Latest Post

Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts

राता पुस्तक घोक्दैमा देसमा आमुल परिवर्तन हुन्न

Written By खांट्टी कुरा on Tuesday, October 04, 2016 | October 04, 2016

साझा कुरा दैनिक हेटौडाको मिति २०७३ असोज १६ गतेको अंकमा प्रकाशित
२०७३ असोज ८ गते सनिवारको दिन हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ मा रहेको माउण्ट एभरेस्ट इंगलिस बोर्डिंग स्कुलमा युवा संघ नेपाल वार्ड नामबार ८ ईकाई कमिटिको सम्मेलन भयो । वडाबासि तथा सुभेच्छुकको नाता अनि पत्र पत्रिकामा कलम चलाउने भएकोले गर्दा मैले कार्यक्रममा जानु जरुरि पनि थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा हेटौडा ९ निवासी तथा माननीय संसद सदस्य अनन्तराम पौडेलज्युलाई निम्त्याईएको रहेछ । युवा संघ नेपाल कम्युनिस्ट पार्टी एमालेको भात्री संगठन हो । भात्री संगठन बिना पार्टी चल्न सक्दैन । राजनीतिक पार्टीको दाहिने हात हो भात्री संघ तथा संगठनहरु त्यसमा पनि युवा संगठनको आफ्नै छुट्टै र ठुलै भूमिका पनि हुन्छ ।

आफु बसेको वडाकै भाई किरण अर्यालले सुरुमै मन्तब्य ब्यक्त गर्ने मौका पाए । ति भाई एमाले पार्टीको युवा संगठन वडा कमिटिका सदस्य पनि हुन । बडो खरो किसिमले मन्तब्यराख्दै आफ्नै पार्टी नेताहरुलाई खबरदारी गर्न समेत पछी परेनन । सबैलाई थाहा छ देसको चर्चित कम्युनिस्ट पार्टी एमाले अहिले गुटबन्दीले नराम्रो संग थलिएको छ । ‘गुटबन्दी गरेर पार्टीलाई तहस नहस पार्न पाईदैन’ भन्दै चोर अम्लो ठड्याएर भर्खरका २५ नकाटेको युवाले खबरदारी गर्दा माननीय सदस्य ज्युले त्यसलाई के कसरि लिनु भयो त्यो उहाँनै जान्नु होला ।

पंक्तिकारले सोचेको थियो अहिलेको समसामयिक राजनीति देखि आर्थिक तथा सामाजिक कार्यमा अहिलेका युवाहरु दक्खल राख्न सक्षम छ तर त्यो सोचाई सतप्रतिसत गलत रैछ भनेर महसुस भयो । ईस्वर अर्यालले देसमा अहिले कांग्रेस तथा माओबादी पार्टीका ठुला नेताहरु मिलेर धर्म, संस्कृति देखि भाषाको खिल्ली उडाउदै देसको कानूनमा संसोधन गरेर हिन्दि तथा अंग्रेजी भाषा लादने जमर्को गर्दैछन । युवाहरु देस छाडेर बिदेसिनु परेको पिडा पनि देखेकै होलान त्यसैले मन्तब्यमा यस्ता कुराको जोडदार ढंगले बिरोध गर्लान भन्ने सोचेको थिए तर यस्ता कुरालाई बिर्सिएर पार्टीलाई अब देसको एक नम्बर पार्टी बनाउनु पर्छ ।  त्यसको लागी हामि युवाहरु शसक्त ढंगले लाग्नु पर्छ भनेर भनेको सुने । पार्टी गुट उपगुटले सक्किन लागेको बेलामा अर्याल भाईको जोस जाँगर ‘चियाको तुफान’ जस्तै नहोला भनेर भन्न सकिदैन किनभने कुनै समयमा मकवानपुर जिल्लामा ने.क.पा एमालेले आफ्नो एकक्षत्र राज गर्न सफल भएको थियो । गुटबन्दिदिको परिणामले गर्दा पार्टीले समय समयमा खानु परेको मातलाई एमालेका लालसेनाहरुले के कसरि भुल्न सक्छन । तर खबरदारी भने गर्न सक्दैनन । यदि गरेका भए पार्टीमा गुट उपगुट जन्मिन्थ्यो ?

कार्यक्रमकै सिलसिलामा माननीय सदस्य पौडेलले आफ्नो भनाई राख्नु भयो । बिदेसमा भएको बिकासको कथा सुनाउनु भयो । बिक्रम सम्बत १९१७ मा नेपालमा पहिलो सुरुंग मार्ग निर्माण भयो जसलाई मकवानपुर जिल्लाको चुरियामाई मा रहेको सुरुंग मार्ग भनर चिन्ने मौका पाएका छन । एसियाको ठुला देशरु भारत तथा चिनका जनताले बिजुलीको अनुहार नदेख्दा हाम्रो देस नेपालको फर्पिंग काठमान्डौमा भने बिजुली बत्ति बलि सकेको थियो भनेर सुनाउनु भयो ।

माननीयज्यु लाई थाहा होला कि नहोला चुरेको सुरुंग मार्ग देखि फर्पिंगको बिजुली राणा शाहीले बनाई दिएका हुन । नेपालमा भएका अन्य ठुला बिजुली आयोजना त्रिसुली देखि मकवानपुरकै कुलेखानी जल बिधुत पन्चको पालामा बनाइएको हो । चाईना भ्रमणमा माननीयज्यु ले देख्नु भएको बिकासको कुरा गर्ने हो भने माननीय ज्युकै घर अगाडी स्थापना भएको हेटौडा कपडा उधोह लिमिटेड पनि पन्चको पालामा छिमेकी चिनले सित्तैमा बनाई दिएको हो ।

अन्य स्थानको कुरा नगरौ हाफ्नै आँखा अगाडिको हेटौडा कपडा उधोग लिमिटेडमा कम्युनिस्ट देखि कांग्रेस पार्टीहरु मिलेर सयौ पटक हड्ताल हुँदा माननीय सदस्य ज्युको उपस्थिति थियो कि थिएन ? दिनहुको बन्द र हड्ताल थेग्न नसकेर अन्तमा बन्द भएर हाल खण्डहर बन्न पुगेको हेटौडा कपडा उधोग लिमिटेडको हालत त्यस्तो हुनुमा माननीय ज्यु तथा माननीयज्यु को पार्टीको भूमिकालाई मकवानपुरेहरुले नदेखेको हो र ?

कम्युनिस्ट सिद्धान्त त्यहि माथि चिनका नेता क.माओले पुरानो संरचना भत्काउ नयाँ निर्माण गरभन्ने युक्ति पढेका नेपालको कम्युनिस्टहरुले राणा देखि पंचायतकालका सम्पूर्ण उधोग धन्दा ध्वस्त बनाउन जाने अनि आफ्ना बिरोधि कांग्रेसलाई निजीकरणको नाउँमा साथ पनि दिए तर नयाँ निर्माण गर्न भने जानेनन जसको नतिजा लाखौ लाख नेपालीहरु बिदेसमा रोजगार गर्न जान बाध्य छन भने हामीहरुको कारणले गर्दा देसमा यस्तो भएको हो भनेर आत्मालोचना देखि पश्चाताप गर्न भने किन सक्दैनन ?

कम्युनिस्टहरु धर्मलाई अफिम जस्तै ठान्छन भने राज्तान्त्र्लई प्रमुख दुस्मन । अफिम भनेको नशालु पदार्थ हो र त्यसको सेवनमा फसे पछी मानिसले आफ्नो बुद्धि विवेक र चेतना गुमाउछ भनेर धर्मलाई अफिम संग जोडने हिजोका कम्युनिस्ट नेताहरु अहिलेका एक नम्बरको धर्मभिरु भएका छन । अरु पार्टीको किन कुरा गर्नु हिजो मण्डले भनेर आफ्नै जिल्लाका पुर्व पन्च देखि अहिलेका रा.प्र.पा नेपालका नेता माननीय कमल थापा माथि सांघातिक हमला गर्न समेत भएका थिए । वली सरकारमा तिनै हिजोका मण्डले परम मित्र बने । सत्ताको अन्तिम समय सम्म साथ दिएको भएर हो वा संगत गुनाको फल भएर हो अहिले ने.क.पा एमालेमा माधव नेपाल तथा झलनाथ खनाल पक्षधर बाहेक वली गुटकाले ‘महेन्द्रवाद’ नै देसको लागी उत्तम रहेछ भन्दै हिडन थालेका छन तर ‘महेन्द्रबाद’ का जननी स्व.महेन्द्रले लागु गराएको ‘पंचायती शासन’ ठिक हो भनेर चै भन्न सक्दैनन ।

कम्युनिस्ट भनेको निरंकुस शासन प्रणालीमा विश्वास गर्ने पार्टी हो । संसारमा जे जति कम्युनिस्ट शासन लागु भयो त्यसमा एकक्षत्र राज्य गरेका छन । उत्तरी छिमेकमा अहिले पनि एक दलीय कम्युनिस्ट शासन ब्यबस्था लागु छ । तिनीहरुले गरेको विकास देखेर नेपालको कम्युनिस्ट नेताहरु दंग पर्छन । उत्तर कोरियामा राजतन्त्र जस्तै गरि बाजे देखि छोरा हुँदै नातिले शासन गरेका छन तर छिन् देखि उत्तर कोरियाको निरंकुस शासनको बिरोध गर्ने हिम्मत भने गर्दैनन । धेरै टाढाको कुरा के गर्नु छिमेकी भारतको पश्चिम बंगालमा पनि कम्युनिस्टले तीसौ बर्ष अंकटक शासन चलाएकै हुन भने सिक्किम पथलाई रोक्न लागु भएको नेपालको एक दलिय पंचायती शासनलाई निरंकुस भनेर कसरि भन्न सक्छन ?

अहिलेका युवाहरुले देस के हो भनेर बुझ्न सख्त जरुरि छ । बैंशमा त स्याल पनि घोर्ले हुन्छ । जवानीको जोसमा सोच्न सकिएन भने देसको हालत कस्तो हुन्छ अहिलेको नेपालको भद्रगोल परिस्थितिलाई हेरे पुग्छ । शासन र र ब्यबस्था कुनै पनि नराम्रो हुन्न भन्ने पंक्तिकारको ठहर हो । कमरेड माओको किताब घोक्नेले जसरि भत्काए त्यसै गरि बनाएको पनि भए खुसीको साथ मैले पनि ‘कम्युनिस्ट पार्टी जिन्दाबाद’ भनेर भन्न कर लाग्थ्यो । रास्ट्र र रास्ट्रियता भनेको के हो भनेर नबुझ्नेहरुले बिदेसी नेताहरुले लेखेका लालबादको पुस्तक घोकेर तिनीहरुलाई आफ्ना ईस्वर ठान्दै आफ्ना नेताहरुको गुलियो भाषणमा मक्ख परेर एक महिले बाख्राको पाठा पाठी जस्तरी उफ्रिदैमा देसमा आमुल परिवर्तन हुन्न ।  यस्तो कार्य त देस र समाजको लागी झन घातक हुन्छ भन्ने यो पंक्तिकारको ठहर हो ।
‘जय रास्ट्रबाद’ 

फुट्न जानेकाहरु एक ढिक्का भएर जुट्न किन जान्दैनन ?

Written By खांट्टी कुरा on Thursday, September 15, 2016 | September 15, 2016

रा.प्र.पा अर्थात रास्ट्रिय प्रजातन्त्र पार्टी भन्ने बित्तिक्कै पुर्ब पन्चहरुको अखाडा भनेर बुझिन्छ । दुइबाट एक भएको यो पार्टी पनि काँक्रो चिरेको जस्तरी चिरियर अहिले फेरी दुई फक्लेटो भाको छ । त्यहि दुई फक्लेटो भित्रकाले पनि नाम दाम र शान देखाउन नपाएसी पार्टी अध्यक्षलाई सराप्दै छाडेर अरु नामबाट पार्टी खोलेका छन ।

पुर्ब पन्चहरु भनेको राजाको भक्त हुन त्यहि भएर हाम्रा महान कांग्रेस तथा कम्युनिस्टका नेता देखि ठेटनाहरु समेतले 'मण्डले' को दर्जाले विभूषित गरेर रा.प्र.पा का नेता तथा तिनका आसेहरुलाई बोलाउने र हेर्ने चलन छ तर छेपारे चरित्र जाहांपनि भेटिने भएकोले हाल रा.प्र.पा (चुनाव चिन्ह हलोले) राजा र राजतन्त्रलाई लात हानेर जय गणतन्त्रभनेका छन ।  जय गणतन्त्र भनेको राजा बिरोधि शब्द हो । गणतन्त्रमा राजतन्त्रको कुनै मुल्य र मान्यता हुन्न ।

५ जना मुन्छेहरु मिलेसी पांच अर्थात पन्च हुन्छ भने नेपालमा पन्च भन्ने बित्तिक्कै १७ साले  निर्दलीय ब्यबस्था अर्थात दलविहीन ब्यबस्था भनेर बुझछन तर दक्षिणी छिमेकीमा भने पंचायती शासन मज्जैले फस्टाएको छ भने केन्द्रमा त पंचायती राज मन्त्रिभनेर मन्त्रालयनै तोकिएको छ ।

निर्दल भनेको बिना दल अर्थात एक्लो अर्थात दलविहीन ।  नेपालको पन्चहरुको परिभाषा यत्ति हो भने बहुदल भनेको धेरै । अर्थोकमा नभए पनि अर्थ र नाम अनुसार काम गर्नु पर्छ भनेर नेपालमा सब्द्को परिभाषाको ईज्जेत राख्न बर्षे च्याउ जस्तरी पार्टीहरु खोलिएको हुन क्यार ।

२०४६ साल देखि २०५१ साल सम्म एक्कादुक्का बहादुरहरु बाहेक अरुले सिना तानेर म भू.पु पन्चेहो भनेर हिम्मत गर्न सकेनन । समय समयकि बातहे भन्ने हिन्दि उखान जस्तै बौदलेहरुको अगाडी थर्रर भका खांटी पन्चहरु मुखा बुजो लाएर बसेका थिए । कहिलेकाही राजाको सवारी भयो भने न्वारान देखिको बल निकालेर श्री ५ महाराजधिराज सर्खारको जय’, हामि अन्यायमा परेम सर्खार भनेर बिन्ति बिसौथे तर आफै अन्यायमा परेका राजाले तिनीहरुलाई के नै न्याय दिन सक्थे । झन अहिले त राजा पनि छैन तर पनि निलम्बितमा परेका राजाले आफ्ना निवास छाडेर बाहिर निस्कना साथ पुरानै पाराले श्री ५ महाराजधिराज सरकारको जय जय भन्ने छाडेका छैनन । समय समयको कुरा यस्तै हुन्छनि हैन र ?

हातको सबै अम्ला बरोबरी हुन्न । अबसरबादी सबै क्षेत्र, तह र तप्कामा नहुने कुरै भएन । पन्चेत हुन्जेल पन्चेतको गुणगान गाएर नथाक्नेहरु बहुदल आम्नासाथ दस्तुर माफिकको पार्टीमा गएर खांटी कांग्रेस तथा कम्युनिस्ट बनेको भएको पनि देखिएकै हो  यस्तामा पन्चहरुमात्र नभएर राजाका सिन्दुर थाप्ने रास्ट्रसेवकहरु पनि थिए । नामनामेसी लामै छ । देखिए पछी बयान गर्नु जरुरि भएन ।

निर्दलका ठेकेदारहरुले निर्दलको परिभाषा दिंदै सब्द्को ईज्जेत राख्नु पर्नेमा सब्द्को बलात्कार गर्दै २०४८ जो चुनाउमा रा.प्र.पा नेपाल गाई र हलोको नाउँमा चुनाउ लडे । पन्चको शासनमा नेपालमा बस्न नसकेका कांग्रेस देखि कम्निस्टका नेताहरु जय भारतभन्दै भारतमा बस्न गएका थिए । भारतको हावाले भेटेको भएर होला हाम्रा कांग्रेस देखि कम्निस्टहरु आजकल जुटन र फुटन बेर लाम्दैनन ।

हिजै कम्निस्टको खेदो गर्ने पन्चमाराजहरुले कांग्रेस देखि कम्निस्टको नक्कल गर्दै जुटे, फेरी फुटे र फेरी जुट्ने नाटक गर्दैछन तर पशुपतिनाथ देखि श्री ५ महाराजधिराज मान्ने कि नमान्ने भन्ने विवादमा अड्केका छन । नाम मात्र पशुपति भएर के गर्नु तिनै पशुपतिले अहिले धर्म निरपेक्ष देखि गणतन्त्रको जय भनेसी पुर्व पन्चहरु कसरि एक हुन सक्थे । यिनीहरुको एकीकरण पनि स्याल हुईय्या मात्र रैछ भनेर आज प्रमाणित भएको छ ।

जुट्ने र फुट्नेमा नअटाएकाहरु अर्थात यहि पार्टीमा बसी राहे ठुला पदमा पुग्न सकिन्न भन्ने देखि लिएर पार्टी भित्र टाउकेको बिरोध गरेको बापतमा बर्खास्तीमा परेकाहरुले खांटी पन्च भेला गरे जुन पन्चभेला लाई पुर्ब पन्चेती मन्त्रि केशरबहादुरले अगुवाई गर्दै छन भनेर तात्तातो सम्चार बिजुली भित्तामा पढ्न पाईदैछ । पन्च देखि कांग्रेस हुँदै फेरी पन्च बन्न आएका केशर बहादुर बिस्टहरुले राजाको शासन फर्काउने सपना देख्दैछन । सपना पुरा हुनलाई सबै दरबारे देखि तर्बारेहरु एकज्यान हे हम बन्न सक्नु पर्छ । शोषक र सामन्ती संस्कार अनि राणाको हावाले भेटेको यिनीहरु कहिले पनि एक हुन जानेका छैनन र हुँदा पनि हुँदैनन भने निलम्बित माहाराजको सपना कसरि पुरा गर्लान ।   

केशर बहादुर बिस्टकाजि पन्चेतमा खांटी माहापन्च, बौदल आयेसी खांटी कांग्रेसी, फेरी हिन्दु धर्म र राजतन्त्रको वकालत गर्ने रा.प्र.पा नेपालको अध्यक्ष कमल थापाको यारी बन्दै गाई पार्टी प्रबेस । एक म्यानमा दुई तरवार हुन्न भन्ने कहावतलाई झल्याँस्स सम्झे पछी आरोप प्रत्यारोप गर्दै पानि बाराबारको स्थितिमा पुगेको पनि देखिएकै हो । अहिले कमल थापालाई धारे हात लाएर सराप्दै बृहत रास्ट्र्बादी मोर्चाको सल्लाहकार बनेर महाराजको सपना कमल थापाले पुरा गरेन अब हामि पुरा गर्छ्म भन्दै पुगेका छन ।

निर्दलको वकालत गर्ने पन्चहरुको जमाते आज रा.प्र.पा हलो, गाई, लावती, बिस्ट, राजाबादी बृहद रास्ट्रबादी मोर्चा जस्ता नामहरुले चिनिन थालिएको छ भने यिनीहरु कसरि देसभक्त रास्ट्रबादी भए ?

रास्ट्रबादी भनेको रास्ट्रलाई माया गर्ने भनेर अर्थ लाग्छ । नेपालको प्राय सबै च्याउहरु पहिला रास्ट्रबादीको ढ्वांग फुक्छन । जनताले माया गरेर हैसियत अनुसारको रोलक्रम तोकी दिन्छन तर सत्तामा पुग्नासाथ बिदेसिको ताबेदारी गर्न थाल्छन भने ति कसरि रास्ट्रबादी भए ?

यदि सच्चा रास्ट्रबादी हुन र राजसंस्था देखि सनातन हिन्दु धर्मको जगेर्ना गर्ने अठोट लिएका छन र विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाल बनाउने संकल्प गरेका छन भने कनिका छरिएको जस्तरी नछरिकन सबै एकजुट भएर एउटा मात्र पार्टी वा मोर्चा गठन गरेर त्यसैमा समाहित भएर जनताको माझमा गएर जनतालाई सम्झाउन बुझाउन र चेतनाको दियो बाल्न किन सक्दैनन ?
प्रदेस दैनिकको भाद्र २९ गते बुधवारको अंकमा प्रकाशित 

बाठो पल्टेसी देखिने नतिजा यस्तै हुन्छ

Written By खांट्टी कुरा on Wednesday, September 07, 2016 | September 07, 2016


भाद्र २१ गते मंगलवारका दिन नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता शंकर पोखरेलले तराईका नेपाली जनताहरुको बिषयलाई लिएर सामाजिक संजाल twitter  मा एउटा twitt पोस्ट गरे । पोखरेलले twitter  मा गरेको twitt सामाजिक संजाल facebook मा समेत धेरैले share  गरे ।  
हेर्नुहोस twitte  


शंकर पोख्रेल नेपाल कम्युनिस्ट पार्टी एमालेको जिम्मेवार नेता हुन । अहिलेको बदलिँदो परिस्थिमा पोखरेलले गरेको twitt लाई अर्थको अनर्थ लगाएर सामाजिक संजालमा ब्यापक बिरोध भयो भने तराईको जिल्ला गौरमा तराईका केहि ब्यक्तिहरुले पोखरेलको पुत्ला बनाएर दहन समेत गरे ।
नागरिक न्युजमा छापिएको तस्बिर
नेपालको हिमाली भेगमा हिउँ पर्छ ।  हिउँ भनेको चिसो बस्तु हो ।  हिमाली भन्दा मुनिको पहाडी भेगमा चिसो हुन्छ । हिउँको कारणले गर्दा चिसो हुनेनै भयो । चिसो स्थानमा बस्ने मान्छेहरु गोरा हुन्छ । तराई भनेको गर्मि ईलाका हो र गर्मि स्थानमा बस्ने मान्छेहरु काला हुन्छन । खेतिबारीको होस या अन्य बाहिर स्थान कामकाज गर्दा घामले डढेर कालो हुनु स्वाभिबिकै हो ।

२०४६ साल पछी नेपालमा वाक स्वतन्त्रता दिएको छ । वाक स्वतन्त्रताको उपयोग गर्दै एमाले नेता पोखरेलले तराईका जनताको रुपरंगलाई लिएर त्यसमा संबिधान घोषणा भएको दिन असोज ३ गते जोडिदिए । के निउँ पाउ कनिका बुकाउ भन्नेहरुले पोखरेलको twitt मा रंगभेद भन्ने शब्द जोडिदिए । ‘रंगभेद’ भन्ने शब्द निकै गहन शब्द हो ।  शब्दको अर्थ बुझेर पनि बुझ पचाएको नतिजा हो एमाले नेता शंकर पोखरेलको अहिलेको twitt विवाद । अर्थ नबुझेको भएर होला २०४६ साल पछी नेपाली कांग्रेसका नेता स्व.गणेशमान शिंहले राखी दिएको ‘भेडा’ शब्दले आज आएर पुन: सार्थकता पाएको छ ।

हिजोआज जात देखि बर्ण जोडेर बोल्नु तथा लेख्नु महा अपराध हो भन्ने भावनाको बिकास भएको छ । तराइका मान्छेहरुलाई अन्य क्षेत्रका मान्छेहरुले ‘मदेसी’ भन्यो भने हिनभावना महसुस गर्छन । त्यस्तै जातिमा पनि छ । आफैले आफैलाई दलित देखि मधेसी भनेर ‘आरक्षण’ को नाउँमा राज्यको ढुकुटी दोहन गर्न पाईन्छ तर अन्य जातिले दमै, कामि, शार्की, पोडे, च्यामे, मेत्तर भन्यो भने हाम्रो जातिको खिल्ली उडायो भनेर ७ रेक्टरको भुईचालो निकालेर संसार हल्लाउन पछी पर्दैनन । ताल परेको खण्डमा मानहानिको मुद्धा समेत लगाउन पछी पर्दैनन ।

क्रान्तिको माध्यमबाट गाउँ टोल हैन संसारनै परिवर्तन गर्न सकिन्छ भन्नेहरु कम्युनिस्ट हुन । कम्युनिस्ट पार्टीका विभिन्न घटकहरु मध्ये एमाले पार्टीका नेता हुन शंकर पोखरेल । हिजो आफैले रंगभेद, जातीय तथा पहिचान देखी शोषक र सामन्तको बिरुद्धमा बिगुल बजाउने नेताले आज आएर रंगभेदको कुरा गर्नु अलि अपाच्य नै हुने भो ।

बिरोध देखि पुत्ला दहन सहन नसकेर पोखरेलले आफ्नो twitter खाताबाट उक्त twitt  लाई त हटाए तर आफ्नै पार्टीको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी.वली ले दिएको बचन बाणलाई मनमा ईख राखेर पालेका तराईबासीले मौकाको फाईदा उठाउदै नेता शंकर पोखरेलको पुत्ला दहन गरेर एमाले पार्टी माथि मज्जैले साटो फेरेको छन भन्ने ज्वलन्त उदाहरण पनि दिए ।
twitt हटाए पछी नेता पोखरेलको प्रतिक्रिया

हावाको बेग पत्ता लाउन नसक्ने एमाले नेता शंकर पोखरेल अपरिपक्व नेता रैछन भन्ने कुरा आज प्रमाणित भएको छ । आफैले हानेको गोलिले आज उनि आफै ठहरै भएका छन । जस्तो रोप्यो त्यस्तै फल्छ । जस्तो सिकायो त्यस्तै सिक्छन भन्ने ज्ञान भएको भए यस्ता twitt  पक्कै पनि गर्दैन थिए होलान ।

लेखाईको शारांस बुझ्ने जो कोहीलाई पनि नेता पोखरेलको twitt अप्रिय लाग्दैन । भन्न खोजेको कुरा ठिक पनि हो तर कांग्रेसी नेता स्व.गणेशमानको भेडा जनताहरु बस्ने देसमा अर्थ बुझ्दिने भएको भए देसको आज यो गति हुदैनथ्यो । असोज ३ गतेलाई ‘कालो दिबस’ भन्नेमा यो पंक्तिकार पनि पर्दछ तर अहिलेको यो समयमा तराईको मान्छेलाई काले भनेर भन्ने हिम्मतचै पक्कै पनि गर्दैन ।  

सवारी दुर्घटनामा देखिएको सत्य यहिनै हैन र ?

Written By खांट्टी कुरा on Friday, September 02, 2016 | September 02, 2016

गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीको बिर्ता देउराली-९ खहरेखोलामा बा ३ ख १०६ नम्बरको बस दुर्घटनामा पर्यो ! बस चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतम र सह चालक कमल गौतम समेतको संयुक्त लगानीमा खरिद भएको बसका चालकले जानाजानी आफ्नै लगानीको बस दुर्घटना गरायो भनेर भन्नु गलत हो ! प्राबिधिक कारणले भएको उक्त दुर्घटनामा २७ जनाले अकारण ज्यान गुमाउनु पर्यो भने ४० जना घाईते भए !

काभ्रे दुर्घटना भएको दुइहप्ता नपुग्दै गौरबाट पोखराको लागी छुटेको ग १ ख ३७०९ बस दुर्घटना हुँदा २२ जनाको घटनास्थलमा मृत्य भयो, १० जना घाईते भए भने ४ जना बेपत्ता हुन पुग्यो !
 
तस्बिर साभार: गुगल सर्च
यी माथिका दुई ठुला घटना सेलाउन नपाउंदै छिटपुट दुर्घटना हान अझै छाडेको छैन ! आखिर किन हुन्छ नेपालमा दिनहु जसो सवारी दुर्घटना ?
२०४६ साल भन्दा अगाडी सम्म नेपालमा अहिलेको जस्तरी अन्धाधुन्ध सवारी भित्र्याउअन् दिईएको थिएन ! राजमार्गमा सवारी चलाउने बसहरुका कन्डक्टर, खलासीहरु आफ्नो गुरु (ड्राईभर) संग थर्कमान हुन्थे ! सानातिना मर्मत गर्न नजान्नेलाई खलासी काम पाउन गारो हुन्थ्यो ! गाडीमा अनिवार्यरुपमा स्पेयर पार्ट्स राख्नु पर्दथ्यो !

अत्याधिक सवारी भित्र्याएको कारणले गर्दा अहिले दक्ष चालक तथा खलासी भेटन मुस्किल छ ! धेरै पढेलेखेका बेरोजगारहरु खलासी काम गर्न रुचाउदैनन ! धेरै पढेको खलासी गर्न आय भने त्यस्ता खलासी देखि ड्राईभर डराउनु पर्ने स्थिति छ ! कन्डक्टरले बसलाई आफ्नै सम्पति जस्तो ठान्दै चालक तथा सह चालक भनिने खलासी माथि तानाशाह लादन खोज्छन ! बाटोमा चिया खाने बेलामा पैसा कसले तिर्ने भन्ने विवादमा ड्राईभर र कन्डक्टरको बिचमा झगडा भएको पनि धेरै पटक देखेको छु ! सवारी चलाउँदा चालकलाई तनाव दिनु हुन् त्यसरी तनाव दियो भने चालकले रिसले लापरबाही संग सवारी चलाएर दुर्घटना गराउछ भन्ने उदाहरण पनि देखिएको छ !

हिजो आज अनुशासन कुन चराको नाउँ हो जस्तो भई सकेको छ ! हरेक क्षेत्रमा अनुशासनहिनको नतिजा राम्रै संग देख्न पाईन्छ ! सार्बजनिक सवारीमा अनुशासनहिनको बिउ रोप्ने यातायात मजदुर संगठनहरु हुन ! यातायात मजदुर संगठनहरु भनेको राजनैतिक पार्टीका भात्री संगठनहरु हुन र यिनै संगठनहरुले चाहेमा जे पनि गर्न सकिन्छ भन्ने भ्रम फैलाईएको छ ! चक्काजाम देखि तोडफोड त्यसको उदाहरण भित्र पर्दछ !

अनुशासनहिन काम कार्य सिकाउने अहिलेका पार्टीका नेताहरु हुन ! सरकारको बिरुद्धमा कसरि भिड्ने भनेर आफ्ना कार्यकर्तालाई राम्रै संग प्रशिक्षण दिएका छन ! भोलि आफु पनि सरकारमा जानु पर्छ भन्ने सोच पलाएका भए अराजक गतिविधिको तालिम पक्कै पनि दिदैनथे !

हरेक कुरामा अराजकता मौलाउनु भनेको अनुशासनहिनताको नतिजा हो ! दिनहु सवारी दुर्घटना हुन्छ ! किन हुन्छ भनेर आज सम्म कोहि कसैले सत्य तथ्य जानेर पनि बताउन चहादैनन, किन ?

गल्ति गर्ने सरकार ! सरकार हाक्ने राजनीतिक पार्टीका नेताहरु ! सरकारी कर्मचारीलाई आदेस निर्देशन दिने पनि सरकार अनि आफ्ना कार्यकर्तालाई उचालेर राजमार्ग बन्द गर्ने प्रतिपक्षका नेताहरु हैनन ?

बाटोको क्षमता भन्दा बढी सवारी साधन भित्र्याउनु हुन्न ! सवारी संचालन गर्न पक्कि दुई लेनको सडक हुनु पर्दछ ! निर्माण हुँदै गरेको बाटोघाटोमा सवारी चलाउंदा दुर्घटना हुन्छ ! नयाँ सवारी तथा त्यसको पाटपुर्जा आयात गर्दा बढी भन्सार तथा राजस्व लगाउनु भनेको गरिब जनतामा भार पार्नु हो भनेर सोच्नु पर्दैन ?

जब सवारी दुर्घटना हुन्छ त्यस पछी सबै भन्दा पहिला चालकलाई दोषी देखाईन्छ ! कच्चि, बिग्रेको, भत्केको बाटो अनि महँगो पार्ट पुर्जा खरिद गर्न नसकेर कवाडीको सामान खरिद गरेर सवारी मर्मत गर्नु देखि लगानी उठाउन बाध्य भएर सरकारले तोकी दिएको यात्रु संख्या भन्दा बढी सवारी चढाउनु पर्ने बाध्यता सवारी धनिहरु संग छ भनेर पार्टीका नेताहरुले कहिले सोचेको छ ?

नेपालमा सिन्डिकेट प्रथा राम्रै संग मौलाएको छ ! हरेक क्षेत्रमा यो प्रथाले नराम्रो संग जरा गाडेको छ ! काभ्रे दुर्घटनामा परेको बसको मालिकले रु ७ लाख खर्चेर सिण्डिकेट चलाउनेहरुबाट रुट किनेर सवारी संचालन गरेको बुझिन्छ भने ! सिन्डिकेट चलाउनेहरु पनि राजनीतिक पार्टीहरु संग आबद्ध छन र राजनीतिक पार्टीले चाहेर पनि सिन्डिकेट प्रथा खारेज गर्न सक्दैन ! धेरै पल्ट खारेज गर्न खोजेका हुन तर सफल भएका छैनन !

ट्राफिक दुर्घटना नियन्त्रण गर्ने नाउँमा ट्राफिक प्रहरिलाई कमिशनको लोभ देखाएर राजस्व बढाउने कि नियम कानूनको पालना गर्न लगाउनु भन्दा पहिला सेवा र सुबिधा दिने ? गल्ति गर्ने आफै अनि कानूनको डण्डा चलाउने पनि आफै ! यो कसरि न्यायसंगत भो त सर्खार ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger