Tuesday, October 04, 2016

राता पुस्तक घोक्दैमा देसमा आमुल परिवर्तन हुन्न

साझा कुरा दैनिक हेटौडाको मिति २०७३ असोज १६ गतेको अंकमा प्रकाशित
२०७३ असोज ८ गते सनिवारको दिन हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ मा रहेको माउण्ट एभरेस्ट इंगलिस बोर्डिंग स्कुलमा युवा संघ नेपाल वार्ड नामबार ८ ईकाई कमिटिको सम्मेलन भयो । वडाबासि तथा सुभेच्छुकको नाता अनि पत्र पत्रिकामा कलम चलाउने भएकोले गर्दा मैले कार्यक्रममा जानु जरुरि पनि थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा हेटौडा ९ निवासी तथा माननीय संसद सदस्य अनन्तराम पौडेलज्युलाई निम्त्याईएको रहेछ । युवा संघ नेपाल कम्युनिस्ट पार्टी एमालेको भात्री संगठन हो । भात्री संगठन बिना पार्टी चल्न सक्दैन । राजनीतिक पार्टीको दाहिने हात हो भात्री संघ तथा संगठनहरु त्यसमा पनि युवा संगठनको आफ्नै छुट्टै र ठुलै भूमिका पनि हुन्छ ।

आफु बसेको वडाकै भाई किरण अर्यालले सुरुमै मन्तब्य ब्यक्त गर्ने मौका पाए । ति भाई एमाले पार्टीको युवा संगठन वडा कमिटिका सदस्य पनि हुन । बडो खरो किसिमले मन्तब्यराख्दै आफ्नै पार्टी नेताहरुलाई खबरदारी गर्न समेत पछी परेनन । सबैलाई थाहा छ देसको चर्चित कम्युनिस्ट पार्टी एमाले अहिले गुटबन्दीले नराम्रो संग थलिएको छ । ‘गुटबन्दी गरेर पार्टीलाई तहस नहस पार्न पाईदैन’ भन्दै चोर अम्लो ठड्याएर भर्खरका २५ नकाटेको युवाले खबरदारी गर्दा माननीय सदस्य ज्युले त्यसलाई के कसरि लिनु भयो त्यो उहाँनै जान्नु होला ।

पंक्तिकारले सोचेको थियो अहिलेको समसामयिक राजनीति देखि आर्थिक तथा सामाजिक कार्यमा अहिलेका युवाहरु दक्खल राख्न सक्षम छ तर त्यो सोचाई सतप्रतिसत गलत रैछ भनेर महसुस भयो । ईस्वर अर्यालले देसमा अहिले कांग्रेस तथा माओबादी पार्टीका ठुला नेताहरु मिलेर धर्म, संस्कृति देखि भाषाको खिल्ली उडाउदै देसको कानूनमा संसोधन गरेर हिन्दि तथा अंग्रेजी भाषा लादने जमर्को गर्दैछन । युवाहरु देस छाडेर बिदेसिनु परेको पिडा पनि देखेकै होलान त्यसैले मन्तब्यमा यस्ता कुराको जोडदार ढंगले बिरोध गर्लान भन्ने सोचेको थिए तर यस्ता कुरालाई बिर्सिएर पार्टीलाई अब देसको एक नम्बर पार्टी बनाउनु पर्छ ।  त्यसको लागी हामि युवाहरु शसक्त ढंगले लाग्नु पर्छ भनेर भनेको सुने । पार्टी गुट उपगुटले सक्किन लागेको बेलामा अर्याल भाईको जोस जाँगर ‘चियाको तुफान’ जस्तै नहोला भनेर भन्न सकिदैन किनभने कुनै समयमा मकवानपुर जिल्लामा ने.क.पा एमालेले आफ्नो एकक्षत्र राज गर्न सफल भएको थियो । गुटबन्दिदिको परिणामले गर्दा पार्टीले समय समयमा खानु परेको मातलाई एमालेका लालसेनाहरुले के कसरि भुल्न सक्छन । तर खबरदारी भने गर्न सक्दैनन । यदि गरेका भए पार्टीमा गुट उपगुट जन्मिन्थ्यो ?

कार्यक्रमकै सिलसिलामा माननीय सदस्य पौडेलले आफ्नो भनाई राख्नु भयो । बिदेसमा भएको बिकासको कथा सुनाउनु भयो । बिक्रम सम्बत १९१७ मा नेपालमा पहिलो सुरुंग मार्ग निर्माण भयो जसलाई मकवानपुर जिल्लाको चुरियामाई मा रहेको सुरुंग मार्ग भनर चिन्ने मौका पाएका छन । एसियाको ठुला देशरु भारत तथा चिनका जनताले बिजुलीको अनुहार नदेख्दा हाम्रो देस नेपालको फर्पिंग काठमान्डौमा भने बिजुली बत्ति बलि सकेको थियो भनेर सुनाउनु भयो ।

माननीयज्यु लाई थाहा होला कि नहोला चुरेको सुरुंग मार्ग देखि फर्पिंगको बिजुली राणा शाहीले बनाई दिएका हुन । नेपालमा भएका अन्य ठुला बिजुली आयोजना त्रिसुली देखि मकवानपुरकै कुलेखानी जल बिधुत पन्चको पालामा बनाइएको हो । चाईना भ्रमणमा माननीयज्यु ले देख्नु भएको बिकासको कुरा गर्ने हो भने माननीय ज्युकै घर अगाडी स्थापना भएको हेटौडा कपडा उधोह लिमिटेड पनि पन्चको पालामा छिमेकी चिनले सित्तैमा बनाई दिएको हो ।

अन्य स्थानको कुरा नगरौ हाफ्नै आँखा अगाडिको हेटौडा कपडा उधोग लिमिटेडमा कम्युनिस्ट देखि कांग्रेस पार्टीहरु मिलेर सयौ पटक हड्ताल हुँदा माननीय सदस्य ज्युको उपस्थिति थियो कि थिएन ? दिनहुको बन्द र हड्ताल थेग्न नसकेर अन्तमा बन्द भएर हाल खण्डहर बन्न पुगेको हेटौडा कपडा उधोग लिमिटेडको हालत त्यस्तो हुनुमा माननीय ज्यु तथा माननीयज्यु को पार्टीको भूमिकालाई मकवानपुरेहरुले नदेखेको हो र ?

कम्युनिस्ट सिद्धान्त त्यहि माथि चिनका नेता क.माओले पुरानो संरचना भत्काउ नयाँ निर्माण गरभन्ने युक्ति पढेका नेपालको कम्युनिस्टहरुले राणा देखि पंचायतकालका सम्पूर्ण उधोग धन्दा ध्वस्त बनाउन जाने अनि आफ्ना बिरोधि कांग्रेसलाई निजीकरणको नाउँमा साथ पनि दिए तर नयाँ निर्माण गर्न भने जानेनन जसको नतिजा लाखौ लाख नेपालीहरु बिदेसमा रोजगार गर्न जान बाध्य छन भने हामीहरुको कारणले गर्दा देसमा यस्तो भएको हो भनेर आत्मालोचना देखि पश्चाताप गर्न भने किन सक्दैनन ?

कम्युनिस्टहरु धर्मलाई अफिम जस्तै ठान्छन भने राज्तान्त्र्लई प्रमुख दुस्मन । अफिम भनेको नशालु पदार्थ हो र त्यसको सेवनमा फसे पछी मानिसले आफ्नो बुद्धि विवेक र चेतना गुमाउछ भनेर धर्मलाई अफिम संग जोडने हिजोका कम्युनिस्ट नेताहरु अहिलेका एक नम्बरको धर्मभिरु भएका छन । अरु पार्टीको किन कुरा गर्नु हिजो मण्डले भनेर आफ्नै जिल्लाका पुर्व पन्च देखि अहिलेका रा.प्र.पा नेपालका नेता माननीय कमल थापा माथि सांघातिक हमला गर्न समेत भएका थिए । वली सरकारमा तिनै हिजोका मण्डले परम मित्र बने । सत्ताको अन्तिम समय सम्म साथ दिएको भएर हो वा संगत गुनाको फल भएर हो अहिले ने.क.पा एमालेमा माधव नेपाल तथा झलनाथ खनाल पक्षधर बाहेक वली गुटकाले ‘महेन्द्रवाद’ नै देसको लागी उत्तम रहेछ भन्दै हिडन थालेका छन तर ‘महेन्द्रबाद’ का जननी स्व.महेन्द्रले लागु गराएको ‘पंचायती शासन’ ठिक हो भनेर चै भन्न सक्दैनन ।

कम्युनिस्ट भनेको निरंकुस शासन प्रणालीमा विश्वास गर्ने पार्टी हो । संसारमा जे जति कम्युनिस्ट शासन लागु भयो त्यसमा एकक्षत्र राज्य गरेका छन । उत्तरी छिमेकमा अहिले पनि एक दलीय कम्युनिस्ट शासन ब्यबस्था लागु छ । तिनीहरुले गरेको विकास देखेर नेपालको कम्युनिस्ट नेताहरु दंग पर्छन । उत्तर कोरियामा राजतन्त्र जस्तै गरि बाजे देखि छोरा हुँदै नातिले शासन गरेका छन तर छिन् देखि उत्तर कोरियाको निरंकुस शासनको बिरोध गर्ने हिम्मत भने गर्दैनन । धेरै टाढाको कुरा के गर्नु छिमेकी भारतको पश्चिम बंगालमा पनि कम्युनिस्टले तीसौ बर्ष अंकटक शासन चलाएकै हुन भने सिक्किम पथलाई रोक्न लागु भएको नेपालको एक दलिय पंचायती शासनलाई निरंकुस भनेर कसरि भन्न सक्छन ?

अहिलेका युवाहरुले देस के हो भनेर बुझ्न सख्त जरुरि छ । बैंशमा त स्याल पनि घोर्ले हुन्छ । जवानीको जोसमा सोच्न सकिएन भने देसको हालत कस्तो हुन्छ अहिलेको नेपालको भद्रगोल परिस्थितिलाई हेरे पुग्छ । शासन र र ब्यबस्था कुनै पनि नराम्रो हुन्न भन्ने पंक्तिकारको ठहर हो । कमरेड माओको किताब घोक्नेले जसरि भत्काए त्यसै गरि बनाएको पनि भए खुसीको साथ मैले पनि ‘कम्युनिस्ट पार्टी जिन्दाबाद’ भनेर भन्न कर लाग्थ्यो । रास्ट्र र रास्ट्रियता भनेको के हो भनेर नबुझ्नेहरुले बिदेसी नेताहरुले लेखेका लालबादको पुस्तक घोकेर तिनीहरुलाई आफ्ना ईस्वर ठान्दै आफ्ना नेताहरुको गुलियो भाषणमा मक्ख परेर एक महिले बाख्राको पाठा पाठी जस्तरी उफ्रिदैमा देसमा आमुल परिवर्तन हुन्न ।  यस्तो कार्य त देस र समाजको लागी झन घातक हुन्छ भन्ने यो पंक्तिकारको ठहर हो ।
‘जय रास्ट्रबाद’ 

No comments:

Post a Comment