Latest Post

Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts

पढेर मात्र प्रतिक्रिया दिने गरौ

Written By खांट्टी कुरा on Wednesday, August 03, 2016 | August 03, 2016

-जनकमान डंगोल
स्व.जगजित शिंहलाई छिमेकी रास्ट्र भारतको आधुनिक गजलको जन्मदाता पनि भनेर भन्छन । गजल गायनमा आधुनिक बाधयन्त्रको प्रयोग गर्ने चलन स्व.शिंहलेनै चलाएका हुन ।
स्टेजमा गजल पस्किनु भन्दा पहिला आफ्ना सदस्यहरुको नाम र कामको विवरण दिन पछी पर्दैनन भने गजलको मर्म नबुझेर बेमतलबको हल्ला गर्ने हल्लाबाजरूलाई चुट्किला देखि व्यंग्यको माध्यमबाट खुत्रुक्कै  पार्न पनि बेर लाम्दैनन ।
गजल सुन्न एकाग्रता चाहिन्छ । एकाग्रता भएन भने गजल सुन्नुको कुनै अर्थ हुन्न । गायकले गाउँदै गर्दा निस्किने सब्द र सुर अनि त्यसमा मिसाईएको धुनहरू सुनी सके पछी मनबाट अचानक फुट्ने शब्द हो ‘वाह वाह वाह वाह’ 
..
सरकती जाएहे रुखसे नकाव आहिस्ता आहिस्ता  
निकलता याद आराहाहे आपका आहिस्ता आहिस्ता
..

कुनै एक समयमा स्व.शिंहले स्टेजमा आफ्नो प्रस्तुति दिंदै थिए । प्रस्तुति दिनु भन्दा अगाडिनै हल्लाबाजहरु उफ्रिन कराउन थाले । स्टेजमा निस्किएको ध्वनिले त्यस्तै पुस्टि गर्छ । गजल गाउन सुरु भई सके पछी बिचमा हल्लाबाजहरुले हल्ला गर्न र सिठी बजाउन थाले पछी स्व. शिंहले धुनको साथमा भने तपाईहरुलाई देख्दा मलाई एउटा चुट्किलाको सम्झना आयो । मैले जस्तै गरि एक जनाले गाई रहेको थियो । गाउँदै गर्दा हल्ला गर्न सुरु गरे । बुझेनन् भनेर सेर दोहर्याए । फेरी अगाडीबाट आवाज आयो फेरी सेर दोहर्याए । फेरी अगाडिबाट आवाज आयो । गायकले पहिलाकै भाकामा सेर पढे । त्यस पछी फेरी आवाज आएको देखे पछी गायकले भने दर्शक महानुभावहरु मलाई आर्को पनि सेर पढ्न त दिनुस । फेरी दर्शक दिर्घाको अगाडीबाट आवाज आयो जबसम्म तपाई सुरमा पढ्नु हुन्न हामीहरु यस्तै गरि अगाडिबाट बोल्दै गर्छ्म ।
 ..
यो पंक्तिकार स्व.जगजित शिंह जस्ता महान गायकको हजारमा १ भाग पनि छैन । नभए पछी महान गायक संग दाज्न खोज्नु मुर्खता हो । कुनै पनि समसामयिक बिषयमा लेख रचना लेखि सके पछी निजि ब्लग तथा साईटहरुमा प्रकाशित गरेर प्रिय पाठकहरुले पढ्नु होला भनेर twitter, Facebook, google+ Linkden जस्ता सामाजिक संजालको भित्ताहरुमा छोटो विवरण सहित लिंक राख्ने गर्छु ।
लिंकमा शिर्षक सहित केहि शब्दहरु हुन्छ तर त्यतिले मात्र भन्न खोजेको के हो भन्ने कुरा प्रस्ट हुन्न । प्रस्ट हुनलाई लिंक खोलेर सम्पूर्ण लेखाई पढ्नु पर्ने हुन्छ ।
हाम्राकतिपय मित्रहरु शिर्षक र सानो विवरण देख्ना साथ क्रिया प्रतिक्रिया ब्यक्त गर्न थाल्नु हुन्छ । मैले माथिनै स्व.जगजित शिंहको उदाहरण प्रस्तुत गर्नुको कारण पनि यहिनै हो ।
जसरि एकाग्र मनले गीत/गजल सुन्दैनौ तबसम्म गीत/गजलको आनन्द लिन सकिदैन हो त्यस्तै गरि जब सम्म पाठकहरुले लिकं खोलेर पुरा लेखोट पढ्नु हुन्न तबसम्म भन्न खोजेको रैछ भनेर कसरि बुझ्न सक्नु हुन्छ ?
गायक तथा गायिकाहरुले गजल तथा गीत गाउँदा हल्लाबाजहरुले साईसाई र सुईसुई गर्दै सिठी फुक्न थाल्छन भने आवाज कसरि सुन्न सक्छन ? जब आवाजनै सुन्दैनन भने भन्न गीत गजलको मर्म कसरि बुझिन्छ ? बिजुली भित्ताहरुमा लेखिने लेखाई पनि त्यस्तै हैन र ?
सम्पूर्ण पाठकहरुमा सानो अनुरोध गर्न चाहन्छु । पहिला लिंक खोलेर पढी दिनुस । ठिक छ भने लाईक बटन थिचम अनि ठिक छैन भने कमेन्ट गर्ने ठाउँ त साईट डेभलपरहरुले बनाई दिएको छ नि हैन र ? गल्ति लेखेको भए माफी चाहन्छु !

आफ्नालाईनै न्याय दिन नसक्नेले छिमेकमा हस्तक्षेप किन गर्छन ?

Written By खांट्टी कुरा on Thursday, July 28, 2016 | July 28, 2016

१४ मार्च १९७२ मा पुर्बोत्तर राज्य भारतको मणिपुर राज्य अन्तर्गत पर्ने कोंग्फाल, ईम्फालमा जन्मेकी इरोम चानु शर्मिला कवयित्री तथा मानवाधिकार कार्यकर्ता समेत हुन । आतंकवाद नियन्त्रणको नाउँमा भारतले आफ्नो देसको जुनसुकै राज्यमा ‘सशस्त्र बल बिशेस शक्तियां अधिनियम १९५८’ भन्ने कानुन लगाएर जोसुकैलाई पनि बिना सुचना पक्राउ गर्न देल्खी गोलि हानेर मार्न सक्छ । यो नियमको दुरुपयोग गर्दै सेनाले निर्दोष नागरिक मार्यो भन्दै इरोम सर्मिलाले ४ नोभेम्बर २००० देखि भोक हड्ताल सुरु गरिन ।

आमरण भोक हडतालको दौरानमा धेरै पटक इरोम चानु सर्मिला पक्राउ परिन । तिनले चालेको कदमलाई रोक्न राज्य सरकारले आत्महत्या गर्न लागेको भन्ने अभियोग लगाउंदै इरोम शर्मिलालाई पक्राउ गरेर मुद्धा समेत चलायो । निजको मुद्धा अहिले सम्म पनि अदालतमा विचाराधीन छ । आमरण भोक हडतालको सिलसिलामा इरोम शर्मिला अहिले अस्पतालमा छिन र उनको जीवन रक्षाको लागि उनलाई नाकबाट तरल पदार्थ खाना पानि दिएर राखिएको छ ।

लामो समय सम्म आमरण भोक हड्ताल गर्दा पनि सरकारले ईरोम शर्मिलाको मागमा कुनै सुनुवाई नगरे पछी बाध्य भएर इरोम शर्मिलाले आउँदो ९ अगष्टमा म भोक हड्ताल तोडेर आउँदो चुनावमा स्वतन्त्र उम्मेदवार बनेर चुनावमा भाग लिन्छु (बि.बि.सी समाचारमा प्रकाशित समाचारको सानो अंस) सरकारले मेरो मागको सुनुवाई गरेन त्यसैले जनप्रतिनिधि बनेर म मेरो माग अझै जोडदार ढंगले उठाउछु भनेर घोषणा समेत गरिन ।

लामो समय सम्म बेलायति साम्राज्यको चंगुलमा परेको भारतलाई स्वतन्त्र दिलाउन धेरै नागरिहरु देखि नेताहरुले आफ्नो प्राणको आहुति पनि दिए माहात्मा गान्धी भनेर नाम कहलिएको मोहन दास करम चन्दले सत्याग्रह आन्दोलन देखि नमक छोडो आन्दोलन समेत गरेका थिए । हिंसात्मक भन्दा अहिंसात्मक आन्दोलनमा जोड दिने गान्धीकै कारण अंग्रेजहरुले भारत छोड्नु परेको घटना पनि भारतीय ईतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

संसारकै सबै भन्दा ठुला प्रजातन्त्रबादी मुलुक भनेर गर्ब गर्ने छिमेकी भारतका राजनेताहरुले गान्धीकै अनुसरण गरेर आमरण भोक हड्तालमा उत्रिएको आफ्नै देसको नागरिक इरोम चानु शर्मिलालाई न्याय दिन सक्दैन । यदि दिन्थे भने इरोम शर्मिलाले १६ बर्ष सम्म चलाएको आन्दोलनलाई अहिले आएर किन स्थगीत गरिन ?

कुनै समयमा सिंगो हिन्दुस्थान भने चिनिएको पाकिस्थान तथा बंगलादेस अहिले छुट्टै स्वतन्त्र राज्य बन्न पुगेको छ । हिजोका आफ्ना सगोत्रिहरु संग सूमधुर सम्बन्ध कायम राख्नु पर्नेमा आज आएर ति दुवै देशबाट खतरा छ भन्ने सोच पालेर भारत बसेको छ । सुमधुर सम्बन्ध भएको भए मिलेर बस्थे होलान र छिमेकी पाकिस्तान संग पटक पटक युद्ध समेत गर्न पर्दैनथ्यो ।

हिजोका आफ्नै सगोत्रीहरु संग सुमधुर सम्बन्ध कायम राख्न नसक्ने भारतले छिमेकी देसहरुमा हस्तक्षेप गर्न लाज मान्दैन । पाए सम्म देसै हडप्न पछी पर्दैन भन्ने उदाहरण भरतमा सिक्किम गाभेर देखाएको छ  । नाङ्गो हस्तक्षेप गरेर नाम मात्रको देस बनाई दिएको छ भुटानलाई । नेपाललाई सके सिक्किम नसके भुटान सम्म बनाउने योजनामा लागेको छ भारत । अहिले सम्म देखिएको गतिविधिले यस्तै पुस्टि गरेको छ 

आतंकबाद नियन्त्रण गर्ने नाउँमा आफ्नै नागरिकहरु माथि बिशेधिकार नियम बनाएर अकारण मृत्युको काखमा पुर्याउन पछी नपर्ने अनि त्यसको बिरोधमा आफ्नै देसको नागरिकले गरेको आमरण अनसनको सुनुवाई नगर्ने भारतले छिमेकी  देसहरुको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गर्न मिल्छ ?

तपाईले आज सम्म देउता देख्नु भएको छ ?

Written By खांट्टी कुरा on Tuesday, July 26, 2016 | July 26, 2016

जनकमान डंगोल
सामाजिक संजाल फेसबुकमा समय समयमा जाति, धर्म देखि पहिचान र संघियताको बिषयमा निकै लामो बहस हुन्छ । बहसको दौरानमा सबैले आ-आफ्नो तथ्यपरक भनाईहरु प्रस्तुत पनि गर्दछन । सामाजिक संजाल फेसबुक अहिले बिधार्थीहरुको स्कुले वादविवाद गर्ने थलो जस्तो भएका छन तर फरक के छ भने स्कुलमा हुने वादविवादमा अस्लिल शब्द प्रयोग गर्न पाईदैन भने फेसबुकको भित्तामाहुने वादविवादमा अस्लिल फोहर शब्द प्रयोग देखि ज्युन ज्यान मार्ने सम्मको धम्की समेत दिन लिन पाईन्छ ।

आजको युग भनेको विज्ञानको युग हो । बैज्ञानिकहरुले धर्मकर्म गर्छन कि गर्दैनन थाहा भएन । विज्ञानले धर्म मान्दैन पनि भन्छन तर बिज्ञानकै एउटा पाटो चिकित्साक्षेत्रमा चिकित्सकहरुलाई रोगीले भगवानको एउटा रुप ठान्छन भने चिकित्सकहरुले आफले सकेनन भने अब भगवानकै हातमा छ भनेर भन्ने गर्छन । अब भन्नुस ईस्वर छ कि छैन ? छ भने काहां छ ?

मैले आज सम्म देबी देउता प्रत्यक्ष देखेको छैन । नदेखेपछि भेटने, दोहोरो सम्बाद गर्ने कुरै भएन । मनुष्यको जात भनेको असन्तोषी, लोभी र पापी जात हो भनेर भन्छन । लोभी पापी नभएको भए आफ्नो फाईदाकोलागी घटिया हर्कत देखि काम कार्यहरु किन गर्थे । यस्ता घटिया कामकार्यलाई धर्मिक भाषामा पापभनिन्छ । जानाजानी पाप गर्छन अनि पछी पश्चातापको लागि हे इश्वर भन्दै देबी देउतालाई खुसि पार्न पछी हट्दैनन । नास्तिके भाषामा यस्तोलाई देबी देउतालाई घुष ख्वाको पनि भन्लान ।

म बिशुद्ध हिन्दुकुलमा जन्मेको नेपालीको नागरिकको छोरा । जसरि मैले आजसम्म देबी देउता देखेको छैन त्यस्तै गरि इस्लाम धर्म मान्नेहरुले अल्लाहपुकारिने पैगम्बर मुहम्मद, बौद्ध धर्मालम्बीहरुले भगवान बुद्ध, ईसाई धर्म मान्नेहरुले येसु मसिह देखि जो जसले जे जुन धर्म अपनाएका छन तिनिहरु कसैले पनि आज सम्म साक्षात देबी देउता देखि ईश्वरको प्रत्यक्ष दर्शन गरेका छैनन तर पनि मान्छन किन ?

धर्म भनेको आस्था र बिस्वासको केन्द्र हो । धर्मले अनुशासनमा बाध्न सिकाउछ । धर्मले समाजलाई एकै सुत्रमा बाँधेर राखेको हुन्छ । समाज भनेको ज्यूँदाको जन्ती र मर्दाको मलामी हो । जब समाजमा धर्मको खोट देखाएर बिभिन्न बिचारधारामा बाडिन्छन त्यस पछी त्यो समाजमा बस्नेहरु सुखी भएर बस्न सक्दैन । देखिएको धुर्व सत्य यहि नै हो ।

ईसाई धर्म अहिले संसारभर नै बिषवृक्षको रुपमा फैलिंदै गएको छ । केहि समय अगाडी बिदेसमा एकजना ईसाई धर्मगुरुले आफ्ना अनुयाहीहरुलाई चौरमा लगेर प्रभुको आदेस भन्दै घाँस पनि खुवाए। चर्चहरुमा हुने गरेको अप्राकृतिक यौनका घटनाहरुमा चर्चकै पादरिहरुको संलग्नता समेत देखिने गरेको छ । आफ्ना पुर्खाको पाला देखि मान्दै आएको धर्ममा ईसाई धर्मगुरुहरुको गलत आदेस तथा निर्देशन देखि अपाच्य हर्कतले गर्दा धेरै ईसाईहरु अन्य धर्ममा लागेका छन कतिपय त धर्म देखिनै निरास भएर नास्तिक समेत भएका छन ।

मैले आज सम्म कुरान पढेको छैन । भाषाको समस्याले गर्दा पढ्न नसकेको हु तर मैले बाईबल भने पढेको छु । बाईबल अध्ययन गर्दा मेरो धर्म पक्कै पनि नास भएको छैन होला । म कट्टरपन्थी विचारधारा मान्नेमा पर्दिन भने जातपात छुवाछुतको त झन घोरबिरोधि पनि हुँ ।

बाइबलमा मन्दिर र पुजाहारी भन्ने सब्द केहि ठाउँमा उल्लेख भएको छ भने बाईबल लेख्नु भन्दा पहिलानै हिन्दु धर्मको स्थापना भएको रैछ भनेर बुझ्ने कि नबुझ्ने ? बाईबलको पाना पल्टाउदै जाँदा परम प्रभु येसुले तिमीहरु मेरो पछी लाग, म तिमीहरुलाई भेडा बनाउछुभनेर उल्लेख भएको छ । भगवान बुद्धले आफ्ना चेला देखि अनुयायीहरुलाई पक्कै पनि त्यस्तो भन्नु भएको छैन । हिन्दु सास्त्रमा पनि त्यस्तो लेखिएको छैन । अरु धर्म सास्त्रमा पनि त्यस्तो शब्द लेखिएको छैन भने आफ्ना अनुयायीलाई भेडा बनाउछु भन्ने त्यो कस्तो धर्म हो ?

नेपालमा हाल केहि बर्ष महिना देखि ईसाई धर्ममा लागेका नया अनुयायीहरुले आफ्नो पुर्खाको पाला देखि चल्दै आएको धर्मको घोर अपमान, बेईज्जत गर्दै अस्लिल शब्द समेत प्रयोग गर्ने गरेको देखिन्छ । सैतान भन्ने त्यसै सब्द्को एउटा अंश हो । हिन्दु देउतामा सबै भन्दा शिर्ष स्थानमा रहेको संहारकर्ता भोलेनाथलाई गाँजा भांग खाने गंजडी भनेर खुल्लमखुल्ला भन्दै हिंडेको समेत देख्छु ।

नयाँ धर्ममात लागे तर त्यो धर्मको पुस्तक भित्र के के लेखिएको छ भन्ने हेक्काचै राखेनन ।  बाइबलमा प्रभु येसुले  ‘निस्तारचाडको लागी पर्याप्त मात्रामा दाखमद्ध देखि अन्य खानेकुराहरु तयार पार्नुभन्ने आदेस लेखिएको छ । दाखभनेको संस्कृत शब्द हो र त्यसको नेपालीमा अर्थ अंगुरहुन्छ भने मद्धभनेको मादक द्रब्य अर्थात         रक्सि’ भनेर बुझिन्छ । हिन्दुका देव शिवजीलाई ‘गंजडी’ भनेर खिसिट्युरी गर्ने नव ईसाईहरुलाई अन्य धर्मका आस्थावानहरुले तेरो प्रभु येसु मसिह त जड्याहा रैछ भन्दा चित्त दुख्छ कि दुख्दैन ?

हामि हिन्दुहरुले मान्ने गरेको बिभिन्न धर्मग्रन्थहरुमा प्राणि मात्रको रक्षा गर । पापकर्म गर्नु हुन्न । झुठो बोल्नु हुन्न र सधै सत्यको बाटोमा लाग्नु पर्छ । आफु भन्दा ठुलाका आदर गर्नु पर्छ भनेर उल्लेख गरेको छ । अन्य धर्ममा के कस्ता लेखेको छन त्यो सम्बन्धित धर्मका ज्ञाताहरुले बताउलान तर नेपालको नवइसाईहरुले बाईबल पुन: अध्ययन गरेर आफ्ना पुर्खाले मानेका धर्म र अहिले मानेको धर्ममा के फरक रैछ त्यो खुट्याउने प्रयास भने पक्कै पनि गरुन ।   
२०७३ श्राबण ११ गते मंगलवार

नेपाले नेताहरु लेन्डुप पथमा हिडनलाई होडबाजी गर्दैछन

Written By खांट्टी कुरा on Monday, July 18, 2016 | July 18, 2016

 -जनक मान डंगोल
२०४६ सालमा दोश्रो पटक स्व.गिरिजा भाकाको डेमोक्रेसी अरुहरुको भाकाको प्रजातन्त्र स्थापना गरियो  ! २०४८ सालमा आम निर्वाचन भयो ! देसमा डेमोक्रेसी ल्याउने हामिहम भनेर घिरम्ले नाक बनाम्नेहरु आफ्नै पार्टीमा ३६ से र ७४ रे बने ! नतिजा मध्यावधि निर्वाचन ! २०४६ साल पछिको राजनीतिक ईतिहासमा यहि सरकार होला लामो समय चानचुन ३ बर्ष चलेको !
 
भाई फुटे, गँवार लुटे ! कांग्रेसीहरुलाई बहुमतको सरकार फाप्दैन ! मद्याबधि निर्वाचनमा एमालेले अल्पमतको सर्खार चलायो ! ९ महिना नपुग्दै कांग्रेसीहरुले छिर्के हानेर ढलाए पनि ! ९ महिनामा कम्युनिस्ट पार्टी  एमालेले जनताको लागी राम्रो काम गर्यो ! एमालेले अहिले पनि त्यहि ९ महिनाको ब्याजमा आफ्नो ईज्जत बचाएर राखेको छ !
 
हाम्रो बाउ बाजेले घ्यु खाए हाम्रो हात सुंघ भन्ने नेपालि उखान हो ! २००७ साले घ्यु को बास्नामा कांग्रेसीहरु मक्ख पर्न छाडेका छैनन ! बाउबाजेले देसमा प्रजातन्त्र देसको बिकास होस् भनेर ल्याएका थिए तर श्री ३ ले जत्ति पनि बिकास नगरेर भएको सरकारी उधोगधन्दाहरु पनि बेचेर खानेहरु कसरि प्रजातन्त्रबादी भए !
 
सत्ताको लागी कोतपर्व मच्चौनु पर्छ भन्ने समेत सोच पालेका२०४६ साल पछिका राजनीतिक पार्टीका नेताहरु अहिले लेण्डुप पथको लिगलिगे दौडमा सामेल भएका छन ! देसको लागी द्रब्य शाह निस्केत रास्ट्र र रास्ट्रीयता बच्ला नत्र नेपाल पनि सिक्किम एक्सप्रेस नहोला भन्ने के ग्यारेन्टी छ,
 
तर,
Kazi Lhendup Dorji Khangsarpa
लेन्डुप दोर्जीले रास्ट्रपतिको लोभमा राजा फालेर अन्त्यमा मुख्यमन्त्रिमा चित्त बुझाउनु पर्यो ! जनताको ब्यंग्य बाण सहन नसकेर जन्मभूमि त्याग्नु पर्दा जिबनको अन्तिम घडीमा तिनले देश प्रति गद्धार गर्नु हुन्न भनेर पक्कै पनि सम्झे होलान !
 
यता हाम्राहरु भने लेण्डुप दोर्जीको पाठ नसिकेर लेन्डुप दोर्जी बन्ने घोडदौडमा लाग्दा भोलि सिक्किमे लेण्डुप झैँ धोबिका कुत्ता घर को न घाटको हुँदा वा क्याम्बोडियाको तानाशाह पोलपोट झैँ 'मुख हेर्ने रांडीको दस वटा पोई मोर्ने बेलामा कोई न कोई' हुँदा के गर्लान ?
 
सच्चा नेपाल आमाका सन्तान हौ भने देस र जनता प्रति बिस्वासघात गर्न छोड नेताहरु ! रास्ट्र निर्माता बडामहाराजाधिराज पृथ्बी नारायण शाहले नेपाल जोडेको सबै नेपालीहरु एक आपसमा मिलेर बसुन भनेर हो !

देस र समाज भाड्ने कुरो चै कसैले पनि गर्नु हुन्न

Written By खांट्टी कुरा on Saturday, July 09, 2016 | July 09, 2016

जनयुद्ध नामको खेति गरेका खेतिवालहरुले जाति पिच्छे राज्य दिन्छ्म भनेर फुर्क्याये ! असलियत बुझे पछी हिजाज सामाजिक संजालका भित्ताहरुमा हाम्रा तामांग दाज्युभाईहरुले ताम्सालिंग, गुरुङले तमुवान, हाम्रै जाति नेवारले नेवा देखि पूर्वका राईहरुले खम्बुवान को राग अलाप्न छाडे तर पूर्वका केहि थान लिम्बुहरु अझै पनि लिम्बुवान को नारा लाउदैछन !
गल्ति तिनीहरुको हैन ! पहिचान देखि जनजातिका खेतिवालहरुले पृथ्बी नारायण शाहहरुले तिमीहरुको भुमि खोसेको छ त्यसैले छुट्टै लिम्बुवान राज्य बनाउनु पर्छ भनेर के उचाल्देका थिए 'जय लिम्बुवान' को नारा लाउन अझै पनि छोडेका छैनन !
पहिचान र जातीयता नेपालीको माग हैन त्यो त पश्चिमाहरुको कुटिल अस्त्र हो ! जात जातिमा जति फाटो ल्याउंन सकिन्छ त्यत्तिनै हामीहरुलाई फाईदा हुन्छ भनेर बुझेका पश्चिमाहरुले नेपालका केहि रास्ट्रघाती दलालहरुलाई हरिया डलर, युरो, पाउण्डको घाँस हालेर कुप्रचार गर्न लगाएका हुन भन्ने कुरा हाम्रा सोझासिधा नेपालीहरुले कहिले बुझ्लाननि राम ?
हिजो पाउरोटी चप्पल लाउने हैसियत नभएकाहरु आज आलिसान बंगलामा बसेर लाखौ करोडौको मोटर चढ्ने हैसियतमा कसरि पुगे ? बिदेस पटक पटक किन जान्छन भनेर कसैले खोजीनीति गरेका छन ? छैनन भने बेतुके कुरा गरेर समाज देखि देस भाड्ने अधिकार तिमीहरुलाई कसले दियो ?
सामाजिक संजालको भित्तामा जातीयता र धर्मको बिरुद्धमा आगो नओकल साथि ! नेपालमा जाति पिच्छेको राज्य 'ईन्द्रेको बाउ चन्द्रेले पनि दिन सक्दैन' भने केहि थान बिदेसी पैसोमा बिकेका बिदेसी मुलाका भरियाहरुले के कसरि दिन सक्छ ?
जातिको कुरा सामाजिक संजालको भित्तामा त बडो मज्जाले गर्छौ ! लिम्बुको छोरीलाई बाउनको छोराले जोई बनाको छ भने बाउनको छोरीले लिम्बुको छोरालाई पोई मानेको पनि देख्याछु ! अरु पनि थुप्रै छ उदाहरण ! म नेवारको छोरो भैकन पनि 'पहिचान र संघियता' देखि जातजातिको कुरालाई मन पराउदिन किनभने यो सबै नेपाली समाज भाडन भनेर बिदेसिले सिकाएर पठाएको गुरुमन्त्र हो !
म पहिला नेपाली त्यसपछि मात्र नेवार समुदाय भित्रको डंगोल थरिको खाँट्टी रास्ट्रबादी नेपाली हु भने एक नेपालीले आर्को नेपालीलाई सिध्याउनु पर्छ भन्ने पहिचान र संघियताको रागलाई आई कसरि अलाप्न सक्छु ? मलाई नेपाली भनेर चिनाएको नेपालले हो भने नेपाल भनेर विश्वलाई चिनाएको रास्ट्र निर्माता बडामहाराजाधिराज पृथ्बी नारायण शाहले हो ! मैले जानेको र बुझेको ईतिहास यत्ति मात्र हो !
कुरो बुझ्नु भो ?

बेतुकको स्याल हुईय्या मच्चाउनुको के अर्थ ?

Written By खांट्टी कुरा on Monday, July 04, 2016 | July 04, 2016

-जनकमान डंगोल 
कुनै गाउँमा एउटा भोका स्याल आएर ‘चिल आयो, चिल आयो’ भनेर कराउँदो रैछ । सोझासिधा गाउँलेहरु स्यालको कुरामा बिस्वास मानेर आकाश तिर फर्केर हेर्दो रैछ । गाउँलेहरु आकाशतिर फर्केको मौका छोपेर बाठो स्यालले खोरबाट कुखुरा टिपेर टाप कस्दो रैछ ।

बिगत केहि दिन देखि पत्रपत्रिका देखि सामाजिक संजालको भित्तोहरुमा ‘कर्णाली बचाउँ’ भन्ने जेहाद छेडिएको छ । स्वदेस देखि बिदेसबाट छेडिएको यो जेहादले सत्तासिनहरुको कान पक्कै पनि पाकेको हुनु पर्दछ तर कर्णाली सम्झौता बदर गर्ने हिम्मत भने कसैले पनि गरेका छैनन ।

२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र आयो । प्रजातन्त्र ल्याउन भनेर त्याग र तपस्या गर्ने नेपाली जनताहरु हुन । नेपालि जनताहरुको त्याग र तपस्याको उपहार पहिलोपटक कोशी र दोश्रो पटक गण्डक सम्झौता भारत संग गरेर देखाउने नेपालका बहादुर पार्टी नेपाली कांग्रेसका नेताहरु थिए । यी दुवै सन्धि र सम्झौता २००७ देखि २०१५ सालको बिचमा भएको थियो ।

नदि बेचे तर सडकमा निस्केर बिरोध गर्न कोहि आएनन । २०१७ सालमा नेपालमा दलविहीन पंचायती ब्यबस्था घोषणा गरियो । नदिबेचुवा कांग्रेस भनेर झिनो स्वरमा भने । त्यस्तो भन्नेमा अरु कोहि नभएर हिजो कांग्रेस तथा कम्युनिस्टको समर्थनमा नारा लाउनेहरू एक्कादुक्काहरुनै थिए ।

नेपालमा प्रजातन्त्र हामीले गर्दा आएको हो भनेर घिरम्ले नाक बनाउने कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुमा लाग्नेहरु हुन । नेपालमा २००७ साल देखि आजको मिति सम्ममा जति पनि क्रान्ति तथा आन्दोलन भयो र त्यो आन्दोलनमा बिचको भूमिका निभाउने छिमेकी भारतका सत्तासिन नेताहरु हुन । बिचौलियाको भूमिका निभाए बापत नदीनाला लैजाने गर्छन । कांग्रेस पार्टी सत्तामा पुग्नासाथ नदिनाला छिमेकी भारतलाई दिनुको हतारको कारण यहि नै हो । छिमेकी भारत बिना नेपालमा राजनीति परिवर्तन सम्भव छैन भन्ने यो जस्तो ठुलो पुख्ता प्रमाण अरु के हुन्छ ।

हिजो कोशी देखि गण्डक छिमेकी भारतलाई सित्तैमा दिइयो । झिनो स्वरमा बिरोध भयो । २०४६ साल पछी प्रजातन्त्र आएको खुसियालीमा महाकाली दिइयो । महाकाली नदीको सन्धि हुँदा राजधानी देखि देसका ठुला सहरहरुमा बिरोधको जेहाद छेडियो । राजधानी काठमान्डौको सडक पेटीहरुमा रहेको रेलिंग भाँचेर जात्रा देखाए । सरकारमा नेपाली कांग्रेस विराजमान तर बिरोध गर्ने कम्युनिस्ट पार्टीका नेता देखि कार्यकर्ताहरु  न महाकाली सन्धि खारेज भो न हिजोका कोशी देखि गण्डकी सम्झौता खारेज गरिए । स्याल हुईय्या भनेको यस्तैलाई भनिन्छ

राणा शासन हटाउनमा पहिलो पटक मुख्य सहयोगीको भूमिका निभाए बापतको उपहार कोशी र गण्डक, पंचायति शासन हटाउनमा दोश्रो पटक मुख्य सहयोगीको भूमिका निभाए बापत महाकाली र अहिले तेश्रो पटकमा गणतन्त्र हुल्देको बापतमा दक्षिणास्वरूप फेरी कर्णाली नदि उपहार दिने पनि अहिलेका राजनीतिक पार्टी कांग्रेस तथा कम्युनिस्टका नेताहरु हुन ।

२०४६ साल देखि आजको मिति सम्ममा खांटी स्वतन्त्र नेपाली जनताहरु भेटन सकिदैन । नेपाली जनताहरुलाई विभिन्न पार्टीका आस्थावान कार्यकर्ता देखि समर्थक बनाउनमा अहिलेका पार्टीका नेताहरु सफल भएका छन । आफ्नो पार्टीको लागी भनेर ज्यु ज्यान समेत अर्पिंन पछी हट्दैनन भन्ने कुरा विभिन्न समयमा देखाएको आन्दोलनले पुस्टि भै सकेको छ । देसको लागी नभएर राजनीतिक पार्टीको लागी ज्यु ज्यान अर्पिंन तयार हुन्छन भने छिमेकीले नदीनाला देखि साँध सिमाना हड्पियो भनेर चित्त दुखाउनुको के नै तुक भो र ।

अहिले कर्णालीको बिषयलाई लिएर जो जसले जेहाद छेडेका छन ति अभियन्ताहरु पनि कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध छन । कांग्रेसले गरेको सन्धि सर्पन बेठिक भन्ने बिद्द्वानहरु महाकाली सन्धिमा साछी बस्नेहरु चै कसरि ठिक भए । कर्णाली सन्धि बेठिक भनेर अहिलेका सत्तासिन कम्युनिस्ट पार्टीका नेताहरुले भन्न सक्दैनन । समर्थन गरेको पार्टी सर्खारमा बसेर सत्ता हाक्दैछ । सन्धि गर्ने पार्टी विपक्षमा बसेका छन । पार्टीका कार्यकर्ता देखि आस्थावान सिपाही बनेसी आफ्नो सेनापतिको बिरोध गर्न नैतिकताले दिदैन ।

नैतिकता भएको भए सिमा मिचिंदा देखि नदीनाला बेचिँदा सम्मको घटनाहुँदा नेपाली जनताहरु सडकमा ओर्लेर बिरोध गर्न सक्नु पर्थ्यो । नैतिकता नभएका पार्टीका नेताहरुको मोहिनीपाशमा बाँधिएको भएर होला हामि नेपाली जनताहरु चाहेर पनि आफ्ना पार्टीका नेताहरुको गलत काम र क्रियाकलापको बिरोध गर्न सक्दैनौ भने आफ्ना पार्टीका नेताहरुले गरेको गलत कामको निउं बनाएर छिमेकीलाई गालि किन गर्ने ?

जबसम्म अहिलेका च्याउ पार्टीका नेताहरुको मोहिनीपाश बाट नेपालीहरु जनताहरु मुक्त हुन्नन तबसम्म बिरोध गर्नुको कुनै अर्थ हुन्न । भोट दिएर जिताएको पार्टीका नेताहरुले रास्ट्र र जनता प्रति पटक पटक गद्धार गर्दा पनि पार्टीको नाउँमा भन्दै भोट दिन छाडेनन भने जुवाडेले सकेको सम्पति जस्तै हुनेहो देस । जुवाडे भनेर थाहा पाउँदा पाउँदै पनि जुवाडेको पछी लाग्ने तपाई हामीहरुले रास्ट्र र रास्ट्रियताको खोक्रा आदर्श छाटेर झिना मसिना स्वरमा बिरोध गर्नुको कुनै अर्थ हुन्न ।

पुर्खाले जोडी दिएको नासो बचाउने हो भने अब सबै नेपालीहरुमा चेत खुल्नु जरुरि छ । अहिलेका प्राय: सबै ठुला साना राजनीतिक पार्टीहरु देस सिध्याउने खेलमा लागेका छन । रास्ट्र र रास्ट्रियता भन्दा सत्ताको मोहपासमा बाधिन रुचाउने पार्टीका नेताहरुले देस सिक्किम बनाउन बेर छैन त्यसैले रास्ट्र र रास्ट्रीयताको जगेर्ना गर्ने हो भने अहिलेका सम्पूर्ण राजनीतिक पार्टीहरुलाई बहिष्कार गरेर स्वतन्त्र बस्न सक्नु पर्छ । पार्टी र नेताको माया गर्न नछाड्ने हो भने तपाई हामीहरुले बिरोधको घण्टा बजाउनु भनेको सुरुकै हरफमा उल्लेख गरिएको स्याल हुईय्या भन्दा अरु केहि पनि हैन ।
 ई-कोशी डटकममा प्रकाशित 
प्रकाशित मिति: २०७३ आषाढ २० गते सोमबार
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger