेवक हुँदै कार्यकर्ताको ढुकुटी भरिने तर बिकासको काम भने रातभरी रुंग्यो बुढी जिम्दैहुने गरेको देखिएको छ भने बिकास निर्माणको काम हिउँद महिनामा किन गरिदैन ?

साल तमामी आयो । असार भरिमा बजेट जसरि भए पनि सक्नु पर्ने हुन्छ । त्यसैको चटारोले होला हेटौडा उप महानगर पालिकाको वार्डनम्बर ३ र १३ मा सडकको बिचमा नै बिजुलीको पोल भएको देख्दादेख्दै पनि स्लाब ढलान गर्दा उक्त सडकमा साना सवारी  र मोटर साईकल बाहेक अरु सवारी संचालन नहुने भएको छ । यो त एउटा सानो उदाहरण मात्र ।

अहिले हेटौडा उप महानगर पालिकाको केहि वडाहरुमा बाटो, ढलको काम युद्धस्तरमा सुरु गरिएको छ । हिउँद महिनामा सुरु गरेको भए यति खेर काम सक्किएर नालीमा सललल पानी बग्थ्यो होला भने बाटो हिलो पक्कै पनि हुँदैन थियो । बिकास निर्माणमा खर्चिने पैसा जनताबाट उठाएको करले गरिने हो । जनताको पसिनाबाट सिंचित भएर जम्मा गरिएको पैसा समयमै खर्च गर्न सक्दैनन भने हरेक शब्दमा जनघुसाउने अधिकार कांग्रेस देखि कम्युनिस्ट पार्टीको नेताहरुलाई छैन । बिकास निर्माणको काम समयमै गरेका भए यस्तो दुर्दिन देख्नु पर्दैन थियो भने हिउँद सकिए पछी बिकास निर्माणको काम सुरु गर्नु पर्छ भन्ने गुरुमन्त्र हाम्रो राजनेता देखि राष्ट्रसेवक हुँदै पार्टीका कार्यकर्ताहरुलाई को कसले दिने रैछ त्यसको पहिचान अब समयमै हुनु जरुरी छ ।

सामन्ती भन्नेहरु आज सामन्ती किन बने ?

Written By खांट्टी कुरा on Thursday, April 09, 2020 | April 09, 2020

 

आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ, सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।

गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।

बिचरो सामन्ती पन्चेतलाई ३० बर्ष टिक्न दिएनन । चैत २६ को कालोग्रहणले नेपालको माटो सुहाउँदो पंचायती ब्यबस्था स्वाहा बनाईयो ।
बाबुराम भटराई आफुलाई खाँटी कम्युनिस्ट भन्छन । प्रधानमन्त्री भए पछी मेरो अगाडी कसैले पनि सामन्ती भाखा नबोल्नु भन्ने उर्दी जारि गरेको पनि देखिएकै हो ।
शोषक र सामन्तीको दर्जा पाएका खाँटी पन्चेहरु अहिले हरिकंगाल भएका छन । पन्चे भन्दा हरि कंगाल जंगे महाराजको सन्तान छन । बिदेसी सामु ति दुबैले घुंडा टेकेनन । टेकेको भए नेपालमा अहिले पनि श्री ३ महाराजकै शासन हुन्थ्यो ।
२०४६ साल पछी कांग्रेस र कम्युनिस्टले पनि सामन्ती भेषभुषा, भाषा, लवाई खवाई सिके । त्यसैको प्रभावले होला हिजोका हरिकंगालहरु अहिले श्री ३ को खांगी खाने हैसियतमा पुगेका छन तर खाँटी कुरा चै के भने चैत्र २६ गते आएको दिनमा यिनको मन अझै पनि झसंग हुँदो रहेछ । सामाजिक संजालहरुमा पोस्ट भएको लेखाईले त्यहि देखायो ।
राणा देखि पंचायतलाई नजिकका आसेपासे चाटुकारले स्वाहा बनायो । राणाकै पालाको चाटुकार सातसाले प्रजातन्त्रमा छिरेकै हो । सत्र सालमा पंचायत ल्याउन तिनैले भूमिका खेले । छयालीस देखि चौसट्ठी ल्याउने पनि तिनै हुन । धन र दौलतको लागी आफैलाई निलाम गर्न पछी नपर्ने तिनैको मोहजालमा अहिलेकाहरु नराम्रो संग फँसेका छन ।
चाटुकारहरु संग ईमान जमान देखि नैतिकता हुन्न । धन दौलतको लागी देश बेच्न पछी पर्दैनन । उदाहरणको लागी सिक्किमे काजि लेण्डुप दोर्जीलाई हेरे पुग्छ तर लेण्डुप बन्न जति सजिलो छ मरणको बेलामा पाईने तिरस्कार सास्ती कस्तो हुन्छ भन्ने कुरा सिकिमको ईतिहास खोजेर पढुन ।

 


कम्युनिस्टहरु चम्किनुको कारण

Written By खांट्टी कुरा on Monday, March 09, 2020 | March 09, 2020


२०४६ साल सम्म पंक्तिकारले कांग्रेस र कम्युनिस्टको शब्दार्थ बुझेको थिएन । २०२३ सालमा जन्मेको पंक्तिकारले राजनीति पार्टी बुझेको २०४६ साल पछी हो । कांग्रेस र पार्टीको अर्थ बुझ्न २३ बर्ष लाग्यो ।
स्वदेसको सरकारी जागिरमा २० बर्ष पाखुरी खैचिंदा पनि जाहाँ बालबच्चा पाल्न धौ धौ भएको कारणले गर्दा बिदेसिनु परेको हुँदा पंक्तिकारले स्वदेस मात्र नभएर बिदेसको राजनीति समेत बुझ्ने मौका पाएको छ ।
पंक्तिकार २०४१ सालमा सत्य सेवा सुरक्षणको मन्त्र जप्दै जन समुदायको सेवा भन्दै नेपाल प्रहरीको जागिरे । जागिरको दौरानमा धेरै स्थान चाहार्ने मौका पाईयो ।
पंचायत हैन बहुदल चाहियो भन्दै नेपाली कांग्रेसले २०३६ सालमा माग गरेकै हो । त्यो भन्दा अगाडी पंचायत सिध्याउने भन्दै शसस्त्र युद्दको अभ्यास गर्दै हिंडेका पनि हुन ।
कांग्रेसको माग अनुसार विक्रम सम्वत २०३६ जेठ १० (मे २४, १९७९) गते श्री ५ बाट बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत लिने घोषणा भयो । सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सं. २०३७ बैशाख २० (मे २, १९८०) गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । जनमत सङ्ग्रहको परिणाम २०३७ साल जेठ १ (मे १४, १९८०) गते भएको थियो । जसमा पञ्चायतले  २४,३३,४५२ र बहुदलले         २०,०७,९६५ मत प्राप्त गरेका थिए  । पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा विजय प्राप्त गरेको थियो ।
निर्वाचन परिणामलाई स्वीकारेको ५ बर्ष नकट्दै पंचायत बिरुद्ध देशभर बम काण्ड मच्चाइयो । ४५ सालमा कम्युनिस्ट संग लगन गाँठो कसेर सुरु गरेको आन्दोलन अनि छिमेकी भारतले १८ महिना सम्म लगाई दिएको नाकाबन्दीको कारणले गर्दा पंचायतलाई निलम्बन गर्दै नेपालमा दोश्रो पटक प्रजातन्त्रको पुनर्स्थापना भएको थियो ।
कांग्रेसहरु अल्छी र चाटुकारितामा  बिस्वास राख्ने पार्टी हुन भने कम्युनिस्टहरु त्यसको ठिक बिपरित छन । हिजो प्रतिबन्धित समयमा जनताको घर दैलोमा गएर गुलियो भाषा बोल्दै जनतालाई गोलबन्द गरेर हिडनेहरु पनि कम्युनिस्टहरु नै हुन । हिजोका त्यहि कामलाई आज सम्म पनि छाडेका छैनन । संगठन बिस्तार गर्नमा कम्युनिस्ट पार्टीहरु लाई कसैले पनि जित्न सक्दैनन ।
नयाँ नयाँ जुक्ति निकाल्न माहिर कम्युनिस्ट शासकहरुले बितेका केहि बर्ष देखि टोलटोलमा टोल बिकास, सहकारी जस्ता संस्थाहरु खोल्दै सरकारी स्कुल देखि संस्थाहरुमा आफ्नो पार्टीका कार्यकर्ताहरु मनग्गे भर्ति गरेका छन ।
टोल छिमेकमा बिहे भयो भने आफ्नो पार्टीका महिला कार्यकर्ताहरु खटाएर रत्यौली खेल्न लगाउन समेत लगाएको देखिएको छ ।
यसको ठिक बिपरित छ नेपाली कांग्रेस पार्टीमा । ४५ सालमा कम्युनिस्ट पार्टीको बुई चढेर पटक पटक सत्ताको शिखर चढन सफल भएको कांग्रेस पार्टीले संगठन बिस्तार गर्न भने जानेनन वा जानेर पनि जान्ने कोसिस गरेनन । नतिजा अहिले राम्रै संग भोग्दैछ ।
‘रास्ट्रियता, प्रजातन्त्र र समाजबाद’ कांग्रेस पार्टीको नारा हो । त्यहि नारालाई परिमार्जन गरेर रा.प्र.पा ले ‘रास्ट्रियता, प्रजातन्त्र र उदारबाद’ बनायो । २०५१ साल पछी चम्केको रा.प्र.पा का टाउकेहरु एकजुट हुन सकेनन । चुनावको मुखमा आएर पार्टी फुटाउंदाको परिणाम अहिले भोग्दैछ्न ।
कम्युनिस्टहरु हिजोको दुख: सम्झिदै आज हैन भोलिको दिनमा बिस्वास गर्ने भएर होला जतिसुकै अन्याय र अत्याचार भए पनि त्यसमा पार्टी र पार्टीको नेताहरुको बिरोध कहिले पनि गर्दैनन । पीडालाई मनमा नै गुमस्यायर राख्छन तर बाहिर देखाउदैनन । झापा बिद्रोह देखि जनयुद्ध देखेका छन बुझेका छन र भोगेका पनि छन । 
हिजो जनयुद्ध लड्नेहरु पनि कम्युनिस्ट नै थिए । १२ बर्षको दौरानमा १७ हजारको संख्यामा मारिनेहरुमा एमाले देखि कांग्रेस नामको पार्टीका सिपाहीहरु पनि थिए । टिकापुरको घटनामा मारिने पुलिसको अधिकृत पनि आफ्नै भाईबंधु हुन भन्ने हेक्का राखेका भए आफ्नै पार्टीका सिपाहीहरुको हत्याराहरु संग लगन गाँठो कस्न खोज्दा हुँदैन भनेर बिरोध गरेको देखिएन । बफादारिताको यो भन्दा ठुलो उदाहरण अरु के दिनु । यस्तै बफादारिता देश, राजा र पंचायती ब्यबस्था प्रति गरेका भए आज यस्तो दुर्दिन पक्कै पनि देख्नु पर्दैन थियो ।
नेपालमा जुटने र फुटने खेल राणा शासनकै पाला देखि चल्दै आएको हो । अहिले फेरी पुर्व पन्चहरुको पार्टी एकीकरण भएको समाचार आएको छ । फुट्नु राम्रो हैन । जुट्नु राम्रै हो ।
रास्ट्रियता, प्रजातन्त्र, समाजबाद देखि उदारबादको नारा लगाउने कांग्रेस हुन या रा.प्र.पा । यिनीहरु राजतन्त्र देखि धर्म बिरोधि भने पक्कै पनि हैनन । केहि समय मोतिबिन्दुले ग्रस्त भएका थिए । जनताले मत मार्फत गरि दिएको उपचार पछी यिनीहरुको आँखा त खुलेका छन तर पार्टी भित्रका केहि भाईरसहरुको प्रभावमा परेर राजा र हिन्दु धर्म चाहिन्छ भनेर सिधै भन्न सकेका छैनन ।
कांग्रेस पार्टीको संस्थापक नेताहरु मध्येको एकजना स्व.बि.पी कोईरालाले आफु बाचुन्जेल कम्युनिस्टहरुको संगत कहिले पनि गरेनन । कम्युनिस्टहरु जुटमा भन्दा फुटमा रमाउछन र देस र जनताको हित गर्दैन भन्ने बिस्वास पालेका र पालना समेत गरेका आफ्नै नेताको अठोटलाई पालना गरेका भए २००७ सालमा जस्तै गरि २०४५ सालमा पनि एक्लैले आन्दोलन हाक्न सक्नु पर्थ्यो । भिन्न विचारधारा मान्नेको संगत गर्दा आज कांग्रेस पार्टी नराम्रो संग हिले खाल्डोमा गाडिएको छ ।
कांग्रेस र रा.प्र.पा हरुको संस्कार देखि विचारधारा एकै हो ।  कांग्रेस पार्टीले आफ्ना जन्मदाताले भन्ने गरेको ‘देशलाई संकट परेको समयमा राजाको गर्धन मुनि मेरो माथि’भन्ने बाक्यांसलाई सम्झेका छन भने यतिखेर देशमा ठुलो संकट परेको छ । त्यो संकट पनि हामीले नै निम्त्याएको हौ भन्ने कुरालाई मनन गर्दै पार्टी भित्र गुटबन्दी गर्न छाडेर सबै रास्ट्रबादी शक्तिहरु संग हातेमालो गर्दै जनताको घरदैलोमा गएर आत्मालोचना देखि माफी माग्दै कम्युनिस्टको भ्रम तथा मायाजालबाट मुक्त गर्न सक्नु पर्दछ । यदि त्यसो गर्न सक्दैनन भने पार्टी मात्र हैन देशको नामनै भूगोलबाट मेटिन सक्छ ।

नेपाले कम्युनिस्टहरुले अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारबाद भन्न किन छाडे ?

Written By खांट्टी कुरा on Wednesday, December 04, 2019 | December 04, 2019


-जनकमान डंगोल
बिदेसिको ईसारामा पहिला पंचायत त्यसपछि देस जोड्ने राजतन्त्र मासेर कथित गणतन्त्र घोषणा गराएता पनि बिश्वका धेरै देसले अहिले पनि हिन्दु अधिराज्य नेपाल भनेर भन्न छाडेका छैनन । त्यसैले बिश्वको एक मात्र हिन्दु राज्य हो नेपाल ।
यहि देसमा धेरै थरिका बिचार भएका नागरिकहरुले जन्म लिए । कसैले धेरै पढे र आफ्नो नामको अगाडी दर्जा झुन्ड्याए । मान पाए सम्मान पाए र त्यस्तै दर्जा झुन्ड्याउने मध्येका एक हुन डाक्टर बाबुराम भटराई ।
नेपाली कांग्रेस समाजबादी विचारधारामा हिड्ने पार्टी ।  समाजबाद नेपाली कांग्रेसको पेवा भए पछि अरु पार्टीले कांग्रेसको निजि सम्पतिमा आँखा गाड्ने कुरै भएन ।  कम्युनिस्ट भनेको साम्यबादी विचारधारा मान्ने पार्टी त्यसैले कांग्रेसले साम्यवादी विचारधारा बोक्ने कुरै भएन ।
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार 
देस जोड्ने रास्ट्र निर्माता पृथ्बी नारायण शाहको जन्मथलो गोरखामा जन्मेका डाक्टर बाबुराम भटराई भन्नासाथ धेरै नेपालीहरुले माओबादी कम्युनिस्ट पार्टीको दोश्रो दर्जाको नेता भनेर चिन्थे । पहिलो दर्जाको नेता हुन नसकेर हो वा वाकपटुतामा माहिर क.प्रचण्डको अगाडी टिक्न नसकेर हो 'नयाँ शक्ति पार्टी' नामको पार्टी खोले ।  त्यो पार्टीले पनि लछारोपाटो लाउन नसके पछी उपेन्द्र यादबको समाजबादी पार्टी संग लगन गाँठो कस्न पुगे । उपेन्द्र यादबको पार्टीको नामनै समाजबादी । नाम राख्दैमा समाजबादी हुन्न । समाजबादी विचारधारा मान्ने भनेको नेपाली कांग्रेस पार्टी हुन त्यसैले PHD डाक्टर बाबुराम कम्युनिस्ट हुन कि कांग्रेस भनेर आफैले आफैलाई बुझ्न सकेका छैनन भने सोझासिदा देसी बिदेसी नेपालीहरुले कसरि बुझ्लान ।
माओबादी पार्टी भने पछी नेपालको उत्तरी छिमेकी चिनमा राजतन्त्र फालेर साम्यवादी सासनको जग बसाल्ने चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड माओत्सेतुङको नामबाट राखिएको पार्टी भनेर बुझिन्छ । कमरेड माओको बिचारलाई आत्मसात गर्दै बिस्वमा अरु देसमा पनि यस्तै नाम भएको कम्युनिस्ट पार्टीहरु थुप्रै जन्मेका होलान तर छोटो समयमा हत्या र हिंसाको खेति गरेर खहरे खोला जस्तै बेग संग उर्लेको नेपालको माओबादी पार्टी जत्तिको चर्चित हुने मौका अरु देसका माओबादी पार्टीहरुले आज सम्म पनि प्राप्त गर्न सकेका छैनन । उदाहरणको लागी छिमेकी भारतको माओबादी कम्युनिस्ट पार्टीलाई हेरे पुग्छ ।
नेपालको माओबादी पार्टी छोटो समयमा चर्चित हुनुमा अरु नेताहरुको पनि ठुलो देन र त्याग तपस्या छ तर अन्य नेताहरु भन्दा पनि डाक्टर बाबुराम भटराईको डिग्री देखि वाकपटुताको कारणले गर्दानै छोटो समयमा माओबादीले सफलता हात पारेको हो भनेर जानिफकारहरु बताउछ्न र देखिएको सत्य पनि यहि नै हो ।
राजनीति गर्ने मान्छेको कुनै जात, पेशा र धर्म हुँदैन भन्छन । कुरा एक हद सम्म सत्य पनि हो किनभने राजनीति गर्ने मान्छेले कुनै एक जात, पेशा र धर्म समातेर राजनीति गर्ने हो भने त्यस्ता राजनीति गर्ने ब्यक्ति कुनै पनि हालतमा सफल हुन सक्दैन । उदाहरणको लागी हाल भारतमा सबै भन्दा ठुलो पार्टी बन्न सफल भारतीय जनता पार्टीलाई दिन सकिन्छ । भारतीय जनता पार्टी कट्टर हिन्दुवादी बिचारधारा मान्ने पार्टी भएता पनि उक्त पार्टी बाट चुनाव जितेर मुख्य मन्त्रि देखि प्रधान मन्त्रि बन्न सफल भएका नरेन्द्र दामोदर दास मोदीले सबै धर्मको रक्षा र सबै संग समान ब्यबहार गरिन्छ भनेर ब्यक्त गरेको भनाईलाई लिन सकिन्छ । 
कम्युनिस्ट पार्टी भनेको साम्यवादी विचारधारा बोक्ने पार्टी हो र साम्यवादी बिचारधारा बोक्ने पार्टीले जाति धर्म देखि राजतन्त्र सम्मलाई मान्ने कुरै भएन तर नेपालको प्राय सबै कम्युनिस्ट पार्टीहरु बिश्वका अन्य देसका कम्युनिस्ट पार्टीहरु भन्दा नितान्त फरक छन ।
राजतन्त्र मान्दैनौ भन्छन राजाको अगाडी सपथ खाएर मन्त्रि देखि अन्य ठुला संबैधानिक पद ग्रहण गरेको पनि देखिएकै हो । धर्म मान्दैनौ भनेर गुड्डी हाक्छन । आफ्नो स्वार्थ पुरा नहुन्जेल कार्यकर्ताहरु लाई देखाउन कट्टर साम्यवादी बनेर देखाउछन । जुन दिन उच्च पदमा पुग्छन त्यो दिन कट्टर साम्यवादी बनेर देखाउने नेताको निधारमा रातो टिका देखि गलामा फूलमाला पहिरिएको पनि देखिएकै हो । 
अन्य देस र बिश्वको एकमात्र हिन्दु रास्ट्र नेपालको फरकपन भनेको नै यहि हो । अन्य देसका खाँटी कम्युनिस्टहरु त नास्तिक हुन्छ भन्छन । उदाहरणको लागी भारतको पस्चिम बंगालमा तीसौ बर्ष मुख्य मन्त्रि पद चलाउने भारतीय कम्युनिस्ट पार्टीको नेता ज्योति बसुले जिबनमा कहिले पनि धार्मिक गतिविधिमा भाग लिएनन । मृत्यु हुनु भन्दा अगाडीनै आफ्नो सरिर चिकित्सा विज्ञानलाई दान गरि सकेका थिए । तिनै खाँटी कम्युनिस्ट नेताको मृत्यु पस्चातको सरिर अहिले सम्म कलकत्ताको चिकित्सा बिधालयमा सुरक्षित रुपमा राखिएको छ ।
नेपालको अन्य कम्युनिस्ट पार्टी भन्दा माओबादी पार्टी अलि भिन्न प्रकारको रहेको थियो । हिजो त्यो पार्टीले कथित जनयुद्दको नाउँमा के के गरेर कसो कसो गरे त्यो बयान गरेर साध्य नै छैन । धर्म मान्नु हुन्न भनेर मन्दिर तोडफोड देखि संस्कृत भाषाको पुस्तक जलाउने देखि संस्कृत भाषाको पुस्तक पढ्न समेत बन्देज लगाएकै हुन भने गाई रास्ट्रिय जनावर भएको देस हो नेपाल र गाईलाई माता मान्नेमा माओबादीका धेरै नेताका पिता पुर्खाहरु पनि छन । तिनैका सन्तानले शक्तिको मदमा दानव रुप धारण गर्दै आफ्ना लडाकुहरुलाई गाई गोरु काटेर भोज पनि खुवाएकै थिए । सान्ति र सम्झौता भन्दै जंगलबाट सहर पसे पछी धर्मकर्म मान्दैनौ भन्ने ठुला देखि साना नेता हुँदै कार्यकर्ताहरु सम्मको अहिलेको गतिबिधि हेर्ने हो भने आकास पातालको फरक देखिन्छ । 
सामाजिक संजाल फेसबुक देखि ट्वीटरमा निरन्तर जोडिने नेपालको राज नेताहरुमा डाक्टर बाबुराम भटराई अग्रपंक्तिमा देखिन्छन । नेता भटराईले दसैँको टिका देखि तिहारको सप्तरंगी टिका ग्रहण गरेको तस्विर अहिले पनि उहाँको फेसबुक, ट्वीटर जस्ता खाताहरुमा सुरक्षित नै छ भने गुगल सर्चगर्ना साथ त्यस्ता तस्विरहरु सेकेन्डमै देख्न सकिन्छ ।
नेता भटराईको पुज्यनीय पिताज्युको मानसरोवर यात्रामा डाक्टर भटराई स्वयमले अगुवाई गर्नु भएको तस्विर देखि ८४ बर्ष उमेर पुगेको बेला पारेर गरिएको गरिएको समारोहको तस्विर समेत डाक्टर भटराईले नै निर्धक्क सम्म सेयर गर्नु भएको पनि भर्खरै जस्तो लाग्छ ।
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार 
हिन्दु रास्ट्र नेपालमा हरेक परम्परा हिन्दु संस्कृति अनुसार गरिन्छ । विवाहको समयमा ब्राम्हण देखि क्षेत्री जातिले कन्याको गोडधुवा गर्ने चलन तोड्दै बाबुरामले कन्याको हातधुवा चलन बसालेको फोटो पनि पोस्ट गरेको देखियो । पढे लेखेका अगुवाले नै संस्कृति र संस्कारको खिल्ली उडाउने हो भने त्यो जस्तो घटिया काम अरु के हुन्छ ।
डाक्टर भटराई नेपालका यस्ता पात्र हुन जसले आफु भलो त जगतै भलो भन्ने सोचाई राख्छन । विद्वान तथा नेता बाट अर्थ मन्त्रि हुँदै प्रधानमन्त्रि सम्म भै सकेका व्यक्तिले यस्ता घटिया सब्द राखेर सामाजिक संजालमा पोस्ट गर्दा त्यसबाट निस्किने प्रतिक्रियाले आफ्नो राजनीति छविमा आंच पुग्छ भनेर किन सोच्दैनन ? हिजो आफुले जनयुद्धकालमा आफ्ना समकालीन देखि तल्ला तहकालाई दिएको आदेस निर्देसनको आफैले बर्खिलाप किन गरे ?
डाक्टर भटराई स्वयम आफै कट्टर हिन्दुको कोखमा जन्म लिएका ब्यक्ति हुन । लोकलाई धर्म मान्नु हुन्न भन्ने तर आफुले आफ्नो पुर्ख्यौली धर्म नछाडने यो कस्तो दोधारे नीति र चरित्र हो ? यस्ता कुतर्क दिंदै हिडेको देखि आफ्नो बचनमा अडिग हुन नसकेको कारणले गर्दा नै आफैले दुख र कस्ट गरेर हुर्काएको पार्टी छाडन नसक्ने बाबुरामबाट नेपालको जनताले के सिक्ने र के बुझ्ने ?
माओबादी भन्ने नाम सुन्ना साथ बिदेसीले समेत आश्चर्यजनक रुपमा हेर्ने र नेपालको सम्पूर्ण पार्टी देखि जनताहरु समेत थरथर हुने पार्टीले आफ्नो अस्तित्व जोगाउन नसकेर कम्युनिस्ट पार्टीकै आर्को घटक एमालेमा समाहित हुन पुगेको छ । सिधा र सहि अर्थमा भन्ने हो नेपालमा जे जति कम्युनिस्ट पार्टीहरु जन्मे हुर्के ति सबै बिदेसिको ईसारामा खोलिएका हुन भन्न कर लाग्छ । बिदेसिको ईसारामा नाचेका हैनन भने हिजो पंचायतीकालमा नेपालको जमिन सुस्ता मिचियो भन्दै 'अमेरिकी साम्राज्यबाद देखि भारतीय बिस्तारबाद मुर्दाबाद' भन्दै लेटर प्रेसमा छापिएको पोस्टर टास्दै हिड्ने कम्युनिस्ट पार्टीहरु आफै देसको सत्तामा पुग्दा दिन दुगुन्ना रात चौगुन्ना देसको सिमा मिचिंदा मुखमा भोटे ताल्चा हालेर किन बसेका छन ? यसको जवाफ नेपाली जनताहरुले खोज्नु पर्ने बेला भएन र ?
प्रदेस दैनिक हेटौडाको बर्ष ८ अङ्क १२५ २०७६ मङ्सिर १८ गते बुधवारको अंकमा प्रकाशित 


यस्तै पारामा चले भने कांग्रेस अब ईतिहासमा सिमित हुन्छ

Written By खांट्टी कुरा on Saturday, May 04, 2019 | May 04, 2019

-जनकमान डंगोल
नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका अगुवा नेता स्व.बि.पी कोईरालाले कम्युनिस्टहरुको संगत गर्नु हुन्न भन्थे र आफु बाँचुन्जेल कम्युनिस्टहरुको संगत पनि गरेनन र आफ्ना अनुयाहीहरुलाई कम्युनिस्ट पार्टीको छायाँ समेत पर्न दिएनन यदि कम्युनिस्टहरु संग हातेमालो गरेका भए २०३६ सालमा नै पंचायती शासनको अन्त्य हुन सक्थ्यो
नेपाली कांग्रेस अर्थात रास्ट्रियता प्रजातन्त्र र समाजवादमा बिस्वास राख्ने पार्टी । बि.पी कोईरालाको देहावसान पछी आफ्नो समकालीन नेताको भनाईलाई लत्याउदै समकालीन नेता स्व.गणेशमान देखि कृष्ण प्रसाद भटराईहरुले समेतले २०४५ सालमा कम्युनिस्टहरु संग अंकमाल गरेर पंचायत ब्यबस्था बिरुद्द जेहाद छेडे कांग्रेस तथा कम्युनिस्टपार्टीका नेताहरु लाई साथ दिन देसी बिदेसी शक्तिले पनि राम्रै भूमिका निभाए पंचायत ब्यबस्था टिक्न सकेन २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना हुन पुग्यो
बिदेसीले सित्तैमा सहयोग गर्दैनन एक सहयोग गरेर करोडौ लान्छन पंचायत फाल्न एक सहयोग गरेर अहिले करोडौ लादैछन र लाने प्रक्रिया अझै पनि रोकिएको छैन अहिले आएर कांग्रेस र कम्युनिस्टका केहि पाका नेताहरुले बिदेसिको चाल बुझेर बिरोधको आवाज पनि नउठाएका पनि हैनन तर मारी सके पछी ओखती गर्नुको के अर्थ
नेपाली कांग्रेसका प्राय सबै संस्थापक नेताहरु अहिले यो दुनियामा छैनन दोश्रो पुस्ताका नेताहरु बिदेसिका ताबेदार बनेर आफु र आफ्ना आसेपासेहरुको मात्र भलो सोच्दै बसेका छन कम्युनिस्टहरु बिरोध र आलोचना मन पराउदैनन आफु माथि पुगीयेना भने पार्टी फुटाउने देखि आर्को पार्टी गठन गर्न बेर मान्दैनन सयौको संख्यामा देखिएको कम्युनिस्ट घटकहरु उदाहरण र प्रमाण हुन हिजोको सिंगो कांग्रेस पार्टीमा अहिले कम्युनिस्ट पार्टीको सरुवा रोगले गाँजेको छ  एक पटक फुटेर पनि जुटेको कांग्रेस पार्टीमा अहिले गुटबन्दी मौलाएको छ पौडेल, सिटौला, महत, के.सी. जस्ता गुट र उपगुट त्यसैको प्रमाण हो
पार्टीको लागी युवाहरु बलियो खम्बा हुन केहि दिन अगाडी कांग्रेस पार्टीका एकजना तरुण नेताले खुईय्य सुस्केर हाल्दै पंक्तिकारलाई भने दाई हाम्रो पार्टी यस्तै पाराले चल्ने हो भने अबको केहि बर्ष पछी औंलामा गन्नु पर्ने स्थिति आउन सक्छ
पंक्तिकारले बुझेर पनि बुझ पचाउदै सोध्यो किन र भाइ ? के भयो र कांग्रेस पार्टीलाई ?
ति युवा नेताले दिक्क मान्दै भने कुरा नगर्नुस दाई । धनको बलमा केहि नेताहरुले चुनाव जित्छु भन्ने घमण्ड पालेर बसेका छन । धनको बलमा जितेको चुनावले के देस र जनताको हित गर्छ ? पार्टी सभापतिलाई धन र आसेपासे मात्र भए पुग्ने रैछ । आर्का बरिस्ट नेता हुँ भन्ने घमण्ड पालेर बसेका नेताज्यू लाई देश र जनता देखी पार्टीका खाँटी कार्यकर्ता भन्दा भागबन्डामा कसरि आफ्नो मान्छे मात्र पार्ने भन्ने चिन्ता र पिरलो छ । यी दुइ जनाको कार्य सैलि बाट वाक्क भएर ब्यक्ति पिच्छे गुट र उपगुट जन्मे पछी पार्टीको कसरि भलो हुन्छ ?
पंक्तिकार संग यस्तै दुख: र पिरलोको कुरा हुँदै गर्दा तिनै तरुण नेताको आर्का परम मित्रले सहि थाप्दै भने हो दाइ हाम्रो पार्टी ओरालो लागि सकेको छ । हामि जस्ता तरुण र देस र जनताको लागि केहि गर्छौ भने आँट बोकेर बसेका युवाहरुले दिन रात नभनी पार्टीको लागी पसिना बगाउनुको अब केहि अर्थ रहेन । चुनावको बेलामा मात्र हामीलाई सम्झिने अरु बेला वास्ता नगर्ने यस्ता पार्टीका नेताहरु हुन्जेल देश र जनताको कुनै भलो हुन्न ।
पंक्तिकार मकवानपुरे बासिन्दा यहि मकवानपुर जिल्लाको बाम किल्ला ध्वस्त बनाउन क्षमता राख्ने नेपाली कांग्रेसका सिपाहीहरु अहिले चरम निरासामा डुबेको भान हुँदैछ । नहोस पनि कसरि । खोला तरे पछी लौरो बिर्सनेबानि कांग्रेस पार्टीले अहिले सम्म छाडेका छैन । देस र जनताको लागी केहि गर्छौ भन्ने आंट बोकेका युवाहरुनै चरम निरासाबादी बन्ने हो भने माथिका तरुण नेताले भने जस्तै कांग्रेस पार्टी अबको केहि समय पछी औंलामा गन्नु पर्ने स्थितिमा नपुग्ला भन्नेमा कुनै दुईमत छैन ।
२०४६ साल पछी देसको सबै भन्दा शक्तिसाली कांग्रेस पार्टी घर झगडा र गुट उपगुटमा फसे पछी अहिले नाम मात्रको प्रतिपक्ष बन्न पुगेको छ कांग्रेसलाई मात गर्दै देसमा अहिले दुई तिहाईको बाम सरकारको शासन छ । एस्तो स्थिति ल्याउने पनि कांग्रेसी नेताहरु नै हुन
दुई तिहाईको बाम सरकारको कार्य प्रणालीबाट जनता वाक्कब्याक्क भएका छन । यस्तो सुनौलो अवसरको मौका छोपेर हिजो गल्तीलाई सुधार गर्दै जनताको घर दैलोमा गएर सुख दुखमा साथ् दिनु पर्नेमा पार्टीका नेताहरु गुट उपगुटमा विभाजन भएर आ-आफ्नो दुनो मात्र सेक्ने हो भने कुनै समयमा नेपालमा कांग्रेस पार्टी पनि थियो रे भनेर भन्ने स्थिति आउन सक्छ ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger