Friday, September 02, 2016

सवारी दुर्घटनामा देखिएको सत्य यहिनै हैन र ?

गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीको बिर्ता देउराली-९ खहरेखोलामा बा ३ ख १०६ नम्बरको बस दुर्घटनामा पर्यो ! बस चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतम र सह चालक कमल गौतम समेतको संयुक्त लगानीमा खरिद भएको बसका चालकले जानाजानी आफ्नै लगानीको बस दुर्घटना गरायो भनेर भन्नु गलत हो ! प्राबिधिक कारणले भएको उक्त दुर्घटनामा २७ जनाले अकारण ज्यान गुमाउनु पर्यो भने ४० जना घाईते भए !

काभ्रे दुर्घटना भएको दुइहप्ता नपुग्दै गौरबाट पोखराको लागी छुटेको ग १ ख ३७०९ बस दुर्घटना हुँदा २२ जनाको घटनास्थलमा मृत्य भयो, १० जना घाईते भए भने ४ जना बेपत्ता हुन पुग्यो !
 
तस्बिर साभार: गुगल सर्च
यी माथिका दुई ठुला घटना सेलाउन नपाउंदै छिटपुट दुर्घटना हान अझै छाडेको छैन ! आखिर किन हुन्छ नेपालमा दिनहु जसो सवारी दुर्घटना ?
२०४६ साल भन्दा अगाडी सम्म नेपालमा अहिलेको जस्तरी अन्धाधुन्ध सवारी भित्र्याउअन् दिईएको थिएन ! राजमार्गमा सवारी चलाउने बसहरुका कन्डक्टर, खलासीहरु आफ्नो गुरु (ड्राईभर) संग थर्कमान हुन्थे ! सानातिना मर्मत गर्न नजान्नेलाई खलासी काम पाउन गारो हुन्थ्यो ! गाडीमा अनिवार्यरुपमा स्पेयर पार्ट्स राख्नु पर्दथ्यो !

अत्याधिक सवारी भित्र्याएको कारणले गर्दा अहिले दक्ष चालक तथा खलासी भेटन मुस्किल छ ! धेरै पढेलेखेका बेरोजगारहरु खलासी काम गर्न रुचाउदैनन ! धेरै पढेको खलासी गर्न आय भने त्यस्ता खलासी देखि ड्राईभर डराउनु पर्ने स्थिति छ ! कन्डक्टरले बसलाई आफ्नै सम्पति जस्तो ठान्दै चालक तथा सह चालक भनिने खलासी माथि तानाशाह लादन खोज्छन ! बाटोमा चिया खाने बेलामा पैसा कसले तिर्ने भन्ने विवादमा ड्राईभर र कन्डक्टरको बिचमा झगडा भएको पनि धेरै पटक देखेको छु ! सवारी चलाउँदा चालकलाई तनाव दिनु हुन् त्यसरी तनाव दियो भने चालकले रिसले लापरबाही संग सवारी चलाएर दुर्घटना गराउछ भन्ने उदाहरण पनि देखिएको छ !

हिजो आज अनुशासन कुन चराको नाउँ हो जस्तो भई सकेको छ ! हरेक क्षेत्रमा अनुशासनहिनको नतिजा राम्रै संग देख्न पाईन्छ ! सार्बजनिक सवारीमा अनुशासनहिनको बिउ रोप्ने यातायात मजदुर संगठनहरु हुन ! यातायात मजदुर संगठनहरु भनेको राजनैतिक पार्टीका भात्री संगठनहरु हुन र यिनै संगठनहरुले चाहेमा जे पनि गर्न सकिन्छ भन्ने भ्रम फैलाईएको छ ! चक्काजाम देखि तोडफोड त्यसको उदाहरण भित्र पर्दछ !

अनुशासनहिन काम कार्य सिकाउने अहिलेका पार्टीका नेताहरु हुन ! सरकारको बिरुद्धमा कसरि भिड्ने भनेर आफ्ना कार्यकर्तालाई राम्रै संग प्रशिक्षण दिएका छन ! भोलि आफु पनि सरकारमा जानु पर्छ भन्ने सोच पलाएका भए अराजक गतिविधिको तालिम पक्कै पनि दिदैनथे !

हरेक कुरामा अराजकता मौलाउनु भनेको अनुशासनहिनताको नतिजा हो ! दिनहु सवारी दुर्घटना हुन्छ ! किन हुन्छ भनेर आज सम्म कोहि कसैले सत्य तथ्य जानेर पनि बताउन चहादैनन, किन ?

गल्ति गर्ने सरकार ! सरकार हाक्ने राजनीतिक पार्टीका नेताहरु ! सरकारी कर्मचारीलाई आदेस निर्देशन दिने पनि सरकार अनि आफ्ना कार्यकर्तालाई उचालेर राजमार्ग बन्द गर्ने प्रतिपक्षका नेताहरु हैनन ?

बाटोको क्षमता भन्दा बढी सवारी साधन भित्र्याउनु हुन्न ! सवारी संचालन गर्न पक्कि दुई लेनको सडक हुनु पर्दछ ! निर्माण हुँदै गरेको बाटोघाटोमा सवारी चलाउंदा दुर्घटना हुन्छ ! नयाँ सवारी तथा त्यसको पाटपुर्जा आयात गर्दा बढी भन्सार तथा राजस्व लगाउनु भनेको गरिब जनतामा भार पार्नु हो भनेर सोच्नु पर्दैन ?

जब सवारी दुर्घटना हुन्छ त्यस पछी सबै भन्दा पहिला चालकलाई दोषी देखाईन्छ ! कच्चि, बिग्रेको, भत्केको बाटो अनि महँगो पार्ट पुर्जा खरिद गर्न नसकेर कवाडीको सामान खरिद गरेर सवारी मर्मत गर्नु देखि लगानी उठाउन बाध्य भएर सरकारले तोकी दिएको यात्रु संख्या भन्दा बढी सवारी चढाउनु पर्ने बाध्यता सवारी धनिहरु संग छ भनेर पार्टीका नेताहरुले कहिले सोचेको छ ?

नेपालमा सिन्डिकेट प्रथा राम्रै संग मौलाएको छ ! हरेक क्षेत्रमा यो प्रथाले नराम्रो संग जरा गाडेको छ ! काभ्रे दुर्घटनामा परेको बसको मालिकले रु ७ लाख खर्चेर सिण्डिकेट चलाउनेहरुबाट रुट किनेर सवारी संचालन गरेको बुझिन्छ भने ! सिन्डिकेट चलाउनेहरु पनि राजनीतिक पार्टीहरु संग आबद्ध छन र राजनीतिक पार्टीले चाहेर पनि सिन्डिकेट प्रथा खारेज गर्न सक्दैन ! धेरै पल्ट खारेज गर्न खोजेका हुन तर सफल भएका छैनन !

ट्राफिक दुर्घटना नियन्त्रण गर्ने नाउँमा ट्राफिक प्रहरिलाई कमिशनको लोभ देखाएर राजस्व बढाउने कि नियम कानूनको पालना गर्न लगाउनु भन्दा पहिला सेवा र सुबिधा दिने ? गल्ति गर्ने आफै अनि कानूनको डण्डा चलाउने पनि आफै ! यो कसरि न्यायसंगत भो त सर्खार ?