Home » » राजा महेन्द्रले के भनेका थिए ?

राजा महेन्द्रले के भनेका थिए ?

Written By खांट्टी कुरा on Friday, July 22, 2016 | July 22, 2016

दीर्घराज प्रसाई
२०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरुद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । 

२०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ५५ बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । भारतीय गुप्तचरहरूको ढलमा फसेको माओवादी सत्तामा आएदेखि नेपालको सार्वभौमसत्तामाथि कालो बादल मडारिएको छ । माओवादीका प्रचण्डले मुखले जत्तिसुकै राष्ट्रियताको हुंकार गरेता पनि ती सबै सत्ताको भोकको गुहार बाहेक केही होइन । 

राजा महेन्द्रले भनेका थिएपार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ ।  

नेपालमा अहिले त्यही भइरहेको छ । राजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् । राजा महेन्द्रले भारतीय हस्तक्षेपको बिरद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाई दिएको कुरा जसले बिर्सन्छ त्यो देशभक्त हुन सक्तैन । 

२०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरूको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाँउमा नेपालको अगुवाई गराउन सके । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमंत्री जवाहरलाल नेहरू यी दुबैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कुटनीतिक रूपमा नेपाल खाने नेहरू डक्ट्रिन समाप्त पारिदिए । आर्थिक रूपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन्, भारत, चीन एवं मित्र देशहरू लगायत समाजवादी देशहरूको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरू स्थापित गराए । 

२०१८ सालमा भारत भ्रमणमा भारतीय पत्रकारहरूले चीनको कम्यूनिष्ट व्यवस्थाबाट त्रसित भएर 'कोदारी राजमार्ग किन बनाइयो' भन्ने प्रश्नमा राजा महेन्द्रको उत्तर थियो -“टयाक्सी चढेर कम्यूनिष्ट व्यवस्था आउदैन ।२०१७ सालदेखि २०२८ सालसम्म राजा महेन्द्रबाट जम्माजम्मी ४ अर्ब रकम खर्चमा राजश्वबाट २ अर्ब १७ करोड, विदेशी सहायता एक अर्ब ६३ करोड र विदेशी ऋण १२ करोडमात्र खर्च भएको थियो । 

अहिलेका खाओवादीकांग्रेस, एमाले, माओवादीहरूले राजा महेन्द्रबाट सिक्ने काम नगरेकाले भारतीय जालमा फस्न पुगेका छन् । कांग्रेस, एमाले, माओवादीका १० ।२० जना नेतृत्व तहमा बसेका राष्ट्रघाती बाहुनहरूको कारणले देश डुब्न लागेको अवस्था छ । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू किन भिरबाट फाल हान्ने काम गरिरहेका छन् ?

(दीर्घराज प्रसाईको फेस्बुकबाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger