Monday, August 29, 2016

नेपालका कम्युनिस्टहरु नाम मात्रका नास्तिक हुन

खांट्टी कुरा     August 29, 2016    

सन ८ जुलाई १९१४ मा कलकत्तामा जन्मेका ज्योति बसु भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता थिए ! सन १९७७ देखि सन २००० सम्म पश्चिम बंगालको मुख्य मन्त्रि चलाउन सफल यी राजनेताको १७ जनवरी २०१० मा मृत्यु भयो !

कम्युनिस्टहरुले धर्म मान्दैनन ! यहि सिकाएको हुन्छ र जसले ब्यबहारमा पालना गर्छन त्यो नै सच्चा कम्युनिस्ट हो त्यसैले स्व.ज्योति बशुले मृत्यु हुनुभन्दा अगाडी आफ्नो सरिर चिकित्सा विज्ञानको लागी दान दिए ! कम्युनिस्टहरु नास्तिक हुन्छन भन्ने यो नै ठुलो प्रमाण हैन र ?

नेपालमा पनि ३ दर्जन भन्दा पनि बढी संख्यामा कम्युनिस्ट पार्टीहरु छन ! कम्युनिस्टले जात धर्म छुवाछुत भेदभाव केहि पनि मान्दैन भनेर भन्छन ! ब्यबहारमा भने ठ्याक्कै उल्टो गरेर देखाउछन ! नेपालको कम्युनिस्ट नेताहरु मृत्यु पश्चात फूलमालाले सजाएर लास माथि पिताम्बर पिताम्बर माथि कम्युनिस्ट पार्टीको झण्डा ओढाएर आर्यघाटमा लगेर सम्मानपूर्वक सलामीको साथ दाह संस्कार गर्छन भने नेपालको कम्युनिस्टहरु सच्चा कम्युनिस्ट हुन कि सत्ता र भत्ताको लागी कम्युनिस्ट राजनीति गरेका हुन मैले बयान गर्नु पर्ला र ?

जन्मे पछी मर्नु पर्छ ! यो संसारको नियम हो ! आज सम्म कोहि पनि अजर अमर भएका छैनन ! मान्नेले मानेको धर्ममा बिष घोल्ने, आफ्नो फाईदाको लागी समाज बाड्ने अर्थात जातीयताको राजनीति गर्छन भने त्यस्ता ब्यक्तिहरुको निधन पश्चात सच्चामनले श्रद्धान्जली के कसरि दिन सकिन्छ ?मरेको व्यक्तिको खोईरो खन्नु हुन्न भन्छन ! त्यसरी खोईरो खन्ने वाताबरणको शृजना आफैले गरेका हुन कि हैनन ?

हिजो गाउँ समाजमा देखेका छौ नेपालको कम्युनिस्टहरुको राजनीतिक पाठशाला ! जनताको छोराछोरीलाई उचालेर क्रान्तिको नाउँमा लड्ने र लडाउने अनि आफु सत्तामा पुगे पछी आफ्ना नजिकका आसेपासेहरु बाहेक जनताको लागी माखो नमार्ने नेताहरु नेपाली जनताको लागी आदरणीय पात्र हुन सक्दैन !

पहिला पहिला गाउँघरमा मान्छे मरे भने सारा गाउँ उल्टेर मलामी जाने चलन थियो ! अहिले कांग्रेस मरे भने कम्निस्ट, कम्निस्ट मरे भने कांग्रेसका आस्थावानहरु मलामी जादैनन ! कुरा बुझेका हुन्थे भने आज गाउँ समाजमा बिभिन्न खेमामा बाडीन्थ्यो र ?

लेखाई अप्रिय छ ! देखाई र भोगाई बर्णन गर्छु ! लेख्न खोजेको कुरा बुझ्नु भयो भने पनि ठिक नबुझेर मेरो गोरुको बारै टक्का गर्नेहरु संग कसको के लाग्छ र !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .