जनकमान डंगोल |
सामाजिक संजाल फेसबुकमा समय समयमा जाति, धर्म देखि पहिचान र संघियताको बिषयमा
निकै लामो बहस हुन्छ । बहसको दौरानमा सबैले आ-आफ्नो तथ्यपरक भनाईहरु प्रस्तुत पनि
गर्दछन । सामाजिक संजाल फेसबुक अहिले बिधार्थीहरुको स्कुले वादविवाद गर्ने थलो जस्तो
भएका छन तर फरक के छ भने स्कुलमा हुने वादविवादमा अस्लिल शब्द प्रयोग गर्न पाईदैन भने
फेसबुकको भित्तामाहुने वादविवादमा अस्लिल फोहर शब्द प्रयोग देखि ज्युन ज्यान
मार्ने सम्मको धम्की समेत दिन लिन पाईन्छ ।
आजको युग भनेको विज्ञानको युग हो । बैज्ञानिकहरुले धर्मकर्म गर्छन कि गर्दैनन
थाहा भएन । विज्ञानले धर्म मान्दैन पनि भन्छन तर बिज्ञानकै एउटा पाटो
चिकित्साक्षेत्रमा चिकित्सकहरुलाई रोगीले भगवानको एउटा रुप ठान्छन भने
चिकित्सकहरुले आफले सकेनन भने अब भगवानकै हातमा छ भनेर भन्ने गर्छन । अब भन्नुस ईस्वर
छ कि छैन ? छ भने काहां छ ?
मैले आज सम्म देबी देउता प्रत्यक्ष देखेको छैन । नदेखेपछि भेटने, दोहोरो
सम्बाद गर्ने कुरै भएन । मनुष्यको जात भनेको असन्तोषी, लोभी र पापी जात हो भनेर भन्छन । लोभी पापी नभएको भए आफ्नो
फाईदाकोलागी घटिया हर्कत देखि काम कार्यहरु किन गर्थे । यस्ता घटिया कामकार्यलाई
धर्मिक भाषामा ‘पाप’ भनिन्छ । जानाजानी
पाप गर्छन अनि पछी पश्चातापको लागि हे इश्वर भन्दै देबी देउतालाई खुसि पार्न पछी
हट्दैनन । नास्तिके भाषामा यस्तोलाई देबी देउतालाई घुष ख्वाको पनि भन्लान ।
म बिशुद्ध हिन्दुकुलमा जन्मेको नेपालीको नागरिकको छोरा । जसरि मैले आजसम्म
देबी देउता देखेको छैन त्यस्तै गरि इस्लाम धर्म मान्नेहरुले ‘अल्लाह’ पुकारिने पैगम्बर मुहम्मद,
बौद्ध धर्मालम्बीहरुले भगवान बुद्ध, ईसाई धर्म
मान्नेहरुले येसु मसिह देखि जो जसले जे जुन धर्म अपनाएका छन तिनिहरु कसैले पनि आज
सम्म साक्षात देबी देउता देखि ईश्वरको प्रत्यक्ष दर्शन गरेका छैनन तर पनि मान्छन
किन ?
धर्म भनेको आस्था र बिस्वासको केन्द्र हो । धर्मले अनुशासनमा बाध्न सिकाउछ ।
धर्मले समाजलाई एकै सुत्रमा बाँधेर राखेको हुन्छ । समाज भनेको ज्यूँदाको जन्ती र
मर्दाको मलामी हो । जब समाजमा धर्मको खोट देखाएर बिभिन्न बिचारधारामा बाडिन्छन
त्यस पछी त्यो समाजमा बस्नेहरु सुखी भएर बस्न सक्दैन । देखिएको धुर्व सत्य यहि नै
हो ।
ईसाई धर्म अहिले संसारभर नै बिषवृक्षको रुपमा फैलिंदै गएको छ । केहि समय अगाडी
बिदेसमा एकजना ईसाई धर्मगुरुले आफ्ना अनुयाहीहरुलाई चौरमा लगेर ‘प्रभुको आदेस भन्दै घाँस पनि खुवाए’ ।
चर्चहरुमा हुने गरेको अप्राकृतिक यौनका घटनाहरुमा चर्चकै पादरिहरुको संलग्नता समेत
देखिने गरेको छ । आफ्ना पुर्खाको पाला देखि मान्दै आएको धर्ममा ईसाई धर्मगुरुहरुको
गलत आदेस तथा निर्देशन देखि अपाच्य हर्कतले गर्दा धेरै ईसाईहरु अन्य धर्ममा लागेका
छन कतिपय त धर्म देखिनै निरास भएर नास्तिक समेत भएका छन ।
मैले आज सम्म कुरान पढेको छैन । भाषाको समस्याले गर्दा पढ्न नसकेको हु तर मैले
बाईबल भने पढेको छु । बाईबल अध्ययन गर्दा मेरो धर्म पक्कै पनि नास भएको छैन होला ।
म कट्टरपन्थी विचारधारा मान्नेमा पर्दिन भने जातपात छुवाछुतको त झन घोरबिरोधि पनि
हुँ ।
बाइबलमा ‘मन्दिर र पुजाहारी’ भन्ने सब्द केहि ठाउँमा उल्लेख भएको छ भने बाईबल लेख्नु भन्दा
पहिलानै हिन्दु धर्मको स्थापना भएको रैछ भनेर बुझ्ने कि नबुझ्ने ? बाईबलको पाना पल्टाउदै जाँदा परम प्रभु येसुले ‘तिमीहरु
मेरो पछी लाग, म तिमीहरुलाई भेडा बनाउछु’ भनेर उल्लेख भएको छ । भगवान बुद्धले आफ्ना चेला देखि अनुयायीहरुलाई पक्कै
पनि त्यस्तो भन्नु भएको छैन । हिन्दु सास्त्रमा पनि त्यस्तो लेखिएको छैन । अरु
धर्म सास्त्रमा पनि त्यस्तो शब्द लेखिएको छैन भने आफ्ना अनुयायीलाई भेडा बनाउछु
भन्ने त्यो कस्तो धर्म हो ?
नेपालमा हाल केहि बर्ष महिना देखि ईसाई धर्ममा लागेका नया अनुयायीहरुले आफ्नो
पुर्खाको पाला देखि चल्दै आएको धर्मको घोर अपमान, बेईज्जत गर्दै अस्लिल शब्द समेत
प्रयोग गर्ने गरेको देखिन्छ । ‘सैतान’ भन्ने त्यसै सब्द्को एउटा अंश हो । हिन्दु
देउतामा सबै भन्दा शिर्ष स्थानमा रहेको संहारकर्ता भोलेनाथलाई गाँजा भांग खाने गंजडी
भनेर खुल्लमखुल्ला भन्दै हिंडेको समेत देख्छु ।
नयाँ धर्ममात लागे तर त्यो धर्मको पुस्तक भित्र के के लेखिएको छ भन्ने
हेक्काचै राखेनन । बाइबलमा प्रभु येसुले ‘निस्तार’ चाडको लागी पर्याप्त मात्रामा ‘दाखमद्ध देखि अन्य
खानेकुराहरु तयार पार्नु’ भन्ने आदेस लेखिएको छ । ‘दाख’ भनेको संस्कृत शब्द हो र त्यसको नेपालीमा अर्थ ‘अंगुर’ हुन्छ भने ‘मद्ध’
भनेको मादक द्रब्य अर्थात
‘रक्सि’ भनेर बुझिन्छ । हिन्दुका देव शिवजीलाई ‘गंजडी’
भनेर खिसिट्युरी गर्ने नव ईसाईहरुलाई अन्य धर्मका आस्थावानहरुले तेरो प्रभु येसु
मसिह त जड्याहा रैछ भन्दा चित्त दुख्छ कि दुख्दैन ?
हामि हिन्दुहरुले मान्ने गरेको बिभिन्न धर्मग्रन्थहरुमा प्राणि मात्रको रक्षा
गर । पापकर्म गर्नु हुन्न । झुठो बोल्नु हुन्न र सधै सत्यको बाटोमा लाग्नु पर्छ ।
आफु भन्दा ठुलाका आदर गर्नु पर्छ भनेर उल्लेख गरेको छ । अन्य धर्ममा के कस्ता
लेखेको छन त्यो सम्बन्धित धर्मका ज्ञाताहरुले बताउलान तर नेपालको नवइसाईहरुले
बाईबल पुन: अध्ययन गरेर आफ्ना पुर्खाले मानेका धर्म र अहिले मानेको धर्ममा के फरक
रैछ त्यो खुट्याउने प्रयास भने पक्कै पनि गरुन ।
२०७३ श्राबण ११ गते मंगलवार
भगवान हुँदैन र हुन्छ भन्नु यथार्थ लाई उपेक्षा गर्नु हो । यो पुराना जमाना का संसार कसरि चलेको छ , सुर्य र चन्द्र बेलुका कता हुन्छन भन्ने , राहु र केतु भन्ने ग्रह हुन्छन भन्ने , भाकल ले समस्या समाधान हुन्छ भन्ने घस्याल्टा हरुले पत्याउने कथा हुन् । यी कथा अलिक बाठा ले कम बुद्धु हुने लाई लाण्ठ्याऊन भन्ने र लेख्ने गर्दथे , अहिले पनि कोहि यस्तै गफ हान्न पछी पर्दैनन् । धेरै ले मान्ने भन्दैमा सबै कुरो सहि हुँदैन , विज्ञानको कसौटीमा गलत साबित भएपछि धर्म कर्म वा मैले फलानो कुरो वा फलानो देव लाई मान्ने बितिकै मरेसी स्वर्ग गइन्छ र जिउँदो मै सफल भईन्छ भन्नु कोरा कल्पना भन्दा अरु केहि हैन । तपाइंले मान्ने वा बहस गर्ने हिन्दु धर्म भारतका आर्य जोगीले कल्पना गरेका र उनका विचारमा आएका कल्पनाका संग्रहमा आधारित धर्म हुन् , यस्तै क्रिस्चियन जोगी र ईस्लाम मात्र सत्य हो भनेर ठोकुवा गर्ने मुसलमान पनि हुन्छन । सबै बुझ्ने सर्वशक्तिमान इश्वर , अल्लाह , प्रभु चैं अचानक र सदाबहार ढंगबाट यो खगोलमा पहिले देखिनै विध्यमान छन , त्यस्ता परिवर्तनहिन प्रभुले यो संसार चलाउँछन् भनेर पत्याउनु यौटा बौद्धिक दरिद्रता हो । यो संसारमा हामि evolution का नतिजा हौं यसमा कुनै दुइ मत नै छैन , यस्तो सामान्य कुरा नबुझ्नु बुझ पचाउनुको पराकाष्टा हो , hippocricy हो । केहि मुर्ख ले सपोर्ट गर्छन भनेर यस्तो लेख लेखेर अनावश्यक बहस गर्नु भन्दा पहिला किन भाकल ले तपाइंको आँखा ठिक भएन र आजसम्म पावर चस्मा लगाउनु पर्यो , किन भगवानको भक्तिले तपाईंका सन्तान ठिक हुँदैनन , antibiotics ख्वाउनु पर्छ , किन बाँदरमा टेस्ट गरिएका औषधि मानवका ज्यान बचाउनका लागि प्रयोग हुन्छन सोच्नोस । गफ हान्ने र बात को दोकान चलाउनु राम्रै व्यवसाय हो तर अनावश्यक भीरु topic सुरु गरेर विज्ञान बुझ्ने लाई यसो हैन कुरो यसो हजुर , मलाई यसो पो लाग्छ , वेद पुराणा यसो पो लेख्छन बाई भनेर घस्याल्टो गफ नहान्नोस ।
ReplyDelete